[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 201578 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-01-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तारेमाम बिर्खे बा अनी बिस्टे महाराज साथमा चेली नानी लाई ।

खसी काट्न पाइन्न, खसी संग खुशी साट्न पाइन्न भन्ने कबिता पढ्नु भएन जस्तो छ बिस्टे ले।

मंगल धुन हैन, माल श्री हो दशैं को धून - संशोधन ।


 
Posted on 10-01-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लौ हजुरबा के भनेको? त्यो हिजो सोध्या कुरा भनेको? आज हजुर आएपछी जवाफ दिउला भनेर नि हिजो त म गाई हालेँ नि त, कस्तो रिसाको हजुरबा त लौ
 
Posted on 10-01-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्टे के हो, साहूले चौतारी ब्रेक दिन छोड्यो कि कसो? देख्नै गार्हो छ नि। अन्तरजालो घुम्न नपाएर त गार्है पर्छ साँझ र सप्ताहन्तमा।
आकाशी, आफ्नो मामालाई मात्रै चिया? हामीलाई फुस्सा?     

 
Posted on 10-01-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

सानन्नानी सान्नानी चेलीकोमा त ५ वटा स्टार छ तिम्रो मा त छैन खुच्चिङ!

 

संशोधन प्रस्ताव स्विकार/सुधार:

मुद्रा राक्षसको कारणले गल्तिले मिस्टेक भएर मालश्री हुनु पर्नेमा अन्यथा हुनगएकोमा ठूल्दाईको सुझाव अनुरुप भुलसुधार गरिएको छ। कृपया सच्चयाएर पढ्नुहोला।

धन्यवाद्


 
Posted on 10-01-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हैन के हो यो पाँच वटा स्टार को चक्कर? कहिले आँफैले थिच्दा नि हुन्छ कहिले हुँदैन?

जिम्मालबा छुच्चा


 
Posted on 10-01-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हाहा मैले जिम्मालबा लाई एउटा स्टार मात्र हाल्द्या खुचिङ
 
Posted on 10-01-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाकेटी हुँदा नौरथाका बिहानीहरु कुहीरो सिरक झै ओढेर सुतीरहँदा हामी चाबेलबाट गौरीघाट तिर ओर्लिदै हुन्थिम। गौरीघाट पुगेर त्यो चिसो पानीमा नुहाईन्थ्यो पनि कुनै बेला त। माथि गोरखनाथमा घण्ट तान्नै पर्थ्यो, अनि भ्याएसम्म मन्दीरहरु दाहिने पार्नै पर्ने। पशपती दर्शन सकेर चिया तान्दा को रमाईलो बेग्लै। अस्टमी देखी भने मैतिदेबी पनि पुगिन्थ्यो। नवमीमा चै शोभाभगबती र तलेजु पनि भ्याईन्थ्यो।

अचेल खाली सम्झिईन्छ। उती बेला छिप्पीनेरहर थ्यो अहिले त्यो कलिलो उमेर उम्केको देखेर उदेक लाग्छ।

स्वस्ती गरें।

 


 
Posted on 10-01-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Hya dashain ma ni kalle chiya siya khancha? hami ta yasto mitho masu khancham babai!!!



 
Posted on 10-01-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकासी हो कि आकासे ले किन  दिपीकाको भाषा चोर्या?

लोल! बिस्टे ब्रो तिम्रो भान्जी मामाको छोरा भयो भन्दै मिठाइ बांड्दै हिंडेको थो। तिमी भान्जी हिंड्ने बित्तिकै अर्को भान्जी खोजिसकौ  

 


 
Posted on 10-01-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुलि भन्जी नेपाल गईन,सानी भान्जी ले चिया ल्याइछिन,धन्यबाद भान्जी,मनले चिताएको पुगोस।
सान्नानी,लौ आफ्नो एत्ती प्यारी नातिनी सँग नि किन रिसाउनु,तेसै पो भन्या त।
ठुलदाइ :खसी काट्न नपाए फर्सी काटौला,फर्सी सँग खुशी साटौला नि त उसो भए।
चिप्ले: म का नआउनु अस्ती सुकबार एक्दिन नआको हो,हिजो त दिन भरी हल्ला गरी रा थे बरु तिमीलाई देखिन हिजो।
दिप प्रभो: नसम्झाउँ न ति कुहिरोलो बिहानि हरु,साह्रै रमाइलो पो हुन्थ्यो,साथी भाई बिहान ४-५ बजे नै बोलौन आउथे,अगिल्लो दिन देखी प्लान हुन्थ्यो,ब्यानै मैउजुबाल को बासाथन बाट अध्यारो म तल झर्दै,गौरिघाट,किरातेस्वोर,गुहेस्वोरी हुँदै गुहेस्वोरी बाट एक सास मा भर्यान्ङ चढिन्थ्यो अनी गोराख्नाथ हुँदै पसुपती झरिन्थ्यो,नबदुर्गा पारीक्रमा गरी,चौसट्ठी घुमेर पसुपती को उत्तर कुनामा अग्लो घर को पेटीमा बसी एक्छिन मईया हरु हेरिन्थ्यो। जाने कहाँ गये ओ दिन ।।।अब त।

चेली ब्यान ब्यान देखी त्यस्तो मासु त हेर्न मन छैन त्यो पनि कुखुराको जस्तो छ्।
तर एकादसी द्वादसी तिर चाइ त्यो बासी कवाब ब्यान ब्यानै नि खान मजा औथ्यो।

Last edited: 01-Oct-08 09:48 AM

 
Posted on 10-01-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

जाबो एउटा मात्र स्टार?! पर्ख मेरो नि पाँचवटा हुन्छ!

 

सान्नानिले सोधे जस्तो के हो त यो फाइव स्टार?

हाम्रो देशमा हाम्रो शहरमा फाइवस्टारहरु जताततै छन्। तपाइँले केवल ध्यान दिनुमात्र पर्छ। सोच्नुहोस त, तपाइँ, तपाइँ बस्ने ठाउँबाट १-२ घन्टा शहरमा हिँड्नुभयो भने कति फाइवस्टारहरु देख्नुहुन्छ? केहि लेखाजोखा गरौँ है त!

---

फाइव स्टार टेलर्स

सुटिङ एन्ड सर्टिङ, रफ्फु मास्टर

प्रो- हकिम

 ------

फाइव स्टार कम्युनिकेशन सेन्टर

फोन, एस टि डि, आइ एस डि, फ्याक्स, कम्पूटर, फोटोकपि,

(नोट: यहाँ एक घन्टामा फोटो तयार पारिन्छ)

 ----

फाइव स्टार म:म

यहाँ मम, चाउमिन, थुक्पा, बारा, भटमास, च्यूरा आदी पाइन्छ।

(नोट: घरको लागि प्याकिङको पनि व्यवस्था छ।)

 ----

फाइव स्टार रेस्टुरेन्ट एन्ड क्याबिन

 

बाहिर झिलिमिली भित्र तिरिमिरी

 -----

 

के तपाइँ गानो गोला वायु शूल ग्याँस्टिक अमलपित्त कमलपित्त कृष्णपित्त पित्तैपित्त, ढाड दुखेको, पेट फुकेको, स्तन झुकेको, पुट्ठा सुकेको, धातु, हर्निया, क्यान्सर, एड्सबाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस्।

फाइवस्टार आरोग्यधाम

 ------ 

 

खालि उहि चाउचाउ, खाँदा खाँदा दिक्क लागिसक्यो!

ल पातली यो चाउचाउ खाएर हेर त! नेपालमै पहिलो पटक मैदामा चामलको पिठो हालेर थाइ प्रबिधीबाट बनाइएको चाउचाउ सुष्टिपुष्टिदायक र स्वादिलो छ!

हो त, यो त साह्रै मिठो चाउचाउ पो रहेछ, अबदेखि म खानामा पनि खाजामा पनि भोजमा पनि यहि चाउचाउ खान्छु

हजूर तपाइँ पनि पौष्टिक तथा स्वादिलो चाउचाउको लागि फाइवस्टार चाउचाउलाई सम्झनुहोस्!

 

 -------

 

फाइवस्टार दशैँ बोनान्जा!!

सिमित समयको लागि फाइवस्टार चिया सगर्व प्रस्तुत गर्दछ-

फाइवस्टार दशैँ बोनान्जा!!

फाइवस्टार चियाको ३ खालि डिब्बा दिनुहोस र प्राप्त गर्नुहोस, चिया पारखी ठुल्दाईसंगको चिया पिउने अवसर!

 ------

 

ढ्यान्ट्यार्यान…….

 

 

 


 
Posted on 10-01-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाइवस्टार चियाको ३ खालि डिब्बा दिनुहोस र प्राप्त गर्नुहोस, चिया पारखी ठुल्दाईसंगको चिया पिउने अवसर!

लौ सम्धी ज्यु मैले चै तपाईं को यो गफ लाई पाँच तार दि दे जे पर्ला पर्ला।


 
Posted on 10-01-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई हर्केको प्रनाम , के गर्दै गाम्ले हो ।
म चै यहाँ दशैको अंबा खाँदै छु ।
जम्मै को दिन राम्रो होश ।
 
Posted on 10-01-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हर्के सोम।
ओहो दसैं को अंम्बा त बिर्सी रा त्यो हरियो कट्मेरो अंम्बा त क्या मिठो हुन्थ्यो नि,अझ चोरेर खाको को स्वादै अर्को।
 
Posted on 10-01-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ma mero school ma auta kotha ma kaam garera baschhu. Tyaha aru manchhe bhaneka auta Chinese ra auta Indian chhan!! ( Ma nepali bha bhayera, mero kursi uniharu ko beech ma chha)

tiniharu le malai yo ta baulai bhanne bhaye maldai ko Five Star post padhepachhi ma haseko dekhera!!


 
Posted on 10-01-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घटस्थापनाको यो दोश्रो दिनको शुभकामना सप्पै चौतारीका औतारीलाई।


 
Posted on 10-01-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।

बिर्खे बा को फाइभ स्टार माहत्म्य लाई ५ स्टार नै दिनु पर्ला। ५ स्टार भन्दा बढी स्टार हुन्न कि क्या हो?

कान्छा१ कस्को मुकुन्डो हो? जस्को भए नि तारेमाम।

नेत्रे लाई नि तारेमाम।


 
Posted on 10-01-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ड-पोस्टिङ्

Last edited: 01-Oct-08 10:58 AM

 
Posted on 10-01-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बिस्टे हो दशै भनेकी बिहानिको हल्का कुइरो अनी अंबाको गन्द को याद आउछ ।
बिस्टेको छोरोलाई डि पि डि को खोप दिन कहिले लाने हो बेला हुन लाग्यो होलानी अब त ?
बिर्खेले हसार मार्न लाग्यो हो ।
जम्मैलाई दोस्रो राउन्ड्को तारेमाम ।
 
Posted on 10-01-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्यो के खाने हो ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
1974 AD Pinjadako Suga Remixed
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters