[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नारायण गोपाल को सम्झना मा

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 81634 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 08-28-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपाल को सम्झना मा
अनिगिन्ती कालजयि गीत गाउनु भएका नरायण गोपल का अति नै लोकप्रीय गीत्"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगि देखि जिन्दगि, आत्तिन थलेछ" रेकर्दिङ्गमा अन्तिम् हरफ् छुटेको रहेछ। यस् गीत् का रचनाकार् भिम बिराग ( ७६ बर्ष)का अनुसार् नरायण दाइ ले लामो भयो भनेर त्यो भाग् हटाउनु भयो रे। तर त्यो अन्तिम् हरफ् झनै मर्म स्पर्शी रहेछ, त्यो ओरिगिनल् गाना म रख्नु भएको भए----- यहा हरुको लागि त्यो हरफ् मात्र यहा पस्केको छु, अस्तु!!!!!!!!!

आफू लाइ बिर्सन पिएँ,
तिमीलाइ सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सिको भ्रममा अफ्नै आंशु पिएँ
आज भोलि हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि
 
Posted on 09-07-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah TapTipe!!

Two Songs by Narayan Gopal

1. The Ultimate Love Song.

Timilai Bhulda Ma Eklo Parechu
तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झे तिमी साथ आयौ
कुनै चिज मीठो म खोजिरहेथे
म् सोंचिरहेथे तिमी याद आयौ

उज्ज्यालो बढेझैं भयो आज झन् झन्
उज्ज्यालो त मुस्कानले बल्छ भन्छन्
कि मैलाई सम्झि तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो
कुनै चिज मीठो म खोजिरहेथे
म सोंचिरहेथे तिमी याद आयौ

तिमीले पनि सम्झिएकि भए लौ
चुम्यौ चाहनाले अझै मन् परायौ
मलाई भुलेकि भए के भनू ख्वै
तिमी हर्षायौ के बिस्मात आयो
कुनै चिज मीठो म खोजिरहेथे
म सोंचिरहेथे तिमी याद आयौ

Singer: Narayan Gopal
Music: Divya Khaling
Lyrics: Kanchan Pudasaini


2. One of the Fav. Songs Ever.

Timro Jasto Mutu
तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि

तिमीलाई अंगाली कता कता भागी जाने धोको मेरो पनि
तर पाँउमा दस्तूरको तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभएपनि तिमी सितै बँच्छ मेरो पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि

देवता त होइन म पनि धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति त्यती नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि

Singer: Narayan Gopal
Music/Lyrics: Gopal Yonjan


ChillaxXx!!
 
Posted on 09-08-06 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! क्या मिठो गित!

उज्ज्यालो बढेझैं भयो आज झन् झन्
उज्ज्यालो त मुस्कानले बल्छ भन्छन्
कि मैलाई सम्झि तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो

 
Posted on 09-08-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो झाय्प् ले गर्दा अर्थ अलिक लागेन, वास्तवमा यो हो । ।


उज्यालो बढे झैँ भयो आज झन झन्,
उज्यालो ले मुस्कान नै बढ्दछ भन्छन
कि मै लाइ सम्झी तिमी मुस्कुरायोउ
कि आयोउ तिमी, कि चाँदनी रात आयो
 
Posted on 09-08-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खबरदार ज्यु, वास्तबमा त्यो अन्तरा "त्यो" नभईकन यही नै हो, जुन म फेरि लेख्दैछु।
"उज्ज्यालो बढेझैं भयो आज झन् झन्
उज्ज्यालो त मुस्कानले बल्छ भन्छन्
कि मैलाई सम्झि तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो"
खोट निकाल्नु भन्दा पहिले गीत नै सुनेर सही अन्तरा कुन हो भन्ने कुरा प्रमाणित गरि लेख्दा खेरि उचित हुन्थ्यो होला। फेरि एकचोटी त्यो अन्तरा सुन, अनि गीतको सही अर्थ लागाउ। कतै अहिलेसम्म गलत गीत त गाउदै हिडेका छैनौ ?

One more song by Narayan Gopal...
(Shiz, seems like I will end up writing all of his songs... ehe, love it that way)

Yesai Gari Bitai Dinchu
यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी
यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी

भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु
बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु
कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी

च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफुलाई दिनहरुको माझमा
गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी
Singer: Narayan Gopal
Music: Narayan Gopal
Lyrics: Kali Prasad Rijal



ChillaxXx!!!
 
Posted on 09-08-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी

should not it be म only ?
 
Posted on 09-08-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संयुक्तजी,
'मा' नै होला। आफू आँशुमा, दुखमा, पिडामा जे मा भए पनि जीन्दगि चाहिँ हाँसो View/Share this post only
 
Posted on 09-08-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कलङ्कि बुरो, म त
"उज्यालो त मुस्कानले बढ्छ भन्छन" भन्ने सुन्थेँ जहिले पनि!!
 
Posted on 09-08-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

By the way, Birkhe maila

You gajal writing skill is fantastic. Have been a silent reader of your nice gajals.
 
Posted on 09-08-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउँ साथिहरु, धागो नै बाङ्गिएछ!

धन्यवाद् संयूक्तजी, गजल सिक्दैछु म वास्तवमा। साझाका गजल लेखकहरुबाट प्रोत्साहन पाएर लेख्ने प्रयास गरेको हो, यहाँ जस्तै पाठकले मनपराइदिनु लेखाइको अर्को संतु्ष्टि हो।
फेरि एकपटक धन्यवाद्!
 
Posted on 09-08-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संयुक्ता ज्यु,
"हाँसोमा" नै हो किनभने if you read the first line, it it talking about दुई दिनको जिन्दगी। त्यो दुईदिनको जिन्दगीलाई हाँसोमा लुटाईदिने आफू आँशुमा डुबी रे, न कि दुईदिनको जिन्दगीलाई हाँसो "म" लुटाईदिने।

One more Favourite song by Narayan Gopal ehe...


Aljhecha Kyare Pachyouri

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

आउछकि चेली भनेर आमा दोबाटो धाएकी
तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती
सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन
एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालै मा
भन्थेनी बाबाले आँशु झारी टिकाको थाली मा
त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि
प्रवासको पातमा अलझेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला
दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो
बेलको ठूटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
Music: Narayan Gopal
Singer: Narayan Gopal
Lyrics: Bhupi Sherchan


ChillaxXx!!! eh
 
Posted on 09-08-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोट ho ki बुटा ?
 
Posted on 09-08-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीमा त बोट नै हुन्छ होला, बुटा त हिन्दीमा हुन्छ होला!! कि त चियाको बुट्टा हुनु पर्‍यो, तर चियाको बुट्टा भन्दा केहि अर्थ लाग्या जस्तो लाग्दैन। गीत सुनुम न, बुटा कि बोट छुट्याउन, गीत सुन्दा त बोट नै भन्या छ।
 
Posted on 09-08-06 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa wawa wa wa

Narayan dai marisakyo bhanera kasle bhanchha? Kasaile bhanchha bhane yo Dhaago le mukha bhari ko jawaaf dine chha. kaso Narayan dai ka parakhi haru. Euta geet chha, Ramesh Tamrakar ko "Heera ke ho janna lai tyo Parakhi lai Sodh..........." Jeewanta sangeet ani geet sunne , bujhne ani jhanjhanaune ho bhane Narayan dai ko geet sunnuhos, yo nirjiwa desh ma ni jeewant anubhawa garne chha.
 
Posted on 09-08-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another favorite of mine...

यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा

मेरा सारा जिवन सबॆ तिमीलाई
मिठा मिठा क्षनहरु सबॆ तिमीलाई
मेरा सारा जिवन सबॆ तिमीलाई
मिठा मिठा क्षनहरु सबॆ तिमीलाई
मेरो खुशि मेरो सुख सबॆ सबॆ तिमीलाई

यति चोखो..

आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु
आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु
सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु

यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा
 
Posted on 09-08-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा छोटो मिठो मन पर्ने गित-

आजै र राती के देखेँ सपना
मै मरि गएको, मै मरि गएको
बतास बिना हांगाको फूल
भुइँ झरि गएको, भुइँ झरि गएको

मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाईरहेको
कहाँ हो कहाँ बादल भित्र
म रोईरहेको, म रोईरहेको

वारि र पारि घाम र छायाँ
माझैमा पियार
संसारमा जन्म, दिएर ईश्वर
बैँशमा नमार, बैँशमा नमार

आजै र राती के देखेँ सपना
मै मरि गएको, मै मरि गएको
बतास बिना हांगाको फूल
भुइँ झरि गएको, भुइँ झरि गएको


रचना – माधब घिमिरे
 
Posted on 09-08-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

On this song I love the intro Piano piece ...
and the last verse is awesome:

तिमी हात देउ म प्रित दिन्छु
तिमी आँट देउ म जित दिन्छु
रहर कुँदेका पाइलाहरुलाई बन्धनको सागर को खन्न सक्छ
को खन्न सक्छ

===================Full Lyrics===

मेरो यो गितमा जुन मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ, को भन्न सक्छ

एउटै छ धरती आकाश एउटै
एउटै छ उच्छवाश चाहना एउटै
तरङ्ग धेरै विक्षिप्त मनमा आँखाले मात्र को गन्न सक्छ
को गन्न सक्छ

तिमी हात देउ म प्रित दिन्छु
तिमी आँट देउ म जित दिन्छु
रहर कुँदेका पाइलाहरुलाई बन्धनको सागर को खन्न सक्छ
को खन्न सक्छ

Singer: Narayan Gopal
Music: Amber Gurung
Lyrics: ?
 
Posted on 09-09-06 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखिएर घामको झुल्का भरी सघारमा
तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ हॆ
खोलु खोलु लाग्छ हॆ

सयपत्री फुलसितॆ फ़क्री आगनॆमा
बतासको भाका टिपी बोलु बोलु लाग्छ हॆ
बोलु बोलु लाग्छ हॆ

कति कति आखाहरु बाटो छेक्न आउछन
कति कति आखाहरु बाटो छेक्न आउछन
परेलीमा बास माग्न कति आखा धाउछ्न
यति धेरॆ मानिसका यति धेरॆ आखाहरु
मलाइ भने तिम्रॆ आखाहरु रोजु रोजु लाग्छ हॆ
रोजु रोजु लाग्छ हॆ

उडु उडु लाग्छ किन प्वाख कॆले पलायो
उडु उडु लाग्छ किन प्वाख कॆले पलायो
मनको शान्त तलाउको पानी कस्ले चलायो
आफ़ॆलाई थाहा छॆन कस्लाई थाहा होला
त्यसॆले त तिमी सित सोधु सोधु लाग्छ हॆ
सोधु सोधु लाग्छ हॆ

पोखिएर घामको झुल्का भरी सघारमा
तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ हॆ
खोलु खोलु लाग्छ हॆ
 
Posted on 09-09-06 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah!! कान्छो को कमि थियो यो धागोमा, कान्छोको पनि दर्शन भो -- कुनै चिज मिठो म खोजिरहेथे ... :D
BTW, the lyrics for the song "Mero yo geet ma" was written by Hari Bhakta Katuwal

Two More Songs, Both My Favs (Of Course)

1. Syanai Huri Ma

सानै हुरीमा वैशको सपना सिमल को फूल झैं झरी गयो
तिमी के गयौ खुशीले पनि, तिमी के गयौ खुशीले पनि
मलाई आँखा तरी गयो
सानै हुरीमा वैशको सपना

धेरै हाँसे साच्चिनै रुनु पर्दो रहेछ
हाँसोलाई आँशुले धुनु पर्दो रहेछ
बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी, बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी
पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ
सानै हुरीमा वैशको सपना

वेदनाले ओठ निलो भै सक्यो अब त
आँखा पनि गिलो गिलो भै सक्यो अब त
नरोउ भन्दैमा के रुक्थे यि मेरा आँशुहरु, नरोउ भन्दैमा के रुक्थे यि मेरा आँशुहरु
साह्रे नै साह्रै ढिलो भै सक्यो अब त
सानै हुरीमा वैशको सपना

Singer: Narayan Gopal
Music: Gopal Yonjan
Lyrics: Bhupi Sherchan



2. Bipana Nabhai Baanchi Dine

विपना नभई बाँचिदिने म भित्र का मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

आँशु सितै पग्ली झरने हाँसो भित्रै खेलिरहने
प्रित नपाई रोजी हिड्ने ति अधुरा मेरा सपना

भावनामा अल्झिरहने कल्पनामा बल्झि रहने
जीवन नपाई खोजि हिड्ने ति पुराना मेरा सपना

Music/Lyrics: Gopal Yonjan
Singer: Narayan Gopal



*** IF someone has the Mp3 of the song "Bipana Nabhai", please Email me. ;)

chillaxXx!!
 
Posted on 09-09-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What does this line signify?

प्रित नपाई रोजी हिड्ने ति अधुरा मेरा सपना


प्रित नपाई रोजी हिड्ने

You don't find true love yet keep on choosing or looking for it ???
Prostitution???

Whats your understanding?
 
Posted on 09-09-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो बुझ्दा यि नारान दाइ का "पंखा" हरु पस्चिमान्चल् तिर का, चालिसे काटि सके का छन जस्तो छ । चोर छोरी ठुला ठुला भएर यता उता लागि सके पछि बुढी सँग के कुरो गर्नु भनि साझा को चौतारी तिर धाउने मान्छे हुन जस्तो छ नि!! नेपालाँ ठ्याक्कै गाउँ तिर भात सात खायि सके पछि चिया दोकान तिर गफ चुट्न या तास् खेल्न हिन्ने लोक्ने छोरा हरु छ जि तिमी हरु त!!
जे होस् रमाइलो भको छ नि सोम ।
एउटा कुरा चै के भने नि म चै daj को भाको ले थाहा पाको कि । । चिया को चि बुट्टा होइन, बुटो पनि होइन, बुटा नै हुन्छ ल!
अन्त दिब्य खालीङ पनि "डाज्" कै भाको ले उस्को गीत मा कहिले काहीँ एक दुई शब्द नै छुटेको हुन्छ अनि अर्थ नै लाग्दैन नि हो! जस्तो नि "कि आयोउ तिमी चांदनी रात आयो" मा "कि" शब्द छुटेको छ नि, हुनु पर्ने "कि चाँदनी रात आयो" हाउ अन्त पो अर्थ लाग्छ त होइन र?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters