[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 86194 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
Posted on 01-01-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You described your travel experience very well-It made me feeling like I'm traveling myself.Its great.And,I would like to read further episodes..please keep it up But I was thinking it was the story of Roze and eagerly gone through with the writing and it is finished but there were nothing about Roze.... So it created little bit expectation gap to the readers.....I felt that. Anyway writing is super,Kudos to Amazing !


 
Posted on 01-04-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear friends of Sajha,

Thanks a lot for your inspiration that encourages me to write more though i cant write well. Ive tried my best but i think its not getting any better. Well, just for your information, this part also deals with my London diary. I wrote this only for my personal satisfaction coz  I always wanted to write down my travel diary, so I just shared what I have writen.

 

This part is not at all  directly connected with the title of thread -ROSE-, she will be appearing in next part. Pleaes ignore this episod if you like.  I will come up soon with another part tara yo part maile sarai dukha sanga lekheko hu, tapaiharuko dui shabda nai mero lagi hausala bannechha.

Thanking You all--

 

 

लन्डन पनि घुमियो- २

 

भोलि बिहान उठ्दा ८ बजीसकेछ म त लन्डनमा छु भन्ने नै बिर्शेछु, अनि फेरि सम्झे सारै खुशी लाग्यो, एक् छिन् आफै हासे

 

आठ बजीसक्यो, उठेर येसो दन्तमन्जन कार्यक्रम सकेपछि लन्डन हेर्ने तयाअरी भयो। सरोजको काम बिहानै थियो, अब नेपालमा जस्तो भय रुघा लाग्यो, टन्सील भयो भनेर टार्न हुन्थ्यो तर यहा त्यसो गर्न नमिल्ने। त्यसैले सङै नीस्केउ।  underground लीनु पर्ने अनि त्यहि बाटोमा BBC Headquarters थियो, अब आयको बेलामा फोटो खिचौ भनेर, क्यामेरा नीकाले अनि Reporting  गरे जस्तो पोजदीइहाले, तर सरोजले click गर्न नपाउदै माइक टाइसन जस्तो एुटा श्याम बहादुर चिच्चायो मेनगेट बाट No no….U cant take pictures., नाइनास्ती गर्ने कुरा भयन। सरोजले भन्यो 'पहीला नेपाली दाइहरु थिए, हामीलाइ फोटो खिच्न दिन्थे, अहीले भने श्यामबहादुर आयछ', श्यामबहादुर अर्थात काले, लन्डनमा यति धेरै  काले रहेछन् कि, उनिहरुले नेपालि- हिन्दिमा गालि गरेको पनि बुझ्ने त्यसैले त्यो कोड थियो कालेहरुको लागि । सरोज Underground  लिएर गयो साझ बजे मात्र उसको काम् सकिन्थ्यो,

 

 अब लागे लन्डन घुम्न, एुटा झोला भिरेको थिय, झोलाम के के ? रम्बा चाउचाउ भने होइन है। लन्डन अाउदा क्यमेरा पनी भयन भने नेपालका साथेहारुलाइ कसरी guff  दिने भनेर, एुटा सामन्य क्यामेर बोकेके थिय, 3.2 Megapixel ko, त्यो पनी मेरो कहा हो , साथीको मागेको अनी उसले पनी सेकन्ड ह्य्याण् कीनेको। साझामा जती गफ लायपनी Amazing ko  वास्तावीकता हो यो, bhanna ta nahune ho..अनी वटा बुक थिय, MP3 अनि साथसाथैमा नेपालको झन्डा - वटा नेपालका पोस्टकार्डहरु.

 

 

सरोज गयपछि मैलेपनी लन्डनको रातो बस चढे, धेरै बर्सपछि तले बस चढ्न पाइयो, पुराना दिनहरु याद आयो। बसको झ्यालबाट लण्डनको मज्जा लिन थाले, बसमा पनी कोइ काला, कोइ गोरा, कोइ चिम्सा आखा भयका, कोइ घुम्रो कपाल भयका, कोइ थेप्चे नाक् भयका, कोइ क्रेजीलभले कथामा भने जसतै तोरीबारीमै हराउने जस्ता फुच्चेहरु, साच्चीकै लन्डन बिश्वकै राजधानै हो कि जस्तो लाग्न थाल्यो। झ्यालबाट येसो चियाउदा सबैकुरा हरु मैले बुझ्ने भासामा लेखेको थियो, जस्तो  Book Shop, Bank, Head office, Conultantancy, grocery shop, bar etc etc मलाइ सारै रमाइलो लाग्यो। अब युरोपभरि बस्दा त्यहा के हुदैछ, हो, के भनेको सबै स्थानीय भाशामा हुन्थ्यो, कालो अक्षर भैसी बराबर थियो, emergency बाहेक सबै उनीहरुकै भाशामा हुन्थ्यो, नेपालतिरा Broken English बोलेर धाक दिनेहरुको अनुहार हेर्न लायक् हुन्छ युरोपमा, भासा बीना Toilet  सफा गर्ने काम पायपनी सगरमाथा चढेभन्दा ठुलउपलब्धी हुन्छ बिध्यार्थीहरुको लागि

 

 

बसको सीटमा येसो हेरेको मेट्रो पेपर रहेछ आजकै, यो Metro पनी कति पढ्नु, केहि समचार हुदैन त्यहि पनी बिश्वभरेनै निस्क्न्छ क्यारे फ्रीमा। हेड्लाइन-- हेरेको फेरि Paris Hilton le गाडी ठोकिछ, उस्कै फोटो थियो फ्र्नटपेजमा मलाइ सबैभन्दा मन नपन्रे  सेलेब्रटि हो , खै उसले जे गरेपनी समाचार बन्ने, बोरा च्यात्तिय जस्तो स्वर् त्यहि पनी गीत गाउनु पर्ने, कागतीका गेडा भन्दा साना boobs  छन त्यहि पनी देखौनै पर्ने, अनी फेरि अनुहार पनी कति रिस उठ्दो तर बोली भने मोरीले पायेकी नै हो, सारै मीठो बोल्छे, त्यो मोरीको कागतीको रस अर्कैले खान्छ अनि हाम्ले बीना काममा किन पढ्ने भनेर अर्को पेज हेरेको फेरि अर्को महारथीको समाचार रहेछ, मलाइ अर्को मन नपरे,  Snoop Dogg रे हेर्दा पनी उट भन्दा अग्लो, अजीबको उसको अनुहार पनी, अनि नाम पनी के के हो आजकल --कसैको Dog  कसैको Dick (Cheney)--किन हो अंेरिकामा नाम् नै पाउदैनन कि कसो बरु नामको मामलामा आजकाल नेपालमा सारै बिकास भयको , कता हो सुनेको एकजनाको नाम इमेल्

View/Share this post only

 
Posted on 01-04-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्डन पनि घुमियो- ३ (Contd........)

 

 बरु नामको मामलामा आजकाल नेपालमा सारै बिकास भयको , कता हो सुनेको एकजनाको नाम इमेल् शर्मा रे अनि फेरी त्यहि थाहा पायर अर्कोले गुगल राख्यो रे, गुगल् खतिवडा राख्या रे

 

 

हेर्दा हेर्दै बस पनि रोकियो, हातमा  Lonely Planet को-- लण्ड्न गाइड थियो, कहा जाउ कहा जाउ भयको थियो, ब्रिटिश म्युजीयम जाने मन थियन,   म्युजीयम हेर्ने खाले टुरिस्ट होइन, अब कहा जाने होला भनेर येसो गाइड बुक हेरे Your London trip would be incomplete without watching the most famous British Museaumभन्ने वाक्यमै गयर आन्खा rokiyo, बस कहा रोकियो थाहा भयन तर म्याप हेर्दै सिदै हिडे अक्स्फोर्ड स्ट्रीटको बाटो, बिस्तारै बिस्तारै त्यहि क्यामेरा ले अजीब अजीब तस्बीरहरु कैद ग्र्दै गय। यता हेर्यो इन्डियन्, उता हेर्यो इन्डियन, म त दिल्लिको चादनिचोक ma chhu jasto lagyo

 

मुजीयम पनि अैपुग्यो, भित्र जानै मन थियन तैपनी गै हाले।जीबनमा पहिलोपल्ट यति लामो समय बिताय सङ्ग्रालह्यमा। बाहीर आय अनि ,सारै भोक् लागिसक्य थियो, वरपर हेरेको पिज्जा खाउकि जस्तो लाग्यो तर नजिकै गेट अगाडी। एुटा रोमानियनले ससेज् बेच्दै रहेछ, गयेर ३ पाउन्डको लक्ष्मि किने, 'गाइ हाम्रो लक्ष्मी भगवान हो' भन्ने नीबन्ध प्रतियोगितामा प्रथम भयको थिय कक्षा ५ मा तर ।। जे होस् नेपालको गाइपो लक्ष्मी त यहाअोयहाको गाइ त Christian पो त, अनि आरामले खाय, सारै मिठो लाग्यो।

 

 

Englandको सबैभन्दा फेमस चीज भन्या नै रातो डब्बाहो जसमा TELEPHONE  लेखियको हुन्छ, अब यता आयको बेलामा त्यहि टेलीफोन लेखेको सार्वजेनीक् फोनको डब्ब्ब देखिने गरी फोटो खिच्न मन लाग्यो तर खिच्ने कसरि, वरपर हेरेको एुटा, लुरे लुरे, झुस्स दारि भयको अधबैसे अौदै रहेछ, त्यस्सैलाइ सोध्नु पर्ला भनेर बसेको उ आफै आयर, ‘ U want me to take pic’? भन्यो, ल यो बज्याले मेरो मनको कुरा बुझेछ भनेर खुशि लाग्यो। एक पटकमा भयो भन्दा पनी once more  भ्न्दै ५-६ स्ताइलमा खिच्दियो। Thanks bhanera हीड्न थाल्या थिय्, फेरि बोलायो, कहा बाट आयको, किन आयको, कहिले आयको भनेर नरम नरम् भासाम सोध्यो, म पनी जस्तो सवाल् उस्तै जवाफ दिदै गय। एक्लै थिय कुरा गर्न पनि भयो। Why don’t we have coffee now? भन्यो, ल ठिकै छ भनेर पसे एुटा कफीशपमा। कुरै कुरामा मलाइ अचम्म लाग्यो, अनि दालमे कुछ काला है भन्ने झै लागेर घडी हेरे जस्तो गरेर भने ‘ Sorry I have to go’  ५ मिनेट पछि येसो पछाडी फर्केर हेछु त पछयाउदै छ बा, के हो यो अजीबको मान्छे जस्तो लाग्यो, ‘Wait Wait………’ भन्दै नजीकै आयो र बिस्तारै भन्यो 'I live nearby elephant and castle, if u want we can have lunch in my मैले सिधै भने ‘Sorry I have to go’’ आज फेरि जीन्दगीम पहिलोपल्ट समलीङीले प्रस्ताव राख्यो, कस्तो अचम्म लाग्यो. यो, ya, its London and it can happen anything here. बल्ल बल्ल त्यहा बाट उम्के,त्यो बेला मलाइ महशुस भयो, हामी केटालाइ ट यस्तो छ भने, केटिहरुलाइ कस्तो कस्तो समस्या पर्छ होला।

 

 

खै कुन बाटो हो कुन बाटो हो हिड्दै हीड्दै आय, हातमा गाइड बुक थियो,Tower bridge, Big ben, Parliament house, London eye, St James Park, St Paul, Trafagal square etc etcहरु कहिले देख्नन पाउने हो भन्दै आखाहरु आतिसकेका थिय तर त्यो सबै घुमाउने जिम्मा लियकि थीइ, Katherineले- त्यसैले म अरु अरु ठाउहरु घुमीरहेको थिय।

Katherine, २५ बर्शिय Kiwi केटि हो, आज उ सङग मेरो पहिलो भेट हुदैछ। म लन्डन मा ३ दिने बसाइको लागि उ सङग २ रात सुत्न र उस्को साथको लागि प्रस्ताब गरेको थिय तर उ अरु ३ जना केटिहरु सङग share गरेर बस्ने भयकोले मलाइ बास दिने कुरामा अलि अप्ठेरो मानी तर लन्डन घुमाउने कुरा भनेगर्न सक्छु भनी। ट्रारभलर हरुko laagi

लागी एुटा वेबसाइट छ, जसले सदभाव स्वरुप आफ्नो औकात अनुरुप बिना कुनै स्वार्थ गास बास कपासको सहयोग गर्छन्। त्यसै अनुरुप मैले पनि २-४ जनालाइ मेरो सानो कोठामा बास दियको छु अनि दाल् चामल खुवायको छु, एक पटक त लाटभियाबाट ४ जना झक्का ठिटिहरु आय मेरो त्यो सानो कोठामा, जे होस् गर्नु सम्म मोज् गरेर गय मोरी हरु। If u ae interested just have a look www.hospitalityclub.org  बिक्टोरिया स्टेशनको अगाडि, Mark and Spencers को गेटमा भेट्ने कुरा थियो ४ बजे, तर म त तीन् बजे नै त्यहा पुगेछु, कहिल्यै नचिनेको ठाउ फेरि लेट हुनुभन्दा छिटो हुनुनै जाती भनेर पहिलै पुगे।

 

अब १ घन्टा के गरेर बस्ने, मान्छेको सारै भीड छ, सायद त्यो स्टेशन लन्डनको बीजी स्टेशन मध्य पर्छ होला, अब यसो झोलामा ३ वटा किताब थियो बेला न कुबेला के किताब पढ्ने, त्यहि पनी एुटा किताब झिके, यसो हेरेको त्यो कीताब पढ्न लागेको १ हफ्ता भयको थियो, असाध्यै राम्रो स्पीरीचुअल बुक् हो त्यो THE POWER OF NOW by Eckhart Tolle,  लन्डनको ब्यस्त ठाउमा spiritual book निकालेर पढे, म पनी अजीब खाले मान्छे हु जस्तो लाग्यो।

 

त्यत्तिकैमा एुटा बुढो सफाइ गर्दै यताउता हिड्दै थीयो ट्रलीबोकेर, येसो हेर्दा हाम्रै छीमेकी मुलुकको जस्तो लाग्यो, nameplate  हेरेको S. Reddy रहेछ नाम, शन्का लाग्यो दक्षिण भारतकै हुनुपर्छ् भनेर, उमेर ५० भन्दा माथिएेनै हुनुपर्छ, बिचरा यो उमेरमा पनी येस्तो दुख गर्नुपर्ने, मनै अंमीलो भयर आयो, उसको अनुहार हेरे सार्है थकीत थियो, हातमा पन्जा लगायको, तर काम भने अति लगनशील भयर गरेको, बिचरा त्यो मेहेनत र पसीनामा उसका परिवारहरु पालियका होलान आफ्नो देशमा, उसको पनि यो उमेरमा घरमा बसेर स्रीमतिको हातले बनायको चिया पिउने रहर् होला, तर सोचेजस्तो नहुदो रहेछ जीबन, उसलाइ देखेने बित्तिकै मलाइ अतिनै मन परेको इङ्लिश मुभि THE TERMINAL ko ----क्यारेक्टर गुप्ताको याद आयो, त्यो मुभि मलाइ यति मन पर्यो कि ५ पटक् हेरेको थिय, Tom Hanks ko  कस्तो  जीवन्त अभिनय, त्यस्तो पो कलाकार अनि उसले बोलेको त्यो Accent  कति ठ्याक्कै मिलेको, राजेश हमालले कहिले गर्ने होला त्यस्तो अभिनय, अनि sadhai overacting garne शाहरुख खानले गरेको अभिनय त उसको अगाडि बच्चा खेले जस्तो लाग्ने।

 

 

मैले उसलाइ एक्टकले हेरिरहे अनि आफैलाइ लाज लागेर आयो, के उसको रे मेरो compare हुन सक्छ? यो उमेरमा येति मेहेनेति र अरुको जीवनको लागी गरेको त्याग, अनी म? काम गरेर घरतिर सहयोग् गर्न छोडेर आफ्नै दुनियामा कता कता हावासरि बरालिदै हिड्ने लन्ठु। भर्खरै Starbucks बाट ल्यायको २ pound को कफि हातमा थियो, यदि त्यो दुइ पाउन्ड मैले घर पठायको भय कति राहत हुन्थ्यो होला, २ पाउन्ड यानीकि ३०० रुपिया अर्थात ५ किलो चामल्। येस्तै यस्तै कुराहरु मनमा खेलिरहयो, सारै नरमाइलो लाग्यो, घरको सम्झना आयो, म बाट कतिले के के आश गरेका छन्, परिवार मात्रै हो र? मामाका खलक्, काकाका खलक्, उता फेरि छरछिमेकिहरु, यस्तै रहेछ जीन्दगिएेजस्तो लाग्यो, आफैलाइ स्वार्थि भयजस्तो लाग्यो तर हुन पनि हो नै।

