dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बच्चा उमेरको कच्चा बुद्धि

[Please view other pages to see the rest of the postings. Total posts: 102]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 40711 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-25-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर एघार को फाइनल सिद्धेको, आफुलाई पि यच. डि. नै सिध्या जस्तो भाथ्यो। घरमा त बास नै नहुने, कहिले ठुलोबाबाकाँ पुग्याछ कहिले मामाघर।
आज चैं के गर्ने होला भनेर खाना खाएर सोच्दै थेँ पुजा आइपुगि "हिंड जाउ फिल्म हेर्न गोपी कृष्णमा"---फिल्म को किरै थि त्यो पनि।
यसै पनि केही काम थेन घर बसेर, जानु नै पर्यो भनेर सोच्दै थें त्यस्ले १० मिनेट भैसक्यो ऐनाको अगाडी उभिएर घरी कपाल मिलाकी छे घरी "यो लुगामा कस्तो देखिएको छ भन्त" भन्दै ऐनाको अगाडी र पछाडी गर्दै हेर्या हेर्यै छे,
"हल्मा कस्लाइ बोलाकी छेस भन् अनी मात्र जान्छु"-- तेस्का हरेक बानी देखी परिचित थिएँ म। नहुनु पनी कसरी २ कक्षा देखिको साथी।
 
"तँ हुँदा हुदै कस्लाइ बोलौनु नि? कि बोलाउने भए भन्?"--अझ उल्टो मलाई सोध्छे ।
"पर्दैन, जान्ने नहो है तँ, आफ्नु इज्जत त पानिमा बगेको बालुवा जस्तो बनाइसकिस, मेरो अली अली भाको पनी देख्न सक्दिनस है?"--- हुन पनी उस्लाई न आफ्नु इज्जत को पिरथ्यो न घर परिवार को। घरमा पनी बाबा जहिले बाहिर हुने काम को सिलसिलामा, आमालाई पटक्कै टेर्दिन थि। फेरी आमा पनी खाली छोरिको ढाकछोप गर्नु हुन्थ्यो, हद्द भयो भने रिजल्ट भएको दिन रिसाएर गाली गर्नु हुन्थ्यो, पुजालाइ त्यो गालिले छेउ टुप्पा कतै अशर गर्दैनथ्यो।
 
तेस्ले कसैलाइ बोलाको छैन त भनी तर मलाई पुरै बिश्वाश चैँ हुन सकेको थेन। नभ्न्दै हल्मा पुगेको त उस्का आखा चमक चमक गर्दै कस्लाई खोज्न थाली हाले।
 
"पुजे को आउदैछ भनेर मर छिटो, नत्र म गएँ फर्केर"--मेरो मुटुमा ढ्याङ्रो बज्न थाल्यो कुन चैँ नमुनालाइ बोलाकी छे भनेर।

"किन डराकी? पख न थाहा पाइहल्छेस नि"--उल्टो मरी मरी हास्न थाली।
"आखिर तेरो बुढो बाजे आउदै रहिछ त मलाई किन लेराइस"--रिस उठेर मलाई त्यो सँग बोल्न पनी मन लागेको थेन। उ भने केही मतलब नगरेर उल्टो धुइँ धुइँ खोजिरथी। उ खोजिनै राथी मैले देखिहालेँ त्यस्को अबिनलाइ। अबिन मात्रै भए त हुन्थ्यो उ सँग त प्रशान्त पनी आएको रहेछ।
 
बल्ल मेरो दिमागमा एकाएक कुराहरु छर्लङ भए। प्रशान्तलाइ मैले पूजा कै माद्यम बाट चिनेकी थिएँ। उ धेरैनै मिठो गीत गाउँथ्यो र मलाई उस्को आवाज मन पर्थ्यो। पूजालाई एकदिन दशा लागेर के भनेकी थिएँ उस्को स्वोर मन पर्छ भनेर, पूजालाई के चहियो र? हो न हो मलाई प्रशान्त मन पर्छ तर भन्न मन नलागेको सम्झिन थालि, कती चोटि होइन भन्दा पनि जबर्जस्ती हो भनेकी भएर तेस्को मुख बन्द गराउन  ३ दिन अगाडि मात्रै हो भन्देकी थे, उ त धर्ना कसेर लागिछे मलाइ र प्रशान्तलाइ भेटौउन। फेरि त्यो प्रशान्तको स्वोर मत्रै मिठोथ्यो, ओठमा दश पत्र कलेटि परेका जति खेर पनि चुरोट च्यापेर होला, आखा सधै झुम्म परेको कयौ बर्ष देखी निन्द्रा नपुगेको जस्तो र अनुहारमा हेरे पछी उस्ले आँखा ओराल्न जानेको थेन।
 
"पूजा अब चैँ तँ मरिस, म फर्किन्छु, तैं हेर् फिल्म हेर्ने हो कि त्यो अबिन अनी उस्को चुरोटे साथी प्रशान्त"--उस्ले आफ्नो सफाइको लागि दुई शब्द पनि पोख्न पाकी थिन म फरक्क फर्केर हिंडे।
 
"दिपीका तिनिहरुले देखिराछन, प्लिज तँ बेज्जत नगर त मेरो, हिँड बरु चित्त बुझेन भने म पनि फर्किन्छु"--मेरो हात तान्दैथी पूजा, अबिन र प्रशान्त त नजिक्कै  आइपुगिसकेका रहेछन्।
 
"तिमी हामी सँग डराको त हैन दिपिका? हामी खाँदैनौ तिमीलाई, प्रशान्त ले त हेर्नै मात्र पाए नि पुग्छ भन्थ्यो"-- एकदम बडी बोल्नु पर्थ्यो अबिनलाई, को सँग कस्तो मजाक गर्ने भन्ने कुराको ज्ञान उस्लाई कहिले आएन। प्रशान्त चुप चाप नै थियो, पूजाको त मैले पछी सात्तो लिने कुरा निस्चितथ्यो उस्का स्वोर के निस्किन्थे? मलाई अबिनको घटिया मजाक राम्रो लागेको थेन तेसैले बोली पनि फुट्न मानेन्।
 
केही बेर को असजिलो मौनतालाई भङ्ग गर्दै अबिन ले भन्यो--"जाम अब, फिल्म नै सुरु हुने बेला भईसक्यो"
अबिन को हातमा ४ वटा टिकेटथ्यो, हल भित्र छिरे पछी त " दुइटा सिट तल्लो रो मा छ दुइटा माथिल्लो, दिपिका र प्रशान्त तिमीहरु नै भन कहाँ बस्छौ"-- त्यो पूजा र अबिनको नै चाल थियो मलाई र प्रशान्तलाई सँगै बसाउने।
 
एकमन ले म खुशि नै थियेँ त्यो बढि बोल्ने अबिन भन्दा त यो नबोल्ने प्रशान्तको छेउमा नै बस्नु ठिक छ भनेर। मैले प्रशान्तलाइ राम्रो सँग चिनेकि पनि थिन र कहिले धेरै बोलेकोनै पनि, त्यसैले त्यो बताबरण मलाइ निकै नै अप्ठ्यारो लागिराथ्यो। फेरी तल रो मा अबिन र पूजा आफ्नै दुनियाँमा मस्त छन।
 
मैले अप्ठ्यारो मानेको भएर प्रशान्त झन बढी अप्ठ्यारो मानिराथ्यो, आँफैले थाहा पाइरहेको थेन उस्ले खुट्टा हल्लाएको भएर उस्को अर्को छेउमा बस्ने सानी फुच्ची झाँक्री कामेको जसरी हल्लिराथी।
 
"प्रशान्त तिमी एकदम खुट्टा हल्लाइराछौ"---मैले हाँसोलाई काबुमा राख्न सकिन यो पाली र उ पनि हाँस्यो।
 
"तिमीलाई फिल्म हेर्न मन छैन हो?"-- यो पाली चैँ बुझेकै हो मेरो मनको कुरा, तै पनि कती छुच्ची जस्ती हुनु भनेर झुठो नि भएनी बोल्नै पर्‍यो --"हैन ठिकै छ"
 
पूजा बेला बेलामा पल्याक र पुलुक हामीलाई हेर्दै थि, मैले एकचोटि पनि हेरिन त्यस्लाइ। फिल्म सिद्देपछी घर छोड्ने कुरामा बिबाद उठ्यो। अबिनले  पूजालाई कतै लान खोजिराथ्यो र पूजा मेरो अप्ठ्यारो मानिराथी।
 
पूजा र म अलि अगाडिथ्यौ,  "हेर त बच्चा छैनस अब, राम्रो नराम्रो तलाई पनि थाहा छ, कहाँ जानु उचित छ कहाँ जानु छैन तँलाई पनि थाहा छ मलाई पनि, बाँकी आँफै बिचार  गर"--झन राम्रो मुखले सम्झायो भने मान्ली भनेको त, लात को भुत बात ले के मान्थी?
 
 "ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ
क्रमश:

 

भाग २..........

"ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ

प्रशान्त ले मलाई घर छोड्दियो,  घर सम्म छोड्न आएको मान्छेलाई माथि आउ पनि नभनी कसरी पठाउनु?
"माथि हिडन, चिया खाएर जाउ"-- मैले सिस्टाचार निभाएँ।
 
"हुन्छ"-- उस्ले सजिलै सँग मेरो निमन्त्रणा को पालना गर्‍यो र हेल्मेट हातमा बोकेर म सँगै माथि आयो। उ र म भर्याङ् उक्लदैथ्यौ भाइ आयो, मैले "मेरो भाइ" भनेर चिनाउदै थिए उस्ले खल्तिबाट हार्ट क्यान्डी निकालेर दियो भाईलाई।
 
"मेरो भान्जिलाई एकदम मन पर्छ यो क्यान्डी, उ आएकि छे त्यसैले खल्तिमा भैरन्छ"--मनमा जुन कुरा सोचिराथे, मैले नसोधिकन नै उस्ले जवाफ दियो।
 
भाईलाई "आमा काँ हुनुहुन्छ" भन्दा "भान्सामा" भन्यो। जो साथी घरमा आएपनी म पहिले आमालाई नै भेटाउन लान्थे तेसैले  आमाकाँ लगेँ। आमाले एकछिन साधारण कुरा गर्नु भो र भान्सा बाहिर कौशिमा राखेको कुर्सिमा राख्नु भो। प्रशान्त पनि केही अप्ठ्यारो नमानेर आमा सँग हाँसी हाँसी कुरा गरिराथ्यो।
 
म भित्र चिया बनाउने तर्खर गर्दै थे, आमा आएर भन्नु भो--"तिमी जाउ म बनाइदिन्छु चिया",
म बाहिर गएँ र अर्को कुर्सी तानेर बसेँ। कुरा गर्दा रमाइलो रहेछ प्रशान्त। धेरै नबोल्ने तर बोल्दा हाँसी हाँसी बोल्ने बानी रहेछ। बेला बेलामा दातले ओठको पत्रहरु टोकिराथ्यो तर अप्ठ्यारो मानेको जस्तो लागेन।
 
"तिमिलाई आज पूजाले जबर्जस्ती लगेको हो?"-- मैले सोच्दै नसोचेको प्रश्न तेर्स्यायो 
 
"जबर्जस्ति त हैन तर मलाइ तिमिहरु आउने थाहा थिएन"-- साच्चै कुरा भने, पूजाले भन्नु पनि पर्‍योनी थाहा हुन
 
