Posted by: dipika02 March 4, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        
अन्तिम भाग
 
को हँ त्यो?--- चोर-- चोर -- देबेन्द्र दाइको घरमा चोर पस्यो"----आफ्नै घरमा आफुलाइ चोर भनेको पनि सुनियो......
 
पल्लो घरको शम्भु अन्कल त बुर्लुक बुर्लुक उफ्रेर कराएको देखे आफ्नो आँगनबाट,
 
"अंकल म म, दिपिका"--पर्खालबाट तल ओर्लिने कि माथि पिढिमा चडने सोच्दै लग्लग कामेका मेरा खुट्टा चिप्लिनबाट रोख्दैथे।

"नानि किन पर्खाल् पर्खाल् हिँडिरा येति राति?"-- मेरो भन्दा बडी शम्भु अंकलका खुट्टा लर्बराइरहेका थे, बढिनै पिएका रहेछन्।
 
"कुकुर भुकेको भुकेकै गर्‍यो  त्यसैले खोर बाट निकाल्दिन लागेको"-- धन्न त्यो अंकलको चर्को स्वरले गर्दा कुकुर पनि त्यो भन्दा चर्को स्वर मा भुकिराथ्यो।
 
"काँ त्यो जड्या संग कुरा गरेर बसिरा, ओर्लि तल छिट्टो"-- पूजा कराउन थालि तलबाट
 
"ल खुरुक्क कोठामा गएर सुत, राती राती यसरी झ्याल बाट ओरोदोरो गर्दा चोर्ले देखेर तेही सिक्ला"-- लर्बरिदै भर्र्याङ् चडदै हुनुहुन्थ्यो शम्भु अंकल र खुट्टाकै तालमा निस्किराथे बोलिपनि।
 
"हुन्छ" भन्दै  बिस्तारै आँगन मा हाम्फाले,
 
"तेरो टोलमा पनि कती चासो चाहिन्छ मान्छेहरुलाई, आफु जड्या सिधा हिड्न सक्या छैन अरुलाइ सिकाउछ"-- टोलको कुरा ठिकै भनेकि हो पूजाले र त्यो अंकलको पनि।
 
त्यो समयमा आफ्नो घरमा फोन हुँदा हुँदै पनि पसल मा पुग्दा मैले सोम दाई को अनुहार सिधा हेर्न सकिन। पूजाले फोन गर्नु छ भनी, उस्को टोल होइन उस्लाई त के पिर थ्यो र? आफुलाई भोली तेही दाई सँग दात ङिच्याएर हिंड्नु पर्थ्यो। दाइले केही नभनी लक गरेर राखेको फोन खोलिदिनु भो। पूजा कुरा गर्दै थि मलाई निक्कै असजिलो लागिराथ्यो, सोम दाइको ,त्यो समयमा त्यसरी घरबाट बाहिर निस्केको र तेस्मा पनि त्यो सम्भु अंकलले देखेको। त्यो असजिलो पन मेरो अनुहारमा प्रस्ट देखिन्थ्यो, सोम दाइले  त्यो बुझ्नु भयो, केही सोध्नु भएन। मैले घरि हातका औलाहरु पड्काउने घरि नङ टोक्ने गरेको देखेर पूजाले पनि आफ्नो कुरा टुङाउन तिर जोड दीराथी, तर जती जोड दिएपनी बिस मिनेट त लगाइहाली। जाने बेलामा मैले हिम्मत गरेर सोम दाइसँग हाँसे। निकै नै नमिठोथ्यो त्यो पल मेरो लागि। फर्किदा बाटोमा म चुपचाप थे।
 
बिस्तारै पर्खाल चडेँ, पिँडिमा पुग्दा केहि आवज आएको जस्तो लाग्यो। राम्रो सँग सुनेको त बाबाको स्वर सुन्छु म त--
 
"दाई तेस्को संगत गतिलो छैन भन्ने मलाइ पहिले थाहाथ्यो"-- संगत को कुरा गर्दा त आँफैलाई भन्नु भएको जस्तो लाग्यो, फेरी बाबाले दाई त खाली ठुलो बाबालाई मात्र भन्नुहुन्छ, केहि कुरा बुझ्या होइन आफुले
 
झ्यालमा पुगेपछी हेर्दा झ्याल खुल्लई छ, तीन छक्क पर्दै भित्र छिरे, गोमा कोठामा पनि छैन ढोका पनि ढप्काको मात्रै छ लक गरेको छैन।
 
"कसैलाई नभनिकन घरबाट निस्किने, तेस्लाई गलहत्याएर निकाल्दिनु पर्‍यो "-- यसो कुरा बुझ्दा बाबा ठुलो बाबा सँग फोनमा कुरा  गरिरहनु भएको जस्तो लाग्यो
 
"अब घरमै नबस्नेलाइ के गलह्त्याएर निकाल्ने नि? आफै निक्लिनेलाइ अरुले के निकाल्नु? तेरो बाउ पनि जे पायो तेहि भन्ने"--पूजा जोस्सिराथी, म चैँ कुरा बुझ्न भित्तामा कान टाँसिराथेँ
 
"तेस्तो एकसुरे काम गर्नेलाइ कोठामा राखेर त गएको के हुन्थ्यो? सके ढोका खुल्लै राखेर कतै गै होलि अनि थाहा भयो होला सबैलाइ हामि झ्याल् बाट भागेको"-- पूजा एक्लै जङ्गिराथि
 
"जति झगडा परे पनि आमालाइ त भन्नु पर्छ, आमालाइ धरि नभनि हिड्ने, तेस्को पाता कस्न नपुगेको अरु केहि होइन"-- बाबा त अझै उर्लदै हुनुहुन्छ। 

"तैले आमालाइ भनेकि थिनस् यहा जान्छु भनेर?"-- पूजालाइ सोधेँ
 
"झगडा गरेर आउँदा नि कोही यहाँ आउछु र त्या जान्छु भनेर हिड्छ त? गालि गर्न सक्ने मान्छेले आफै थाहा पाउनु पर्छ"-- अझ उही स्वर ठुलो गर्छे ।
 
"तैँ राक्षस को आमाले फोन गरेरै सबै भएको हो यो, नत्र कसरी बाबालाई थाहा हुन्छ तैले नभनी कन आएको भनेर?"  
 
"सोझो बाउ भएर हेपेको होला, ल त्यो बेल्ट निकाल्, त्यस्लाई बेल्ट्का कोरा नलगाइ छोड्दिन म आज"-- बाबा त पिट्ने नै सम्म पुग्नु भयो। आज सम्म गाली त तेती नखाको मान्छे लाई सिधै पिट्ने कुरा अझ त्यो पनि बेल्टले। मुटुमा आधिबेरि चलेर आखाबाट त झरि नै बर्सिन थाल्यो।
 
"नरो नरो यो बाउहरु तर्साउने मात्रै हो के, छोरीलाई कहाँ पिट्नु नि, मेरो बाउले कती चोटि बेल्ट्को घेरा लगाइसक्नु भो आज सम्म, सच्चिकै त कहाँ पिट्न सक्नु? त्यही पनि हामीले के नै गरेका छौँ र? हामी जती डरायो उती हेप्छन यि बाउ आमाहरु बुझिस्, मान्छे का छोरीहरु कती बिग्रेर्का छन्, हामी त धेरै नै सोझा हो, अझ तैले त के नै नराम्रो काम गरेकी छेस् र बेल्टले हान्नलाई।"-- पूजाले सम्झाको हो कि उक्साको हो त्यो मैले सोचिन, तर उस्को कुरा पनि ठीक लाग्यो मलाई, मैले के नै गरेको थे र? 
 
"काँ जान लाग्नु भएको हजुर अब यति राति"--बल्ल आमाको स्वर सुने
 
"काँ जानु? अब दाइ ले खोज्न जाउ भन्नु भयो भने खोज्नै भए नि जानु पर्यो नि"
 
अब बाबा खोज्नै जाने भने पछि त बाहिर निक्लिनु परिहाल्यो, निस्किनु पनि कसरि बाबा उता घरि घरि बेल्ट् खोइ भनिरनु भएको छ। जिन्दगिमा न कहिले बेल्ट्को कोरा खाएको थेँ न त कसैले सच्चिकै खाएको यो आखले देखेको थेँ। ढोका खोलेर बाहिर निस्किने आँट पनि मरे काटे आउदैन। बाबाले घरको मुल ढोका खोल्न लाग्नु भएको थाहा पाए पछि म पूजाले उक्साएको भरमा निस्के---
 
"बाबा म कोठामै छु"-- उक्साएको भरमा बाहिर निस्क्याथे, बाबालाइ देखेपछि त डरले डाँको छोडेर रुन थालेँ। बेल्ट्को कोरा खान पनि तयार भएर देखा परेको थेँ बाबाको अगाडि  
 
"के गरिरा यति बेर सम्म नसुतेर"-- बाबाको आवाजको को तिब्रता त उहि थ्यो तर प्रश्न चै नसोचेको आयो
 
"हजुरको पनि रिश अती नराम्रो छ, हजुर कराको सुनेर बिचर  चिल्लेर रुन थालिछे। दाइले नै छाडा छोडेर त हो नि त्यो बिपिने बिग्रेको,  नत्र घरमा झगडा गरेर कोहि हिड्छ यो समयमा। हजुर् बेक्कार् तत्तो न छारो  सँग आफ्नु blood pressure बडाएर के गर्ने? भयो पर्या छैन हजुर पनि अहिले दाइकाँ जान....."--- आमा बाबालाइ ठुलोबाबाकाँ जान रोकिरहनु भएको थ्यो, मेरा कान ले बाँकि केहि सुनेनन्, भगवान को नाम् लिदै म लुसुक्क आफ्नो कोठामा छिरेँ। ढोका लक गरेर थचक्क भुइमा बसेँ। धड्कन्को गति अझ पनि  तिब्र नै थ्यो। पूजा पनि मेरो छेउमा आएर बसी।
 
"बुझिस् मैले त तैले sure नै कोरा खाइस् भन्ने सोच्याथे"-- अहिले आएर त पूजे तेसो पो भन्छे
 
"चुप् लाग् अघि सम्म छोरीलाई पिट्नु हुन्न बाबाहरु ले भनिराथिस"
 
"त्यो त भन्देको पो त, छोरा न छोरी रिस को झोक्मा, तलाइ के था त्यो बेल्ट् ले कति दुख्छ भनेर? म त तँ बाहिर निस्किने बित्तिकै भित्र पटि बाक्लो trousers  अनि बाहिर jeans लाउन भ्याइसकेको थे, तेरो पछि मेरो पालो भनेर"
 
समाप्त!!!!!

Read Full Discussion Thread for this article