shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Travel Refresh page to view new replies
 Sujata's road to Premiership of Nepal: unauthorized documentation

[Please view other pages to see the rest of the postings. Total posts: 85]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 54454 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 01-14-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sujata jee,

 

I have been wanting to write you for a long time but today, I could not wait anymore.

 

BTW, congratulations on you appointment for the post of a minister without portfolio and you will be looking after the office of your Prime Minister dad. The spot light you got, did not draw array of mixed reactions. Those who opposed did not carry any significance. But, your political foes must have gotten scared, as your dad took out a list of ministers from his grey coat at the premises of Singha Durbar with your name. This brought  you  one step closer to your dream of becoming a Prime Minister of Nepal and carry the legacy of Koirala clan. I also learnt that you are in the third position in the chain of command of the Nepali Congress Party. This must have put you in lots of pressure to command, control and contribute to the Congress party. In the past, you have been accused and associated with the scandals of Lauda, Dhamija, sandlewood and now the proposed selling of historical Nepalese Embassy in London recently to steel giant  Laxmi Mittal. To strengthen your leadership and increase grasp within the party, you will definitely need more resources and financial backings, so you will be getting very seriously involved in ways to raise more money. This may lead you to more moral and immoral issues. Since there are no questions of accountability rising within or outside of the party, and as long as you contribute to the welfare of the party, you will be all fine. You have the capability to annihilate who go against you. You have been an international relation specialist, a central committee member and a nominated member of the parliament of the party. You will get away easily as previous who were considered defaulters but came out clean from the judiciary. You will be appointing those judges.  After all, even Girija Babu set us with examples of printing fake money to run the party. I had been reminding myself constantly that there is no clean and fiscally responsible political party with any tinted records. So what ever you do or did, you should be all fine. Just make sure that you keep your shopping sprees hidden from the public eyes.  

 

Actually, I am pretty surprised not to hear that much of or any opposition on you appointment to the minister ship.  Now you have a big ship to navigate. The so called intelligentsias, opposition political parties, civil societies and oppositions within your own congress party were all quiet. Girija Babu, with his skills and management with surgical precisions (and, of course, your diligence to make him listen to you), must have dissected their barking tongues out. A nicely done piece of work like art !!  But yet the danger does not stop there and will keep on lingering as your oppositions might try to make this an issue during elections (If at all it takes place). What a grand design !!

 

I do know how good a Prime Minister you would be! After all, people from Nepal have never chosen a PM with developmental agenda, social justice or someome raise the living standard of common Nepali, so you are not be any different than others. For you to come to power, you need more heads not the contents, which you have been working on. I am sure you are bringing in more heads that nod to your commands and clap to your speeches. Knowing you from the surface, you will do very well to yourself and your supporters when (if- is not the word of choice) you become a Prime Minister. Regarding the development of Nepal, it will take its natural course. Who has been serious about that up to now?  After all who has become a PM of Nepal who has vision and with agenda to develop, and plan for the future? As in the past, you should be just fine with what ever capabilities you have.

 

In the mean time, from now onwards, I would like to document your daily activities, your great speeches, thoughts and your personal achievement as archives (yet unauthorized documentation) until you become a Prime Minister of Nepal.

 

At the end, I would like to remind you that I am not associated with any political parties, but as a citizen of Nepal, I am interested in developing events and every day happening.

 

Please do not take this as a way to impress you.

 

Yours,

 

Shirish

 

काठमाण्डु, बाङ्गेमुढा

हाल: बोष्टन, अमेरीका

 

I beg your pardon for some of the inaccuracies.

NB: I will be ridiculed if you don't become a PM of Nepal, please work hard to become one.