"किन? थाहा भएको भए आउदैनथ्यौ ?"-- खिस्स हाँस्दै रुखो बोलिमा सोध्यो
 
म हाँसे मात्रै, मेरो उ प्रतिको सोचाइ त्यति राम्रो थेन र म भन्न चाहन्न्थेँ। त्यतिकैमा आमा आउनु भो ट्रे मा चिया र भुजिया लिएर। आमालाई देखेर प्रशान्त जुरुक्क उठ्यो र हातबाट ट्रे लिएर टेबलमा राख्यो। मन मनै सोचेँ राम्रो संस्कारमा हुर्केको रहेछ। पूजाले भन्थी -- "जुन केटाहरु बाहिर हेर्दा बदमाश देखिन्छन तिनिहरु भित्र बाट राम्रो हुन्छन, त्यो बाहिरको सोझोहरु तलाई के था कती घुस्घुसे हुन्छन भनेर,  हेर्दा मात्रै सोझा हुन तिनिहरु"-- प्रशान्तलाई देख्दा त हो कि जस्तो पनि लाग्यो।
 
"छोरी केहि चहियो भने गोमालाइ भन, बाबा आउने बेला भो म तल जान्छु, ल त बाबु, आउदै गर न है, "-- आमाको हाँसी रहने र मेरो साथिहरु सँग कुरा मिल्ने बानिको सबैले प्रशन्शा गर्थे, प्रशान्त पनि आमाको बिदाइमा मुस्काउदै जुरुक्क उठ्यो। उस्को व्यबहार मा केही देखवोटी पन मैले पाइन।
 
"अबिनले पूजालाई घरमा त छोडिदियो होला नि है?"---धेरै बेर देखी त्यो प्रश्नले मेरो मन खनिराथ्यो, प्याच्च मुखबाट निस्क्यो।
 
"खोइ पूजा को के भर?"-- चियाको कपलाई एक फन्का घुमाउदै उ त्यो कपमा घोरिरह्यो।
 
उस्को एक वाक्यले मेरो मन श्रावनको झरीमा रुझे झैं रुझ्यो। पूजा रमाइलो मन पराउने केटी हो तर एउटा सच्चा साथी पनि त हो।  जे मन पर्दैन अगाडिनै भन्थी, पछाडि कुरा काट्ने उस्को बानी थेन । नसोचिकन प्यच्च बोल्थि तर पनि मेरो एकमात्रै सफा मनको साथी थि। जे जस्तो भए पनि आफ्नो साथीको बारेमा अरुको मुखबाट नराम्रो सुन्दा निकै नरमाइलो लाग्यो मलाई।
 
"किन अबिन को चैँ भर छ र?"--मलाई प्रशान्त को वाक्यले मुटुनै घोचेकोथ्यो र मुख बन्द राख्न सकिन।
प्रशान्तले पुलुक्क मेरो अनुहारमा हेर्यो, शायद बुझ्यो होला मलाई नराम्रो लागेको,
"Don't worry, she will be fine"-- उस्ले चियाको अन्तिम चुस्की लिदै भन्यो र जाने तर्खर्मा उठ्यो। म उस्लाइ छोड्न तल आँगनको ढोका सम्म पुगेँ। माथि आउदा पनि मन खिन्ननैथ्यो पूजा सम्झेर।
 
खाटमा गीत सुनेर पल्टिराथे र पूजा घर पुगी कि पुगिन भनेर मन मा कुरा पनि खेलिराथ्यो, आँगनको ढोका खुल्यो, हेर्छु त पूजा सकी नसकी चोरको जस्तो चालमा ट्रेक्किङ ब्याग जत्रो झोला घिसार्दै आइराछे। म तर्सेर तलै पुगेँ। 
 
"काँ जान ला तँ?" --मेरो हन्शले ठाउँ छोड्ने बेला भैसकेकोथ्यो।
 
"काँ जानुनि तँ काँ बस्छु २-४ दिन" --म भन्दा उहि अघि अघि लाग्छे बा
 
"तेरो घर चैँ के भो? फेरि झगडा गरेर हिडिस् कि क्या हो?"--आफ्नो घरमा आमा सँग या दाइ सँग झगडा पर्यो कि आइपुगिहाल्थि मेरो घरमा झोला बोकेर, मलाइ आगोको ज्वालामा हुमेर।
 
"के हुनु नि? अबिन सँग फोनमा कुर गरिराथे, आमाले अर्को फोन बाट सुनिरहनु भा रे'छ। अब जवान छोरीको बढी चियो चर्चो गरेपछी के-के सुनिन्छ के-के"-- उस्लाई के सुन्नु भयो भन्ने त एकथोपा पनि पिर छैन उल्टो आमाको गल्ती देखाउछे
 
"अनी किन मुन्ट्या त मेरो घरमा? बाबा-आमालाई के भन्ने? "-- ढोका ढप्काउदै अली सानो स्वरमा भने
 
"कस्को घरमा जाँउ त? आफ्नो घरमा बस्न खतरा नै छ आमाको रिस नमरेसम्म, त्यो किच किच सुन्नेर बस्न सक्दिन म"--अझ उस्कै घुर्की लाउछे, आफ्नु मुटुनै फुल्न थालिसक्यो घरमा के भन्ने भनेर।

"मुन्ट्या भए हुन्थ्यो नि तेही अबिनेको घर, दिनभर सँगै थीस अझ तेती ले नपुगेर घर पुग्ने बित्तिकै झुम्मिनु पर्छ फोनमा?"-- त्यस्को बिथिती ताल ले मेरो सहन सक्तिलाई थिचिमिची पारिसकेकोथ्यो।
 
"गई हाल्थेनी तैले सिकाउनु पर्थ्यो र? त्यो बुढीले मेरो फोन त दिन्न, मलाई त के देली र ढिम्किन?"-- बुढी भनेको अबिनको आमा होला भनेर म नियाल्न तिर जोड दिदैथेँ, उ भने २ -४ दिन बस्न आउदा १ महिनालाइ पुग्ने लुगा लिएर आएकि रहिछे, मेरो दराजमा के ठाउँ पुगोस, मरी मरी कोचिराथी।
 
"तेरो लुगा राख्न अर्को दराज पनि चाहिने भएछ अब"---उ अटेसम्म लुगा कोचिराथि
 
"किन नचाहिनु त, तेरो बासै म काँ हुन्छ, बिचर दराज ले पनि के धानोस् दुइ दुइ जना को लुगा"-- आफ्नो लुगा खुम्चेला भनेर अली अली सार्दै उस्लाई ठाउँ बनाउन करै लाग्यो।
 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
क्रमश:

 

भाग ३........

 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
मेरो सतोपुत्लो उडिहाल्यो। भाईलाई आमा रिसाउनु भएको छ भन्दा छैन भन्यो तेसैले अली ढुक्क भएँ।
 
"मिलाएर भन है आमालाइ"-- आफ्नो आमा सँग नडराए पनि मेरो आमा सँग चैँ अलि अलि भए नि डराउथि पूजा
 
माथि जाँदा आमा भ्याइ नभ्याइ भान्सामा काम गरिरनु भा रे'छ। काम गर्ने केटि, गोमा,  उता साग पखालिराथी, कुरा बुझ्दा आमालाई त पूजा आएको थाहा नै रहिनछ।
 
"कती कोठामा बसिरा छोरी तिमी? अहिले त पढ्नु छैन, एक छिन यहाँ सघाइदे त हुन्छ  नि"-- पूजा को कुरा निकाल्नु अगाडिनै आमाको स्वर चर्किसक्यो, त्यो शुभ लक्षण थेन।
 
ग्यास चुलोमा दुध बसाल्नु भा रे'छ, मलाई दुध उम्लेला हेर है भनेर आफु आरती गर्न पूजा कोठामा जानु भो। आफ्नु ध्यान चित्त पुरै तल कोठामा बसेकी पूजामाथ्यो, दुध हेर भन्नु भएको, हेरि मात्र रहिछु, सबै उम्लेर पोख्यो। हत्तपत्त ग्यास सानु बनाएर पोखिएको दुध पुस्दै थे, "काहा छ तिम्रो ध्यान" भन्दै आमा आइपुगिहाल्नु भो भान्सामा। आमालाई नभनिकन पनि काम थेन हिम्मत गरेर पूजा बस्ने गरेर आकी छे भनेको त जे सोचेकि थे तेही भयो
 
"त्यस्लाई कहिले आफ्नो घरमा बस्नु पर्दैन भन्या ? छोरी मान्छे भएर लखर लखर डुल्याछ, त्यो सरलालाई भन्न पर्ने भा छ छोरीलाई तर लगा भनेर"-- गाली त पूजाबाट उस्को आमाकाँ सम्म पुग्यो। आमाको पारो चडेको बेलामा मेरो बोलि काँ बाट निस्किनु? म चुपचाप ग्यास पुसिनै राथे, पूजा त अझ गीत गाउदै आइ माथि।
 
अब चैँ गाली भेट्ने भई भनेर म ठीक्क पारीराथे, उ त केहि पिर नगरेर भन्छे-- "ल आमा तल जानु , म र दिपिका भएर गर्छौ भान्सा को काम"
 
"छोरी मैले र सरलाले भान्साकै काम गर्यौ सधैं छोरा छोरीको पिर गरेर,  कुवाँको भ्यागुता जस्तो भयौ,  तर तिमिहरुले त्यो देखेनौ भने कस्ले देख्छ हाम्रो बलिदान? छोरी मान्छेको इज्जत सियो को टुप्पामा हुन्छ, अलिकति ढल्क्यो भने आफैलाइ घोच्छ"-- निकै गहिरो शब्दहरु बज्रे यो पालि पूजा र म माथि।
 
पूजा, म र आमा तिनै जना भान्सामाथ्यौ, एक्छिन मा बाबा पनि आउनु भो माथि। बाबाको आँखामा साफ देखिन्थ्यो पूजा राती बस्ने गरेर आएको मन नपरेको। सधैं बाबाको अनुशासनको पाठमा चल्ने मेरो घरमा पूजाले तेस्को उल्लङन गरेकी थि। बाबाको  सिधान्त थ्यो गाली गरेर भन्दा मनमा लाग्ने गरेर भन्यो भने गल्ती दोहरिदैन र मलाई आमा को सय गाली बराबर हुन्थ्यो बाबाको एक भनाइ र त्यो भनाइ अरुको सामु आउँदैनथ्यो, त्यो आउथ्यो जब हामी घरको मान्छे मात्रा हुन्थ्यौ।  
 
खाना खाउन जेल पनि हामी सबै नै चुपचापथ्यौ। खाना खाएर पूजा र म कोठामा गयौ। भाईपनी मेरो कोठामा आउँदैथ्यो पूजाले आँखा सन्काउन थालिहाली मलाई। उस्लाई चाहिदो नचाहिदो कुरा गर्नु पर्थ्यो उस्को प्रेम काहानीको अनी भाई आएको के मन पर्थ्यो? फकाइ फुलाई भाईलाई पठाएँ,  हुँदा हुँदा भाईले धरी मन पराउन छोडिसकेको थ्यो पूजा घरमा आएको।
 
भाई जाने बित्तिकै सोध्न थालि हालि प्रशान्तले के के कुरा गर्यो भनेर। मलाइ प्रशान्त चिया खाएर गएको कुरा भन्न मन थेन, फेरि जिस्काएर हैरान पार्थि के भन्नु? तर नभनिकन बस्नु पनि उचित थेन, भोलि थाहापाइभने त मलाइ मारिहाल्छे, त्यसैले माथि आयो भनेको मात्र के थिए सुरु भै हाल्यो--
 
"माथि नै आयो?---आमाले केहि भन्नु भएन?"--उस्को स्वर र आँखा दुइटै ठुल्ठुला हुन थाले।
 
"मेरै आमा बुढी मात्रै हो यो संसारमा एकजना कसैलाइ देखि नसहने, मलाइ त एक रति बिस्वाश गर्ने हैन, अब त फोन धरि सुन्न थालेर हैरान भैसके"-- उ गुनसो पोखिराथि
 
"बिस्वाश गर्न त तैले ठाउँ छोडेको पनि हुनु पर्‍यो नि"  
 
"हेर बिस्वाश भनेको त्यस्तै हो, अघि अबिन रिसाइराथ्यो मैले पाटन जान मानिन भनेर जा फोन लेरा त कुरा गर्नु पर्ने छ मेरो"-- दिउँसो हलमा अबिन ले खाश खाश र खुश खुश गरेको त त्यो पो रहेछ।
 
"तँ बढ्ता हुन्छेस्, आफ्नो घरमा तेत्रो कान्ड मच्चाइसकिस् अझ पुगेन, बाबाले सुन्नु भयो भने के भन्ने ? भोलि बिहान गर बरु"-- थामथुम पार्ने कोशिश गर्दै थे म
 
"भोलि बिहान सम्म त कुर्न सक्नु नि पर्यो नि? २ मिनेट मात्र कुरा गर्छु प्लिज फोन लेरान छिटो"-- त्यस्को त्यो ढिप्पी गर्ने बानी कहिले मन परेन मलाई।
 
फोन त बाबाको कोठामा चार्ज गर्न लाग्नु भएको रे'छ, तैपनि २ मिनेट त पुग्छ होला भनेर दिए, उ कुरा गर्दै थि  dead भैहाल्यो। त्यति थोरै समयमा कुरा गर्दा पनि उस्को त झगडा परेछ रुन पो थालि। बल्लतल्ल सम्झाएँ, झन कुरा नगरि भएन भन्छे।
 
"काँ बाट गर्छेस त कुरा अब? अर्को फोन बाबाको कोठामा छ, बाबाको अगाडि बसेर गर्छेस् ? जा गर्ने भए गर म केही भन्दिन"-- अब त मलाई पनि झनक्क रिस उठ्यो।
 
"हिँड जाँउ सोम दाईको पसल बाट फोन गरेर आउ"--उ त आशु पुस्दै त्यो गल्लि बाहिरको पसलमा पो जाने भन्छे।
 
"बौलाइस् कि क्या हो? यति राति कँहा बाट जाने पसल? ढोका खोल्दा बाबाले थाहापाउनु भयो भने दुइ जानाकै खुट्टा भाँच्नु हुन्छ"
 
"ढोका बाट कस्ले जाने भन्या छ र? झ्याल बाट जाने नि"-- मेरो कोठाको अगाडि पटिको ज्यालबाट आँगनमा हाम्फाल्न एक्दम सजिलोथ्यो। आँगनको पर्खाल् झन्डै मेरो झ्याल बाहिरको पिँडि सम्म आइपुग्थ्यो। उस्ले त तेहि बाट जाने दाउ कसिछे।
 
"जान्छेस् तँ यो आधा रातमा झ्यालबाट, कसैले देख्यो भने के भन्ने?"-- उ तेति निडर कुरा गर्छे, आफु चैँ उस्को सट्टा धरि आँत्तिराछु।
 
"कस्ले देख्नु? सबै जाना सुतिसके, कसैको कोठामा नि बत्ति बलेको छैन"--उ त मेरो कुराको वास्त नगरेर जुत्ता निकाल्न थालि। गर्ने भने पछि गरेरै छोड्ने तेस्को बानिले धेरै चोटि अप्ठ्यारोमा पारेको थ्यो दुबैलाइ। आँखा भरी आशु पारेर ५ मिनेट कुरा गरेर फर्किने, प्लिज हिड् कि हिड् भन्न थालि। तँ नजाने भए म एक्लै गएर आउछु पो भन्छे। त्यति राति पुजालाइ एक्लै जान दिन मेरो मन ले मानेन। मैले केहि सोच्नै सकिन। बाबाहरुको कोठामा पनि बत्ति निभिसकेकोथ्यो। उ झ्याल खोलेर बाहिर पिँडिमा पुगिसकि।
 
झ्यालबाट जान पनि झ्याल खुल्लै राखेर हिड्ने कुरा भएन फेरि आफ्नो टोलमा सबै नातेदारहरुनै थे, झ्याल् खुल्लै देखेर बाबालाइ फोन गर्देलान् भनेर गोमालाइ हेर्न गए, उ सुतेकि रहिनछे। उस्लाइ कोठामा लेराएर नफर्किउन् जेल सम्म ढोका लक गरेर बस अनि झ्याल पनि बन्द गर भने र उस्लाइ राखेर दुबै जना झ्याल बाट बाहिर पिँडिमा ओर्ल्यौ। मुटु को धड्कनको गति बडेर ड्रमसेट् को जत्रो आवज निक्लिराथ्यो। हात खुट्टा दुइटै लगलग कामिराथे। पुजा भने मेरो हात समात्दै अघि अघि लागिराथि। पूजा खुत्रुक्क पर्खाल्मा हाम्फाली र त्यहा बाट आँगनमा। म पर्खालमा हाम्फाल्दै थे एक्कासी को करायो---
 
"को हँ त्यो?--- चोर-- चोर -- देबेन्द्र दाइको घरमा चोर पस्यो"----आफ्नै घरमा आफुलाइ चोर भनेको पनि सुनियो
 
क्रमश:
 
Last edited: 05-Mar-08 06:48 PM

 
Posted on 02-28-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, मैले त आमालाइ कुरा मात्र लाइदेको। अरु त सबै आमाले नै गर्नु भाको।
 
Posted on 02-28-08 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DPKA, ma ta timro story ko hardcore fan bhaye....

Aama ko dhulai bheteko ta hoina ni ?????? Puja le ta sarai fasaudi rayecha ta......

Part 3 kahile aaucha, la chitto rakhnu paryo.....

keep it up...


 
Posted on 02-28-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

दिपीका-जी, साँच्ची पूजा कहाँ छे हँ अचेल। कस्तो भेटुम भेटुम लायो के मुलाई त।

साँच्चिनै यस कथामा पूजाको रोल साह्रै मन पर्यो हउ। हजुरले फेरि कस्तो असल साथि प्रशान्त भेट्टाउनु भएको, लक्की दिपीका-जी। कसो हामी जस्तो बाहिर बाट हेर्दा सोझो भित्र कपटै कपटले भरिएको सँग फस्नु भएन छ लौ ! बधाइ छ।

पूजा-जी, उप्स  दिपीका जी, ए दिल मागे मोर ! गजब छ लौ!


 
Posted on 02-29-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ३........
 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
मेरो सतोपुत्लो उडिहाल्यो। भाईलाई आमा रिसाउनु भएको छ भन्दा छैन भन्यो तेसैले अली ढुक्क भएँ।
 
"मिलाएर भन है आमालाइ"-- आफ्नो आमा सँग नडराए पनि मेरो आमा सँग चैँ अलि अलि भए नि डराउथि पूजा
 
माथि जाँदा आमा भ्याइ नभ्याइ भान्सामा काम गरिरनु भा रे'छ। काम गर्ने केटि, गोमा,  उता साग पखालिराथी, कुरा बुझ्दा आमालाई त पूजा आएको थाहा नै रहिनछ।
 
"कती कोठामा बसिरा छोरी तिमी? अहिले त पढ्नु छैन, एक छिन यहाँ सघाइदे त हुन्छ  नि"-- पूजा को कुरा निकाल्नु अगाडिनै आमाको स्वर चर्किसक्यो, त्यो शुभ लक्षण थेन।
 
ग्यास चुलोमा दुध बसाल्नु भा रे'छ, मलाई दुध उम्लेला हेर है भनेर आफु आरती गर्न पूजा कोठामा जानु भो। आफ्नु ध्यान चित्त पुरै तल कोठामा बसेकी पूजामाथ्यो, दुध हेर भन्नु भएको, हेरि मात्र रहिछु, सबै उम्लेर पोख्यो। हत्तपत्त ग्यास सानु बनाएर पोखिएको दुध पुस्दै थे, "काहा छ तिम्रो ध्यान" भन्दै आमा आइपुगिहाल्नु भो भान्सामा। आमालाई नभनिकन पनि काम थेन हिम्मत गरेर पूजा बस्ने गरेर आकी छे भनेको त जे सोचेकि थे तेही भयो
 
"त्यस्लाई कहिले आफ्नो घरमा बस्नु पर्दैन भन्या ? छोरी मान्छे भएर लखर लखर डुल्याछ, त्यो सरलालाई भन्न पर्ने भा छ छोरीलाई तर लगा भनेर"-- गाली त पूजाबाट उस्को आमाकाँ सम्म पुग्यो। आमाको पारो चडेको बेलामा मेरो बोलि काँ बाट निस्किनु? म चुपचाप ग्यास पुसिनै राथे, पूजा त अझ गीत गाउदै आइ माथि।
 
अब चैँ गाली भेट्ने भई भनेर म ठीक्क पारीराथे, उ त केहि पिर नगरेर भन्छे-- "ल आमा तल जानु , म र दिपिका भएर गर्छौ भान्सा को काम"
 
"छोरी मैले र सरलाले भान्साकै काम गर्यौ सधैं छोरा छोरीको पिर गरेर,  कुवाँको भ्यागुता जस्तो भयौ,  तर तिमिहरुले त्यो देखेनौ भने कस्ले देख्छ हाम्रो बलिदान? छोरी मान्छेको इज्जत सियो को टुप्पामा हुन्छ, अलिकति ढल्क्यो भने आफैलाइ घोच्छ"-- निकै गहिरो शब्दहरु बज्रे यो पालि पूजा र म माथि।
 
पूजा, म र आमा तिनै जना भान्सामाथ्यौ, एक्छिन मा बाबा पनि आउनु भो माथि। बाबाको आँखामा साफ देखिन्थ्यो पूजा राती बस्ने गरेर आएको मन नपरेको। सधैं बाबाको अनुशासनको पाठमा चल्ने मेरो घरमा पूजाले तेस्को उल्लङन गरेकी थि। बाबाको  सिधान्त थ्यो गाली गरेर भन्दा मनमा लाग्ने गरेर भन्यो भने गल्ती दोहरिदैन र मलाई आमा को सय गाली बराबर हुन्थ्यो बाबाको एक भनाइ र त्यो भनाइ अरुको सामु आउँदैनथ्यो, त्यो आउथ्यो जब हामी घरको मान्छे मात्रा हुन्थ्यौ।  
 
खाना खाउन जेल पनि हामी सबै नै चुपचापथ्यौ। खाना खाएर पूजा र म कोठामा गयौ। भाईपनी मेरो कोठामा आउँदैथ्यो पूजाले आँखा सन्काउन थालिहाली मलाई। उस्लाई चाहिदो नचाहिदो कुरा गर्नु पर्थ्यो उस्को प्रेम काहानीको अनी भाई आएको के मन पर्थ्यो? फकाइ फुलाई भाईलाई पठाएँ,  हुँदा हुँदा भाईले धरी मन पराउन छोडिसकेको थ्यो पूजा घरमा आएको।
 
भाई जाने बित्तिकै सोध्न थालि हालि प्रशान्तले के के कुरा गर्यो भनेर। मलाइ प्रशान्त चिया खाएर गएको कुरा भन्न मन थेन, फेरि जिस्काएर हैरान पार्थि के भन्नु? तर नभनिकन बस्नु पनि उचित थेन, भोलि थाहापाइभने त मलाइ मारिहाल्छे, त्यसैले माथि आयो भनेको मात्र के थिए सुरु भै हाल्यो--
 
"माथि नै आयो?---आमाले केहि भन्नु भएन?"--उस्को स्वर र आँखा दुइटै ठुल्ठुला हुन थाले।
 
"मेरै आमा बुढी मात्रै हो यो संसारमा एकजना कसैलाइ देखि नसहने, मलाइ त एक रति बिस्वाश गर्ने हैन, अब त फोन धरि सुन्न थालेर हैरान भैसके"-- उ गुनसो पोखिराथि
 
"बिस्वाश गर्न त तैले ठाउँ छोडेको पनि हुनु पर्‍यो नि"  
 
"हेर बिस्वाश भनेको त्यस्तै हो, अघि अबिन रिसाइराथ्यो मैले पाटन जान मानिन भनेर जा फोन लेरा त कुरा गर्नु पर्ने छ मेरो"-- दिउँसो हलमा अबिन ले खाश खाश र खुश खुश गरेको त त्यो पो रहेछ।
 
