Posted by: Amazing January 4, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

लन्डन पनि घुमियो- ३ (Contd........)

 

 बरु नामको मामलामा आजकाल नेपालमा सारै बिकास भयको , कता हो सुनेको एकजनाको नाम इमेल् शर्मा रे अनि फेरी त्यहि थाहा पायर अर्कोले गुगल राख्यो रे, गुगल् खतिवडा राख्या रे

 

 

हेर्दा हेर्दै बस पनि रोकियो, हातमा  Lonely Planet को-- लण्ड्न गाइड थियो, कहा जाउ कहा जाउ भयको थियो, ब्रिटिश म्युजीयम जाने मन थियन,   म्युजीयम हेर्ने खाले टुरिस्ट होइन, अब कहा जाने होला भनेर येसो गाइड बुक हेरे Your London trip would be incomplete without watching the most famous British Museaumभन्ने वाक्यमै गयर आन्खा rokiyo, बस कहा रोकियो थाहा भयन तर म्याप हेर्दै सिदै हिडे अक्स्फोर्ड स्ट्रीटको बाटो, बिस्तारै बिस्तारै त्यहि क्यामेरा ले अजीब अजीब तस्बीरहरु कैद ग्र्दै गय। यता हेर्यो इन्डियन्, उता हेर्यो इन्डियन, म त दिल्लिको चादनिचोक ma chhu jasto lagyo

 

मुजीयम पनि अैपुग्यो, भित्र जानै मन थियन तैपनी गै हाले।जीबनमा पहिलोपल्ट यति लामो समय बिताय सङ्ग्रालह्यमा। बाहीर आय अनि ,सारै भोक् लागिसक्य थियो, वरपर हेरेको पिज्जा खाउकि जस्तो लाग्यो तर नजिकै गेट अगाडी। एुटा रोमानियनले ससेज् बेच्दै रहेछ, गयेर ३ पाउन्डको लक्ष्मि किने, 'गाइ हाम्रो लक्ष्मी भगवान हो' भन्ने नीबन्ध प्रतियोगितामा प्रथम भयको थिय कक्षा ५ मा तर ।। जे होस् नेपालको गाइपो लक्ष्मी त यहाअोयहाको गाइ त Christian पो त, अनि आरामले खाय, सारै मिठो लाग्यो।

 

 

Englandको सबैभन्दा फेमस चीज भन्या नै रातो डब्बाहो जसमा TELEPHONE  लेखियको हुन्छ, अब यता आयको बेलामा त्यहि टेलीफोन लेखेको सार्वजेनीक् फोनको डब्ब्ब देखिने गरी फोटो खिच्न मन लाग्यो तर खिच्ने कसरि, वरपर हेरेको एुटा, लुरे लुरे, झुस्स दारि भयको अधबैसे अौदै रहेछ, त्यस्सैलाइ सोध्नु पर्ला भनेर बसेको उ आफै आयर, ‘ U want me to take pic’? भन्यो, ल यो बज्याले मेरो मनको कुरा बुझेछ भनेर खुशि लाग्यो। एक पटकमा भयो भन्दा पनी once more  भ्न्दै ५-६ स्ताइलमा खिच्दियो। Thanks bhanera हीड्न थाल्या थिय्, फेरि बोलायो, कहा बाट आयको, किन आयको, कहिले आयको भनेर नरम नरम् भासाम सोध्यो, म पनी जस्तो सवाल् उस्तै जवाफ दिदै गय। एक्लै थिय कुरा गर्न पनि भयो। Why don’t we have coffee now? भन्यो, ल ठिकै छ भनेर पसे एुटा कफीशपमा। कुरै कुरामा मलाइ अचम्म लाग्यो, अनि दालमे कुछ काला है भन्ने झै लागेर घडी हेरे जस्तो गरेर भने ‘ Sorry I have to go’  ५ मिनेट पछि येसो पछाडी फर्केर हेछु त पछयाउदै छ बा, के हो यो अजीबको मान्छे जस्तो लाग्यो, ‘Wait Wait………’ भन्दै नजीकै आयो र बिस्तारै भन्यो 'I live nearby elephant and castle, if u want we can have lunch in my मैले सिधै भने ‘Sorry I have to go’’ आज फेरि जीन्दगीम पहिलोपल्ट समलीङीले प्रस्ताव राख्यो, कस्तो अचम्म लाग्यो. यो, ya, its London and it can happen anything here. बल्ल बल्ल त्यहा बाट उम्के,त्यो बेला मलाइ महशुस भयो, हामी केटालाइ ट यस्तो छ भने, केटिहरुलाइ कस्तो कस्तो समस्या पर्छ होला।

 

 

खै कुन बाटो हो कुन बाटो हो हिड्दै हीड्दै आय, हातमा गाइड बुक थियो,Tower bridge, Big ben, Parliament house, London eye, St James Park, St Paul, Trafagal square etc etcहरु कहिले देख्नन पाउने हो भन्दै आखाहरु आतिसकेका थिय तर त्यो सबै घुमाउने जिम्मा लियकि थीइ, Katherineले- त्यसैले म अरु अरु ठाउहरु घुमीरहेको थिय।

Katherine, २५ बर्शिय Kiwi केटि हो, आज उ सङग मेरो पहिलो भेट हुदैछ। म लन्डन मा ३ दिने बसाइको लागि उ सङग २ रात सुत्न र उस्को साथको लागि प्रस्ताब गरेको थिय तर उ अरु ३ जना केटिहरु सङग share गरेर बस्ने भयकोले मलाइ बास दिने कुरामा अलि अप्ठेरो मानी तर लन्डन घुमाउने कुरा भनेगर्न सक्छु भनी। ट्रारभलर हरुko laagi

लागी एुटा वेबसाइट छ, जसले सदभाव स्वरुप आफ्नो औकात अनुरुप बिना कुनै स्वार्थ गास बास कपासको सहयोग गर्छन्। त्यसै अनुरुप मैले पनि २-४ जनालाइ मेरो सानो कोठामा बास दियको छु अनि दाल् चामल खुवायको छु, एक पटक त लाटभियाबाट ४ जना झक्का ठिटिहरु आय मेरो त्यो सानो कोठामा, जे होस् गर्नु सम्म मोज् गरेर गय मोरी हरु। If u ae interested just have a look www.hospitalityclub.org  बिक्टोरिया स्टेशनको अगाडि, Mark and Spencers को गेटमा भेट्ने कुरा थियो ४ बजे, तर म त तीन् बजे नै त्यहा पुगेछु, कहिल्यै नचिनेको ठाउ फेरि लेट हुनुभन्दा छिटो हुनुनै जाती भनेर पहिलै पुगे।

 

अब १ घन्टा के गरेर बस्ने, मान्छेको सारै भीड छ, सायद त्यो स्टेशन लन्डनको बीजी स्टेशन मध्य पर्छ होला, अब यसो झोलामा ३ वटा किताब थियो बेला न कुबेला के किताब पढ्ने, त्यहि पनी एुटा किताब झिके, यसो हेरेको त्यो कीताब पढ्न लागेको १ हफ्ता भयको थियो, असाध्यै राम्रो स्पीरीचुअल बुक् हो त्यो THE POWER OF NOW by Eckhart Tolle,  लन्डनको ब्यस्त ठाउमा spiritual book निकालेर पढे, म पनी अजीब खाले मान्छे हु जस्तो लाग्यो।

 

त्यत्तिकैमा एुटा बुढो सफाइ गर्दै यताउता हिड्दै थीयो ट्रलीबोकेर, येसो हेर्दा हाम्रै छीमेकी मुलुकको जस्तो लाग्यो, nameplate  हेरेको S. Reddy रहेछ नाम, शन्का लाग्यो दक्षिण भारतकै हुनुपर्छ् भनेर, उमेर ५० भन्दा माथिएेनै हुनुपर्छ, बिचरा यो उमेरमा पनी येस्तो दुख गर्नुपर्ने, मनै अंमीलो भयर आयो, उसको अनुहार हेरे सार्है थकीत थियो, हातमा पन्जा लगायको, तर काम भने अति लगनशील भयर गरेको, बिचरा त्यो मेहेनत र पसीनामा उसका परिवारहरु पालियका होलान आफ्नो देशमा, उसको पनि यो उमेरमा घरमा बसेर स्रीमतिको हातले बनायको चिया पिउने रहर् होला, तर सोचेजस्तो नहुदो रहेछ जीबन, उसलाइ देखेने बित्तिकै मलाइ अतिनै मन परेको इङ्लिश मुभि THE TERMINAL ko ----क्यारेक्टर गुप्ताको याद आयो, त्यो मुभि मलाइ यति मन पर्यो कि ५ पटक् हेरेको थिय, Tom Hanks ko  कस्तो  जीवन्त अभिनय, त्यस्तो पो कलाकार अनि उसले बोलेको त्यो Accent  कति ठ्याक्कै मिलेको, राजेश हमालले कहिले गर्ने होला त्यस्तो अभिनय, अनि sadhai overacting garne शाहरुख खानले गरेको अभिनय त उसको अगाडि बच्चा खेले जस्तो लाग्ने।

 

 

मैले उसलाइ एक्टकले हेरिरहे अनि आफैलाइ लाज लागेर आयो, के उसको रे मेरो compare हुन सक्छ? यो उमेरमा येति मेहेनेति र अरुको जीवनको लागी गरेको त्याग, अनी म? काम गरेर घरतिर सहयोग् गर्न छोडेर आफ्नै दुनियामा कता कता हावासरि बरालिदै हिड्ने लन्ठु। भर्खरै Starbucks बाट ल्यायको २ pound को कफि हातमा थियो, यदि त्यो दुइ पाउन्ड मैले घर पठायको भय कति राहत हुन्थ्यो होला, २ पाउन्ड यानीकि ३०० रुपिया अर्थात ५ किलो चामल्। येस्तै यस्तै कुराहरु मनमा खेलिरहयो, सारै नरमाइलो लाग्यो, घरको सम्झना आयो, म बाट कतिले के के आश गरेका छन्, परिवार मात्रै हो र? मामाका खलक्, काकाका खलक्, उता फेरि छरछिमेकिहरु, यस्तै रहेछ जीन्दगिएेजस्तो लाग्यो, आफैलाइ स्वार्थि भयजस्तो लाग्यो तर हुन पनि हो नै।

 

 

घरमा मामुले सारी नफेरेको कति भयो होला, यता भने GF लाइ प्रेजेन्ट दिनुमै टाइम जाने, उता बहिनीको school fee दियको भय कती  गुन लाग्थ्यो यता आफु भने क्लबमै भुतलागे जसरी कुइरीनिहरु सङग नाच्नै ब्यस्त। यस्तै यस्तै कुराहरु खेल्दा खेल्दै चार बजीसक्यो, क्याथरीनलाइ लीन गय मार्क्स् एन्ड स्पण्सरको अगाडी, ठिक अगाडि पुगे, हरियो टीशर्ट र ब्लुए जीन्समा ह्याण्ड्ब्याग सङै ठिक टाइममै अाइपुगि, उसलाइ चिन्न कुनै मुश्किल भयन।

 

Hey Namste, oh u look so young, मलाइ देख्ने बित्तिकै उसको पहिलो कमन्ट थियो,

Namste..but how u know that? U look exactly as in photo. त्यो मेरो जवाफ थियो। अब उ र म भयर पैदल यात्रा तिर लाग्यो लन्डन घुम्न, उ अगि अगि म पछि पछि, बकिम्गहम् प्यालेस, जेम्सपार्क, बिग बेन, ट्राफलगर स्वुआर, पार्‍लियामन्ट हाउस, सबै तिर घुमाइ। उ एकदम फरासिली र हसीली थीइ, बोलि पिच्छे really, really भन्थि, लन्डन उसलाइ सबैभन्द मन पर्ने शहर रे, २५ बर्सको जीन्दगीमा ८ बर्श बिदेशमा बितायकि रहीछ, चाइना देखि डोमिनिकिन रीपब्लिक सम्म बसेकि।

 

फोटो खिच्नु उसको सोख त्यसैले धेरै पटक् मेरो foto पनि खिचेको खिचै गरी। उसलाइ नेपालको बारेमा धेरै कुराहरु सुनाय, अनि फेरि उत्तर युरोपको बारेमा पनि धेरै गफ सोधि। उ सबै सङ सजिलो सङ्ग घुल्मिल हुन सक्ने खालकिएेकेटी रहिछे, कुरैकुराम सोधि 'डु यु ह्याव गल फ्रेण्ड', अनि फेरि आफैले आफ्नो बी एफ् नभयको कुरा निकाली।

उसको कहानी पनि सुनियो London Eye चढ्ने कि नचढ्ने भन्ने कुरामा एक् छिन सल्ल्ल्ला भयो, आखिरमा नचढ्ने भैयो, खै त्यहा बाट पेरीसको इफेल टावर देखिन्छ रे भन्छन।

 

उ सङ्ग २-३ घन्टा घुमेपछि पहिले भने झै चाइना टाउन नजिकै सोहोमा japnese रेस्टुरेन्ट गयोउ डिनरको लागि, त्यो उसको लन्डनकै सबभन्दा मन पर्ने रेस्टुरेन्ट रे, अलि सस्तो र मिठो खाना भयकोले।  खाना मिठै लाग्यो तर स्टीकले खान अलि गारै भयो।¨उ सङग लन्डनको धेरै ठाउ घुमे, आफ्नै आत्मिय मित्रलाइ जस्तै सबै ठाउमा घुमाइ, छुटिने बेलामा नेपालको झन्डा र पोस्टकार्ड उपहा स्वरुप दिय, अनि त्याहाबाट नटिङहिल सम्म अन्डरग्राउण्डमा आयो, कति हो कति कुराहरु छ लन्डन यात्राको मेरो सन्स्मरणहरु समय आयो भने कुनै दिन येउटा  एुऊटा बुक नै बन्छ

 

अर्को दिन Wembly  भन्ने ठाउ घुम्न गयोउ, अरे बाफरे मलाइ त आफैलाइ  दिल्लिको इन्द्रपुरिमै छु कि जस्तओ लाग्यो, अनि कजरा रे कजरा रे………’’ भन्ने गित पनि ठुलै स्वरमा लगायको, जता हेर्यो उतै भारतिय, पाकिस्तानी। अनि मलाइ लाग्यो कुनै दिन हिन्दुस्तान पाकिस्तान जस्तै यो पनि Englishtan हुने पो हो कि भनेरभारतको कुरा भन्ने बित्तिकै मलाइ मेरो एुटा पुरानो साथिले भनेको मुक्तक याद भयो, हा हा त्यो डाइलग दिनमा ५ पटक् भन्थ्यो त्यसैले अझै पनि कन्ठै छ

 

खुदा ने ना कला दिया ना गला दिया

दिया तो बस एक् …. दिया

वह भि बिचमे लट्का दिया

-----------Bhuluchuk linedine-----

 

त्यहि दिन साझ बसबाट केन्सिङटन प्यालेस देखियो, त्यो लन्डनकै the most sophisticated area , अनि त्यस्तो Posh ठाउमा नेपालि राजदुतावास थियो, त्यो कुरा सुन्दा London मा नेपालि हुनुको अर्को गर्व हुन्थ्यो। तर आजकाल सुनिन्छ फ्रीमा पायको भवन पनि मेन्टेन गर्न नसकेर बेच्दै छ रे, उफ्।। के के सुन्नु पर्छ, त्यो भवन सङ्गै बिश्वकै तेस्रो धनि लक्ष्मी मित्तलको आलिशान भवन् छ।उ त्यत्रो ठुलो मानिस भयर पनि कति सरल् र मिजासिलो होला जस्तो लाग्यो,  ‘’behind every man’s success there is a GEAT woman ‘’ सुनेको थिय तर त्यो साचो रहेछ, उसको सफलतामा श्रीमतिको ठुलो हात रहेछ, ति दुइ जनाको जोडी अझै पनि परेवाको जोडि जस्तै रहेछ, मानिस जति सुकै सुखि भयपनि पारिवारिक सन्तुस्टि बिना यो सबै अधुरो हुन्छ भन्थे, मैले उनिहरुको अन्तर्वार्ता हेर्ने मौका पायको थिय Star Plus ko सीमी गेर्वालको RENDEZBOUS bhanne programme maa,

उ पनि एुटा सामान्य परिवारबाट आयको मान्छे येति सम्मको सफलता?

तर मलाइ J.Krishnamurthy र मितलमा को सुखि र सफल् भन्यो भने सयद मलाइ Mittal ko  नाम लिन गार्यो पर्थ्यो होला, Anyway, मितलले आफ्नो छोराको लागि नेपालि दुतावास किन्न्ने शुर गर्दैछन् रे, मेरो मनमा अचम्मको कुरा खेल्यो, येदि लक्ष्मि मितल नेपालि भयको भय अनि त्यो दुतावास भारतिय भयको भय के हुन्थ्यो होला? पक्कै पनि साझामा एुटा थ्रेड त् खुल्थ्यो खुल्थ्यो

 

This Nepali is great

 

A---Yes man, he is really great.

 

B- Kina ho yesto? Great re k garyo ra great?

 

A- La usle Indian embassy kinyo ni

 

C- Wow  good news

 

D- Source?

 

E- Dhotis sux

 

F- Exactly, well said E J

 

G- He must be bhrastachari

 

H- What the F…., bhrastachari? How can u say that?

 

I- You guys suckk big time, leave sajha

 

J- Ma baru sadakma sutchhu, dhotiko gharma basdina

 

K- what u talking man, that’s not hous, its embassy, nepali is buying that, it’s a pride for all of us

 

L-  Amitbah Bachhan is also Indian

 

K- I think this Nepali guy must be corrupted leader of Nepal, otherwise how can he get so much amount.

 

L- I also think so

 

M- No no he is RAJABADI

 

-------and the thread ends with some Bollywood songs---

 

 

 

तिन दिनको अविश्मिरणिय लन्डन् बसाइपछि म लागे आफ्नो दोस्रो गन्तब्य तिर, Leicester,  Midland को सानो शहरमा, जहा मेरो जीबनका सारै रमाइला ८ दिन बिते, जीन्दगी भरि नै कहिल्यै बिर्सन नसकिने क्षणहरु मेरो लागि प्रतिख्सारत थिय, जहा मैले एुटा अनमोल चीज भेटे जसको नाम थियो Rozailia
Last edited: 05-Jan-08 09:47 AM
Last edited: 10-Jan-08 12:31 PM
Read Full Discussion Thread for this article