 
Last edited: 14-Jan-08 11:14 AM

 
Posted on 04-29-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-02-10 8:12 PM     [Snapshot: 11374]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पदाधिकारी मनोनयनमा पैसाको चलखेलः सुजाता 


काठमाडौं, मंसिर १६ - पदाधिकारी मनोनयनमा विवाद भइरहेकाबेला कांग्रेस नेतृ एवम् उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रस्ताव पास गराउन पैसाको चलेखल भइरहेको दाबी गरेकी छन् ।

बिहीबार केन्द्रीय समिति बैठकबाट बाहिरिएकी केन्द्रीय सदस्य कोइरालाले प्रस्तावलाई फिर्ता लिन माग गरिन् । 'प्रस्ताव पास गराउने र फेल गराउनेबीच पैसाको चलखेल भइरहेको छ,' उनले संवाददाताहरुसित भनिन्, 'यो लोभ लालन देखाउने कामले पार्टीलाई हित गर्दैन ।'

कोइरालाले प्रस्तावलाई फिर्ता लिएर नयाँ सहमतिमा जान वा शीर्ष नेताहरु बसेर निकाश निकाल्न आग्रह गरिन् । 'कि त प्रस्ताव फिर्ता लिनैपर्छ, यदि त्यो हुँदैन भने सभापति, देउवाजी, रामचन्द्रजीलगायत बसेर आजभोलि नै निकास निकाल्नुपर्छ,' उनले भनिन् ।

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि सहमतिबाटै निकाल्नुपर्नेमा जोड दिए । उनले प्रस्ताव फिर्ता लिनुको विकल्प नभएको दोहोर्‍याए । सुजाताले उपसभापति र केसीले महामन्त्री दाबी गर्दै आएका छन् ।

सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम प्रस्ताव गरेपछि कांग्रेसमा विवाद चुलिएको छ 


 
Posted on 12-16-10 10:28 AM     [Snapshot: 11720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुबेल पनि विवादास्पद क्रियाकलापमा


     काठमाडौ, मंसिर २९ - 

    विवादास्पद पूर्वयुवराज पारस शाहले पेस्तोल ताकेपछि चर्चामा आएका बंगलादेशी नागरिक रुबेल चौधरी पनि विभिन्न गैरकानुनी र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको भेटिएको छ । 

    उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी मेलानी जोस्टसँग बिहे गरी पारिवारिक भिसा लिएर करिब चार वर्षदेखि नेपालमा बस्दै आएका उनी गैरकानुनी क्रियाकलापमा संलग्न रहे पनि शक्तिको प्रभावका कारण कारबाही अगाडि बढाउन नसकिएको उच्च प्रहरी स्रोतले जनाएको छ । चौधरी मन्डिखाटारस्थित कोइराला निवासमै बस्ने गरेका छन् ।

    संयुक्त राष्ट्रसंघको सुडानस्थित शान्ति मिसनमा खटिएको नेपाल प्रहरीका लागि कल्याण कोषबाट करिब ५० करोड रुपैयाँ बराबरको आर्मर्ड प्रोटेक्टेड भेहिकल -एपीसी) लगायतका सामग्री खरिद गर्दा भएको घोटालाका मुख्य कर्ता चौधरी भएको उच्चप्रहरी स्रोतको दाबी छ । 

    स्रोतका अनुसार सुजाताका पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेस नेता

    कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेला चौधरीले नेपाली नागरिक शम्भु भारतीलाई ठेकेदारका रूपमा अगाडि सारेर उक्त खरिदको जिम्मा लिएका थिए । सुडानस्थित प्रहरी मिसनका लागि किनिएको सामग्रीमा करिब ३५ करोड रुपैयाँ अनियमितता भएको संसद्को राज्य व्यवस्था समितिको करिब चार महिना लामो अनुसन्धानबाट पुष्टि भइसकेको छ । उक्त भ्रष्टाचारका कारण प्रहरी कल्याण कोषको करिब ५० करोड रुपैयाँ डुबेको थियो । राज्य व्यवस्था समितिले अनियमितता ठहर गरी दोषीमाथि कारबाहीका लागि निर्देशनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको थियो । तर, चौधरीकी सासू एवं उपप्रधानमन्त्री कोइरालाको दबाबमा प्रधानमन्त्री माधवकुमार नेपालले उक्त प्रकरणमा कारबाही अघि नबढाउन अख्तियारका कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका सचिव भगवती काफ्लेलाई निर्देशन दिएको उच्च स्रोतले जनायो । 


    सुडान प्रकरणसँगै जोडिएको र राजस्व अनुसन्धान विभागको अनुसन्धानमा रहेको १० लाख अमेरिकी डलर रकम छुटाउनसमेत चौधरी लागिपरेको विभाग स्रोतको दाबी छ । उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ । नेपालमा आउने अन्तर्राष्ट्रिय फोन बाइपास -भीओआईपी) गर्ने कार्यमा पनि चौधरीको संलग्नता रहेको प्रहरीको दाबी छ । यसबाट नेपाल टेलिकमलाई मासिक करोडौं रुपैयाँ घाटा हुने गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार भीओआईपीसम्बन्धी अनुसन्धान गर्दै जाँदा मन्डिखाटारस्थित कोइराला निवासनजिकैको स्थान 'ट्रेस' भएपछि प्रहरीले त्यहाँ छापा मार्ने तयारी गरेको थियो । 

    'अन्तिम अनुसन्धानले मन्त्रीज्यूकै घरबाट त्यस्तो कार्य हुने गरेको देखियो । मन्त्रीको घर भएकाले उच्च नेतृत्वलाई जानकारी नगराई त्यसै दिन छापा मार्न गाह्रो भयो,' एक अधिकृतले भने, 'भोलिपल्ट छापा मार्ने कुरा भएको थियो, 

    तर त्यो सूचना पहिले नै चुहिएकाले रातारात कल छल्ने उपकरण त्यहाँबाट हटाइएछ । त्यसको जानकारी पाएपछि योजना त्यत्तिकै तुहियो ।'

    प्रहरीका अनुसार राजधानीबाट हुने अधिकांश भीओआईपी कल छलीमा बंगलादेशी प्राविधिकहरू जोडिएका छन् । यस्तो अभियोगमा प्रहरीले चार जना बंगलादेशी नागरिकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ । 

    यसैगरी आफ्नी सासू परराष्ट्रमन्त्री भएको फाइदा उठाई बंगलादेशी नागरिकलाई नेपाली राहदानी उपलब्ध गराएर तेस्रो मुलुक पठाउने कार्यमा समेत चौधरीको संलग्नता भेटिएको परराष्ट्र स्रोतको दाबी छ । उक्त प्रकरणमा जोडिएका सामान्य कर्मचारीलाई कारबाही भए पनि मन्त्रीको ज्वाइँ भएकाले चौधरीमाथि अनुसन्धान नगरिएको एक परराष्ट्र अधिकारीले जनाए ।

    चौधरी स्वयंको भिसाका लागि परराष्ट्रमन्त्री कोइराला स्वयंले अध्यागमन विभागमा आवेदन दिएको विभागका एक अधिकृतले बताए । प्रत्येकपटक एक वर्षका लागि भिसा पाइरहेका चौधरीले त्यस्तो भिसाअन्तर्गत नेपालमा कुनै काम गर्न नपाउने कानुनी व्यवस्था छ । तर, चौधरी आय आर्जनका थुप्रै क्रियाकलापमा सधैं व्यस्त रहने स्रोतले बतायो । सरकारी ठेक्कापट्टा मिलाइदिने कार्यमा समेत उनी सक्रिय रहेको जानकारहरूको भनाइ छ । 

    उल्लिखित विषयमा प्रतिक्रिया लिन कान्तिपुरले बारम्बार प्रयास गर्दा पनि चौधरी सम्पर्कमा आउन चाहेनन् । 'उहाँ तनावमा रहनुभएको र युरिक एसिडसमेत बढेकाले अहिले बोल्न चाहनु हुन्न,' उनका एक सहयोगीले जनाए ।

    चौधरीसँग लिखित बयान

    प्रहरीले चितवन गोलीकाण्डमा बुधबार चौधरीसँग लिखित बयान लिएको छ । उनलाई ताकेर पारस शाहले गोली चलाएको घटनाबारे जानकारी लिने क्रममा प्रहरीले उनीसँग बयान लिएको हो । चितवन जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रहरीलाई 'घटनाबारे बुझ्न' पत्राचार गरेपछि काठमाडौं प्रहरी परिसरको निर्देशनमा महाराजगन्ज वृत्तले मन्डिखाटारस्थित कोइराला निवासमै पुगेर चौधरीसँग बयान लिएको थियो । बयानको विवरण प्रहरीले बुधबारै चितवन पठाएको थियो । 

    प्रहरीका अनुसार चौधरीले दिएको बयानकै आधारमा चितवन प्रहरीले शाहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा पेस गरेको हो । 'चौधरीलाई चितवनमै बोलाए पनि उनले जान नमानेपछि कानुनी प्रक्रिया पुर्‍याएर यहीं बयान लिइएको हो,' अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।   


    प्रकाशित मिति: २०६७ पुस १ ०९:०५


     
    Posted on 12-16-10 2:48 PM     [Snapshot: 11885]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Sab chorai chor. Luteko cha hamro desh lai sabai milera. Ran## ko baan haru.
     
    Posted on 07-12-11 10:02 AM     [Snapshot: 14435]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    विविधा»

    रुबेल, सुजाता, सिटौला र कांग्रेस

    डा. टीकाराम पोखरेल
    काठमाडौ, अषाढ २० - बगलादेशी नागरिक रुबेल चौधरी अहिले नेपालमा एकाएक चर्चाको शिखरमा छन् । जहाँ सूचनाको पहुँच छ त्यहाँ रुबेल चौधरीको नाम नसुन्ने नेपाली अहिले कमै होलान् । चर्चाको शिखरमा रहेका रुबेलका समर्थक जति छन् त्योभन्दा सयौँ गुना बढी चाही् उनका आलोचक छन् । रुबेल कांग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाका ज्वाँइ भएका कारणबाट मात्र यतिबेला चर्चाको शिखरमा पुगेका होइनन्, उनको चर्चाको खास कारण टाइगरटप्स गोली काण्ड र सुडान घोटाला प्रकरण हुन् । प्रायः धेरैको कानमा नपरेको रुबेलको नाम टाइगरटप्समा पूर्व युवराज पारस शाहसँग भएको जाँड भिडन्तपछि एकाएक चर्चामा आयो ।
    टाइगरटप्स घटना सेलाउन नपाउँदै नेपाल प्रहरीले सुडान मिसनका लागि खरिद गरेको एसीपीमा भएको भनिएको घोटालमा रुबेलको नाम जोडिएको छ । सत्ता र शक्तिको आडमा सुडान घोटालामा रुबेलको संलग्नता भएको भनी चर्चामा आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई दोषी भनी आरोपित भने गरेको छैन । त्यसो त रुबेल मात्र होइन सत्ता र शक्तिको आडमा ओत लागेर बसेका अन्य संभावित दोषीलाई पनि अख्तियारले छुनै सकेको छैन ।
    रुबेल सुडान घोटाला प्रकरणमा संलग्न छन् वा छैनन् यो त अनुसन्धान र अदालतको निर्णयपछि मात्र ठोकुवाका साथ भन्न सकिने विषय हो । तर समाचार माध्यममा जसरी रुबेलको नाम जोडेर समाचारहरु प्रकाशित/प्रशारित भएका छन् यसबाट रुबेल अनुसन्धानको दायराबाट बाहिर छैनन् भन्ने स्पष्टै
    हुन्छ । अनुसन्धानको घेरामा रुबेल आउनुपर्छ र अनुसन्धान गर्ने निकायले निर्धक्क साथ उनलाई अनुसन्धानको दायरामा पार्नुपर्छ । रुबेललाई जोगाउने नाममा कांग्रसको सत्ता र शक्ति दुरुपयोग भयो भने त्यो कांगे्रसका लागि नै दुर्भाग्य हुनेछ ।
    सबैले बुझेकै कुरा हो आरोपित व्यक्ति आरोप प्रमाणित भएपछि मात्र दोषी ठहरिन्छ । तर राज्यले कुनै पनि घटनामा अनुसन्धानको दायरामा हरेक व्यक्तिलाई राख्न सक्तछ । यसकारण रुबेललाई सत्ता र शक्तिको आडमा ओत लागेकै कारणबाट अनुसन्धानको घेरा बाहिर पार्ने जुन कसरत भैरहेको छ त्यसलाई कदापी उचित मान्न सकिन्न । यस्तो दुष्कर्म गरियो भने नेपालको अख्तियार दुरुपयोग निवारणको इतिहासमा यो दुर्भाग्ययपूर्ण हुनेछ ।
    नेपालमा रुबेलको न कुनै व्यापार व्यवसाय छ न कुनै कतै वैधानिक संलग्नता नै देखिन्छ । विना व्यापार, व्यवसाय, पेसा रुबेल किन नेपालमा बसिरहेका छन् भन्ने कुरा मननयोग्य
    छ । यसकारण पनि बिनाकाम बसेको व्यक्ति सत्ता र शक्तिको आडमा अबैध धन्दामा संलग्न हुनसक्ने आशंकालाई प्रशस्तै बल मिल्छ । अन्यथा आजको जवान पुस्ताको कुनै एउटा व्यक्ति बिना काममा समय बर्बाद गरी घुमिरहन्छ भन्ने कुरा त्यति विश्वासयोग्य लाग्दैन । त्यसैले सुडान प्रकरणमा रुबेलको संलग्नता अनुमान निकट पुग्न सकिन्छ ।
    तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच सुरुका दिनमा सम्बन्ध चिसो थियो । पछि त्यो चिसो सम्बन्ध त्यत्तिकै मत्थर हुँदै गयो र अहिले त्यो सम्बन्ध निकै घनिष्ट छ । हालै भएको कांग्रेस बैठकमा कांग्रेसका केन्द्रीय सदस्यहरूले सुडान प्रकरणमा सिटौलाको संलग्नताबारे स्पष्ट पारिनुपर्ने प्रश्न उठाउँदा सिटौलाले भ्रष्टाचार गरेको छैन मलाई थाहा छ भन्दै सिटौलाको सबैभन्दा दरो ढाल बनेर सुजाता नै उभिइन् । त्यसैले सिटौला गृहमन्त्री हुँदा सुरुका दिनमा सम्बन्ध चिसो हुनु र पछिल्ला दिनमा सम्बन्धमा सुधार हुनुको कडी कतै यही सुडान प्रकरण त होइन भनी आशंका गर्ने ठाउँ पनि प्रशस्तै छ ।
    त्यसो त कांग्रेस नेता एवम् पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई अदालतले जब जेल सजाय तोक्यो त्यसमा पार्टीले वाग्लेका पक्षमा आवाज उठाउनुपर्ने भनी सिटौलाले पार्टीमा प्रस्ताव नै गरे । पार्टीले यसलाई महत्त्व नदिएकाले मात्र त्यो प्रस्ताव त्यत्तिकै तुहियो । आफू सुडान घोटालामा मुछिने पक्का भएपछि वाग्लेको हवाला दिंदै पार्टीलाई वाग्लेको भ्रष्टाचारको समर्थनमा प्रयोग गराउन पाएपछि सुडान प्रकरणमा पनि पार्टीलाई आफ्नो पक्षमा पनि बोल्न लगाउन पाइने थियो भन्ने निहित स्वार्थ त सिटौलामा थिएन ? अन्यथा यी वाग्ले र सिटौला विपरीत दुई धु्रवका नेताले एकले अर्काको समर्थन किन गर्थे र ? परिस्थितिजन्य यी घटनाक्रम सुडान घोटालाका लागि यथेष्ठ प्रमाण नै नभए पनि यस्ता घटनाले अनुसन्धान प्रक्रियालाई सहयोग भने पुर्‍याउँछ ।
    सुजाताको शब्दमा भन्ने हो भने त रुबेलमाथि कुनै पनि आरोप लगाउनु भनेको सुजातामाथिको आरोप हो, सुजातामाथिको आरोप भनेको कांग्रेस माथिको आरोप हो, कांग्रेसमाथिको आरोप भनेको सिङ्गो व्यवस्था माथिकै प्रहार हो । उनको थप दाबी छ कोइराला परिवारको महत्त्वपूर्ण भूमिकालाई गौण र बदनामी बनाउन कोइराला परिवार र उनीहरुका नातागोतामाथि यस्ता आरोपहरु लगाइन्छ । भ्रष्टाचारको विषयलाई राजनीतिक रंग दिने सुजाताको प्रयासले पनि सुडान प्रकरणमा रुबेलको संलग्नताको आशंकालाई थप बल मिलेको छ । टाइगरटप्समा भएको सामान्य झगडालाई पनि सुजाताले नै राजनीतिक रंग दिएर चर्काएकी थिइन् । झगडालाई राजनीतिक रंग दिएकै कारण उक्त घटना पनि रुबेल र सुजाता दुवैका लागि प्रत्युत्पादक भयो । रुबेल बदनाम भए । सुजाता अपरिपक्व देखिइन् । सुडान प्रकरणलाई पनि सुजाताले जति राजनीतिक रंग दिन्छिन् त्यति नै उनका लागि त्यो प्रत्युत्पादक हुने निश्चित छ ।
    एउटा टेलिभिजन अन्तर्वार्तामा सुजाताले भनिन्, 'भ्रष्टाचारको आरोप किन नेपाली कांग्रेसलाई मात्र लाग्छ ? कांग्रेसलाई मात्र लगाइएकोले यो सुनियोजित हो ।' अरुलाई अपरिवक्व बोल्ने भनेर दाबी गर्ने सुजाताले यस्ता केटाकेटी तर्क गरेर आफ्नै उचाइ घटाउनुअगाडि सोच्नुपर्ने हो कि जसले जे गलत काम गर्छ त्यसलाई त्यही आरोप लाग्छ । जस्तो कि माओवादीलाई सम्पत्ति कब्जा, जबर्जस्ती चन्दा असुली, धम्की, कुटपिटजस्ता क्रियाकलापमा संलग्न भएको आरोप लाग्छ । सम्पत्ति कब्जा, जबर्जस्ती चन्दा असुली, धम्की, कुटपिटजस्ता आरोप कांग्रेसलाई किन लाग्दैन भने सामान्यतया कांग्रेस यस्ता क्रियाकलापमा संलग्न छैन । तर भ्रष्टचारको मामिलामा कांग्रेस नेतालाई अरू पार्टीका नेताहरूको तुलनामा अलि बढी नै आरोप लाग्ने गरेको छ किनभने कांग्रेस सबैभन्दा बढी सत्तामा बसेका हुँदा तुलनात्मक रूपमा कांग्रेसका नेताबाट बढी भ्रष्टाचार भएको छ । तर यसको अर्थ अरू
    पार्टीका नेताहरू भ्रष्टाचारमा संलग्न छँदै छैनन् भन्ने होइन ।
