Posted by: shirish December 2, 2010
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

पदाधिकारी मनोनयनमा पैसाको चलखेलः सुजाता 


काठमाडौं, मंसिर १६ - पदाधिकारी मनोनयनमा विवाद भइरहेकाबेला कांग्रेस नेतृ एवम् उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रस्ताव पास गराउन पैसाको चलेखल भइरहेको दाबी गरेकी छन् ।

बिहीबार केन्द्रीय समिति बैठकबाट बाहिरिएकी केन्द्रीय सदस्य कोइरालाले प्रस्तावलाई फिर्ता लिन माग गरिन् । 'प्रस्ताव पास गराउने र फेल गराउनेबीच पैसाको चलखेल भइरहेको छ,' उनले संवाददाताहरुसित भनिन्, 'यो लोभ लालन देखाउने कामले पार्टीलाई हित गर्दैन ।'

कोइरालाले प्रस्तावलाई फिर्ता लिएर नयाँ सहमतिमा जान वा शीर्ष नेताहरु बसेर निकाश निकाल्न आग्रह गरिन् । 'कि त प्रस्ताव फिर्ता लिनैपर्छ, यदि त्यो हुँदैन भने सभापति, देउवाजी, रामचन्द्रजीलगायत बसेर आजभोलि नै निकास निकाल्नुपर्छ,' उनले भनिन् ।

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि सहमतिबाटै निकाल्नुपर्नेमा जोड दिए । उनले प्रस्ताव फिर्ता लिनुको विकल्प नभएको दोहोर्‍याए । सुजाताले उपसभापति र केसीले महामन्त्री दाबी गर्दै आएका छन् ।

सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम प्रस्ताव गरेपछि कांग्रेसमा विवाद चुलिएको छ 

Read Full Discussion Thread for this article