Posted by: Deep October 1, 2008
Login in to Rate this Post:
0
?
केटाकेटी हुँदा नौरथाका बिहानीहरु कुहीरो सिरक झै ओढेर सुतीरहँदा हामी चाबेलबाट गौरीघाट तिर ओर्लिदै हुन्थिम। गौरीघाट पुगेर त्यो चिसो पानीमा नुहाईन्थ्यो पनि कुनै बेला त। माथि गोरखनाथमा घण्ट तान्नै पर्थ्यो, अनि भ्याएसम्म मन्दीरहरु दाहिने पार्नै पर्ने। पशपती दर्शन सकेर चिया तान्दा को रमाईलो बेग्लै। अस्टमी देखी भने मैतिदेबी पनि पुगिन्थ्यो। नवमीमा चै शोभाभगबती र तलेजु पनि भ्याईन्थ्यो।
अचेल खाली सम्झिईन्छ। उती बेला छिप्पीनेरहर थ्यो अहिले त्यो कलिलो उमेर उम्केको देखेर उदेक लाग्छ।
स्वस्ती गरें।