    रुबेल चौधरी वा अरू कुनै कांग्रेस निकट व्यक्ति वा कांग्रेस नेतालाई भ्रष्टाचारमा संलग्न भएको आशंका गरिनु नै प्रजातन्त्र वा व्यवस्थामाथि नै प्रहार गरिनु हो भने कांग्रेसजनले जे गरे पनि हुन्छ भन्ने सन्देश जान्छ । कांग्रेसले जे पनि गर्न पाउने भएपछि अरू पार्टीका नेताले पनि जे पनि गर्न पाउने नै भए । मनपरी गर्ने आफू अनि त्यसको विरोध गर्दा व्यवस्थामाथिकै विरोध भनेर उम्कँदै जाने हो भने देश त दिन प्रतिदिन भासमा जकडिँदै जान्छ ।
    नेपाली कांग्रेस कानुनी शासनमा विश्वास गर्ने पार्टी हो भन्ने धेरैको बुझाइ छ । त्यही पार्टीको एउटी नेतृ सुजाताको पनि कानुनी शासनमा विश्वास छ भने यस्ता भ्रष्टाचारका मुद्दालाई विषयान्तर गरी सत्ता र शक्तिको दुरुपयोग गर्नुभन्दा रुबेललाई अनुसन्धान घेरामा लैजान सहयोग पुर्‍याए हुँदैन र ? त्यसो नगरी सत्ता र शक्तिको आडमा भ्रष्टचारजस्तो गम्भीर विषयलाई व्यवस्था वा राजनीतिक उपलब्धिसँग जोडेर विषयान्तर गर्दै लैजाने हो भने प्राप्त उपलब्धिको रक्षा होइन बरु व्यवस्था नै बदनाम भएर प्रतिगामीलाई फाइदा पुग्ने र उपलब्धि नै गुम्ने डर हुन्छ ।
    नेपाली जनताको नियति नै र्हो, पार्टीका ठूला नेताले जे गरे पनि समर्थन गरिरहनुपर्ने । नेताले जतिसुकै कलंकित काम गरे पनि समर्थनमा तालि बजाइदिए नेता खुसी हुने र विरोध गरेचाहिँ नेताले जनतालाई नै उत्छृङ्खल र प्रतिगामी देख्ने रोग दल र
    तिनका नेताहरूलाई लागेको छ । यतिबेला कांग्रेसलाई खुसी पार्ने हो भने जनताले रुबेल, सिटौला, वाग्ले, खुमबहादुर र गोविन्दराजको काला कर्तुतको पक्षमा तालि बजाउनुपर्नेछ । एमाले खुसी
    पार्ने हो भने पर्शुरामहरूलाई जोगाउन झन्डा बोकेर दौड्नुपर्नेछ । माओवादीलाई खुसी पार्ने हो भने अग्नि सापकोटा र बालकृष्ण ढुंगेलहरूको बचाउ गर्नुपरेको छ । तर यस्तो दण्डहीनतालाई प्रश्रय दिंदै जाने हो भने देशको कुन हविगत होला ?
    Last edited: 12-Jul-11 10:02 AM

     



    PAGE: <<  1 2 3 4 5  
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    शीर्षक जे पनि हुन सक्छ।
    What are your first memories of when Nepal Television Began?
    Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
    ChatSansar.com Naya Nepal Chat
    NRN card pros and cons?
    Basnet or Basnyat ??
    निगुरो थाहा छ ??
    Nas and The Bokas: Coming to a Night Club near you
    TPS Re-registration
    अमेरिकामा छोरा हराएको सूचना
    ओच्छ्यान मुत्ने समस्या ( confession )
    Do nepalese really need TPS?
    TPS Re-registration case still pending ..
    Drawback for applying NRN card
    Breathe in. Breathe out.
    nrn citizenship
    Democrats are so sure Trump will win
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    My facebook archive (for sale)
    Nas and The Bokas: Coming to a Night Club near you
    Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
    Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
    TPS Update : Jajarkot earthquake
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters