चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
इफ इम रिँडियोले अन्तर्वार्ता लिनी भनेसी आफ्नो त्यो रात निदै लाएन। दिनै-रातै प्वाँकी प्वाँकी मुइयाँहरुको सुरीलो र कहिले काहीँ अलि अलि खस्रो मिसिएको (बिहान उठ्नी बित्तीकैको र साँझ निदले झ्याप पारेपछिको सेउसी स्वर) सुनिराखेको। यस्ता छम्मकछल्लोहुरलाई अन्त्रवार्ता दिनी भनेसी ४ दिन देखि दिसा-पिसाब नै बन्द भएर बसेको। त्यसै त्यसै मख्ख पर्दै फूलको बासनाले लठ्ठीएको माहुरी जस्तै ढलीमली गर्दै पुन्टेदाइ तालु मुसार्दै, भउते-भाइ भुँडी मुसार्दै इस्टुडियोको ढोकामा ठ्वाक ठ्वाक पारेम्। एकजना श्री श्वस्थानी परमेश्वरीको कथाका शिवशर्मा जस्ता ७० बर्षका ब्राम्णले घुरुक्क ढोका खोले। ती ब्राम्मण कस्ता भने हेर्दै उराठ लाग्दा, यति लामो जटा भएका, आँखा निक्लेका, गाला सुकेका, दाँत नभएका, मुखबाट र्याल चुहीँदै गरेको, हात खुट्टा हेर्दा खेरि बाँसमा पलास्टी बेरेको जस्तै देखिने हड्डीमा छाला बेरिएका, अझ भनुम भने ज्यापुदाईको आलुबारीमा लगेर राख्ने हो भने त्यहाँ भएको बुख्याचा पनि डराएर भाग्ने जस्ता, यिनलाई पुत्ताउन त टायर-मट्टीतेल-झीँजा केही नचाहिएला जस्ता, आफै सुकेको झीँजा जस्ता, कच्याक खुचुक पारेर सलाइ कोरेर लाइदिएपछि हुरुरुरुरुरुरुर बलेर निमेषमै खरानी हुने खालका। यिनै बृद्द-कुमारले म नै हुँ सम्बाददाता-बिर्ख बहादुर बोगटी भनेर भनेर भन्दा भए।
पुन्टेदाइ त यी खप्परेश्वर-बाबालाई अन्तर्वार्ता दिन भन्दा बरु धोबिनीकै त्यै पेटिकोटको तुनाले बुढो बकैनाको सुकेको हाँगामा पासो लगाएर मर्छु भनेर फुत्त निस्कन खोज्दै थिए। तर आफूलाई भने सास हुन्जेल आश। इफ ईममा सुनिने छबिलाहरुको दर्शन गरेरै जाने भनेर पुन्टेदाइलाई नि सम्हालेर राखियो। पुन्टेबुढा भने रगत चुस्दा चुस्दै छुटाएको बाघिनी जस्तो ङुर्किँदै थिए। अझ ति अस्थी-बाबाले नानाथरी प्रश्न तेर्स्याउन थालेपछि उनको चिल्लो खप्पर तातोले रन्केर बाँकी भएको २-४ वटा रौँ पनि झर्न थाल्यो। अनि त उनि सम्बाददाता माथि नै खनिन थाले। सम्बाददाता झ्यालबाट फुत्त उछिट्टेर बाहिर निस्केर बाहिर टाप ठोके, पुन्टे बुढा माइक उठाएर "इश खा" भन्दै माइकले आफ्नो खप्पर ठोके। आपू चैँ ४ दिन देखिको बन्द खोल्न टाप ठोकियो।
ओ मदनबा, के छ हजुरको खबर? ओ लरकी को के छ? यो ससुरा र सुसरा एउटै हो भन्या? म्याड्डु को आज फुर्सत कसरी भएछ? मदन्बा, एउटा कथा लेख्न परो (सम्बाद के) लरका अनी लरकी को जे राम जि कि
भगुत भाई आ जिम्माल बुर्हो खुम हसाएछ आज आके हैन रे मदनवा? रे मदनवा अस्ती चोतारि गैट टुगैदरमा तिमी इधर आइके जो घुमे छ जगह जगह त सबसे बढीया कून जगाह लागेछ तिमीलाई? और जाइके ऊ टाईम्स अस्क्वायर मा पुनटे दाजुले टी-शार्ट बेच्दा तिमीलाई कून कूरा को बहुते याद आयो भन्दे थियो तिमी और जाके ऊ अंपाइरवा बिल्डिङमा सबसे उपर जाके के गरेउ सो पनि बताइदिहाल खेँ.... खेँ.. खेँ
क्यारम् क्यारम् भो। वाशरुम नि ४ तला भरेङ झरेर जानु पर्छ।
झगडा अर्ने कोइ माइकेलाल नि निस्केनन्। पुन्टेदाइ नि आसनाँ ठेला निस्किनी अरी जोतिदैछन् होला। गोताएँ हातमा कापी-कलम बोकेर आर्याको पछि पछि लुखुर लुखुर हिन्दै कथा लेख्दै फुर्सद छैन जस्तो छ। आर्यालाई ठेस लाग्यो भने लड्छिन कि भनेर समाउन जान भन्दा पहिला कापीमा " आर्यालाई ठेस लाओ" भनेर लेख्दा हुन्, के को चौतारीमा मुन्टिन फुर्सद हुनि तिनलाई। अन्तरेदाइ मेरो धोबी पछाड गर्नी भन्थेँ, अस्ति मेरो बडी देखेर तर्सेका अझै होसमा आ'छैनन् जस्तो छ। अब रिठ्ठेसान को त के कुरा गर्नु नउफ्रीकन त आउँदै आउँदैनन्। १२मासे भनेको त्यै ठुल्नानी, जनाना सँग के निउ खोज्नु। यसो जी-को तालमा झगडा गर्ने भनेको निशेडाँका हो। उ पनि डिंगोको चुच्चो साह्रै लामो भो भनेर लगाइ लगाइ डिङ्गो काट्दा खुट्टाको औँलै काटेछ। पैले पैले फुस्रे-जोगी नि पाखुरा सुर्किन्थ्यो, अचेल गायब नै भयो। भावीहरु सँग के झगडा गर्नु, भावीका बुइनीहरु बिच्क्याउन मात्र। साली-नानी सँग झगडा गर्नुको अर्कै मज्जा थियो, तर साली-नानीको रिसले अनुहार तात्दा तात्दा अनुहारको मुखुण्डो नै पग्लेर स्वात्त भुइँमा झर्यो। जिम्मालको नलीखुट्टोको बाँसुरी बजाउने रहर रहर नै रह्यो। मदन्वाको त के कुरा गर्नु, झगडा गर्न भनेर आउँछ, खेँ खेँ खेँ गर्छ, अनि मुखभरी थुक भरिँदोहो--त्यै भेर प्याच्च खैनी थुक्न उता जान्छ फेरि अर्को राउण्डको खैनी हाल्छ अनि पाखुरा सुर्किन्छ फेरि खेँ खेँ खेँ गर्छ र थुक्न उता जान्छ, सधैँ त्यस्तै। दादाको नामै मात्रै दादा, पैले पैले त "मेरी बुढी किन हेरेउ?" भनेर खुब निहु खोज्नीहुन। पछि पछि कहिलेकाही आएर "लुखुरी खुरी खुरी, हुर्र हुर्र हुइ हुई, जदौ" भनेर भए नि जान्थे, अचेल त हिउँदको साँप जस्तै भुमिगत भए, कहिले काहीँ छुस्स आएर पोरा हल्लाउँछन् जान्छन्। नमेको गासैमा दौँतरी, सासैमा दौँतरी तारेमाम्। मर्नीबेलाँ नि "राम नाम भन्नुस" भन्यो भने "दौँतरी" भन्ला जस्तो। मसँग पाखुरा सुर्किने यीनैहुन् जस्तो लाग्छ। बाँकी गाम्लेहरु सँग त सौहाद्रपूर्ण सम्बन्ध थियो के रे। कोही निहु खोज्नी हो भने आए हुन्छ।
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.