 

 

घरमा मामुले सारी नफेरेको कति भयो होला, यता भने GF लाइ प्रेजेन्ट दिनुमै टाइम जाने, उता बहिनीको school fee दियको भय कती  गुन लाग्थ्यो यता आफु भने क्लबमै भुतलागे जसरी कुइरीनिहरु सङग नाच्नै ब्यस्त। यस्तै यस्तै कुराहरु खेल्दा खेल्दै चार बजीसक्यो, क्याथरीनलाइ लीन गय मार्क्स् एन्ड स्पण्सरको अगाडी, ठिक अगाडि पुगे, हरियो टीशर्ट र ब्लुए जीन्समा ह्याण्ड्ब्याग सङै ठिक टाइममै अाइपुगि, उसलाइ चिन्न कुनै मुश्किल भयन।

 

Hey Namste, oh u look so young, मलाइ देख्ने बित्तिकै उसको पहिलो कमन्ट थियो,

Namste..but how u know that? U look exactly as in photo. त्यो मेरो जवाफ थियो। अब उ र म भयर पैदल यात्रा तिर लाग्यो लन्डन घुम्न, उ अगि अगि म पछि पछि, बकिम्गहम् प्यालेस, जेम्सपार्क, बिग बेन, ट्राफलगर स्वुआर, पार्‍लियामन्ट हाउस, सबै तिर घुमाइ। उ एकदम फरासिली र हसीली थीइ, बोलि पिच्छे really, really भन्थि, लन्डन उसलाइ सबैभन्द मन पर्ने शहर रे, २५ बर्सको जीन्दगीमा ८ बर्श बिदेशमा बितायकि रहीछ, चाइना देखि डोमिनिकिन रीपब्लिक सम्म बसेकि।

 

फोटो खिच्नु उसको सोख त्यसैले धेरै पटक् मेरो foto पनि खिचेको खिचै गरी। उसलाइ नेपालको बारेमा धेरै कुराहरु सुनाय, अनि फेरि उत्तर युरोपको बारेमा पनि धेरै गफ सोधि। उ सबै सङ सजिलो सङ्ग घुल्मिल हुन सक्ने खालकिएेकेटी रहिछे, कुरैकुराम सोधि 'डु यु ह्याव गल फ्रेण्ड', अनि फेरि आफैले आफ्नो बी एफ् नभयको कुरा निकाली।

उसको कहानी पनि सुनियो London Eye चढ्ने कि नचढ्ने भन्ने कुरामा एक् छिन सल्ल्ल्ला भयो, आखिरमा नचढ्ने भैयो, खै त्यहा बाट पेरीसको इफेल टावर देखिन्छ रे भन्छन।

 

उ सङ्ग २-३ घन्टा घुमेपछि पहिले भने झै चाइना टाउन नजिकै सोहोमा japnese रेस्टुरेन्ट गयोउ डिनरको लागि, त्यो उसको लन्डनकै सबभन्दा मन पर्ने रेस्टुरेन्ट रे, अलि सस्तो र मिठो खाना भयकोले।  खाना मिठै लाग्यो तर स्टीकले खान अलि गारै भयो।¨उ सङग लन्डनको धेरै ठाउ घुमे, आफ्नै आत्मिय मित्रलाइ जस्तै सबै ठाउमा घुमाइ, छुटिने बेलामा नेपालको झन्डा र पोस्टकार्ड उपहा स्वरुप दिय, अनि त्याहाबाट नटिङहिल सम्म अन्डरग्राउण्डमा आयो, कति हो कति कुराहरु छ लन्डन यात्राको मेरो सन्स्मरणहरु समय आयो भने कुनै दिन येउटा  एुऊटा बुक नै बन्छ

 

अर्को दिन Wembly  भन्ने ठाउ घुम्न गयोउ, अरे बाफरे मलाइ त आफैलाइ  दिल्लिको इन्द्रपुरिमै छु कि जस्तओ लाग्यो, अनि कजरा रे कजरा रे………’’ भन्ने गित पनि ठुलै स्वरमा लगायको, जता हेर्यो उतै भारतिय, पाकिस्तानी। अनि मलाइ लाग्यो कुनै दिन हिन्दुस्तान पाकिस्तान जस्तै यो पनि Englishtan हुने पो हो कि भनेरभारतको कुरा भन्ने बित्तिकै मलाइ मेरो एुटा पुरानो साथिले भनेको मुक्तक याद भयो, हा हा त्यो डाइलग दिनमा ५ पटक् भन्थ्यो त्यसैले अझै पनि कन्ठै छ

 

खुदा ने ना कला दिया ना गला दिया

दिया तो बस एक् …. दिया

वह भि बिचमे लट्का दिया

-----------Bhuluchuk linedine-----

 

त्यहि दिन साझ बसबाट केन्सिङटन प्यालेस देखियो, त्यो लन्डनकै the most sophisticated area , अनि त्यस्तो Posh ठाउमा नेपालि राजदुतावास थियो, त्यो कुरा सुन्दा London मा नेपालि हुनुको अर्को गर्व हुन्थ्यो। तर आजकाल सुनिन्छ फ्रीमा पायको भवन पनि मेन्टेन गर्न नसकेर बेच्दै छ रे, उफ्।। के के सुन्नु पर्छ, त्यो भवन सङ्गै बिश्वकै तेस्रो धनि लक्ष्मी मित्तलको आलिशान भवन् छ।उ त्यत्रो ठुलो मानिस भयर पनि कति सरल् र मिजासिलो होला जस्तो लाग्यो,  ‘’behind every man’s success there is a GEAT woman ‘’ सुनेको थिय तर त्यो साचो रहेछ, उसको सफलतामा श्रीमतिको ठुलो हात रहेछ, ति दुइ जनाको जोडी अझै पनि परेवाको जोडि जस्तै रहेछ, मानिस जति सुकै सुखि भयपनि पारिवारिक सन्तुस्टि बिना यो सबै अधुरो हुन्छ भन्थे, मैले उनिहरुको अन्तर्वार्ता हेर्ने मौका पायको थिय Star Plus ko सीमी गेर्वालको RENDEZBOUS bhanne programme maa,

उ पनि एुटा सामान्य परिवारबाट आयको मान्छे येति सम्मको सफलता?

तर मलाइ J.Krishnamurthy र मितलमा को सुखि र सफल् भन्यो भने सयद मलाइ Mittal ko  नाम लिन गार्यो पर्थ्यो होला, Anyway, मितलले आफ्नो छोराको लागि नेपालि दुतावास किन्न्ने शुर गर्दैछन् रे, मेरो मनमा अचम्मको कुरा खेल्यो, येदि लक्ष्मि मितल नेपालि भयको भय अनि त्यो दुतावास भारतिय भयको भय के हुन्थ्यो होला? पक्कै पनि साझामा एुटा थ्रेड त् खुल्थ्यो खुल्थ्यो

 

This Nepali is great

 

A---Yes man, he is really great.

 

B- Kina ho yesto? Great re k garyo ra great?

 

A- La usle Indian embassy kinyo ni

 

C- Wow  good news

 

D- Source?

 

E- Dhotis sux

 

F- Exactly, well said E J

 

G- He must be bhrastachari

 

H- What the F…., bhrastachari? How can u say that?

 

I- You guys suckk big time, leave sajha

 

J- Ma baru sadakma sutchhu, dhotiko gharma basdina

 

K- what u talking man, that’s not hous, its embassy, nepali is buying that, it’s a pride for all of us

 

L-  Amitbah Bachhan is also Indian

 

K- I think this Nepali guy must be corrupted leader of Nepal, otherwise how can he get so much amount.

 

L- I also think so

 

M- No no he is RAJABADI

 

-------and the thread ends with some Bollywood songs---

 

 

 

तिन दिनको अविश्मिरणिय लन्डन् बसाइपछि म लागे आफ्नो दोस्रो गन्तब्य तिर, Leicester,  Midland को सानो शहरमा, जहा मेरो जीबनका सारै रमाइला ८ दिन बिते, जीन्दगी भरि नै कहिल्यै बिर्सन नसकिने क्षणहरु मेरो लागि प्रतिख्सारत थिय, जहा मैले एुटा अनमोल चीज भेटे जसको नाम थियो Rozailia
Last edited: 05-Jan-08 09:47 AM
Last edited: 10-Jan-08 12:31 PM

 
Posted on 01-05-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow Nepal,

Wowwwwwwww!!! glad to see your comment, and happy that u went through it. Aba tapaiharuko jasto ta kaha hunchha ra tyahi pani just try ho...thanks for your words.

---

Light-2 bro, ekdum khushi lagyo tapaiko comment padhda, this part also deals with London thing so u will have LONDON tour once again...Too much ta bhayako chhaina ni LOL...

Please keep coming la.


 
Posted on 01-05-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि छ झिल्के ब्रो! कथा र संस्मरण मात्र नभएर यताउताको धेरै जानकारी समेत हुलेछौ राम्रो लाग्यो! जावस है जावस धमाधम जावस मजा आइराछ पढ्न!
 
Posted on 01-05-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"श्यामबहादुर अर्थात काले,"  hasayou amazing timile.

यदि त्यो दुइ पाउन्ड मैले घर पठायको भय कति राहत हुन्थ्यो होला, २ पाउन्ड यानीकि ३०० रुपिया अर्थात ५ किलो चामल्। ----kasto raamro bhawana.

la ekdam raamro laagyo, keep it up hai.


 
Posted on 01-05-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing bro,

I really liked your "mixed bag" travel description. It's fun reading. Good going, brother. Looking forward to reading rest of the story soon.


 
Posted on 01-05-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai ramro cha.
 
Posted on 01-05-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going Jhile, very interestingly presented.
 
Posted on 01-05-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो यो गत न पतको यात्रा डायरि पढ्दिनुहुने सबैलाइ ह्रिदय देखि नै धन्यबाद। 'बाख्रीको पुच्छर काटेर बोकालाइ सजिलो' भने जस्तै पायको बेलाम येसो गफ दिउ न त भनेर घुसायको मात्रै हो .  थ्रेडको शिसर्क अर्कै अनि यहा आफ्नै बेकारका गफ चुटेर बस्यो भन्दै सराप्नु भयको होला तर अर्को भाग देखि  रियल क्लाइमेक्स शुरु हुन्छ, क्रिपया टाइम मिल्यो भने यसो पढे झै गरिदिनु होला
अहिले सम्म कास्टिङ् मात्र थियो, आफ्नै गन्थन र के के न गरे जस्तो लन्डनको बर्णन गरेको थिय, तर यो लन्डनको गफ पनि 'इन्द्रको अगाडि बत्तिको बयान' जस्तो भयो होला, अंेरिका जस्तो ठाउमा बस्नेलाइ  इङ्ग्ल्याण्डको गफ।

------------

मै एक झोका हु ठण्डी पवनका--------- thats real Amazing

-------------------------------

Posted on 01-05-08 9:44 AM     Reply | Notify Admin | Delete
 
दामि छ झिल्के ब्रो! कथा र संस्मरण मात्र नभएर यताउताको धेरै जानकारी समेत हुलेछौ राम्रो लाग्यो!
 
---बिर्खे दा, सिधा यात्रा सन्स्मरणमात्र लेख्दा नुन नहालेको अचार जस्तो सादा हुने भयकोले येसो अरु कुराहरु पनि मिलायको हो, तपाइलाइ मन पर्यो भन्दा त हर्शको सिमा रहेन। अनि टर्मिनल फिलिम हेर्नु न मौका मिल्यो भने, दामि छ
 
 


Posted on 01-05-08 11:25 AM     Reply | Notify Admin | Delete
 

" यदि त्यो दुइ पाउन्ड मैले घर पठायको भय कति राहत हुन्थ्यो होला, २ पाउन्ड यानीकि ३०० रुपिया अर्थात ५ किलो चामल्। ----kasto raamro bhawana.

ओह् दिपीका के गर्नु जति राम्रो भावना भयपनि भन्नेहरुले जगल्टे भन्छन्, भित्रि मनको कुरा त कसले देख्छ र यो जालि सन्सारमा ,जस्ट किडिङ है, थ्यान्क्स अ लट फर् योर काइन्द वर्ड्स,

 


Posted on 01-05-08 11:28 AM     Reply | Notify Admin | Delete
 

Amazing bro, I really liked your "mixed bag" travel description.

Nepche bro, kahile adhi kahile hawa yestai rahechha yar tara k ho bro ko euta senti ENGLISH poem padhya thiye, kina ho jawani mai yesto musaldhare pani jasto ANSHU?

 


Posted on 01-05-08 12:49 PM     Reply | Notify Admin | Delete
 
herai ramro cha.
Dherai dherai dherai DHANYABAD..
 


Posted on 01-05-08 2:02 PM     Reply | Notify Admin | Delete
 
ood going Jhile, very interestingly presented.
Suntale bro, ani Pokhara ko second part kahile aauchha?

 
Posted on 01-05-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhilke dadu ke ho dami cha. aba mero dadu bhae chi naramro nalekhne ta kurai bhaena ni kaso dadu. daa love u :D
 
Posted on 01-05-08 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु, म तिमि जस्तो छुपा रुस्तम  jhakas writer कहा हो र? तिमि त के हो यस्तो बबाल लेखिदिने, तिम्रो कथा साझामा Superhit भयो, अब त बैनीबाटै टिप्स लिनु पर्यो, भनन कसरि लेखेन् हो तिमिले जस्तै,? क्लास लिन अाउकि? तर फी चाहि अर्को तिहारमा दिन्छु लखितखितखितखित


 
Posted on 01-05-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

U r superb amazing.........

roza ayepachi jhan ramailo hune bho aba.  I recollected few moments I had in London in ur blog. Specially queen's palace, London bridge and big ben and him............ JPT he he he.

lau na rozako katha sunu bhanya


 
Posted on 01-06-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I recollected few moments I had in London in ur blog. Specially queen's palace, London bridge and big ben and him...........

Him??? wowowo, ko ho CL tyo jasale timilai mohani lagayo? London pani ghumauna bhyaisakechha....katai tyahi TORIBARI mai haraune jasto fuchche ta hoina?


 
Posted on 01-06-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Actually I had an international conference in Belfast and I decided to visit london since my fren's cousins were there. usle hamilai ghumayeko ho tara u mero fren ko cousin paryo. ka love garne best frenko cousin sanga. But I had an infatuation with him. he was a beautiful disaster yaar.

ur blog reminded me him and thinking of him now.


 
Posted on 01-06-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Belfast, didint u have any problem understanding their so called 'Englsih'? Tyati mohani lagayo tyo Morale??  Tara malai bhetya bhaye tyo sabai wrong prove hunthyo ni
 
Posted on 01-06-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oho amazing bro pani yeti khalli, la bro lukaunu bhayena aafnu pratibha...la jaawos hai jaawos aru pani

 
Posted on 01-06-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=160&ThreadID=35454

 

Hi Friends, till I write next episode, lets have some flashback. I have written my London Diary in this thread now please enjoy it LIVE.... I hope it will add more colour to the title. which, in fact I have posted in Sajha a year ago and, thankfully most of the friends enjoyed my VISUAL London Diary

While posting those pictures I had never thought that one fine day I would share my diaries here in Sajha.

 

Whatever........!!!! Please enjoy the PICTURES


 
Posted on 01-06-08 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I enjoyed very much by reading your London experience... Dherai ramro chha.... 

Ramro manche ko pachadi swansi manche ko hat huncha bhanthe.... sayad tystai ho kya.... Roze ko karan le yasto ramro lekhna thale jasto cha... 


 
Posted on 01-10-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुमको देखा तो यह खयाल आया -  

 

 

 

लेस्टर्, मिडल्याण्डको सानो शहर, देशको ठिक बिच भागमै रहेकोले मिड्ल्याण्ड राख्या होला, अनि  सबैभन्दा धेरै भारतियहरु बस्ने शहर, इङ्ल्याण्डमा मात्र नभयर सारा बिश्वमै कहलियको। England को  नवौ ठुलो शहर रहेछ। भर्खरै National Express Bus बाट उत्रे, दुइ घन्टामा आराम सङ ल्याइपुर्‍याओ लन्डनबाट, Leicester  शहर सानो छ, वातावरण सुनसान छ, कुनै गाउमा आयजस्तो भान भयो। अबका ८ दिनहरु यहि बिरानो ठाउमा बिताउनु थियो मलाइ। एकै देशभित्रपनि कति असमानता कहाको लन्डन कहाको लेस्टर्। Perhaps लन्डनबिनाको इङ्ल्यान्ड र फुटबल बिनाको ब्राजिल उस्तै उस्तै हुन्थ्यो होला

। कालो च्यात्तियको Jeans, रीबकको स्पोर्टस bag, अनि त्यो मैलेसिकेको तर कसैले थाहा नपाउने खैरो जुत्ता, कानमा हेडफोन, हातमा पेप्सि बोकेर अनि थकित जिउ बोकेर यताउति चहार्न थाले। हातमा City map  थियो, दुम्सिको काडा जस्तो कपाल र घाटिको दाम्लोको त कति कुरा गर्नु।

 

मलाइ पनि katiले भारतियहरुको शहरमा अर्को भारतिय भने होलान् अनि थोरै बाकि भयकाहरुले मिडिल इस्टको रेफुजी भने होलान्, तर केहि मतलब् थियन, मलाइ किनकि जसो गर जे भन जतासुकै लैजाउ मलाइ……………you know it LOL

 

कहिल्यै नसोचेको ठाउमा आफुलाइ पाउदा, कस्तो कस्तो फील भयो, यात्रै यात्राको क्रममा आज यहा अैयो, नया ठाउ, नया वातारावण, गल्लि, सडक, आकाश, मानीस सबै बिराना छन। यहा कसैले पनि  मलाइ चिन्दैनन्, जे गरे पनि हुन्छ्, कसैको बाल मतलब थियन तर फेरि मनमा त्यस्तै बिचार खेल्यो यदि म हिड्दा हिड्दै केहि भयो भने, दुर्घटना भएर लडे भने के होला? के मलाइ सहयोग गर्ने कोहि अौला त? Tyati bela pani malai sabile Baal matlab dine ta hola ni jasto lagyo.. मान्छेको मन न हो के के सोचिन्छ के के। सन्सारमा सबैभन्दा गारो चीज के होला? मेरो बीचारमा मनलाइ कन्ट्रोलमा राख्नु नै हो, दस दिने बिपश्यना शिविरमा (Budhanilkantha, Kathmandu) गयपछि मलाइ यो कुराको प्रस्ट जानकारि भयको थियो.. बिग्रेको रेडियो जस्तै २४ घन्टा बोलिरहने म, बिपश्यानामा १० दिन सम्म एक् शब्द पनि नबोलिकिन दिनमा ११ घन्टा ध्यान गर्दा त मेरो हालत सुकेर काठमाण्डुको बाग्मति जस्तै भयको थियो..तर जे होस् बीपश्यना जीबनमा एक् पटक जानै पर्ने ठाउ हो।

 

 

एुउटा फास्टफुड छिरेर बर्गर के बुजो हाल्दै थिय, मोबाइलको घन्टि बजी हाल्यो, यसो हेरेको Albert को रहेछ, उ चिच्याउदै थियो 'काम् पाइयो रे समरको लागि, दिनमा छ घन्टा तर २ घन्टामै सकिन्छ रे अनि तलब पनि राम्रै रहेछ 11 euro/per hour मैले म त्यो देशमा छैन भने तै पनि त्यो काले बोल्न रोक्ने होइन 'Man there are three Russian Chix too at work' अलि अलि भयको जिउ पनि Russian sanga lagera सुकाउने पक्षमा थीइन म... फोन राखिहाले, त्यसै त त्यो कालेले बोलेको आधा बुझ्नै गार्हो अझ त्यसैमा रोमिङ चार्ज। तर मनमा कता कता भने घोच्यो, यो यात्रा सार्है महङ्गो हुने भयो भनेर, कम्तिमा २-३ लाख त घाटै लाग्ने भयो ..तर केहि थियन, खासै पछुतो छैन, जीबन भनेको यस्तै न हो, जति गरे पनि बिहान बेलुका खाने न हो, अनि अनुभव भन्ने कुरो कह सधै सधै मिल्छ त, पढ्ने पढाइ पढेकै छु, पैसा भन्ने कुरा बेलामा कमाइ हाल्छु भन्नेभन्दै सान्तवना दिय….

 

 

मैले पहिला नै लेखिसकेको छु सायद, यो मेरो ३० दिने बेवारिसे यात्राको १० दिन नियोजित नै थियो भनेर। २-३ दिन त लन्डनमा नै बित्यो, अब लेस्टरमा ८ दिनको भलुन्टरी वर्क थियो euta Workcamp ma, खास त मैले समरमा घुम्न र साथसाथै केहि भलाइ हुने काम गरु भनेर Civic Service International मार्फत ३ वटा देशमा निवेदन हालेको थिय, लक्कीली सबैबाट राम्रै जवाफ आयो तर travel fare मेरो क्षमता भन्दा बढि भयकोले सुडानको डार्फर र न्युजिल्याण्डको क्राइसचर्च भन्दा लेस्टरनै उपयुक्त ठाने अनि फेरि यतै बाट युरोटुर पनि सजिलो पर्थ्यो। तर मलाइ भने अफ्रिका जाने एक्दम ठुलो इच्छा थियो, सायद कुनै दिन म त्यहा गयर केहि गर्न सके भने जीवनकै ठुलो सपना साकार हुन्थ्यो

 

नक्सा हेर्दै हेर्दै सान्झको ५ बजे भनेकै ठाउमा पुगे, त्यो हाम्रो वर्कक्याम्पको लिडर मलाइ कुरेर बसेको रहेछ, उसले मलाइ आफ्नो गाडिमा राखेर हामि बस्ने ठाउमा पुर्यायो। उसलाइ पनि अचम्मै लागेछ कि आज पहिलो पल्ट कुनै नेपालि त्यहा Volunteer को रुपमा आयको देखेर. बस्ने ब्यवस्था मैले सोचेभन्दा धेरै धेरै राम्रो पाय, हामिहरुलाइ एुटा Student House ma राखियो र सबैलाइ Private रुम दियका थिय, रुम पनि सफा चिटिकक परेको राम्रो थियो, सायद 20-25 sq meter ko  हुनुपर्छ। ६ बजे तिर Introduction कार्यक्रम भयो, ८ देशका १० जना युवाहरु थिय, त्यसमध्य ७ जना केटि ३ जना केटा थियो।

 

 

त्यो ८ दिन सम्म खाने बस्ने सबै बन्दोबस्त CSI ले गरेको थियो। म बसेको Floor मा ४ वटा रुम थियो, दुइ जना केटा र दुइ जना केटि आडैमा सर्बियन केटि, अने मेरो अगाडि एुटि डेनिश केटि थीइ  र लास्टको रुममा जोकर जस्तो रसियन केटो थियो।

 

 

त्यो दिन सबै थाकेर आयकोले सबै आफ्नै आफ्नै धुनमा थिय, ८ बजे तिर डिनर रेडि भयो, आज पहिलो दिन् भयकोले २ जना हेल्पर आयका रहेछन, भोलिदेखि हामि सबै आफैले मिलेर पकाउनु पर्ने रे, जे होस् सारै मजा अौनेअौने लख्सन् देखियो

किचन पनि हाम्रै फ्लोरमा थियो, अनि मैले र रसियन केटा मिलेर अर्को किचनको टेबल पनि त्यहा ल्यायो, शुरुमै सबैको स्याबासि खाइयो हे हे।

 

डिनर शुरु भयो, कसैले पनि कसैलाइ चिनेको थियन, हुन त परिचय कार्यक्रम भैसकेको थियो तर पनि कसले सम्झिने नाम। पहिले देखिनै एक् जना केटि सारै राम्री लागेको थियो अब बेला छ भनेर नबोलिकिन बसेको थिय, अहिले त झन डिनरको बेलामा उ साच्चिकै अप्सरा जस्ति भयर आयकि थीइ। कलेजि रङको हाफ स्लीभ टीसर्ट अनि ब्लु टाइट जीन्समा कुनै मोडल भन्दा कम देखियकि थीइने त्यो। कपाल् पनि अतिनै सिल्कि थियो, सलक्क परेको अनि एक्दम लामो, मोरिले पक्कै सन्सिल्क श्याम्पु युज गर्थि होलि। हुन त डेनिश र सर्बियन पनि सारै लोभ लाग्दा थिय तर अर्कि अप्सराको अगाडि एश्वर्या रायको अगाडि जुहि चावला जस्तै देखिन्थे,…hahha  I don’t like Juhi Chawala..दीप र बाङ्गे भयको भय सायद  एश्वर्याको लागि मारामारि चल्थ्यो होला

डिनर सकियो, त्यो बेला खासै बोल्न पाइयन, आफ्नो भने मुटुमा ढ्याङ्रो ठोक्य ठोक्यै थियो, म पनि सबैलाइ बाइ भनेर आफ्नो कोठा तिर लागे

 

दिनभरि घुम्दा घुम्दा थाकेको ज्यान बिस्तारामा ढलक्क ढल्किय अति नै आनन्द आयो,

१५-२० मिनेट पछि पिसाब गर्न जान्छु भनेर यसो निस्केको त  किचनको बत्ति बोलेको देखे, को रहेछ भनेर यसो ढोका चिहायर हेरेको त आखा नै पवित्र भयो, त्यति बेला अचानक मलाइ जगजित सिङ्को गजल आयो त्यहि मोरि अप्सरा Journal जस्तो के के हो पढ्दै रहिछे, ढोका खोलेर म भित्र छिरे….

 

‘You are from Nepal right?’ मोरिलाइ याद त रैछ भनेर मनै चङ्गा भयो

‘Oh ya, great u remember, sorry I forgot your  name’ उसको नाम मलाइ याद थियन  तर देश भने सम्झेको थिय

‘Hihi, I don’t remember either’ भन्दै मोरिले कमलको फुलको पात जस्तै नरम नरम हात  म तिर तेर्साउदै भनि’ By the way, Im Rozailia’

त्यस्तो मौका कहा छोड्नु भन्दै च्याप्प हात समाउदै भने

‘U from Austria, right?

‘ Oh u also remember’ मक्ख पर्दै जर्मन Accent मा भनि

 उसको हातलाइ फेरि जोडसङ तर मायालु पारामा दबाउदै अलि नरम भासामा भने ‘Well, can I call you just Rose?’

 

----------To be contd-------

Thanks for reading


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters