nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 138673 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-19-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का सबै दाजु-भाइ हरु लाइ सदा लक्ष्मि को कृपा र दिर्घायु को कामना सहित्
HAPPY TIHAAR & HAPPY BHAI TIKAA .

-Tyra
********
कुम्ले को कथा ले हसायो मर्ने गरि :D
 
Posted on 10-19-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पन्चक लाग्यो रे --- पैला पैला हाम्रो हाडिगाउँमा दशैको पुर्न्या भोली पल्टै देखि लाग्थ्यो पन्चक के गर्ने तास फिटनै पर्यो लङ्गुर् बुर्जाँ टाट हुनै पर्यो। त्यो लङ्गुर् बुर्जाले मेरो दशैंका धेरै दछिना छिना छ --- दछिना खत्तम भए सि एक् छिन् त जस्को अनुहार देखे नि रिस् उठ्थ्यो --अनि बिस्तारै काँ टिका लाउन जानी हो अब भनेर बिचार गरिन्थ्यो ---

जिन्दगी बाँचेर हेरीयो
धराप र घात्मा धेरै परीयो
मरेर नी हेरम न त भनियो
बाँचुन्जेल मर्ने घुर्की लाईयो
अब त त्यै घुर्की नी मासियो।



शुभ कामना त्यारको सबैलाइ।
 
Posted on 10-19-06 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!! अब त नलेख्ने, कसैलाई नजिस्काउने भन्यो एउटा एउटा कुरा निस्किहाल्ने यो मनमा! अब जिम्माल बा ले थर्काउनै बाँकी छ मलाई। अझ इन्द्रेणीले पढिन् भने मेरो बिजोग हुन्छ। रिसाउने होलिन् कस्तो गानामा नचाएको मलाई भनेर। हे हे हे!!

अब तिहारको सेरोफेरोमा यस्तै कथा त लेख्ने होला नि भनेर कलम कापी तयार गरेको। लेख्न शुरु गरुन्जेल जिम्माल बा लाई नै पारौँला भन्ने चाँहि थिएन। पछि लेख्दा लेख्दै कथाको माग अनुसार जिम्माल बा लाईनै राख्नु पर्ने भयो। जिम्माल बा नरिसाउनुस है!!

धन्यवाद गोताएँ दाई, चित्रे, मिस्टे, पून्टे दाई अनि तितौरीलाई कथा पढेर त्यस्को बारेमा केहि लेखिदिनुभएकोमा।

जीवनमा धेरै दु:ख अनि सुखका समयहरु आउने गर्छन्। जस्तै दु:ख आएपनि सधैँ यसरी नै हाँस्न अनि हसाँउन सकेँ भने यो भन्दा बढी के नै पो चाहियो र।

आज बिहानै नेपालबाट दिदी र बहिनीले फोनबाट भाइटिकाको निम्तो दिएदेखि त्यसै मन फुरुङ भएको छ।

माता लक्ष्मीले सबैलाई धन धान्य बनाउन्। यहि शुभकामना छ मेरो तर्फबाट यहाँहरु सबैलाई।
 
Posted on 10-19-06 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, आज कुकुर तिहार! यमपञ्चकको दोश्रो दिन लागिसको। अब त द्यौसुरे खेले नि भो, भैलो खेले नि भो!

 
Posted on 10-19-06 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भन भन भाइ हो
 
Posted on 10-19-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-20-06 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

द्यौसुरे
 
Posted on 10-20-06 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है सप्पै दाजु हरु अनि सप्पै भाइ हरुलाइ !!


हरि !!हरि !! यो कुम्ले को ताल हेरन कता'ट त्यो गित भेटटाएछन .मन पर्ने त हैन के मलै त्यो गित ..तर क्यार्नु अब देउसीनाँच तयारी गरिरा'बेला कुम्ले टुप्लुक्क आइपुग्यो के रे ' पैयू फुल्दा त्यो लेक लेक ....तिहारको ..भाइ मेरो कहा डुल्दैछ 'भनेर भाइलै सम्झीदै रुन थालिन इन्द्रेणी आएते ले भिडियो खिच्न थाले । (भिडियो त्या माथि राखीसकेछन आएते ले हेर्नुस त इन्द्रेणी को नाँच )

म नि रुन रुन थालेछु गित सुनेर :) ( मनमनै रोउ रोउ त लागेकै छ मलाइ) । तिरू एक तिर उता ठूली सान्नानी सबैले अध्यारो अनुहार भनाएसि कुम्ले लै नरमाइलो लाग्यो होला के रे।

म हसाउछु है मिस दि सप्पैलाइ राम्रो भिडियो देखाएर भन्यो के रे । होस त नि हाँसि देऊ न त भनेको ...."...जान पाम जान पाम " पो भन्न थाल्यो। के हास्नु थियो र बरै ...अब भजन आयो शिवभगवनको भनेर मख्ख परेर हेर्नुभा'थ'योहोला के रे जिम्मालले पनि । के को भगवन हुन्थ्यो बरै दाडि सप्पै थुतेर .....जान पाम भनेर उफ्रिन थाले'सि सातो नै उडेर ठूलो बडेमाको कटर रुख'ट खसे झै बजारिनु भे'च :)
****************************

कुम्ले तिम्रो कथा काल्पनिक भए पनि प्रस्तुत गर्ने शैली साह्रै सहज र मिठो छ -देरै हाँसियो आज ।बिहान नि भयो बरै सयपत्रिको माला उन्दा उन्दै

 
Posted on 10-20-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सयपत्री फुल्यो तिहारको बेला भाइ मेरो कहा छ..........."

यो भिडियो हेर्दा मलाइ सार्है नरमाइलो लाग्यो, मेरो घरमा पनि दिदिहरु यसैगरि रुदै होलान्। साच्चिकै नढाटिकिन भनौ त चौतारिका दौतरिहरु, रुन मन लाग्यो कि लागेन?


आइते
 
Posted on 10-20-06 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानीले कस्तो बलियो प्रतिरक्षा गरिदिनुभो जिम्माल बा को इजेतै जोगियो.
हो त नि यो तिहारका बेलाँ "के के जान पाम! के के जान पाम!" भनेर अशूभ नबोल न . कस्ता केटाहरु होलान्.
(तर कुम्लेओ कथा मजाओ त मजाओ हो!)
 
Posted on 10-20-06 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ जदौ छ है मेरो तर्फबाट,
सबैभन्दा पैला कान समाएर उठबस गर्छु, चौतारीमा धेरै दिनसम्म अनुपस्थित रहेकोमा । अब फेरी आइसकियो नेपाल छोडेर मुग्लान्, नियमित रुपमा भेट्घाट हुने नै छ । चौतारी पनि कहाँ बाट कहाँ पुगिसकेछ, केइ मेलो मेसो पाउन सकिएको छैन, अब आरामले सप्पै धागो हेरिसकेपछि केइ लेखुम्ला ।

सप्पै जनालाइ मेरो तर्फबाट तिहारको हार्दिक मंगलमय शुभ-कामना । । ।
 
Posted on 10-20-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गाम्ले साथीहरु । Happy Tihar
 
Posted on 10-20-06 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गाम्ले साथीहरु । Happy Tihar
सप्पै जनालाइ मेरो तर्फबाट तिहारको हार्दिक मंगलमय शुभ-कामना । । ।
 
Posted on 10-20-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गाम्ले साथीहरु । Happy Tihar
सप्पै जनालाइ मेरो तर्फबाट तिहारको हार्दिक मंगलमय शुभ-कामना । । ।
 
Posted on 10-20-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina ke vayo chautaree lai ? page nai dekhdina ta ma ...
kalle bigareko hola tesari ?
 
Posted on 10-20-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau achamma...jhan IE 7.0 ramro hola vanera download gareko ta chautaree nai na khulne raichha tes ma ta...yeta firebox bata kholera herda ta thikai chha feri..
you bille (bill gates) bajiya le ke ke garchha ke ke? :P
 
Posted on 10-20-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho nepche ho, IE7 ta sala khattam niklyo! nepali font pani ramrari khuldaina!
 
Posted on 10-20-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

नेप्चे र गोतामैज्यू,
कुरा त्यसो पो रैछ? म पनि एक्सपोर ७ डाउनलोड गर्ने कुरा सोचिराख्या, अब नगरूँ कि क्या हो? बरू माउजिल्लामा त मज्जाले चल्छ नि चौतारी।

सबैलाई तिहारको हार्दीक शुभकामना है!

ए ठूली, के छ हालखबर? पढाईमा व्यस्त हो कि क्या हो?
 
Posted on 10-20-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गाम्ले साथीहरु । Happy Tihar
सप्पै जनालाइ मेरो तर्फबाट तिहारको हार्दिक मंगलमय शुभ-कामना । । ।
 
Posted on 10-20-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले एउटै वाक्य दोहराउने ????!!!
गाली गरुम ?? : D :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
पुलिसनी संग - आज शुक्रवार - भाग २
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters