[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 194204 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-06-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् त्यसोभए नाक रातो बनाउँछु।

म नि इमेल हेर्ने
 
Posted on 08-06-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै तिरु कता गरि?
बिर्खे दा तपाइको नाक मा लाम्खुतेले तोकिदेको जस्तो च नि हो?
 
Posted on 08-06-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल यो ठुलि पहिला जस्तै तोते बोलि बोल्ने हुन थालि फेरि। बिचमा केहि समय शुद्ध बोल्ने भएको थिन फेरि तोतेबोलि आयो!
 
Posted on 08-06-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त झिँगा-फ्राइ सारै मुन पर्छ।

झिँगा-फ्राइ बनाउने तरिका:

१- चोक, गल्ली टोल बाट झीँगाहरु बटुल्ने। यसको आँखा जस्तो रङ्गको झिँगा अझ बढी स्वादिलो हुन्छ।

२-सबैँ झिँगालाई प्लास्टिकमा हावा जान नसक्ने गरी बन्द गर्ने। अनि २ दिन पछि सबै मरिसकेको हुन्छ। पिटेर मारेको झीँगाको रस बाहिर निस्कने भएको ले स्वाद हराउँछ।

३- अब सबै झीँगालाई बाँटामा राखेर पखाल्ने। झिङ्गा फोहर ठाउँको हो भने राम्रो सँग पखाल्नु पर्छ, नत्र रोग लाग्न सक्छ।

४- कराइमा तेल तताउने, प्याज लसुन र अदुवा रातो हुनेगरी फ्राइ गर्ने। अलिकति हिङ भए त्यो पनि राख्ने। हिङले झीँगाको स्वाद बढाउँछ।

५- अब अगि पखालेर पानी तर्काएको झीँगालाई कराइमा राखर परपरी भुट्ने। बेसार, जीराको धुलो, खुर्सानीको धुलो राख्दै चलाउँदै गर्ने। पट्ट पट्ट भुँडी फुटेको आवाज आएपछि आगो कम गर्ने।

६-अब अलिकति हरियो धनियाको पात मसिनो सँग काटेर माथि बाट फररर छर्किने।

७- झिँगा-फ्राइ तयार भयो। अब यो प्ल्ेटमा निकालेर थोरै गार्लिक-सस राखेर चलाउने अनि तितौरी र ठुल्नानीलाई टक्र्याउने।

८- यो तिनपानेलाई चटनी पनि खास्सा हुन्छ। यो झीँगा फ्राइ केटी मान्छेलाई बिशेष औषधि पनि हुन्छ। यसले श्रीमान वा ब्वाइफरेन्ड सँग जतिखेर नि झीँगा जस्तै भुँ भुँ भुँ भुँ गरेर सताउने रोगलाई चट्टै निको पार्छ।


 
Posted on 08-06-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् बिर्खे दा इमेल हेर्ने बेलामा गाला रातो बनाउनु पर्दैन क्या।
:हस् त्यसोभए नाक रातो बनाउँछु।
HAHAHAHAHHAAHHA.........

check ur mail thulu
 
Posted on 08-06-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-06-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चि चि चि यो भाउते दा कस्तो फोहोरि।
 
Posted on 08-06-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-06-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru maile dekhina
 
Posted on 08-06-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि इमेल पठाउँछौ कि मैले इमेलमा झिँगा फ्राइ पठाइदिम, हँ

ठूलीले देखिन रे ? तिम्लाई त्यो सानो प्लेटको हो। ठूलो प्लेटको त तितौरी लोभिले अगिनै लिएर गैसकी।
 
Posted on 08-06-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई त्यो सानो प्लेटको हो :O chi chi chi bhaute daaaaaaaaaaaaaaaaaaiiiiiiiiiiiiiiiiiiiiiiiiii mardim
 
Posted on 08-06-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ताआआआआआआ गाम्लेहरु हो

साह्रै दौडियो, पाना पल्टाउँदा नि थाक्ने क्या

लु म चै हाऽ गरे टाऽ

भरे भेटुँला ---- बाऽऽऽऽऽइइइइइइइ

हर्न प्लीऽऽऽऽज्््!!!
 
Posted on 08-06-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज ता निक्कै रमाईलो रैछ चौतारीमा। घाम पनि कत्ति मिठो लागेको। एकछिन सुस्ताउनु पर्‍यो लौ। बरु सप्पैलाइ नमस्कार छ है।

मास्टर्नी दिदी, सार्है मुटु छुने शब्दहरु। झक्झक्यायो नराम्ररी एक पटक।

फेरि अरु आउने सम्भावनाको लोभ भनौँ अलिकती अझै राख्ने प्रयाश गर्दैछु तपाँईका हरफहरु संगै।

"रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। "

---------------------------------------------
मर्यादाको साँध दोसाँध,
जोख्ने तुलो त तिम्रै थियो,
भुमरीमा त मलाई हाल्यौ,
न किनार भेटेँ न डुब्नै सकें।

सहारा दिन्थें चोखो थियो यो मन,
घात थिएन कठै त्यो आलिंगन,
तिर्सनाले त मलाइ गाल्यौ,
न त्रिप्तै भएँ न प्यासै मरें।

आधार खोज्नु मात्र ढोंग् तिम्रो,
माया त केवल स्वांग तिम्रो,
कपटको चक्रब्युहमा त मलाइ ढाल्यौ,
न उठ्नै सकें न लडनै सकें।

न क्षितिज कुनै सुनौलो देख्छु ,
न अतित भुल्ने बहाना भेटछु,
सम्झौताका कुरा त तिमिले टाल्यौ,
न जित्नै सकें न हार्नै सकें।

वीरहको ज्वाला कस्तो हुन्छ,
व्यथाको भुंग्रो कस्तो हुन्छ,
सल्काएर त आगो तिमिले गयौ,
न खरानी भएँ न निभ्नै सकें।
 
Posted on 08-06-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्लुलाई नि धेरै धेरै सुभकामना जन्मदिनको। एक बर्ष अझै बुढो भयौ त नि अब पीर नगर।

बरु तिम्रा मुखाँ त्यो गोरखापत्र बाजेको पसल अगाडिको उसिनेको अन्डा जाओस ल आजका दिन।
 
Posted on 08-06-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu bring ur butt here chitto
 
Posted on 08-06-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजप छ अन्तरे!

ढ्याऊsssssssssssssss! ढ्याऊऊऊsssssssssssssssss!
ठुलि सुपारि छ??? लेउ लेउ क्या खाइएछ गाँठे!
ढ्याऊऊऊsssssssssssssssss!

 
Posted on 08-06-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितोरी हमको थैङ्कु करेन।

जनमदिनके शुभ्काम्ना हमि पनि दिए थियो
सला थोडै लेट भयो फिर भि विस किए थियो
चोतारीमे हम्रो विस लाग्छ उसको मन परेन
शुभ्काम्ना दियो पर तितोरी हमको थैङ्कु करेन

जे राम जि कि।

 
Posted on 08-06-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपादि मदन्वा सङ माग्नुस न बिर्खे दा। म त सुपादि नखाको अल्मोस्त 9 बर्स हुन लiगि सक्यो.
 
Posted on 08-06-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड भैया को थ्यान्कु कर्ने को भुलेछु
ये दुनिया गोलगोल् परेछ हुजुर्
टेक्निकल्लि हम् भि उसि मे घुमेछु

त स्विकार् करि लिनुस् म्याडभैया हमरा धन्बादवा


Thulnaanu la tyo second option gara na ta
 
Posted on 08-06-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters