[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 226156 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-16-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा ठुली अब टिलिक्क टल्किने स्टेनलेश स्टीलको फुली लार मख्ख पर्ने हो?

गाममा त को को आ हुन, रिठ्ठे, आकाशे, अन्तरे सबैलाई स्वागत!

सान्नानी, ठुल्दाइ, मामाश्री, चिप्ले लाई पुन: जदौ!!

गोलमाल भो अन्तरे, गोलमाल!
 
Posted on 07-16-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्टीलको फुली re mardim hiraa ko फुली bhana. hari
 
Posted on 07-16-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् हरि, कोइ छ कि वरि परि? तारेमाम्। विकेण्ड् त बेस्सरि लागे जस्तो छ, मामा त प्राबिधिक कारणले अनुपस्थित रे हिजो अस्ति, अनि भान्जो चाहिँ, अप्राबिधिक कारणले?
चिप्ले तारेमाम है।
ठुली, स्टीलको होइन नम्बरी सुनमा हिरा जडेको फुली, कस्ति होली त्यो फुली लाए सि हाम्री ठुली? तारेमाम्।

सारङ्गीको तारले मेरो मनको गीत गाउछ,
लेक देखि बेशी सम्म गाइने मित लाउछ,
राजै गाइने मित लाउछ।

मेरै सूरमा मेरै तालमा वस्तिको कथा,
सुनाइ हिड्छु लडाई र पीरतिको कथा,

फूल रोए शीत हुन्छ, मैले रोए गीत
सारङ्गीको धुन मात्र गाइनेको जीत,
राजै गाइनेको जीत।
 
Posted on 07-16-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भैयाके गना जो हमि देखेँ त सला वहि गनाके हम्रो भर्सन एक्टा राखिहाल्छु ।

सारंगिके ताइर हम्रो दिलके गना गाँवछ
लरकि पायो भने हमि दिल से मित लावँछ
रे बाबा दिल से मित लावँछ

हमरे सुइरमे हमरे ताइलमे हमरे लाइफके कथा
सुनाएर हिनेछु केह्ले नपरेको हम्रो लभके कथा
रे बाबा दिल से मित लावँछ

फुल जो रोएछ पानी बनेछ हमि रोएछु बनेछ गना
शहनाइयाके धुन सला मदनवाके खजाना
रे बाबा दिल से मित लावँछ

जे राम जि कि।

 
Posted on 07-16-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह, मदनवा, वाह!
आज त लरकी मिल्छ मिल्छ। यस्तो शान्दार रजनीकान्त स्टाइलवामा गाना जो गाएछ। हमार् दिल खुश् भए छ।
 
Posted on 07-16-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्वाद् छ राहुल भैया।

हुजुर हमिलाई जोश दिलायो सला और गना गावनेको दिल कर्यो हम्रो। त पान के पात गना गावँछ हमि।

हम्रो मया सुन छेन हिरा छ
हमरो मया....सुन छेन हिरा छ
लरकि बिना मदनवाके दिल दु दु चिरा छ
त पान के पात..... रे दिन के रात

हमि गियो कलकत्ता हावडा
हमि गियो...कलकत्ता हावडा
लरकि हमको मुह बिगार्यो दिलमा चल्यो फावडा
त पान के पात....रे दिन के रात

हम्रो पनि एक्टा दिन आवने छ
हम्रो पनि...एक्टा दिन आवने छ
लम्बे बाल, दिलवालि हमिले भि पावने छ
त पान के पात...रे दिन के रात

जे राम जि कि।


 
Posted on 07-16-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli I am fine and enjoying every moment with sani chhori.

thuldai hajurko 25 barshe anubhab re.

jimmal baa
maile dhateko haina ke sachchai bhaneko hai tyo diaper change jwailai garna laachhaina ke maile khali bachchalai safa garera diaper kasari kholne ani banda kasari garne bhanera sikhauna matra bhaneko ho tara jati sikhae ni malai feri birsinchhu ani feri sikhaunu hunchha ke tetti matra ho..
an ani khub haaschhe chhori ta tetti runna ani dukha pani dinna kahile kahi matra ho mood bigrine usko.

thangna ta chhimeki ko pinash thik bhaera radio ko news ma aaechha ani kunni ke jati anushandhan garna bhanera aaurika bata aaithe goda charek goraharu sappai thangna uthara lage ni hajurki natiniko ke jati herne re kasari pinash thik bho sabaiko bhanera. dinna bhanda ni timro chhoriko thulo nam hunchha pachhi ahile dhanda namana baru daiper bhanne jinis ramro hunchha ahile tei lagaideu bhanera gae.
hamro hajurba le lako tate simi ta kasto mitho chha aaunu na khane bhae, jimmalni aamaa ni aaunu bhachhaina ta natini herna ni.
 
Posted on 07-16-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit madanwaa bhaiya khit khit khit
 
Posted on 07-16-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो राहुलदाइ तिमी कहिले आयीस रे ? त ऊ पगल्वा ले त राम्रो गाना गाएछ । हामी त हाँस्दा हाँस्दा जुरुक्क भएछु । त हरी लाई पनि हाम्रो खुब नमस्कार भन्छु । बिर्खे दाई खाना खान गएछ के ? ऊ त हराइ गयो। जय राम जी कि ।
 
Posted on 07-16-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुत अच्छे गीत गाइदियो मदन्वाने। लड्कियोंकी लम्बा लम्बा लाइन लागिदिन्छ अब त हेल्थपोस्टकी साम्ने।
 
Posted on 07-16-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुलिलाई कस्तो सुहाएको इस्टीलको फूली।
 
Posted on 07-16-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता गए सबैजना? सोमबार हाटा गरी निस्के कि कसो?
 
Posted on 07-16-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्टीलको फूली hoina हिरा फूली ho chiplu. btw thank chiplu ramro bhaneko maa

 
Posted on 07-16-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Meri pyari sathi tiru aaja ni chautari maa aaina. tiru i m really missing u kya. pls chautari feri farkera aauna kya.

kumle dadu too bg jasto cha ni :P
 
Posted on 07-16-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है ढिलैइ भएनी नम्स्ते अरम पहिला सप्पैलाइ (देखिनि अनि नदेखिनि) । ठुलि र फुली को कुरा छ? हैन मदनवा ले त कति जानेको हो? पान को पात कहाँ बाट जानी लियेछ?
 
Posted on 07-16-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या पर्बत्या। डिमुवामा बस रोक्या बेला कस्ले गाइरहेको होला गीत भनेर हेरेको त त्यही मदन्वा दुई चार मगरनीहरुसँग छिल्लिंदै गाउँदै रहिछ बाटो छेउमा।
मादल पनि कस्ले बजाउन सिकाएछ तेल्लाई।
 
Posted on 07-16-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन:एक पटक तारेमाम्। खै आजको सोम बारमा चित्रे सोम गयाप भयो। नत्र कस्को न कस्को जासुसी गरेकै हुन्क्थ्यो। मास्टर्नी नानी, हरि, कुम्ले, चना ब्रो, दुर्गा भाउजु, सबै मेला भर्न गाछन जस्तो लाग्यो, नत्र यो गर्मीमा चौतारिमा न आई धरै थिएन।
 
Posted on 07-16-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त लागें अब। पानी पर्ला जस्तो देखिन्छ, खोलो बढ्यो भने घर पुग्न सकिन्न। तारेमाम।
 
Posted on 07-16-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को अहिले नै जान लगेको? त्यत्रो कादुरी प्रोजेक्ट ले पुल हालिदिएको छ । घुमेर गए पनि हुन्छ । साच्चै खोलो बढेको हो? तेही भएर पो चौतारी सुन्सान रैछ ।कोही पनि आउन नसकेर होला । म पनि जान्छु अब ।
 
Posted on 07-16-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो पुल बाट जानु है ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters