Posted by: भउते January 8, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

 

लोल जिम्माल !

अन्तर्वार्ताको नदेखिएको पाटो:

 इफ इम रिँडियोले अन्तर्वार्ता लिनी भनेसी आफ्नो त्यो रात निदै लाएन। दिनै-रातै प्वाँकी प्वाँकी मुइयाँहरुको सुरीलो र कहिले काहीँ अलि अलि खस्रो मिसिएको (बिहान उठ्नी बित्तीकैको र साँझ निदले झ्याप पारेपछिको सेउसी स्वर) सुनिराखेको। यस्ता छम्मकछल्लोहुरलाई अन्त्रवार्ता दिनी भनेसी ४ दिन देखि दिसा-पिसाब नै बन्द भएर बसेको। त्यसै त्यसै मख्ख पर्दै फूलको बासनाले लठ्ठीएको माहुरी जस्तै ढलीमली गर्दै पुन्टेदाइ तालु मुसार्दै, भउते-भाइ भुँडी मुसार्दै इस्टुडियोको ढोकामा ठ्वाक ठ्वाक पारेम्। एकजना श्री श्वस्थानी परमेश्वरीको कथाका शिवशर्मा जस्ता ७० बर्षका ब्राम्णले घुरुक्क ढोका खोले। ती ब्राम्मण कस्ता भने हेर्दै उराठ लाग्दा, यति लामो जटा भएका, आँखा निक्लेका, गाला सुकेका, दाँत नभएका, मुखबाट र‍्याल चुहीँदै गरेको, हात खुट्टा हेर्दा खेरि बाँसमा पलास्टी बेरेको जस्तै देखिने हड्डीमा छाला बेरिएका, अझ भनुम भने ज्यापुदाईको आलुबारीमा लगेर राख्ने हो भने त्यहाँ भएको बुख्याचा पनि डराएर भाग्ने जस्ता, यिनलाई पुत्ताउन त टायर-मट्टीतेल-झीँजा केही नचाहिएला जस्ता, आफै सुकेको झीँजा जस्ता, कच्याक खुचुक पारेर सलाइ कोरेर लाइदिएपछि हुरुरुरुरुरुरुर बलेर निमेषमै खरानी हुने खालका। यिनै बृद्द-कुमारले म नै हुँ सम्बाददाता-बिर्ख बहादुर बोगटी भनेर भनेर भन्दा भए।

पुन्टेदाइ त यी खप्परेश्वर-बाबालाई अन्तर्वार्ता दिन भन्दा बरु धोबिनीकै त्यै पेटिकोटको तुनाले बुढो बकैनाको सुकेको हाँगामा पासो लगाएर मर्छु भनेर फुत्त निस्कन खोज्दै थिए। तर आफूलाई भने सास हुन्जेल आश। इफ ईममा सुनिने छबिलाहरुको दर्शन गरेरै जाने भनेर पुन्टेदाइलाई नि सम्हालेर राखियो। पुन्टेबुढा भने रगत चुस्दा चुस्दै छुटाएको बाघिनी जस्तो ङुर्किँदै थिए। अझ ति अस्थी-बाबाले नानाथरी प्रश्न तेर्स्याउन थालेपछि उनको चिल्लो खप्पर तातोले रन्केर बाँकी भएको २-४ वटा रौँ पनि झर्न थाल्यो। अनि त उनि सम्बाददाता माथि नै खनिन थाले। सम्बाददाता झ्यालबाट फुत्त उछिट्टेर बाहिर निस्केर बाहिर टाप ठोके, पुन्टे बुढा माइक उठाएर "इश खा" भन्दै माइकले आफ्नो खप्पर ठोके। आपू चैँ ४ दिन देखिको बन्द खोल्न टाप ठोकियो।

Read Full Discussion Thread for this article