[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 193685 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-05-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'हन मुन्नि, तो भेनाको बहिनिलाई सोल्टिनी भन्ने हो र भन्या??? '
को भेना कहाँ भेना किन भेना कस्को भेना?
जिम्माल बाजे हाम्रो तिर तेस्तइ भन्छन

 
Posted on 08-05-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले जासूसी गरेर पत्ता लाएको, भोलि (अगस्ट ६) मा चिप्लुको जन्मदिन हो।
आज १२ बज्न भन्दा डेढ घण्टा अघि नै शुभकामना दिइहालुम्, भोलि भ्याउने हो कि हैन फेरी!

चिप्ले!!!!, ह्याप्पी बड्डे टू यू!
ह्याप्पी बड्डे टू यू!
ह्याप्पी बड्डे टू यू!


 
Posted on 08-05-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good night.
Sleep tight.
Don't let the bugs bite.


 
Posted on 08-05-07 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाया खोज्दा काँडा बिझायो बिझायो
'माया' शब्द सुन्दi दाइको हiत चिलiयो
फुलमा भमरा,
आउन त खोज्यi हो फुर्सद का'छ र?

 
Posted on 08-05-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi poontedai
hi chitre
 
Posted on 08-05-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बाजे रे!
हाहाहा के गर्नु बुडेसकाल ला'र होला एकोहोरो मात्तै सोचेछु मैले त; दाइको सालि सोल्टिनी भन्ने मात्तै!
 
Posted on 08-05-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चिप्लेओ जन्मदिनको बधाइ फेरि चिप्लेला अहिले नै जन्मदिनको धेरै धेरै शुभकामना छ!
 
Posted on 08-05-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुडेसकाल ला'र होला एकोहोरो मात्तै सोचेछु-- होला होला

HAPPY BIRTHDAY CHIPLE
 
Posted on 08-05-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY BIRTHDAY CHIPLE
 
Posted on 08-05-07 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिप्ले ब्रो, मेरो पनि धेरै-धेरै शुभकामना छ जन्मदिनको उपलक्षमा! भाग्य सधैं अगाडि र उज्यालोतिर तिब्र गतिमा चिप्लिरहोस्, कतै कुनै 'ब्रेक' नलागोस्!

ए राता मकै! हाम्ले केक कति खानु?! हिजोको केकको डकार अझै आउँदैछ! चौतारीले डाँडाकाँडा ढाकेछ साँच्चै गाँठे! एकै महिनामा गोटा चारएक गाम्लेजतिका जन्मदिन पर्न थाले बा!

अनि जदौ जिम्माल र माइली! के छ हालखबर?

माइलीको गीतले एउटा गीतको टुक्रो याद आयो मलाई। एउटा बहुत रमाइलो साथी छ मेरो, (अहिले अउँरिकाको कतातिर अन्मरिया'छ बज्जे, मेलको जवाफ मरे दिँदैन!) बिजुलीपानी चढाए 'सी खुब गाम्थ्यो यस्ता गीत। अहिले मैले सम्झेको चाहिँ यस्तो छ;

पानी मुनि भूँ गर्नी भमरो
इफ यू लभ मी, आई विल कम टुमरो
मिटिङ बेटर
ए माया नसके पठाउ लेटर!
 
Posted on 08-05-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार!!! यो "माइली" शब्दले के सारो झस्काउंछ भने।
धन्य, आज को दिन् को यो समयमा चौतारी भरि-भराउ, अरु बेला त भुत नाचिरा हुन्थ्यो।

चित्रे लाई धन्यबाद है मेरो पार्ट्नर को शुभजन्मोत्सवको अग्रिम् सुचना जासुस गरी पत्ता लगएकोमा।
लौ पार्ट्नर जन्म दिनको धेरै धेरै शुभकामना टक्र्याएं।
जिन्दगी फलोस् फुलोस, सयौ बर्ष बाचोस
मन र मस्तिस्क दुबैले खोजेको सबै पुगोस
धेरै धेरै शुभकामना !!!!
 
Posted on 08-05-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें नेउची दि'! आरामै हो?
किन झस्कायो हउरलाई यो 'माइली'ले? पहिलेदेखिनै आफूले त माइली भनेर बोलाइराख्या हुनाले छोड्न नसकेको मात्रै हो? बरु मान्वी बुइनी रिसाकी त छैनो होला नि है?! रिसा'को भे छोड्नुपर्ला के रे।
 
Posted on 08-05-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"---पहिलेदेखिनै आफूले त माइली भनेर बोलाइराख्या हुनाले छोड्न नसकेको मात्रै हो?---"

यहाँ यो "?" कता'ट आएर मोरच!? हुनुपर्ने त "।" हो। सच्याएर पढम् के रे मन लागे!
 
Posted on 08-05-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको धेरै धेरै शुभकामना चिप्ले ज्यु।

सालीनानी:

कसो गरुँ सालीलाई रिझाउन, सालीलाई रिझाउन
मेरो मायाँ थालेछ बिझाउन
फूलमा भमरा
आउँदै गर सालीज्यु मायाँ नमार।



गोताएँ मलाई पनि साली फकाउन सिकाउन यार।
 
Posted on 08-05-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतएं लाई नि दर्शन् ! आरमै छु, बांचिएकै छु। तपाइको के छ हालचाल?

आफु परियो घर-परिवारकी माइली, अनि नझस्कनु त?
चौतारीमा मलाई कोस्ले बोलायो भनेर कान ठाडो हुने
 
Posted on 08-05-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई घर ग'सी कूचो र चिर्पट खा'र गोटा पाँच सात चोट लगाउनु छ र यो पब्लिक चौतारीमा तिमीलाई तेस्ता कुरा सिका'र?

उहि पनि अर्काले नसिकाइ फकाउन नसक्नीलाई 'हुतिहारा' भन्छन् भन्नीजैं मानीचु के रे!
 
Posted on 08-05-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु निन्द्रा लाग्यो, शुभ रात्रि !!!
 
Posted on 08-05-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि बाँचीराख्यानै हुनुपर्छ अझै! छातीमा यस्सो हात राख्दा ढ्याक-ढ्याक ग-या थाहा हुन्छ के रे!
 
Posted on 08-05-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि बाँचीराख्यानै हुनुपर्छ अझै! छातीमा यस्सो हात राख्दा ढ्याक-ढ्याक ग-या थाहा हुन्छ के रे!
 
Posted on 08-05-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ढ्याक ढ्याक त चिताको तलतिर अगुल्टो झोसेको आवाज नि हुन सक्छ है गोताएँ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters