world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 106357 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 12-01-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो भो, नमे! बरु तेस्तरी कष्टै गरेर आउने हो भने त चौतारी जमघटमा आम यता तिर। :D
 
Posted on 12-01-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina chautari jamghat pani chha ra? kata ho tyo jamghat? Tesma ta ma beoeing nai rijarb garera auch ni thaykkai.
 
Posted on 12-01-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले साथिहरु। धेरै दिन् गयल भकोमा माफ पाउ है मिस।
 
Posted on 12-01-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू, ल म एकछिनमा कथा राख्छु है त!
 
Posted on 12-01-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिलान गर्दैछु के रे, नमे, अब २-४ दिनमा पक्का होला। डिसम्बरको २५ देखि ३० बीचमा पार्ने सोंची रा' हो।

आस्था नानी, सजिलै माफी पाउन्न के! कता गा' हो, के गरि आ' हो, बेली बिस्तार लाउन परो! तिमी बेपत्ता भा' बेलाँ केटकेटीहुरले तिम्रो घरको बोटाऽट बेलऊती चोरेर सखापै पारे के रे! :)
 
Posted on 12-01-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye poonte dai timi ta new yark ma hona ra? teso tyam thikai hola jasto chha. tara kehi pani pakka chhaina . yao naya sahuka ta bida ali kam huncha jasto chha.
 
Posted on 12-01-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेरो बाल्यकालको कथाको आठौं भाग हो। सातौं भागसम्मका लागि चौतारीका पुराना भाग या बल्खु(blog)मा हेर्नुहोला।यस कथामा पात्रहरूको नाम परिवर्तन गरिएको छ।

भूगोलको भद्रगोल


‘टिर्रर्रर्रर्रङ्ऽऽऽऽ, टिर्रर्रर्रर्रङ्ऽऽऽऽ‘
घण्टी सुनेर म दौडिंदै फोन उठाउन गएँ।

‘हेलोऽऽऽऽऽ‘

‘हेलो, चित्रे छ होला?’ उताबाट आवाज आयो।

‘मैं हुँ चित्रे, को बोल्या? अनिल हो?’ मैले सोधें।

‘ए चित्रे! झट्ट टिभी हेर त, हाम्रो डान्स आउँदैछ टीभीमा!’, अनिलले हतारमा भन्यो।

‘ए! ल म हेर्छु, पछि कुरा गरौं है त?’ मैले फोन राखिदिएँ र उफ्रिंदै टिभी खोल्न पुगें।

घरमा भएका सबैलाई चिच्याउँदै बोलाएँ।सबैजना उत्सुक हुँदै अभिभावक दिवसको मेरो डान्स टिभीमा हेर्नको लागि आउनुभयो। डान्स शुरू भइसकेको थियो, बाह्रजना स-साना बालबालिका डम्फूको तालमा तामाङ्सेलो नाच्दा निकै सुहाएको थियो।मेरी आमा म नजिकबाट स्क्रिनमा देखिंदा निकै ध्यान दिएर हेर्नुहुन्थ्यो। म चैं आफू र प्रियालाई टिभीमा देखेर मनमनै फेरी नाच्थें। नभन्दै डान्स सिद्धियो, तर मम्मीले मेरो यौटा गल्ति याद गर्नुभएछ।

‘ए चित्रे! अरू सबैले डम्फू दाहिने लग्दा तिमीले मात्र किन देब्रे लगेको हँ?’, मम्मीले सोध्नुभयो।

‘कहाँ? मैले ठीकै गरेको थिएँ त,’ मैले आफ्नो गल्ती सम्झिनँ।

‘हैन तिमीले बिगार्यौ,’ मम्मीले भन्नुभयो।

प्राक्टिस गर्दा कहिल्यै नबिगारेको र कहिल्यै गाली या पिटाई नखाएकोमा म गर्व गर्थें, तर झन् अन्तिममा, त्यो पनि टिभीमै आउने डान्समा बिगारेकोमा भने मेरो चित्त दुख्यो। अलि अलि डर पनि लाग्यो, अब दशैंको बिदा पछि स्कूल जाँदा डान्सिङ् सरको पिटाई खाइने हो कि भनेर।

-------------------------------------------------------------------------------------------------

दशैंको बेला थियो, हाम्रो घरमा विशेष पूजा भएकोले नातेदारहरूको जमघट थियो। रातको करीब आठ बजेतिर म केही आफ्नै उमेरका भाईबहिनीहरूसँग खेल्दै थिएँ।

‘टिर्रर्रर्रर्रङ्ऽऽऽऽ, टिर्रर्रर्रर्रङ्ऽऽऽऽ‘
फेरी फोनको घण्टी बज्यो। म दौडिंदै फोन भएको कोठामा पुगें, फोन बच्चाहरूले धेरै नचलाउन् भनेर दराजमाथि राखिएको थियो। बत्ती पनि नबाली म खाटमाथि चढेर फोन उठाएँ।

‘हेलोऽऽऽ! को बोल्नुभा’को?’ मैले एकै सासमा सोधें।

‘हेलोऽऽ! चित्रे छ त्याँ?’, उताबाट आवाज आयो।

‘म बोल्दैछु, को? अनिल?’, मैले भनें।

‘हो, के गरिरा’?’ उसले सोध्यो।

आज मलाई कसैलाई उल्लू बनाउन मन लागिरहेको थियो।

‘हामी त चंगा उडाइरा’, मैले ढाँटें।

‘चंगा उडाइरा’ रे? यति राती?,’ अनिल छक्क पर्यो।

‘राती? कहाँ राती? यहाँ त दिउँसै छ, बल्ल दुई बज्यो।‘, मैले कुरा बनाएँ।

‘यहाँ त रातीको आठ बजिसक्यो, कसरी त्यहाँ दिउँसोको दुई बज्छ?,’ अनिलले पत्याएन।

‘तिम्रो घर काठ्माडौंमा, मेरो पाटनमा, अनि टाइम फरक भैहाल्छ नि,’ मैले सम्झाउने कोशिस गरें।

‘ह्या हैन होला,’ अनिलले अझै पत्याएन।

‘हो क्या, म अहिले कौसी भन्दा भित्रबसेर फोन गर्दैछु, कौसीमा सबै बसेर चंगा उडाउदै छन्, ल म राख्दिन्छु है, मलाई चंगा उडाउन मन लाग्यो।‘ मैले भनें।

अनिल अचम्मित भयो तैपनि पत्याएन।
मैले भाइ बहिनीलाई कोठा बाहिर बसेर हल्ला गर्न भनें। ‘चंगा चेत!’ भनेर कराउन भनें। उनीहरू ठूल्ठूलो स्वरले ‘चेत!’ भन्दै कराउन थाले।

‘सुन्यौ अनिल, हाम्रो चंगाले काट्यो नि अर्को चंगालाई, सबै चेत भनेर कराउँदैछन्’, मैले सुनाएँ।

‘मेरो घडिमा त आठ बजेको छ, कसरी त्यहाँ दुइ बज्छ?’ अनिलले पत्याउनै सकेन।

‘हेर अनिल!’ मैले भनें, ‘ यहाँ बिहान हुँदा अमेरीकामा राती हुन्छ, जापानमा साँझ पर्छ भनेर त थाहा छ तिमीलाई?’

‘अँऽऽ हो हो, बुबाले भन्नुभाथ्यो!’ उसले सहमति जनायो।

‘होऽऽ त्यस्तै काठ्माडौंमा रातीको आठ बज्दा पाटनमा दिउँसोको दुई बज्न सकिहाल्छ नि’ मैले आफ्नो तर्क राखें। मलाई थाहा थियो कि अनिललाई दूरीको बारेमा खासै ज्ञान थिएन।अनिल झनै कन्फ्युजनमा पर्यो तर यसपछि उसले सीधै अस्वीकार गर्न सकेन।

‘चेतऽऽऽऽ!!!’ मेरा भाई बहिनीहरू कोठा बाहिर बसेर फेरी चिच्याए।

‘ए! हाम्रो चंगाले फेरी काट्यो, म जान्छु है अनिल चंगा उडाउन!’, मैले अलि उत्तेजित स्वरमा भनें।

‘त्यसो भने त्यहाँ दिउसै हो त?’ अनिलले फेरी सोध्यो।

‘हो भन्या, कस्तो नपत्याएको होला!,’ मैले कुरा बनाएँ।

‘ल त्यसो भए चंगा उडाउन जाउ त!’, अनिलले पत्याए झैं गरी भन्यो।
मैले फोन राखिदिएँ।

----------------------------------------------------------------------------------------------------

दशैं, तिहारको बिदा पछि स्कूल फेरी खुल्यो। पहिलो दिनमा कक्षाकोठामा म अलि चाँडो पुगिसकेको थिएँ। अनिल हस्याङ्फस्याङ् गर्दै आयो।

‘ए चित्रे! मैले तिमीलाई त्यो दिन फोन गर्ने बित्तिकै निमेषलाई फोन गरेर सोंधें, उसको घरमा त आठै बजेको रहेछ त!’ उसले एकै सासमा भन्यो।निमेषको घर पनि पाटनमै थियो।

मलाई मनमनै हाँसो उठ्यो, तर हाँसो रोकेर, भनें ‘हो र?’
 
Posted on 12-01-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे, कति जान्नि तिमी त, good try, नजिक नजिक पुग्न थालेको थियौ! तिमीले guess गरेको मान्छे लाई पनि चिन्छु मैले, unfortunately i am in america अब त पत्त! लगायो होलनी! even if you find dont make it public ok, this is sajha
by the way what do u mean by sahagotri
 
Posted on 12-01-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चित्रे!! तिमी त सार्‍है चलाख रहेछौ नि। त्यस्तो गरिदिने आफ्नै साथीलाई?? हे हे हे!!

रमाइलो भयो कथा पढेर। ल ल अरुपनि लेख है!

:-)
 
Posted on 12-01-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई,
मलाई बाघचाल खेल्न त आउँछ, तर एकदम च्याम्पियन भने छैन, तैपनि नजान्नेलाई सिकाउन चैं सक्छु।चेस भने म राम्रो खेल्छु भन्छन अरूले।तर म यता पारि छु, कसरी आउने र त्यहाँ भोलि? ;)
 
Posted on 12-01-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानै देखि लागेको बानी, यो चित्रे नि साह्रै फटाहा रैछ! अनिल रे फेरि, भो त? :D :p

चेस खेल्नि हो भुने चईं पिलान बनाऊ अहिले देखि, चित्रे। छ अझै २-३ हप्ता! मै च्यालेन्ज दिन्छु, लौ!

कुम्ले चईं कति व्यस्त हो अचेल? उता पारि ठाम्मा नि देखै पर्दैन, गाँठे! हुन पनि टाईटल नै "व्यस्त" लेख्या' छ। कथा हाम्दिम् बरु तिम्रो नि तो अस्तिको टिरिपको! :p

लु, म त लागें अब खेत तिर। जोत्नु छ ८-१० घण्टा।
 
Posted on 12-01-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्च चित्रे ब्रो को स्टोरी आएछ। ल पढ्नु पर्यो अब।
 
Posted on 12-01-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo rate ta mude po ho ki kya ho?
mula sahagotri bhaneko same gotra ni. example ko lagi bhattarai, bhattarai euta gotra. tara aru different sirname pani euta gotra huna sakchan like baral and nepal. aru k chha hal chal, yeso phone garna mula.
 
Posted on 12-01-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nep, You are very near but dont expose hai
Bhugol ko bhadragol ta arulai phantus banaune story rahechha very interesting
anil pani kati sojho hola
 
Posted on 12-01-06 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हराउन लागेर बाचाउन लगेको
 
Posted on 12-01-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

सपैलाई सुउरबार लाओ अस्तो छ!
को को छौ?
 
Posted on 12-01-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते जिम्माल बा, सञ्चै ?
 
Posted on 12-01-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु भन्नु परो हरितालिके!
तिम्रो के छ नि? हिउँ बिलायो?
 
Posted on 12-01-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ को बिलाउनु नि, हैरान पार्‍यो । एसो बाहिर निस्केको, के को हिंडीसाध्ये हुन्थ्यो र.. अब यो वीकेन्ड कोठाँ पिएर सकिने भा' जस्तो छ । अनि क्यार्दै तनि? अरु त कोहि छैन जस्तो छ त एतातिर!
 
Posted on 12-01-06 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि चौपारीयाँ दुइडा मुन्छे रचन्। भलाकुसारि अरिरचन्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters