[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 Chabi haraeko raat - Sajha Basibiyanlo

[Please view other pages to see the rest of the postings. Total posts: 74]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 26241 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 04-26-05 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाबी हराएको रात
न्यूयुजर

अनिमेष ? मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई वर्ष भन्दा केहि अघि लगभग एकै बेला म अमेरिका आएँ, उ युरोपतिर गयो । लंडनमा छ, एउटा कलेजमा भर्ना भएको छ । दुई दिन कलेज जानुपर्छ, अर्को चार दिन काममा र वाँकि एक दिन हप्ताभरिको थकान मेट्ने, सरसफाई, भेटघाट, मनोरंजन इत्यादिको अवसर हो उसका लागि । '?दाई अहिलेलाई भिसा बढाउने मेसो मात्र हो तर पैसा जम्मा गरिरहेको छु , चाँडैनै युनि भर्ना हुन्छु ।' उसले मलाई टेलिफोनमा
दोहो-याइरहन्छ । वास्तवमा उसले मलाई नियमित रुपमा फोन गरिरहन्छ । 'तपाईंका लागि महिनाको पाँच पाउण्ड मात्र हो' ,मैले धेरै फोन गर्नुपर्दैन भन्दा उसले यहि जवाफ दिने गर्छ ।

पोहोर साल मौका संजोगले म लंडन गएको थिएँ । दुई दिन उसकहाँ नै बसें। उ एउटा अंग्रेजको फ्ल्याटमा विदेशीहरु संग बस्ने गर्छ । 'नेपालीहरुसंग किन नवसेको?' 'खै दाई, भने जस्तो साथीहरु पनि भेटिएन, अनि मलाई त यहिं आनन्द छ। फेरी नेपालीहरु सित बस्दा कानेखुशी सुन्नुपर्छ, पकाउने र सरसफाई गर्ने बेलामा किचकिच हुन्छ, वरु यहाँ नै हाइसन्चो छ।' उसले एकै शासमा वेलिविस्तार लगायो ।

म उसकोमा जाँदा उसले आफ्ना flat mate हरुसंग परिचय गरा?एको थियो । उसको कोठाको तल्लो तल्लामा एकजना ब्रिटिश केटा र उसकी अस्ट्रेलियन गर्लफ्रेण्ड वस्छन्। किचन, वाथरुम सवै तलै छन्। माथीको एउटा ठ्रलो कोठामा जमैकाकी एकजना अधवैंशे आइमाई वस्छिन्, बीचमा एउटा तरुनी केटीको कोठा छ र पल्लो छेउमा अनिमेषको चिटिक्कको सिंगल रुम छ । एकजनालाई हालिमुहाली, दुई जनालाई चाहिं अलि गाह्रो साह्रो । 'घरबेटिले सवै कोठामा चाहिने सरसामान जोडिदिएकाले हाम्रो फ्ल्याटमा लाउन्ज छैन दाई,' उसले मलाई सम्झाएको थियो ।

तलका जोडीहरु क्रिश र रविन खुबै रसिक थिए। जतिवेला पनि संगै हिंड्छन, किचनमा पनि थुतुनो जोडिरहन्छन अनि लाजै नमानी गंजी र कट्टु मात्र लगाएर भित्र वाहिर गरिदिन्छन्। मैले उसैबाट थाह पाएको कुरा हो यो । माथीकी अधवैंशे आइमाई पनि जाति नै छिन्। सवभन्दा बढि सरसफाई उनै गर्छिन्। क्रिशमश, नयाँ वर्षमा सबैका निम्ति उन्लेनै खाना पकाएकी थिइन् रे। एक्लै बसेपनि प्राय आइतवार एकजना क्यारेवियन समवयी आइरहन्छ उनको थलोमा र हप्तामा एक रात उनिहरु संगै विताइदिने गर्छन्। उनको नाम जेनिफर हो तर सवैले छोटकरीमा जेनि भनेर वोलाउने गर्छन्। घरबेटिले त झन बढो मायालु पारामा 'जेइनी' भनेर उनको नाम लिन्छन् रे, यो पनि अनिमेषले नै भनेको मलाई ।


 
Posted on 05-13-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh newuserji, kataa haraako? manchhelaai kuraaera.

 
Posted on 05-13-05 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh newuserji, kataa haraako? manchhelaai kuraaera.
 
Posted on 05-14-05 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ newuserji, kataa haraako? manchhelaai कुराएर !!!

 
Posted on 05-14-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ manchheji, kataa कुराएको? newuserlaai हराएर!!!

ए! सरी है, words तलमाथि परेछ, मिलाएर पढम्?!!!



 
Posted on 05-14-05 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A saathi ho. Mero bejjatt nagaram na yar.
Ma ehi chhu. Harako chhaina. Ani birseko pani chhaina.

Kaam chha besmari. Ani training chalirachha. coming week pani training all the days. Ghar ma chai Nepali type hunna. Tesaile maile aafai lekhera post nagarda samma malai chapachap nagaram. Maile birsanna raat ko kahani lai.
 
Posted on 05-14-05 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे भएनि कुराउन भएन है!!!!:०)
निर्माण
 
Posted on 05-18-05 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुजी मैँयाको ५० डलरले मोज गर्दै होला सोम।
 
Posted on 05-27-05 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आज कथालाई अघि बढाउने मौका मिलेजस्तो लाग्या छ। हेरम कहाँसम्म पु-याउँछु।
यसअघि:
(अचानक जेनीको कोठाको ढोका खुल्यो र एउटा बुढो खोक्दै बाहिर निस्कियो। त्यो उहि बुढो थियो जो सप्ताहन्तमा अनिमेषहरुको फ्ल्याटमा आएर जेनीसंग रात विताउने गर्थ्यो । 'ए कुरो त यस्तो पो रैछ।' बुढिले मुखमा बट्टा लगाएर बस्नुको कारण बल्ल बुझ्यो अनिमेषले । जेनीले आफ्नो अनुहार भुईंतिर फर्काइ, संगसंगै जेरी र अनुमेषका आँखा जुध्न पुगे। केहि दया, केहि आशा र केहि तृष्णाका भावमा जेरीका ठुल्ठूला आँखाले अनिमेषका आँखालाई सोधिरहेका थिए - 'अनि, मेरा लागि केहि उपाय गर न। म थकाइ मेट्न चाहन्छु, केवल आजको रातका लागि।' )
बाट क्रमश:

बुढो बाथरुम झ-यो, फर्क्यो र फरी जेनीको कोठामा छि-यो, बोल्दै नबोली । जेनी पनि एकछिन अलमल्ल परि अनि ल म गएँ है त भनेर उसकै पछि लागि र आफ्नो कोठाको ढोका ढप्काइ। अनिमेष र जेरी हलवेमै अलमल्ल परेर एक अर्कालाई हेरिरहे एकछिन।
समय ढल्किरहेको थियो, त्यहाँ त्यसरी मौनता साँधेर वसिरहनुको कुनै अर्थ थिएन। जेरीका थकित आँखाहरु एक तमास अनिमेषका आँखामा प्रश्न बाचक चिन्हहरु तेर्साउँदै अडिइरहेका थिए, अनिमेषले आँखा जुधाइरहन सकेन र टाउको भुँइ तर्फ झुकायो।

अनिमेष एक उमेरदार युवक, वर्षौं देखिका आकांक्षाहरु चुलिएका थिए उसमा । केटी साथीहरु नभएका होइनन, स्कूल/कलेज र काममा उसले प्रसस्त केटीहरुसंग मित्रता गाँसेको थियो। तर कसैसंग पनि उसले अन्तरंग सम्वन्धको सुत्रपात गर्न सकेन। भावनात्मक रुपले जतिसुकै निकट भएपनि त्यो शारिरिक सम्वन्धमा रुपान्तरित हुन पाएन। कति पटक परिस्थिति उसको अनुकुल हुँदा पनि ऊ चुक्यो, केहि गर्न सकेन। शायद उसका विचार र सिद्धान्तहरुले उसलाई नियन्त्रित गरिरहे वा भनौं उ एकदम कायर भयो, अवसरहरुको फाइदा उठाउन सकेन। परम्परा, संस्कार, विवाह नै शारिरिक सम्वन्ध गाँस्ने लाइसेन्स हो भन्ने पूर्विय मान्यता उसको दिमागमा यति प्रगाढ भएको थियो कि कहिले काहिं उ आफ्नो कायरपनलाइ स्वयं खिसी गर्थ्यो। उसको पुरुषत्वले उसैलाई जिस्क्याउथ्यो बेलाबेलामा। उ नारी सौन्दर्यको प्रसंशक, पूजक थियो तर त्यसको आदर सम्मान पनि त्यत्तिनै गर्थ्यो वा गरेजस्तो बाहना गर्थ्यो। मान्छे भोगचलन र उपयोगिताको वस्तु होइन र उपभोग गरेपछि स्वतः त्यस प्रतिको दायित्व उपभोक्ताको काँधमा आउँछ भन्ने कर्तव्यवोध अथवा एक प्रकारको भयले उसको मानसपटलमा लगाएको घेरा वैंश फूलेर, फक्रिएर पाक्दा सम्म पनि हट्न सकेन। भनौं न उ अलि बढि नै सज्जन हुन खोज्यो वा सज्जन भएको अभिनय ग-यो र जीवनको एक तिहाई अंश वितिसक्दा पनि रतिरागका तृष्णाहरु फूले र त्यसै ओइलाउँदै गए उसका कल्पनाका तरेलीहरुमा। उसका कठोर आदर्शहरुले शारिरिक आकांक्षाहरुलाई निर्ममतापूर्वक कुल्चिएर दवाए। उसका चाहनाका सुशेलीहरु सँधै हतास र निरास भएर स्खलित भैरहे। रातहरु मृगतृष्णामा विते तर उ कुमारको कुमार नै रह्यो।

विदेशिए पछि पनि पश्चिमा संस्कृतिलाई घपलक्क अंगालो हाल्न सकेन अनिमेषले । तर उसका बिचारहरु परिवर्तित हुँदैथिए। काममा महिला सहकर्मीहरु सित निर्धक्कसंग जिस्किन/छिल्लिन सिक्यो उसले। घरीघरी मनमनै यसलाई फकाउनु प-यो भन्ने विचार प्रकट हुन थाले। कहिलेकाहिं त जाउँ हिंड मसंग समेत भनिदियो अनिमेषले चिनापर्चिका केटिहरुलाई। ?कहाँ जाने, लौ हिंड न त? नभनेका पनि होइनन कसैकसैले उहि जिस्किएको पारामा। तर उसका प्रस्तावलाई कसैले पनि गम्भीर भएर लिएनन क्यार, उसले पनि कसैलाई हुरुक्क गर्न चाहेन। फेरी परिस्थितिको मेलजोल पनि त हुनुप-यो, हैन र ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर पनि गर्नुभएन नी।

त्यो फ्ल्याटमा सरेपछि र जेरीलाइ देखेपछि भने अनिमेष साँच्चैनै आशावादी भएको थियो । ?एक वाजी सोधेर हेर्नुप-यो यार, के भन्दीरैछे? यो सोंचाइ धेरै पटक मनमा खेलिरहे । तर समस्या उहि समय सन्दर्भको थियो, अनुकुलताको। खुला आकाशमा कहिले वादल लाग्यो, कहिले झरी प-यो, कहिले घाम चर्कियो तर भित्र उसले चाहे जस्तो मौसम आउँदै आएन; उसको आकांक्षामा खडेरी लागिनै रह्यो, तिर्खा मेटिएन।

*********************************************************************
समय वलवान छ र मौसम पनि दयावान। कसैको जीवनमा सँधै खडेरी मात्र थोपरिदिने अन्याय समयले गर्दैन। अन्तत अनिमेषले सोंचेको जस्तै अनुकुलता उसका सामु आइलाग्यो, त्यो रात। जेरीको चाबी हराउनाले। हराएको पनि होइन, ढोकाले धोका दिनाले। जेनीको अधवैंशे जोडी आफ्ना गुंडमा गैसकेका थिए। तलको कोठाका रबिन र क्रिस त झन माथीको खैलावैलाको कुनै परवाह नगरी आफ्ना रात्रीचर्याहरुलाई निरन्तरता दिंदैथिए। र अनिमेषका अगाडी एउटा अनियमित आकस्मिकता उभिइरहेको थियो जेरीको आवरणमा। जेरी मौनतामा अल्झिएर उसको प्रतिकृयाको प्रतिक्षा गर्दैथिइ। अनिमेषको ढोका मानौं एउटा भिन्दै अतिथीको स्वागतार्थ आधा खुलिरहेको थियो। वाँकि थियो त केवल अनिमेषको निर्णय। हो, त्यो ठाउँ नजिकका सवै जीव र नीर्जिव वस्तुहरुले अनिमेषको फैसलालाई निःशब्दताका साथ कुरिरहेका थिए।
क्रमशः

( अव अन्तिम पाटो अर्को हप्ता पक्का पूरा गर्छु, है त )


 
Posted on 05-27-05 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खालि गफ हानेर हिड्यो यार गुरु त "काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर पनि गर्नुभएन नी " भन्नि अनि त्यहि गर्दिनि , हेत्तेरि !!!!
 
Posted on 05-27-05 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahaha, katha jaha adkeko thiyooo tyai rokera hidecha keto ta.

Kya hooo movie ma agadi title haru dekhauda aba ta title sakio hai bhanda.. feri title/ patra haruko ako jasto bhayo.

Aba action jawos.

Pratikchya ma.
Indisguise.:)
 
Posted on 05-27-05 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>र अनिमेषका अगाडी एउटा अनियमित आकस्मिकता उभिइरहेको थियो जेरीको आवरणमा। जेरी मौनतामा अल्झिएर उसको प्रतिकृयाको प्रतिक्षा गर्दैथिइ। अनिमेषको ढोका मानौं एउटा भिन्दै अतिथीको स्वागतार्थ आधा खुलिरहेको थियो। वाँकि थियो त केवल अनिमेषको निर्णय। हो, त्यो ठाउँ नजिकका सवै जीव र नीर्जिव वस्तुहरुले अनिमेषको फैसलालाई निःशब्दताका साथ कुरिरहेका थिए।

ल ल सबभन्दा रमाइलो त यै क्षण हो।



 
Posted on 05-27-05 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh newuser-ji. yo khaireharu le tantric sex bhanne chijko bhakta hunuhunchha jasto chha ni.
भीरसम्म पुराएर त्यसै छाडिदिने????
 
Posted on 06-02-05 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ta next week bhanera kata ho newuser ji?

 
Posted on 06-02-05 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कान समात्छन केटाहरुले। मरिजाम आज लेख्ने जाँगर भाऽत । तै वाचा गरेपछि अव परेन फसाद!

(अनिमेषको ढोका मानौं एउटा भिन्दै अतिथीको स्वागतार्थ आधा खुलिरहेको थियो। वाँकि थियो त केवल अनिमेषको निर्णय। हो, त्यो ठाउँ नजिकका सवै जीव र नीर्जिव वस्तुहरुले अनिमेषको फैसलालाई निःशब्दताका साथ कुरिरहेका थिए। )

बाट अन्तिम भाग है त :


'जेरी तिमीलाई थाहै छ हैन त - मेरो सिंगल रुम हो भन्ने कुरा' एक्कासी अनिमेषले त्यहाँ व्याप्त सन्नाटालाई चिर्दै भन्यो।
'हँ' जेरी झस्किइ ।
'मेरो सिंगल रुम अनि सिंगल बेड हो, कोठा एकदम साँघुरो छ। दुईजनालाई त शास फेर्न पनि मुश्किल हुन्छ।'
जेरी केहि बोलिन।
'मैले तिमीलाइ साँच्चैनै सहयोग गर्न चाहेको थिएँ, तर हेर न मेरो कोठा शेयर गर्न मिल्ने नै छैन। तिमी अव यहिं बाहिर हलवेमा सुत । म मेरो एक्स्ट्रा विछ्यौना दिइदिन्छु।' अनिमेषले एकै शासमा आफ्नो कुरा सिध्यायो।
जेरी शायद अनिमेषको अनपेक्षित कुराले हताश हुन गई। उसको गलाबाट किक्लिक्क आवाज आयो।
'के तिमीलाइ बाहिर सुत्न गाह्रो लाग्यो ? त्यसै हो भने तिमी भित्र सुत म यहिं वाहिर सुत्छु आजको रातका लागि।'
'हैन Anii , तिमीलाई बाहिर सुत्न भनेर म एक्लै तिम्रो कोठामा सुत्दिन' जेरीले गम्भीर हुँदै बल्ल उसको मौनव्रत तोडी।
'मलाई तिमीलाई यसो भन्नुपर्दा अप्ठ्यारो लागिरहेको छ जेरी। तर तिमी एक केटी हौ, तिम्रो boyfriend पनि छँदैछ। त्यसैले मैले तिमीसंग आफ्नो बेड शेयर गर्न सक्दिन, तिम्रा लागि गर्नसक्ने favour यति नै हो। रोजाइ तिम्रो - भित्र या बाहिर?'
'ठिक छ, तिमी जे भन्छौ।' उसले लामो शास तानेर प्रतिउत्तर दिइ।

अनिमेष आफ्नो कोठा भित्र पस्यो। उसको पलङ मुन्तिरको 'स्टोरेज बेस'मा राखेको डसना, कम्मल र सिरानी निकाल्यो। दराजबाट अघिल्लो हप्ता धोएर राखको च्यादर र सिरानीको खोल झिक्यो । अनि सवै कुरा लगेर बाहिर उभिरहेकी जेरीलाई दियो।
'सवै सफा छ। धोएर राखेको।'
'थ्याङ्क यू'
'Sorry I couldn't help you a lot. A new experience for you, in e (isn't it) ?' अनिमेषले हाँसेको अभिनय गर्दै जेरीलाई भन्यो।
'No it's allright. Thank you . he he he' जेरी पनि उन्मुक्त भएर हाँसिदिइ।
'OK goodnight' अनिमेष आफ्नो ढोकातिर फर्किएर फ्रेममा आडेस लाग्यो।' Lemme see you putting your bed' फेरी उसले बोल्यो। जेरीले गजधुम्म पर्दै भित्ता र रेलिङ्गको बीचमा साँघुरो गल्लिमा विछ्यौना लगाई। उसले घुँडाले टेक्दै विछ्यौना लगाउँदा अनिमेषले उसका एकजोडी वक्षको राम्ररी नै दर्शन पायो। केहि चाल नपाए जस्तो गरि उसले आफ्ना कदमहरु पछि फर्कायो र जेरीलाई फेरी गुडनाइट भनेर आफ्नो कोठाको ढोका ढप्कायो। तर सँधै सुत्नेबेलामा लगाउने चुकुल लगाउन मन लागेन उसलाई त्यो रात।

उसले आफ्नो कोठालाई सरसर्ती जाँच्यो। पलङ्ग त्यस्तो सानो पनि छैन। कुर्सी, टेबल, कम्प्युटर बायाँपट्टी र दराज, टेलिभिजन -याक र अर्को सानो दराज दायाँपट्टी छन्। बीचको खाली भाग पनि बाहिर हलवेको भन्दा त फराकिलो नै छ त। उसले अन्यमनस्क भावमा अगाडीको मिररमा आफ्नो शरीरलाईं जाच्यो। र आफू एकदम हट्टाकट्टा, नौजवान पुरुष नै भएकोमा विश्वस्त भयो। 'छ्या के सोच्या होला मैले नी' भन्दै अनिमेषले कोठाको वत्ति निभायो अनि लमतन्न परेर विछ्यौनामा पल्टियो।

उसका मनमा अनौठा विचारहरु खेल्न थाले,एक आपसमा द्वन्द गर्न थाले। एक मनले भन्यो - थुक्क पाजी, यतिका दिनसम्म बेचैनीका साथ पर्खेपछि आएको मौका त्यसै खेर फालिस हैन। अर्को मनले भन्यो - भोक लाग्यो भन्दैमा अरुले जुठो पारेको, दश ठाउँमा कोपरेको फल खानुहुन्छ त? यतिका वर्ष त भोकै वसें अव यस्ता दर्जनौले जुठ्याएको फल खानुभन्दा अलिखेर भोकै बसेको राम्रो नी। ह्या आज त मैले हिम्मत गरेको भा'नी हुने। हैन जे भयो ठिकै भयो भो, नत्र भोली देखि त्यसलाई दिनदिनै समेल्दैमा फुर्सत नहुने बेर पनि त हुन्थ्यो। मेरो तेत्रो जोश आज कता हरायो हँ? तेस्को boyfriend ले था'पाएको भा गोद्थ्यो होला है कालेले मलाई। आदि इत्यादि सोंच्दा सोंच्दै अनिमेष निद्रादेवीको शरणमा प-यो। निदाउनु अघि पिसाब लागे जस्तो भा'थ्यो उसलाई तर बाहिर सुतेकी जेरीलाई डिस्टब हुन्छ कि भनेर उ त्यसै निदाइदियो।

विपनामा पो ईन्द्रियहरुलाई कावुमा राख्न सकिन्छ। रात छिप्पिएर विहानी उघ्रन लाग्दा अनिमेषले अनौठो सपना देख्यो। चुकुल नलागेको ढोका खोल्दै जेरी जस्तै लाग्ने एउटी निर्वस्त्र केटी आइ।उनिहरुले एक आपसमा चुम्बन साटे, दुवैका ईन्द्रियहरुले मायाप्रिती गाँसे। रोमांचित
हुँदैथ्यो उसको सपनामा अनिमेष, निद्राले अचेत अवस्थामै चरमोत्कर्षामा पुग्यो उ र एक्कासी झल्यास्स व्यूझियो। असिनपसिन थियो उ,केहि पोखिएजस्तो महशुस ग-यो उसले अनि अनायाश आवाज निस्कयो -फेरी स्वप्नदोष। आफूसंग आफै लजाउँदै अनिमेषले घडि हे-यो, विहानको सात वजिसकेको थियो। हत्तेरिका भन्दै उ विछ्यौनाबाट उठ्यो र चालमारेर विस्तारै ढोका खोल्यो। जेरीले कतिबेला हो उठेर विछ्यौना पट्याइ वरी रेलिङ्गमा राखेर कता गइछ कुन्नी। उ आफ्ना तौलिया, लुगासुगा लिएर नुहाउन बाथरुम झ-यो। फर्केपछि उसले भित्र र वाहिरका सवै तन्ना र खोलहरु पटुयाएर तलको वाशिङ्ग मशिनमा हालिदियो।त्यहि हलवे हुँदै माथी कोठामा फर्कियो र सोझै नेपाल, आफ्नो घरमा टेलिफोन डायल ग-यो।

फोन मेरो मामा अर्थात अनिमेषको बुवाले उठाउनुभयो।
'वुवा' अनिमेषले भन्यो। ' म यहि मंसिरमा घर आउँछु'
'हँ, अस्तिको पल्ट कुरा गर्दा त अझै दुई बर्ष आउँदिन भन्थिस त'
'हैन बुवा म यहि वर्ष आउँछु। अनि त्यै बेला बिहा गर्ने अब। बुहारी खोज्दै गर्नुहोला'
'के भन्छ यो केटा?'
'हो बुवा, अब मैले बिहा गर्ने निर्णय गरें । त्यो पनि यहि वर्ष, आउने मंसिरमा'
'हो ? ठीक छ त्यसो भए। हामी पनि छोराले नै यसो भनोस भन्ने चाहेका थियौं। तेरी आमाले नी अव बुहारी भित्र्याउन पाए हुन्थ्यो भनेर गनगन गर्दै थिइ। अव खुशीले भुतुक्क हुने भइ'
'ल बुवा मैले डाइरेक्ट फोन गरेको, विल भुसुक्क उठ्छ फेरी'
'तैंले साँच्चै नै बिहा गर्ने निर्णय गरिस हैन त'
'हो बुवा। तयारी गर्नुहोला तेतातिरको। अहिले राख्दिन्छु' यति बार्तालाप पछि अनिमेषले फोन राखिदियो।

दिउसो उहि पाँच पाउण्डको कार्ड लिएर अनिमेषले मलाई फोन ग-यो र चाबी हराएको रातको सम्पूर्ण वेलिविस्तार लगायो। मैले खुब रमाइलो मानी मानी उसको कुरा सुने। अन्तिममा उसले भन्यो, 'दाई तपाईं पनि त्यति बेलै नेपाल आउनुस न अमेरिकाबाट, अनि दाजुभाई दुबैले बिहे गरौंलानी' । मैले हँस्यौली पारामा भने, 'मोज गर बा तैंले, आफ्नो त यहाँ कलेजलाई तिर्ने पैसा नपुगेर विजोग भैराछ। कसरी बिहे गर्नु?' मैले आफ्ना वाक्य पूरा नगर्दै कार्डको समय सिद्घिएछ। 'पैसो जुटाउ, बिहे गर, भोज ख्वाउ अनि एक महिना पछि नौली श्रीमतीलाई एक्लै छोडेर फेरी अमेरिका फर्क; म यस्तो काम गर्न सक्दिन बा' मैले लाइन काट्टिइसकेको टेलिफोनमा भनेको कुरा अनिमेषले सुन्ने कुरै भएन।

कस्तो अनौठो कथा त्यो चाबी हराएको रातको?

समाप्त।

(अनिमेष नरिसाउ ल।:) )

साझावासीहरुमा विनम्र अनुरोध : 'कथाले मागेको' हुनाले प्रस्तुत लेखनीमा यहाँहरु मध्ये कसैलाई केहि अश्लिलता या नमिठोपन झल्किने शव्दहरु समाविष्ट भएको महशुस हुन गएमा क्षमाप्रार्थी छु।
 
Posted on 06-03-05 3:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) 19:38 JST


ल बल्ल पो सकिएछ काहानी त। तर तयो अनिमेषे खत्तम रेऽछ, भाइको मामाको छोरा त।
त्यती काँतर भेऽर पनि अहिलेको जमानामा काम छैन। अब नेपाल गेऽर ब्या गर्ने सपनामा होला बरा।
 
Posted on 06-03-05 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाह रमाइलो छ , कथा चैम प्रेरणा-दायक लेख्या जस्तो लाग्यो सत्य कुरा लुकाएर ;)
अनिमेषको जिन्दगीको सवाल छ , ठिक छ :)

भोक लाग्यो भन्दैमा अरुले जुठो पारेको, दश ठाउँमा कोपरेको फल खानुहुन्छ त? यतिका वर्ष त भोकै वसें अव यस्ता दर्जनौले जुठ्याएको फल खानुभन्दा अलिखेर भोकै बसेको राम्रो नी

राम्रो लाग्यो मलाई , अरु नि जावस् !!
 
Posted on 06-03-05 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ke garla bhaneko ta...........................hati ayo hati ayo puffsa.....................
huna ta maa pani testai khal ko maanch ho............kte ko advantage lina maan laag daina..........i can study what they want tara...................ke garne

hats off for abhinash.....................maa ra uni jasta kta haru sansar maa kamai huncha
 
Posted on 06-03-05 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

newuser ji,
i like the concluding episode of the story. But I don't understand why guys usually go back to nepal to get married instead of looking for a nepali gal in the foreign land.
 
Posted on 06-03-05 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hancuguy,
>why guys usually go back to nepal to get married instead of looking for a nepali gal in the foreign land.

Answer ta yahi re chha.

>भोक लाग्यो भन्दैमा अरुले जुठो पारेको, दश ठाउँमा कोपरेको फल खानुहुन्छ त? यतिका वर्ष त भोकै वसें अव यस्ता दर्जनौले जुठ्याएको फल खानुभन्दा अलिखेर भोकै बसेको राम्रो नी
 
Posted on 06-03-05 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeuta katha yaad ayo..

Yeuta Sameer sahar ma SAM le city ko sabai kt haru JUTHO and aru sanga nana thari gari sakeko huncha bhanera safe side ma basna gau ma gayera bihe garecha.

Kti lai ajai sodecha.. sexy gareko cha bhanera bihe agadi. Kti le sex nai nabujne raicha. Sam aka sameer khusi bhayera bihe garecha. Suhag raat ma afta they had sex,
Sam le bhanecha... " aba ta garyo ni sex timile"
Tyo bela gauki dalli aba sahar ma sam ko dolly le bhanecha.....
"Ye yehi ho sex bhaneko? Yesto ta hami gauma bakhra charauna janda aatme, saru ra dadagiri sanga katti katti. Ani khet khanna janda newuser sanga pani jatti kattiiii. ;)

Mitra haru risani maaf hai.
Kuroo ko kuroo ni yeuta.

In jest,
IndisGuise:)
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
ओच्छ्यान मुत्ने समस्या ( confession )
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters