तुमको देखा तो यह खयाल आया - ४
लेस्टर्, मिडल्याण्डको सानो शहर, देशको ठिक बिच भागमै रहेकोले मिड्ल्याण्ड राख्या होला, अनि सबैभन्दा धेरै भारतियहरु बस्ने शहर, इङ्ल्याण्डमा मात्र नभयर सारा बिश्वमै कहलियको। England को नवौ ठुलो शहर रहेछ। भर्खरै National Express Bus बाट उत्रे, दुइ घन्टामा आराम सङ ल्याइपुर्याओ लन्डनबाट, Leicester शहर सानो छ, वातावरण सुनसान छ, कुनै गाउमा आयजस्तो भान भयो। अबका ८ दिनहरु यहि बिरानो ठाउमा बिताउनु थियो मलाइ। एकै देशभित्रपनि कति असमानता कहाको लन्डन कहाको लेस्टर्। Perhaps लन्डनबिनाको इङ्ल्यान्ड र फुटबल बिनाको ब्राजिल उस्तै उस्तै हुन्थ्यो होला
। कालो च्यात्तियको Jeans, रीबकको स्पोर्टस bag, अनि त्यो मैलेसिकेको तर कसैले थाहा नपाउने खैरो जुत्ता, कानमा हेडफोन, हातमा पेप्सि बोकेर अनि थकित जिउ बोकेर यताउति चहार्न थाले। हातमा City map थियो, दुम्सिको काडा जस्तो कपाल र घाटिको दाम्लोको त कति कुरा गर्नु।
मलाइ पनि katiले भारतियहरुको शहरमा अर्को भारतिय भने होलान् अनि थोरै बाकि भयकाहरुले मिडिल इस्टको रेफुजी भने होलान्, तर केहि मतलब् थियन, मलाइ किनकि जसो गर जे भन जतासुकै लैजाउ मलाइ……………you know it LOL
कहिल्यै नसोचेको ठाउमा आफुलाइ पाउदा, कस्तो कस्तो फील भयो, यात्रै यात्राको क्रममा आज यहा अैयो, नया ठाउ, नया वातारावण, गल्लि, सडक, आकाश, मानीस सबै बिराना छन। यहा कसैले पनि मलाइ चिन्दैनन्, जे गरे पनि हुन्छ्, कसैको बाल मतलब थियन तर फेरि मनमा त्यस्तै बिचार खेल्यो यदि म हिड्दा हिड्दै केहि भयो भने, दुर्घटना भएर लडे भने के होला? के मलाइ सहयोग गर्ने कोहि अौला त? Tyati bela pani malai sabile Baal matlab dine ta hola ni jasto lagyo.. मान्छेको मन न हो के के सोचिन्छ के के। सन्सारमा सबैभन्दा गारो चीज के होला? मेरो बीचारमा मनलाइ कन्ट्रोलमा राख्नु नै हो, दस दिने बिपश्यना शिविरमा (Budhanilkantha, Kathmandu) गयपछि मलाइ यो कुराको प्रस्ट जानकारि भयको थियो.. बिग्रेको रेडियो जस्तै २४ घन्टा बोलिरहने म, बिपश्यानामा १० दिन सम्म एक् शब्द पनि नबोलिकिन दिनमा ११ घन्टा ध्यान गर्दा त मेरो हालत सुकेर काठमाण्डुको बाग्मति जस्तै भयको थियो..तर जे होस् बीपश्यना जीबनमा एक् पटक जानै पर्ने ठाउ हो।
एुउटा फास्टफुड छिरेर बर्गर के बुजो हाल्दै थिय, मोबाइलको घन्टि बजी हाल्यो, यसो हेरेको Albert को रहेछ, उ चिच्याउदै थियो 'काम् पाइयो रे समरको लागि, दिनमा छ घन्टा तर २ घन्टामै सकिन्छ रे अनि तलब पनि राम्रै रहेछ 11 euro/per hour मैले म त्यो देशमा छैन भने तै पनि त्यो काले बोल्न रोक्ने होइन 'Man there are three Russian Chix too at work' अलि अलि भयको जिउ पनि Russian sanga lagera सुकाउने पक्षमा थीइन म... फोन राखिहाले, त्यसै त त्यो कालेले बोलेको आधा बुझ्नै गार्हो अझ त्यसैमा रोमिङ चार्ज। तर मनमा कता कता भने घोच्यो, यो यात्रा सार्है महङ्गो हुने भयो भनेर, कम्तिमा २-३ लाख त घाटै लाग्ने भयो ..तर केहि थियन, खासै पछुतो छैन, जीबन भनेको यस्तै न हो, जति गरे पनि बिहान बेलुका खाने न हो, अनि अनुभव भन्ने कुरो कह सधै सधै मिल्छ त, पढ्ने पढाइ पढेकै छु, पैसा भन्ने कुरा बेलामा कमाइ हाल्छु भन्नेभन्दै सान्तवना दिय….
मैले पहिला नै लेखिसकेको छु सायद, यो मेरो ३० दिने बेवारिसे यात्राको १० दिन नियोजित नै थियो भनेर। २-३ दिन त लन्डनमा नै बित्यो, अब लेस्टरमा ८ दिनको भलुन्टरी वर्क थियो euta Workcamp ma, खास त मैले समरमा घुम्न र साथसाथै केहि भलाइ हुने काम गरु भनेर Civic Service International मार्फत ३ वटा देशमा निवेदन हालेको थिय, लक्कीली सबैबाट राम्रै जवाफ आयो तर travel fare मेरो क्षमता भन्दा बढि भयकोले सुडानको डार्फर र न्युजिल्याण्डको क्राइसचर्च भन्दा लेस्टरनै उपयुक्त ठाने अनि फेरि यतै बाट युरोटुर पनि सजिलो पर्थ्यो। तर मलाइ भने अफ्रिका जाने एक्दम ठुलो इच्छा थियो, सायद कुनै दिन म त्यहा गयर केहि गर्न सके भने जीवनकै ठुलो सपना साकार हुन्थ्यो
नक्सा हेर्दै हेर्दै सान्झको ५ बजे भनेकै ठाउमा पुगे, त्यो हाम्रो वर्कक्याम्पको लिडर मलाइ कुरेर बसेको रहेछ, उसले मलाइ आफ्नो गाडिमा राखेर हामि बस्ने ठाउमा पुर्यायो। उसलाइ पनि अचम्मै लागेछ कि आज पहिलो पल्ट कुनै नेपालि त्यहा Volunteer को रुपमा आयको देखेर. बस्ने ब्यवस्था मैले सोचेभन्दा धेरै धेरै राम्रो पाय, हामिहरुलाइ एुटा Student House ma राखियो र सबैलाइ Private रुम दियका थिय, रुम पनि सफा चिटिकक परेको राम्रो थियो, सायद 20-25 sq meter ko हुनुपर्छ। ६ बजे तिर Introduction कार्यक्रम भयो, ८ देशका १० जना युवाहरु थिय, त्यसमध्य ७ जना केटि ३ जना केटा थियो।
त्यो ८ दिन सम्म खाने बस्ने सबै बन्दोबस्त CSI ले गरेको थियो। म बसेको Floor मा ४ वटा रुम थियो, दुइ जना केटा र दुइ जना केटि आडैमा सर्बियन केटि, अने मेरो अगाडि एुटि डेनिश केटि थीइ र लास्टको रुममा जोकर जस्तो रसियन केटो थियो।
त्यो दिन सबै थाकेर आयकोले सबै आफ्नै आफ्नै धुनमा थिय, ८ बजे तिर डिनर रेडि भयो, आज पहिलो दिन् भयकोले २ जना हेल्पर आयका रहेछन, भोलिदेखि हामि सबै आफैले मिलेर पकाउनु पर्ने रे, जे होस् सारै मजा अौनेअौने लख्सन् देखियो
किचन पनि हाम्रै फ्लोरमा थियो, अनि मैले र रसियन केटा मिलेर अर्को किचनको टेबल पनि त्यहा ल्यायो, शुरुमै सबैको स्याबासि खाइयो हे हे।
डिनर शुरु भयो, कसैले पनि कसैलाइ चिनेको थियन, हुन त परिचय कार्यक्रम भैसकेको थियो तर पनि कसले सम्झिने नाम। पहिले देखिनै एक् जना केटि सारै राम्री लागेको थियो अब बेला छ भनेर नबोलिकिन बसेको थिय, अहिले त झन डिनरको बेलामा उ साच्चिकै अप्सरा जस्ति भयर आयकि थीइ। कलेजि रङको हाफ स्लीभ टीसर्ट अनि ब्लु टाइट जीन्समा कुनै मोडल भन्दा कम देखियकि थीइने त्यो। कपाल् पनि अतिनै सिल्कि थियो, सलक्क परेको अनि एक्दम लामो, मोरिले पक्कै सन्सिल्क श्याम्पु युज गर्थि होलि। हुन त डेनिश र सर्बियन पनि सारै लोभ लाग्दा थिय तर अर्कि अप्सराको अगाडि एश्वर्या रायको अगाडि जुहि चावला जस्तै देखिन्थे,…hahha I don’t like Juhi Chawala..दीप र बाङ्गे भयको भय सायद एश्वर्याको लागि मारामारि चल्थ्यो होला…
डिनर सकियो, त्यो बेला खासै बोल्न पाइयन, आफ्नो भने मुटुमा ढ्याङ्रो ठोक्य ठोक्यै थियो, म पनि सबैलाइ बाइ भनेर आफ्नो कोठा तिर लागे…
दिनभरि घुम्दा घुम्दा थाकेको ज्यान बिस्तारामा ढलक्क ढल्किय अति नै आनन्द आयो,
१५-२० मिनेट पछि पिसाब गर्न जान्छु भनेर यसो निस्केको त किचनको बत्ति बोलेको देखे, को रहेछ भनेर यसो ढोका चिहायर हेरेको त आखा नै पवित्र भयो, त्यति बेला अचानक मलाइ जगजित सिङ्को गजल आयो… त्यहि मोरि अप्सरा Journal जस्तो के के हो पढ्दै रहिछे, ढोका खोलेर म भित्र छिरे….
‘You are from
‘Oh ya, great u remember, sorry I forgot your name’ उसको नाम मलाइ याद थियन तर देश भने सम्झेको थिय
‘Hihi, I don’t remember either’ भन्दै मोरिले कमलको फुलको पात जस्तै नरम नरम हात म तिर तेर्साउदै भनि’ By the way, Im Rozailia’
त्यस्तो मौका कहा छोड्नु भन्दै च्याप्प हात समाउदै भने
‘U from
‘ Oh u also remember’ मक्ख पर्दै जर्मन Accent मा भनि
उसको हातलाइ फेरि जोडसङ तर मायालु पारामा दबाउदै अलि नरम भासामा भने ‘Well, can I call you just Rose?’
----------To be contd-------
Thanks for reading