CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 227960 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-13-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! कुमलवा बिरादर! रोटीफल रोटीफल मरें हाँसेर! क्लासिक प्रस्तुति!

 
Posted on 07-13-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ.. खेँ.... :D

अरे कुमलवा बिरादर, हमि बहुते खुस भइलिएको छु कि हुजुर हम्रो अन्तरवारता जो करनु भयो।
हमि पुरे के पुरे देहातमे हिट भएछ। हम्रो गावँमे सारे के सारे लोग बिबिध भारति बन्द करेर हम्रो अन्तरवारता सुनेछ। पुरे गावँ, खईत खलिहान, चौरस्ता, पनवाडि, होटाँल, चाट स्टाँल, सब्जि मन्डि, हाट हटिया चारोँ तरफ सला हम्रो चर्चा चलेछ। सब भनेछ मदनवा चोतारि गावँ गियो त हिरो भइलियो। हुजुर हम्रो अनतरवारता के लियो सला हमले लरकी पावनेको चान्स बहुते बढिलियो। हम्रो तिलकवाके पराइस बढिलियो, पर हमि देहजको खिलाफ जो छ। हमि सुने हम्रो अन्तरवारता सुइनके बनवारि, गजोधर, मिश्रा, जोगिन्दर, परमिन्दर सइब के सइब हमको लरकि दिनेको हम्रो घइर आइलियो। लाग्छ यो साल मदनवाको लुगाइ मिलिहाल्ने छ।
त सब खुसिले लड्डु वड्डु जो छ हमि हुजुरले कर्दा खाइलिने भएको। त हमि हुजुरको बहुते धनवाद दिएछ। हमि हुजुरके लुगाई हम्रो भाभिजीको जे राम कि भनेछ। हमि हुजुरके पछि हुनेवाला छुट्का कुमलवा (बेटा) को ढेरसारा प्यार दिएछ। हमि हुजुरको हुनेवाला छुट्कि कुमवाई (बेटि) को भि ढेर सारा प्यार दिएछ। अरे और त और हमि हुजुरके घएरमे काम कर्नेवालि बाइको भि ढेर सारा शुभ्कामना दिएछ। हुजुर दुधो नहाओ पुतो फलो। हुजरके बेटा पोता बड्का अफसर बनिहालोस। खेँ... खेँ ...खेँ...

हमि ठुलो आदमि भएछ टैलिभिजनवामे बोलेछ
कुमलवाके कर्जेकरममे हमि दिलके बात खोलेछ
लरकि ढुड्दा बुह्रो भयो अब तो साइत जुरेछ
सला अफ्नो अन्तरवार्ता सुइनके गना कबिता फुरेछ

जे राम जि कि
 
Posted on 07-13-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि पुनटे भैयाको भि धनवाद् दिएछ। कइल पुनटे भैया हमको चार गो लरकि दिखायो। चारोँ के चारोँ छम्मकछल्लो थियो। सइब के सब लरकि एक से एक। पुरे हाहाकारि बदनवा दियो छोरिलोग के। डान्स ऐसन कियो सला माधुरि दिक्षितवाको फलप करिदियो लरकिलोग ले। त हमि देखेँ डानस वानस, पर हम्तो चानस छेन उधरको। हमि सला सिधा मदनवा छ, ऐसन ठुमका लगाउने लरकि संग बात चलाउन सक्देन हमि। हमि शरमिला छ के कर्ने हुजुर, हमि जस्तै सिधि लरकि हमि खोजेछ। उ जो छ सला जोबनिया देइख के दिल मा उबाल और दिमागमे भुचाल त आइहाल्छ पर हमि हम्रो ओकात भुलेछेन हुजुर। पुनटे भैया जो करेछ हमको लरकि दिखाइके हमि बहुते खुस भएछ। हुजुरको भि हमि शुभ्काम्ना दिएछ। हुजुरके माथेपे सला अजम्बरिके झाडि जैसन बाल उगिहालोस आवने सालमे।

जे राम जि कि।
 
Posted on 07-13-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी र बोक्सी
(कहाँ बाट यो बोक्सी को कुरा ल्यायो रमाइलो भएको बेला मा भन्नु होला । अघी सम्म रेडियो मा अन्तर्वार्ता आएको भएर अहिले लेखेको के । खास् धेरै जसो दिउसो मात्र आउने चौतारी मा हिजो राती आएको सुन्सान थियो अनि मलाई सानो मा मेरी हजुर आमा ले भनेको कहाँनी सम्झेर यहाँ लेख्न मन लाग्यो ।
सानो सानो मा घर बाट राती निस्कन डराउने हामी लाई हजुर आमा ले राती चौतारी तिर नजानु अनि खोला को पानि पनि नखानु है भन्नु हुन्थ्यो ।
"किन हजुर आमा?"
"हेर राती भए पछि गाम भरिका बौसी जती भेला भएर खोला मा नुहाउछन अनि दियो बाल्दै चौतारी मा जान्छन्"
"त्यस्पछि"
" त्यस्पछि पहिला बर अनि पिपल लाई घुमेर पूजा गर्छन । त्यस् पछि चौतारीको बिच मा दियो राख्छन , खाने कुरा भए खाने कुरा पनि, अनि कपाल फिजएर नाचगान गर्छन । त्यस्पछि त उनिहरु को बैठक हुन्छ कस्लाई ठीक पार्ने भन्ने । त्यस्तो बेला मा भेट्टाए भने के गर्लान्, बिचार गरओ केटाकेटी हो ।"
तेही भएर हामी कहिलेही पनि चौतारी मा राती एक्लाई जन डराउथेउ।राती कहिले काही हिंडे पनि सानो जुनकिरी को उज्यालो भए पनि लौ आज एउटा मात्र बौसी रहिछे भनेर टाप कसिन्थ्यो ।

(तेही भएर म त यो चौतारी मा पनि राती बस्न डर लागेर भागे नि हिजो ।)
 
Posted on 07-13-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हो, मदनवा! लरकी मिल्ने चानस् मिलिगयो, ठुलदाइको दिल खुश् भइलियो। तारेमाम्।
 
Posted on 07-13-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो। यस्तो रमाइलो भइरहेको बेलाँ आफू चाँही ब्यस्त। हँसायो कुम्लेले बेस्सरी। एभ्री बडी ह्याभ अ गूड् वीकेन्ड।
 
Posted on 07-13-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिजोडिको झगडा सकियो कुम्ले ? म त अझ पनि आउछ कि अन्तरबार्ता भनेर कुरेर बसेको ! कुम्लेको कफि दामि छ , माथि लादै गर (keep it up! )
आझ भानु जयन्ती, भानुभक्तको सानु टुक्रा याद आयो । एक चोटि भानु गजाधरको घरमा बास माग्न पुगेछन, गझाधरकि आमा सारै असत्ती , बासनै दिन नमानिनछन, अनि त हालिहाले भानुभक्तले लय -

गजाधर घर बुढि सारै अलछिनी रैछन ।
नर्कमा जान भनि सबैसंग बिदाबादी भैछन ।
 
Posted on 07-14-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन माथि लादै गर (keep it up! ) भनेको त चौतारी पुछारमा गेछ, लौ माथि उचाले । सबै रमझममा मस्ति गर्दे होलान, राहुल दाइ टुपुल्किनु पर्ने कता लढिराकोहोलान ?
 
Posted on 07-14-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजान ढलि रका जस्ता छन् !

कसैलाइ फुर्सद छैन चौतारीमा चिहाउने
 
Posted on 07-14-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु के छ ताअाअाअाअाआ?
 
Posted on 07-14-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailai namaste ani happy weekend
 
Posted on 07-14-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He he .......Bhaute
what r u doing here on Saturday? I am not giving u overtime.
 
Posted on 07-14-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिवार दिउँसो पनि मान्छे क्यार्दै हुन, अब त प्रशान्त्या भिडियो पनि हेरीभ्याए होलान क्यारे। कसैलाई कस्तो चियाउन नि फुर्सत नभाको रे गाँठे!!

धन्न बज्जे बाँचेछ आज, जाने नै भो जस्तो लाथ्यो मलाई त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters