Posted by: parbatya July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
चौतारी र बोक्सी (कहाँ बाट यो बोक्सी को कुरा ल्यायो रमाइलो भएको बेला मा भन्नु होला । अघी सम्म रेडियो मा अन्तर्वार्ता आएको भएर अहिले लेखेको के । खास् धेरै जसो दिउसो मात्र आउने चौतारी मा हिजो राती आएको सुन्सान थियो अनि मलाई सानो मा मेरी हजुर आमा ले भनेको कहाँनी सम्झेर यहाँ लेख्न मन लाग्यो । सानो सानो मा घर बाट राती निस्कन डराउने हामी लाई हजुर आमा ले राती चौतारी तिर नजानु अनि खोला को पानि पनि नखानु है भन्नु हुन्थ्यो । "किन हजुर आमा?" "हेर राती भए पछि गाम भरिका बौसी जती भेला भएर खोला मा नुहाउछन अनि दियो बाल्दै चौतारी मा जान्छन्" "त्यस्पछि" " त्यस्पछि पहिला बर अनि पिपल लाई घुमेर पूजा गर्छन । त्यस् पछि चौतारीको बिच मा दियो राख्छन , खाने कुरा भए खाने कुरा पनि, अनि कपाल फिजएर नाचगान गर्छन । त्यस्पछि त उनिहरु को बैठक हुन्छ कस्लाई ठीक पार्ने भन्ने । त्यस्तो बेला मा भेट्टाए भने के गर्लान्, बिचार गरओ केटाकेटी हो ।" तेही भएर हामी कहिलेही पनि चौतारी मा राती एक्लाई जन डराउथेउ।राती कहिले काही हिंडे पनि सानो जुनकिरी को उज्यालो भए पनि लौ आज एउटा मात्र बौसी रहिछे भनेर टाप कसिन्थ्यो । (तेही भएर म त यो चौतारी मा पनि राती बस्न डर लागेर भागे नि हिजो ।)
Read Full Discussion Thread for this article