"तँ बढ्ता हुन्छेस्, आफ्नो घरमा तेत्रो कान्ड मच्चाइसकिस् अझ पुगेन, बाबाले सुन्नु भयो भने के भन्ने ? भोलि बिहान गर बरु"-- थामथुम पार्ने कोशिश गर्दै थे म
 
"भोलि बिहान सम्म त कुर्न सक्नु नि पर्यो नि? २ मिनेट मात्र कुरा गर्छु प्लिज फोन लेरान छिटो"-- त्यस्को त्यो ढिप्पी गर्ने बानी कहिले मन परेन मलाई।
 
फोन त बाबाको कोठामा चार्ज गर्न लाग्नु भएको रे'छ, तैपनि २ मिनेट त पुग्छ होला भनेर दिए, उ कुरा गर्दै थि  dead भैहाल्यो। त्यति थोरै समयमा कुरा गर्दा पनि उस्को त झगडा परेछ रुन पो थालि। बल्लतल्ल सम्झाएँ, झन कुरा नगरि भएन भन्छे।
 
"काँ बाट गर्छेस त कुरा अब? अर्को फोन बाबाको कोठामा छ, बाबाको अगाडि बसेर गर्छेस् ? जा गर्ने भए गर म केही भन्दिन"-- अब त मलाई पनि झनक्क रिस उठ्यो।
 
"हिँड जाँउ सोम दाईको पसल बाट फोन गरेर आउ"--उ त आशु पुस्दै त्यो गल्लि बाहिरको पसलमा पो जाने भन्छे।
 
"बौलाइस् कि क्या हो? यति राति कँहा बाट जाने पसल? ढोका खोल्दा बाबाले थाहापाउनु भयो भने दुइ जानाकै खुट्टा भाँच्नु हुन्छ"
 
"ढोका बाट कस्ले जाने भन्या छ र? झ्याल बाट जाने नि"-- मेरो कोठाको अगाडि पटिको ज्यालबाट आँगनमा हाम्फाल्न एक्दम सजिलोथ्यो। आँगनको पर्खाल् झन्डै मेरो झ्याल बाहिरको पिँडि सम्म आइपुग्थ्यो। उस्ले त तेहि बाट जाने दाउ कसिछे।
 
"जान्छेस् तँ यो आधा रातमा झ्यालबाट, कसैले देख्यो भने के भन्ने?"-- उ तेति निडर कुरा गर्छे, आफु चैँ उस्को सट्टा धरि आँत्तिराछु।
 
"कस्ले देख्नु? सबै जाना सुतिसके, कसैको कोठामा नि बत्ति बलेको छैन"--उ त मेरो कुराको वास्त नगरेर जुत्ता निकाल्न थालि। गर्ने भने पछि गरेरै छोड्ने तेस्को बानिले धेरै चोटि अप्ठ्यारोमा पारेको थ्यो दुबैलाइ। आँखा भरी आशु पारेर ५ मिनेट कुरा गरेर फर्किने, प्लिज हिड् कि हिड् भन्न थालि। तँ नजाने भए म एक्लै गएर आउछु पो भन्छे। त्यति राति पुजालाइ एक्लै जान दिन मेरो मन ले मानेन। मैले केहि सोच्नै सकिन। बाबाहरुको कोठामा पनि बत्ति निभिसकेकोथ्यो। उ झ्याल खोलेर बाहिर पिँडिमा पुगिसकि।
 
झ्यालबाट जान पनि झ्याल खुल्लै राखेर हिड्ने कुरा भएन फेरि आफ्नो टोलमा सबै नातेदारहरुनै थे, झ्याल् खुल्लै देखेर बाबालाइ फोन गर्देलान् भनेर गोमालाइ हेर्न गए, उ सुतेकि रहिनछे। उस्लाइ कोठामा लेराएर नफर्किउन् जेल सम्म ढोका लक गरेर बस अनि झ्याल पनि बन्द गर भने र उस्लाइ राखेर दुबै जना झ्याल बाट बाहिर पिँडिमा ओर्ल्यौ। मुटु को धड्कनको गति बडेर ड्रमसेट् को जत्रो आवज निक्लिराथ्यो। हात खुट्टा दुइटै लगलग कामिराथे। पुजा भने मेरो हात समात्दै अघि अघि लागिराथि। पूजा खुत्रुक्क पर्खाल्मा हाम्फाली र त्यहा बाट आँगनमा। म पर्खालमा हाम्फाल्दै थे एक्कासी को करायो---
 
"को हँ त्यो?--- चोर-- चोर -- देबेन्द्र दाइको घरमा चोर पस्यो"----आफ्नै घरमा आफुलाइ चोर भनेको पनि सुनियो
 
क्रमश:

 
Posted on 02-29-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare shiva!! pooja ta atti nai ho!! Deepika timi chhin k bhaki ni? poja le j j bhanyo tehi tehi garne??? huda huda aafnai ghar ko jhyal bata.....

Anyway, good writing as usual....


 
Posted on 02-29-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau na ni dipika timilai pani chor bhane.. haha tara i can well imagine the situation; it definitely happens during that age. really interesting.. you make it so lively dips. excellent one!
 
Posted on 02-29-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Puja wherever you are, please call me in this no...

+12345678911

Im dying to meet you, Puju timlai dekhna kasto mann lagyo


(Dippu, kya babaal lekhya yaar--- ani timi kina ho ni yeti sojhi bhaako, I mean je bhanyo tyahi manne, sathi bhane daami paako ho meri Puju le)
 
Posted on 02-29-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"को हँ त्यो?--- चोर-- चोर -- देबेन्द्र दाइको घरमा चोर पस्यो"----                 ani k bhayu ? sunna hatar bhayu--lau jhattai leykhara tasa dipu.

 


 
Posted on 02-29-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika  ....yo story padda  ta malai mero sathi ekdum miss bhayo timile hami duijana ko story lekhe jasto lagyo.....actually ma chai dipika ko character  sanga milchu ani  puja mero sathiko....hami duijana  ma ekjana ko ta  nam ni milcha....mero bachha dekhiko languthiya yarr ho kati gali khantheu tara kahile chutteyenau tara ahile 2 yrs bhaesakyo nabheteko ma us ma chu u nepal ma sayed dashain ma bhetchu....hola ...

 
Posted on 02-29-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छोरी मान्छेको इज्जत सियो को टुप्पामा हुन्छ, अलिकति ढल्क्यो भने आफैलाइ घोच्छ"-- आमा को यो वाक्य मलाई पनि निकै गहिरो लाग्यो। कती सत्य, अनी कती मार्मिक। केटी होस या केटा शायद सबै को इज्जत त्यही नै होला। यो भाग पनि राम्रो छ। अरु भाग पनि चाडै पढन पाइयोस।
 
Posted on 02-29-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hardcore fan...thank you

भउते ज्यु,हजुर हँसिया भन्दा पनि सोझो हो?
अनी लौ न अब त मलाई पूजा रे, हेर अस्ती भर्खर तामा बोडी ख्वाएर पठाएको मान्छेलाई अहिले बिर्सेंको?

चेलि, है खास पूजा एकदम निडर थि, म नगएपनी  जान्थी, तर मलाई पर्‍यो भने पनि कसैको सुन्दैनथी त्यसैले म उस्लाई तेती राती एक्लै जान दिन सक्दिनथे

कान्छा, ठिक भन्यौ, त्यो बेला नै तेस्तैथ्यो तेसैले त कच्चा बुद्धि भनेको
 
amazing साथी, म पूजाको अगाडि त धेरैनै सोझी थे, मैले जती भने पनि उस्ले आफुले ठानेको गरेरनै छोड्थी
अनी तिमी उता रोज भनेको १ महिना हुन आटिसक्यो अब फेरी पूजालाई पनि नम्बर दिने, लौ हेर
 
प्रेरणा, कस्तो दिन आएको मेरो देख्यौ आफ्नै घरमा अरुले चोर भन्ने
 
namesake, this name reminds me the movie "namesake", I don't want to think how much I cried while watching..
यो धागोमा स्वगत् गरेँ, अनि खुशि लाग्यो म मात्र होइन, अरु पनि रहिछन् म जस्ता भनेर, तर अहिले सम्झिदाको मजा नै अर्कै हुन्छ है?
 
नेप्छे,  त्यो वाक्य ले पूजा र मलाई पनि धेरै बेर सम्मा सोँचमा पारेकोथ्यो। म कहिले बिर्सिन्न त्यो क्षण।


 
Posted on 02-29-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika timi pani jhyal bata bhageko, ke sunnu paryo yo kaan le... 

lau lau chhito bhana tespachi ke bhayo...jaldi jaldi bolo

 

 


 
Posted on 02-29-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai babal cha. tara ama le gali  garda pani timi bhaneko chai  ali milena jasto lagyo ke. samjahune ta thikai cha  tara gali garda ta  samma ta bhannu parcha. anyways really good going. keep it up. dipika timi teti sojho dekhda ta testai kt paye hunthyo jasto lagyo. i like simple girls.
 
Posted on 02-29-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmmm.. bhanepachi timi puja ko agaadi dherai na sojhi thieu... puja le suni bhane ke bhanli ta.. bichaara puja  nepal ma ke gardai holi hai
 
Posted on 03-01-08 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another supreve piece in a row ....... जति पढ्यो त्यति राम्रो ! Me too dying to meet that girl पुजा ,अब त पुजाको नाम सुन्यो कि हाँस उठ्न थालिसक्यो । कथा अझ ईन्ट्रेस्टिङ भो तर फेरि क्रमश: , ठीकै छ तर अर्को भागको प्रतिक्छ्यामा छौ।
 
Posted on 03-01-08 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the character 'पुजा' is live!!
कस्तो बयान छ, सारा परिवेश छर्लन्ग हुने । लेखाई सदा झैं बरिष्ठ छ ।

PS( im sorry, purana story ma comment garchu vaneko thiye. byayeko nai chaina, chittai garna try garchu hai!!)

 
Posted on 03-03-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका दिदी,

साष्टांग दण्डवत!

दिदी हजुरको बच्चा बेलाको कुरो पढेर म त दंग छु । कति मात्रै संझेको  पुजा सिस र प्रशान्तेलाई  तर हजुरका पनि त निकै धेरै उटपट्यांग थिए नि त  म  भन्दिन कसैलाई बरु यो भाइको आचाक्लि पनि बेला बेला मा ळेख्ने गरिस्योन त हजुरको भाइ बुहारी र भतिजा भतिजिहरुलाई देखाम्न पर्ला के

कामको ब्यस्तताको कारण हजुरलाई चिठि लेख्न भ्याएनछु रिसानी नहोस है (हुनत बेला न कुबेल ठु्स्स परेर ठुस्किने चलन अझै  छ हजुरको -मलाई  के थाहा छैन र  कसैले नसुन्नु है कुरो चै )

 बिदा पाम अइले अर्को भागको प्रतिक्षामा

माया सहित

भाइ(शुभ)

मजाक अपार्ट  कथा राम्रो हुदै गैरा'छ    केहि प्रतिकृया लेख्न नपाए नि पढ्ने मौका चै पाइराहुन्छु


 
Posted on 03-03-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दीप्पूको अर्को पूजे महात्म्य पनि गैसकेछ!
पूजाको साहस पनि गजबकै रेछ!
आफ्नै गरमा चोर रे! हा हा
दामी छ, लेख्दै गरम्!


 
Posted on 03-03-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपीका, पूजाको करामत झन झन डर्लाग्दो र चाख्लाग्दो हुँदै गैराछ। राती राती त्यसरी पर्खाल नाघेर फोन गर्न जानुहुन्छ? बदमाश केटीहरु।
 
Posted on 03-03-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ahile samma ta katha ekdam ramailo chha. Part 3 chai kahile aaucha? la chitto rakhnu paryo.....
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters