Posted by: CaMoFLaGeD October 19, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हत्तेरी!! अब त नलेख्ने, कसैलाई नजिस्काउने भन्यो एउटा एउटा कुरा निस्किहाल्ने यो मनमा! अब जिम्माल बा ले थर्काउनै बाँकी छ मलाई। अझ इन्द्रेणीले पढिन् भने मेरो बिजोग हुन्छ। रिसाउने होलिन् कस्तो गानामा नचाएको मलाई भनेर। हे हे हे!! अब तिहारको सेरोफेरोमा यस्तै कथा त लेख्ने होला नि भनेर कलम कापी तयार गरेको। लेख्न शुरु गरुन्जेल जिम्माल बा लाई नै पारौँला भन्ने चाँहि थिएन। पछि लेख्दा लेख्दै कथाको माग अनुसार जिम्माल बा लाईनै राख्नु पर्ने भयो। जिम्माल बा नरिसाउनुस है!! धन्यवाद गोताएँ दाई, चित्रे, मिस्टे, पून्टे दाई अनि तितौरीलाई कथा पढेर त्यस्को बारेमा केहि लेखिदिनुभएकोमा। जीवनमा धेरै दु:ख अनि सुखका समयहरु आउने गर्छन्। जस्तै दु:ख आएपनि सधैँ यसरी नै हाँस्न अनि हसाँउन सकेँ भने यो भन्दा बढी के नै पो चाहियो र। आज बिहानै नेपालबाट दिदी र बहिनीले फोनबाट भाइटिकाको निम्तो दिएदेखि त्यसै मन फुरुङ भएको छ। माता लक्ष्मीले सबैलाई धन धान्य बनाउन्। यहि शुभकामना छ मेरो तर्फबाट यहाँहरु सबैलाई।
Read Full Discussion Thread for this article