[Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 नयाँ नेपालको यात्रा (जात्रा )।

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE: <<  1 2 3 4 5 6 7  
[VIEWED 51465 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-11-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

नयाँ नेपालको यात्रा (जात्रा )। 



(हालै मात्र  नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)


भाग १ 


झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।


मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको  बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला, पानी बिनाको माछा कसरी जिउदो होला  ? आदी इत्यादी यक्ष प्रश्नहरुको उत्तर खोज्दै एतिहाड एअर को कुर्चीमा केही बेर निदाएं । केही बेर अर्ध निद्रामा बर्बराएं । आमा जिउंदै हुँदा जान नपाएको पीडा दुखिरहेको थियो। अस्तब्यस्त घर परिवारको ब्यथा बल्झिरहेको थियो । देश र शहर बारे त दिन दिनै अखबार पढेकोले अपडेटेड भए छु जस्तो लाग्थ्यो । तै पनि साँच्ची कस्तो भयो होला है हाम्रो गणतन्त्र नेपाल ?


अबुधाबी पुगियो साढे १२ घण्टाको उडान पछी । ट्रान्जिट लामै भए नि बस्न होटल र खानाको राम्रो प्रबन्ध भएकोले समय कटियो सजिलै सँग। साझा पनि हेरियो, चौतारीका मित्रहरु सँग भलाकुसारी गरियो ।



अबुधाबिबाट कथामाडौ जान गेट नम्बर ७ मा जानु थियो, गैयो । गेट ७ को लामो सुरुङ देखी नै नयाँ नेपाल को झझल्को देख्न थालें । यस्तै त होला नि नयाँ नेपाल- अराजक, अनुशासनहीन। नेपाल जाने प्लेनमा नेपाली न भे को हुन्थ्यो र ? ९० प्रतिशत नेपाली र बाँकी बिदेशी। सेकुरिटी चेक् देखी नै लाइन थिएन। बलमिच्याइ र भिडमभिड । अझ त्यसमा बिदेशीहरु समेत जैसा देश वैसा भेष गर्दै ठेलमठेलमा रमाइ रहेका थिए । खाडी मुलुकमा नेपालीद्वारा बेचिएका नेपालीहरु भन्छु म-  त्यो भीडलाई ।   हुन सक्छ, कत्ती बर्ष पछी मरुभूमिमा पसिना चुहाइ, दलालको खर्च कटाइ आफन्तजनको केही इच्छा साकार पार्न पहिलो पल्ट् आफ्नो घर  फर्कन हतार गर्दै थिए मदनवाहरु, धनीयाहरु । नेपालीमा कुरा गर्दै गरेकोले केही ले कुरा गर्न आए । देशमा काम पाएन, ऋण लिएर साउदी आएको र बडो दु:ख पाएको किस्सा सुनाउदै थिए अधबैसे च्याङ्बा । हामी सबैको कथा ब्यथा उस्तै थियो । ललितपुर सिद्धिपुरका मचाकाजी त नेवारीमा कुरा गर्न पाएकोमा खुशी थिए। ३ बर्ष भो रे नेवारीमा कसै सँग कुरा गर्न न पाएको ।
 
त्यो टर्मिनलको अराजक स्थिती कारण आधा हाम्रो मानसिकता र आधा ब्यबस्थापन( एअर्पोर्ट अथोरिटी) को कमजोरी जस्तो लाग्छ । सिक्युरिटी अफिसर बाहेक जम्मै कामदार नेपाली हुनु पनि अराजक  आगोमा घिउ जस्तो लाग्यो । प्लेन उड्यो , करिब चार घण्टाको उडान थियो ।


प्लेन भित्र दिइने खाना खाँदै एउटा सिनेमा हेर्दैमा प्लेन उपत्यका छिरेको उदघोष गरे क्याबिन क्रिउले । झ्याल निर कै सिट भाकोले तलतिर नियालें। साँझको साढे सात हुंदो थियो । तल केही न देखिने चुकघोप्टे अन्धकार थियो। लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु। प्लेन जती तल तल झर्थ्यो , त्यति टुकी युगको धमिलो आकार देखिन्थ्यो । प्लेनले धावन मार्ग छोयो । एअर्पोर्ट को हाल बेहाल थियो नै ।
गुन्टा टिपी बाहिर के निस्केको थिएं , अन्धकार बीच ठुलो फ्लोरोसेण्ट  होर्डिङ बोर्डमा " बधाई छ आज आउनु भयो - भोलिको नेपाल बन्दमा स्वाग्त छ " भनी लेखिएको जस्तो देखियो । मात्रीभूमीको टेकेको पहिलो पाइला मै नेपाल बन्दको स्वागत ।
 
क्रमश:
 


 
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-27-10 10:09 AM     [Snapshot: 7260]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

झन्डै ५० दिन को बिश्राम पछी अधुरो अपुरो नयाँ नेपाल को यात्रा पुरा गर्ने जमर्को गरेको छु । ढिलो भएकोमा माफ गर्नु होला ।


 


नयाँ नेपाल को यात्रा भाग १४


 


भोली देखिको आम हडताल को रुप रङ कस्तो हुने हो ? सोच्दा सोच्दै कहिले निदाए छु पत्तो भेन । चाराको चिरिबिरे गुन्जनले नयाँ बिहानीमा एकै चोटि ब्यूँझें । नुवाइ त के गर्नु पानी भए पो , मुख धुवाइ गरी आँफै चिया बसालें । संभवत सप्पै भन्दा छिटो उठ्ने मै भएं त्यो दिन । आम हडतालको रुप रंग कस्तो हुने हो, कहिले सम्म हुने हो, असर कत्ती को हुने हो ? तिनै चिन्ताले होला । ग्वारीमरी किन्न पनि आँफै गएं । एका बिहानै हुने चहलपहल् थिएन । ग्वारीमरी पसल, केही मिठाइ पसल ( त्यो पनि मदनवाहरुको ) र केही किराना पसल खुलेका थिए आधा शटर बन्द गरेर ।


जबरजस्तीनामा प्रकरणले धेरै समय खाएकोले भेट्नै पर्ने महानुभावहरुलाई भेट्ने योजना थियो । किर्तिपुरका एकजना प्राध्यापक सँग समय मिलाएको थिएं आइतबार को। धेरै टाढा हैन साइकल चढेर पनि जान सक्ने भाको ले ब्रेअकफास्ट् पछी सडक नियाल्न बाहिर निस्कें । मुर्दा शान्ती थियो । साइकल पनि बिरलै देखें । कुनै अनिष्ठको भयले हतार हतार , हतास हतास हिंडेका आकृतीहरु बाहेक देखिन ।


घर आएं टिभी खोलें, कलंकी चोक मा , बालाजु चोकमा ७ बजे नै ४-५ वटा मोटारबाइकलाई आहुती दिन भ्याइसकेका रैछन् काम्रेडहरु ले ।


राजनैतिक टिप्पणी गर्नु यो नयाँ नेपाल को यात्रा लेख को उद्देश्य हैन र पनि यहाँ गर्नै पर्ने हुन्छ ।


 जन आन्दोलन नामधारी आम हडताल के का लागि त ? आम जनता को सवाल थियो । मौजुदा संसदमा बहुमत प्राप्त सरकारले राजिनामा दिएर काम्रेड प्रचन्ड को सरकार लाई बहुमत पुर्‍याइ दिनु पर्ने रे । सरकार को असफलता मा , सरकारको आक्रमण्यतामा प्रतिपक्ष दलले बिरोध गर्नु र राजिनामा माग्नु लोकतान्त्रिक प्रकृया नै हो । अहिले को आम हडताल केवल प्रचन्ड महाराज लाई प्र म को कुर्सी दिलाउन मात्र ? आरोप हुनु पर्‍यो नि रजिनामाको कारण हुनु पर्‍यो नि ?


मखुला ??



एक सूत्रिय आरोप देखियो - बिदेशीको कठपुतलि सरकार रे । कठपुतलि नै हो भने संसद मा अबिश्वासको प्रस्ताव ल्याउनु, सरकार ढाल्नु , बहुमत जुटाएर प्रधान मन्त्री हुनु । काइदा यो पो हो ।


७.३० बज्दा न बज्दै गल्ली गल्ली मा अपरिचितहरुको आतंकी जुलुस सुरु भो । हात हातमा लाठी लिएकाहरु को गर्जन सुरु भो । ती लाखौं गर्धन फुल्ने गरी चिच्याउन आएकाहरुलाई के का लागि आन्दोलन थाहा थिएन । गरीबको हात मा सत्ता हुने झूठो सपनामा चिच्याइ रहे । के हामी जनता थिएनौ ? के हाम्रो जिउने अधिकार थिएन ?



बोल्ने को ? हातमा लाठी मात्र होइन, सामरिक स्थानहरुमा छापा मार्दा भेटिएका घातक हातहतियार ले जंगलिहरुको मनसूवा स्पष्ट देखिन्थ्यो । सरकार कमजोर छ, सडकमा केही अप्रिय घट्ना घटी हाल्यो भने सिंहदरबार कब्जा गर्न सकिने हलुका बिश्लेषण गरेको हुनु पर्छ कामरेडहरुले, के आइ सिंह ले कब्जा गरे जस्तै ।


 


धेरै महत्वपूर्ण भेट्घाट र काम गर्न पाइएन । दिनभरी टिभी मा आन्दोलनको लाइभ हेरी बिताइयो । च्यानल पनि थरी थरिका । काम्रेडहरुले चलाएको रातो च्यानलले आजै सरकार ढल्ने अनुमान गर्दै त्यही अनुसार को बिचार  र बिश्लेशण पस्की रहेका थिए भने अन्य च्यानलहरुले बिभिन्न कोणहरुबाट ।


 


तनावपूर्ण तर शान्तिपूर्बक पहिलो दिन को आम हडताल सकियो । २७ ओटा मोटर बाइक कामरेड प्रचन्डलाई प्र म बनाउने अश्वामेघ यज्ञमा आहुती दिनु, ५० -६० जना घामले बेहोस् हुनु र २-३ दिन एम्बुलेन्स न पाएर मर्नु पनि शान्तिपूर्बक आन्दोलन हुनु को मापदन्ड भित्र पर्दो रहेछ ।


हुन पनि हो , त्यो भिड मा एउटा गोली ले सय शिकार हुन्थ्यो , बन्दूक सोझ्याए पनि ट्रिगर दबाएन कसैले त्यही नै उपलब्धी मानी भोली को त्रासदी लाई सहज स्विकार्दै शयन कक्षमा  लागें ।



क्रमश: 
   
       


 


 


 
Posted on 07-27-10 11:57 AM     [Snapshot: 7336]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्या गजबको यात्रा वृतान्त सहितको धागो बुन्नुभएको रहेछ ठूल्दाईले। यसमा अझ अरु साथिहरुले पनि आ-आफ्नो कुराहरु राख्दै गएका.....


यस्तो मजाको धागो बुनाई संगसंगै पढ्दैजान नदिने मेरो व्यस्तता मुर्दाबाद!!


 
Posted on 07-28-10 3:37 PM     [Snapshot: 7501]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अर्को भागको प्रतिक्षामा 
 
Posted on 07-29-10 9:26 AM     [Snapshot: 7653]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धेरै दिनको बिश्राम पछी पनि कथा टुङ्याउन आउनु भएकोमा हार्दिक धन्यवाद छ ठुल्दाइ !


अब त धेरै पनि बाँकी छैन होला नेपाल बसाइ ! अब त खुरुरुरु कुदाये भईहाल्यो नि ! ल चाडो अर्को भागको प्रतिक्ष्यामा !


 
Posted on 07-30-10 10:09 AM     [Snapshot: 7790]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 


नयाँ नेपालको यात्रा


भाग १५


कथित जनआन्दोलन अपेक्षाक्रित शान्तिपूर्ण बिते पनि म भित्र अन्यौल र छटपटीहरुले अशान्ति मच्चाइ रहे । सपनामा राक्षसहरुको तान्डव देखें ।


सोमबार, दोस्रो दिन आमहडताल को । तत्कालीन सरकारले राजिनामा दिने कुनै संकेत छैन, राजिनामा माग्ने कामरेडहरुको गर्जन अझ चर्को हुंदैथ्यो । दोस्रो दिनको ब्यानै एउटा पानी बोक्ने ट्यान्कर जलाएको खबर आयो । ट्यान्कर जति आन्दोलनकारीको प्यास मेटाउन बाइ स्टाण्ड बस्ने उर्दी को उलंघन् गर्ने अपराध गर्‍यो त्यसले । माओवादी बाहेक अरु जनताको प्यास मेटाउने ब्याबसायिक धर्म निभाउदा जल्नु पर्‍यो । हुन त एम्बुलेन्श, बारुणयन्त्र, फोहरबोक्ने ट्रक र पानीको ट्यान्कर लाई बन्दबाट असर् नपर्ने घोषणा थियो । एम्बुलेन्स र दमकल कसैको घोषणा भित्र पर्नु पर्ने होइन । र पनि परियो । सधैं तोडफोडमा परेकै थ्यो एम्बुलेन्स। फोहर कल्ले बोक्ने ? फोहर बोक्ने जती आन्दोलन मै ब्यस्त ।


मंगलबार फर्किने गरी कुन कु-साइटमा टिकेट लिए छु जस्तो लाग्यो । दिन ढल्दै जाँदा, आन्दोअलनको रुप कुरुप हुंदै जाँदा फर्किने चिन्ताको माग्निच्यूड अझ एक्स्पोनेन्सियल्ली बढ्यो नै । सांझ सम्ममा प्रधान मन्त्रिले कुनै हालतमा राजिनामा न दिने वक्तब्य आए पछी, कठपुतलि सरकार, पराल झै कमजोर खम्बामा अडेको सरकार झर्ला र खाउला भनेर बसेका कामरेड प्रचन्ड झनै आक्रोशित देखिए । कामरेड को हाल उही पशुपती मन्दिर को सुनको नन्दी होला भन्ने पीर होला मलाई । 


कहीं जान न पाएको, भेटघाट गर्न न पाएको बे-खुशी भन्दा नि भोली के गर्ने भन्ने बिषय महत्वपूर्ण भयो अब । आफन्त, शुभचिन्तक सप्पैमा फोन मै बिदावारी मागें । जानै पर्ने , भेट्नै पर्ने तर मनले न-मान्नेको त जान नपरेकोमा खुशी नै थिएं । संचय कोष र नागरिक लगानी कोषमा पैसा झिकन अब अर्को साल आउनु पर्ला नै । केही अत्यावश्यक सरसामानको पनि किनमेल गर्न सकिन । बिदेशी मित्र, गुरुहरुलाई नेपाल को चिनो लिएर जान नपाईने भयो भन्दै दिक्क मान्दै थिएं, झल्यास सम्झें ।


 


माइला बाको मा बुद्ध र नेपाल को झन्डा भाको सुनको जलप लगाएको ब्याच पाईन्छ, अर्थात माइला बाले बनाउने गर्नु हुन्छ। बुद्ध भारतमा जन्मेको भनी दुष्प्रचार गर्दै हिंड्ने दुष्ट छिमेकिको दुष्ट्याइ लाई सानै भे नि गतिलो झापाड हुने उक्त ब्याच लिन हिंडे। माइला बा नि खुशी, जाने बेलामा भेट्न आएको मा ।


बेलुकी घरका सप्पै जना बसी छलफल गरियो । भोली एअर्पोर्ट कसरी जाने  ? प्लानहरु तयार भए । पारीत प्लान अनुसार -



प्लान ए - कुनै उच्च तहका प्रहरी वा सेनाका अधिक्रित मित्रलाई अनुरोध गरी सुरक्षा सहित् जाने



प्लान बी - घर छेउ कै एमुलेन्स सेवालाई बाइ स्टाण्ड राख्ने ।



प्लान सी - ६ बजे पछी २ घण्टाको लागि किनमेल छुट दिएको मौका मा ३-४ वटा बाइक मा घुइकिने ।



प्ल्यान डी - दरबार मार्ग र अन्य केही पर्यटकिय होटल भएको क्षेत्रबाट चल्ने पर्यटक बसमा पर्यटक भएर जाने ।



सप्पै प्लानलाई संभावना भित्र राखे पनि प्लान डि नै सर्बोत्तम लाग्यो । दरबार मार्ग सम्म हिंड्नु पर्ला एक घण्टा जती , सुटकेश घिसार्नु पर्ला त्यती हो , स्वाभिमान बन्धकी राख्नु पर्दैनथ्यो । एम्बुलेन्स र सरकारी सुरक्षा निकायको दुरुपायोग गर्नु भन्दा एक दुई माना पसिना बगाउनु ठीक लाग्यो र पहिलो प्राथमिकता पर्यटक बस मै जाने गरी पर्यटक बसलाई फोन गरी समय साराणि लिएं ।


तर के भरोसा , रात रहे अग्राठ पलाउने देश मा केही भन्न सकिन्न, मन ले न माने नि एकजना प्रहरी अधिक्रितलाई सुरक्षाको ब्यबस्था सहित गाडीको लागि अनुरोध र टोल कै एम्बुलेन्स सेवालाई पनि मनाएर राखियो ।



अलिकती मन मस्तिस्क हलुको भयो र भोली को दिन शान्तिपूर्ण होस् भन्ने कामना सहित् लोडशेड्डिङ सँग संगै सुत्ने प्रयासमा आँखा चिम्लें।


क्रमश :


नोट् : आगामी अंक अन्तिम हुने छ ।   
  


 
Posted on 07-30-10 11:27 AM     [Snapshot: 7813]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अझ इन्टेरेस्टिङ हुँदै जाँदा अब सक्किने बेला नि आइसकेछ !


एकदम ज्वलन्त बर्णन !


 
Posted on 07-30-10 12:26 PM     [Snapshot: 7855]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ एत्रो अन्तराल पछी पढ्दा नि पहिले को सबै भाग हरु आँफै जोडीएर आयो।
सबै कुरा दुरुस्त ओगटेर मजाले पस्किनु भाको छ्, तेसैले होला एत्ती स्वादिलो।
ल दाई अर्को भाग छिट्टै राख्नुस।
तारेमाम।
 
Posted on 08-03-10 10:22 AM     [Snapshot: 7996]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

नयाँ नेपाल को यात्रा
अन्तिम भाग


उग्र रुप लिंदै गरेको आन्दोलन र इअर्पोर्ट पुग्नु पर्ने दुइटै बिषयले निद्रा राम्रो सँग लागेन । मिरमिरे ब्यानै उठें । चिया खाएं । बिजुली आएको रहेछ। टि भि खोलें । जुन सुकै च्यानलमा आन्दोलन । तर सन्देश फरक थियो । रातो च्यानलले एक दुई दिनमा शोषित पीडितहरुको राज हुने र पूर्ण सत्ता कब्जा हुने झुठ खोक्दै थिए। अरु च्यानल हरुले झुक्क्याएर काठमाडौ ल्याइएका अन्जान ज्यानहरुको कथा । चर्को घाम अनि दुषित पानी ( ट्यांकर को) पिएर बिरामी परेका क्रान्तिकारीहरुको सँख्या ३ हजार पुगेको समाचार एउटा च्यानलले देखाउदै थियो भने अर्को ले हिंडेरै सर्लाही जान तम्सेका केही मदनवाहरुको मार्मिक अन्तर्वार्ता । क्रान्ति को खोल ओढेर भ्रान्तिको ब्यापार गर्ने कामरेडहरु को निर्लज्ज तस्बीर नाङ्गिदै थियो ।


यी भावना र यथार्थ भन्दा भिन्नै आफ्नो कथाको अन्तिम पाटो बाँकी थियो । आस्था र परम्परालाई जिउदो राख्न पनि मुश्किल पर्‍यो । लामो यात्रा अघी जहिले पनि स्वयम्भू, पशुपती , बगलामुखी , शंकटा माइ को दर्शन गर्न जान्थे । आस्था हो, ती देब देबीले केही नगरे पनि मन मा शान्ती हुन्थ्यो । हिंडेर जाने न त सम्भव थियो न समय । नजिकै को देब देबीको मा ब्यानै हात जोडें । यात्रा अबिरल होस् भन्ने कामना गरें । कम् से कम्  इअरपोर्ट सम्म सकुशल समयमै पुग्न सकुं भन्ने दैबी सहारा मागें। भगवानले प्रत्यक्ष सुनेको र जवाफ फर्काउने भए भन्थ्यो होला -" माग्ने भए ठुलै बार माग न, इअरपोर्ट पुग्न पाउं भन्ने नि बार हुन्छ, मुर्ख "।


 


बिदा माग्न दाई को डेरा मा पुगें । काठमाडौको रैथाने साहुजी - काजी खलक का सन्तान हामी, दाई डेरामा बस्नु हुन्छ, हामी आफन्तको घरमा । भाई र भाईको परिवार पुर्ख्याउली सानो घरमा । तै पनि हामी सुकिला मुकिला लाउने सामन्ती शोषक । गजब छ नयाँ नेपाल को नयाँ सामाजिक बिभाजन ।



दाई सँग केही क्षण कुरा गरी फर्किने क्रममा दाई बाहिर मूल सडक सम्म आउनु भयो । ताहाचल , महेन्द्र रत्न क्याम्पस नगै सिधै माथि जादा एउटा स: मिल भेटिन्छ । त्यहाँ निर पुगे पछी दाई ले काठ ओसार्ने रिक्सावाल लाई चिन्नु हुंदो रहेछ । दाई ले " पख मा त्यो सानु कान्छा लाई सुटकेश रिक्सा- गाडा मा पुर्‍याइ दिनु भन्छु भन्नु भयो र , सानु कान्छा लाई बोलाउनु भयो ।


सानु कान्छा - किन दाई ?



दाई - मेरो भाई लाई आज अमेरिका जानु छ, सुटकेशहरु अन्नपूर्ण होटल सम्म पुर्‍याइ दिनु ।


सानु कान्छा - जान्न आज ।


दाई - त्यसो न भन सानु कान्छा, आपत परेर भनेको । भने जती पैसा पाउछ ।


सानु कान्छा - जती पैसा दिए नि जान्न , जान्न भने पछी जान्न ।


दाई - किन न जाने भन न .


सानु कान्छा - हाम्रो हडताल भन्ने थाहा छैन ? जब सम्म हामी मजदूर हरुको सत्ता आउँदैन तब सम्म यो रिक्सा को पाङ्रा गुड्दैन । बुझ्नु भयो ??



"न करानुस् दाई यिनीहरु सँग । गुडाएर् लाई जाउला , साथीहरु लाई  भनेको छु, अरु पनि छन ।"



"म आउं कि ? "



"पर्दैन दाई , बिरामी मान्छे , यो घाम मा पर्दैन ।"


 
सानु कान्छा सँग एक छिन को भनाभन ले आँखा खुल्यो मेरो। दिन मा २-३ हजार कमाउने सानु कान्छा मजदूर शोषित पीडित , दलित , पिछडिएको जनजाती , हाम्रो दाई जो दिन भरी मेहनत गरेर ५०० कमाउन सक्नु हुन्न , सामन्ती बर्गमा पर्नु हुंदो रहेछ । तिनले खोजेको मजदूर को सत्ता के हो बुझ्न धेरै टाढा जानु परेन ।


खानावाना खाइवरि जाने तयारी गर्न थालें । ८.४५ बेलुकी को फ्लाइट को लागि २.४५ मा निस्कने र ४ बजेको बस नारायणअहिटी दरबारबाट चढ्ने प्लान गरें । शगुण , साइत को काम सकी घरबाट् निक्स्यौं भारी मन ले ।


पहिले पहिले देश छोडदा को भन्दा भिन्न पिडा र घाऊ बोकी हामी बसेको घर फर्केर हेरें । आमा हुंदी हो त सजल आँखाबाट ममता बगाउनु हुन्थ्यो । आशिष दिनु हुन्थ्यो। पछील्लो पल्ट अमेरिका जाने बेलामा, चाडै फर्केस, म धेरी दिन बाच्दिन भन्नु भाथ्यो । आजा ६ महिनाको कृया गर्न आएको छोरो ।  एक छिन आमा को सम्झनाले आँखा सजल भयो  ।


 साथी भाई हरु ले सुटकेश तान्न थाले , सड्क चिल्लो भए पो सुटकेशको पाङ्रा गूड्थ्यो । एकै छिन मै चाइनिज सुटकेशले आफ्नो गती देखाइ हाले । बोक्नै पर्ने अवस्था आयो। केही सय मिटर पर नै एक जना नाम्लो बोकेको दाई देखा पर्‍यो । भिनाजुले सोधी हाल्नु भयो, खाली हो?


"हो कहाँ सम्म जाने ? "


"अन्नपूर्ण होटल सम्मा जाने , कती लिने ? "


"सप्पै बोक्छु ,  ३०० लिन्छु । "



"हुन्छ ,सबै बोक्नु पर्दैन , हामीले सकेको हामी नै बोक्छौ ।  ल बोक । "



अघी बिहान देब देबी मा गरेको प्रार्थनाले काम गरे जस्तो लाग्यो । एक जना गैर माओवादी भरिया दाई भेटिनु भयो । पसिनाको मुल्यमा ठप एउटा गैंडा राखी दिएं । आशिष दिएर जानु भयो ।



नारायण हिटी छेउ मै कुर्‍यौ  केही क्षण । तहाँबाट देखिने ठमेल एरिया रातो हसिया हठौडा ले भरिएको देखिन्थ्यो । मानौ कि हामी मार्क्स , माओ , लेनिन भन्दा बढी क्रान्तिकारी छौ र साम्यवाद तिनीहरुले भन्दा धेरै बुझ्छौ ।



बस आयो, केही सीट खाली थियो । सामान लोड गरी सबै सँग निमेष मै बिदा मागी हामी दुई जना इअर्पोर्ट लाग्यौं । प्राय बिदेशी पर्यटकहरु थिए नै बसमा। बस नारायणहिटी , कमलपोखरी हुंदै गौशला चोक प्रबेश गर्दा सम्म खासै अबरोध भएन । गौशला चोक पुगे पछी सुरु भो जंगलीहरुको तान्डव । पर्यटक बस चल्न दिने उनीहरुकै निर्णय हो , जबर्जस्ती चलाइएको हैन । तर रिङ्ग रोड देखी बाटो न दिने तिनको नियत । ज्यान  जाला  बाटो छोडेन कमरेडहरुले । एक घण्टा लाग्यो, गौशला चोक बाटो इअर्पोर्ट को प्रबेश द्वार सम्म पुग्न । पुरै रिङ्गग रोड मजदूरहरुको सत्ता को झुठो आशमा चिच्याइ रहेका थिए। हाम्रो बस अझ त्यसमा चढेका बिदेश देखी पछी अझ हौसिए । "हेल्लो सर , हेल्लो कामरेड' भन्दै खुशी देखिन्थे। देशको अर्थ  तन्त्रको मेरुदन्ड मानिने  पर्यटन उद्योग धाराशायी भएको र हुंदै गएको सत्य के थाहा तिनलाई ।


इअरपोर्ट पुगियो , समय भन्दा चाडै । जिन्दगीमा पहिलो पल्ट इअरपोर्ट पुगेर खुशी भएं । धेरै पल्ट बिदेश गएं, मन खिन्न हुन्थ्यो देशको माटो र आफन्त को माया सम्झेर । यसपाली पहिलो पल्ट मन खुशी थियो । जंगलीहरुको दु:खबाट मुक्ति मिले जस्तो । ठुलै लडाईं लडेर आइपुगे जस्तो । म स्वार्थी भएको हुन सक्छु , आमाको चिन्ता हुन्थ्यो, चित्ता चढ्नु भयो। आफुले केही समयको लागि मुक्ती पाए पनि दाई भाई का साथै लाखौंं नेपालीहरु तिनको जंगली कृयाकलापबाट पीडित छन, आतंकित छन। तिनले कहिले मुक्ती पाउने हो थाहा छैन । के के मनमा कुरा खेल्यो , टोलारै रहें  धेरै बेर , आफ्नो बाल्यकाल बोलाई  रहें धेरै बेर । कति शान्ती थियो , कति सुन्दर थियो ।



सोच्दै थिएं , आँफैले आँफैलाई घोच्दै थिएं , प्लेन को बोर्डिङ टाइम भयो । बिस्तारै बोर्डिङ गेट को लागि पाइला चालें ।


अस्तु !!!!!
 
     


 
Posted on 08-03-10 11:00 AM     [Snapshot: 8022]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Amen Bro... Junglees (this not only includes maoists) have made hell out of our once peaceful country. Your story resembles mine in many ways...
 
Posted on 08-03-10 1:03 PM     [Snapshot: 8076]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"सानु कान्छा सँग एक छिन को भनाभन ले आँखा खुल्यो मेरो। दिन मा २-३ हजार कमाउने सानु कान्छा मजदूर शोषित पीडित , दलित , पिछडिएको जनजाती , हाम्रो दाई जो दिन भरी मेहनत गरेर ५०० कमाउन सक्नु हुन्न , सामन्ती बर्गमा पर्नु हुंदो रहेछ । तिनले खोजेको मजदूर को सत्ता के हो बुझ्न धेरै टाढा जानु परेन"


 


 मन छोयो यो कुरा ले,  हेर्दा हेर्दै कस्तो देश कस्तो भयो...........

 
Posted on 08-03-10 2:11 PM     [Snapshot: 8108]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइको नयाँ नेपाल को यात्रा ले आज बिश्रान्ती पाएछ !


हुन पनि जङलिहरु को राज्यले आतंकित भएका नेपाली दाजु भाई दिदी बहिनी हरु सबैको त बिदेशिने सपना पुरा हुँदैन नि ! त्यही माटो त्यही बाटोमा बिहान बेलुका को छाक टार्न निरन्तर संघर्श गरिरहेका हुन्छन ! सोझा नेपालीहरु को भविस्य सँग खेलवाड गर्ने अधिकार ति शोषकहरुलाई कस्ले दियो?


दैनिक ८-१० घण्टाको लोड शेडिङ, पानी को अभाव, पेट्रोल डिजेल को अभाव, बढदो महंगी का बाबजुद यि भ्रस्ट नेताहरुको दरिद्रताको सिकार हुनु परेको छ नेपाली जनताले !


बर्तमान नेपालको राजनीति अस्थिरता सामाजिक अवस्था को दुरुस्त खाका तयार पार्नु हुने ठुल्दाइलाई धेरै धेरै धन्यवाद !



 
Posted on 08-04-10 10:24 AM     [Snapshot: 8199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाग १४ का टिप्पणी कर्ताहरुम बिर्खे, स्याङ्जाली र रिट्ठे मा आभार ।


भाग १५ मा हौसला दिनु हुने रिट्ठे र बिस्टेमा आभार ।


Newlynew ,
हो धेरै को यस्तै अनुभव छ, कसैले कोरे, कसैले मन भित्रै राखे। देशको दुर्गाती सँग संगै हामी सबै दुखेका छौ ।


ek@l ,
जे देखें, जे भोगें त्यै लेखें। त्यसैले पनि होला मुटु छोएको ।


रिट्ठे,


म नेपाल पुगेकै दिन यता आएछौ र त्यो जंगली आतंक को पीडा भोग्नु परेनौ , बाँकी देशको दुर्दशा र हाल हामीले एउटै भोग्यौं , मखुला ??


 
Posted on 08-04-10 1:14 PM     [Snapshot: 8257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

इअरपोर्ट पुगियो , समय भन्दा चाडै । जिन्दगीमा पहिलो पल्ट इअरपोर्ट पुगेर खुशी भएं । धेरै पल्ट बिदेश गएं, मन खिन्न हुन्थ्यो देशको माटो र आफन्त को माया सम्झेर । यसपाली पहिलो पल्ट मन खुशी थियो । जंगलीहरुको दु:खबाट मुक्ति मिले जस्तो । ठुलै लडाईं लडेर आइपुगे जस्तो । म स्वार्थी भएको हुन सक्छु , आमाको चिन्ता हुन्थ्यो, चित्ता चढ्नु भयो। आफुले केही समयको लागि मुक्ती पाए पनि दाई भाई का साथै लाखौंं नेपालीहरु तिनको जंगली कृयाकलापबाट पीडित छन, आतंकित छन। तिनले कहिले मुक्ती पाउने हो थाहा छैन । के के मनमा कुरा खेल्यो , टोलारै रहें  धेरै बेर , आफ्नो बाल्यकाल बोलाई  रहें धेरै बेर । कति शान्ती थियो , कति सुन्दर थियो ।


 


सार्है मन छुने गरी अन्त्य गर्नु भएछ। साँच्ची नै कस्तोबाट कस्तो भयो देश।  



 
Posted on 08-04-10 2:36 PM     [Snapshot: 8244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइको नेपालको यात्रा को जात्रा मैले लुकी छिपी पढिरहेको थिए। समय अभावका कारण कुनै कमेन्ट दिन सकी रहेको थिईन। यसको लागि क्षमा चाहन्छु।
जब ठुल्दाइ नेपाल जानु भएको थियो त्यै समयमा म पनि नेपालमा नै थिए र भोलिबाट अनिस्चित्कालको लागि आम हड्ताल भनि काठमाडौंमा निकै चहल् पहल थियो। तर म अघिल्लो दिनमा नै देश छाडि परदेशी भए। त्यसकारण त्यति दु:ख पाइन। तैपनि काठमाडौं भित्रिदा थानाकोट, धादिँग बेसिमा निक्कै चेक्किङ् भयो। बरु मैले नेपालबाट जिन्स लग्नु पर्‍यो भनि सुन्धाराको फ्यन्सी स्टोरहरुमा चार्दा प्रत्येक् स्वरुम बाट १५,००० रुपैयां चन्दा मागेको छ अब दुकान बन्द गर्ने हो भन्दै बिहान बिहानै शटर तल झार्दै थिए।


सताउन सम्मन सताए नेपाली जनतालाई अनि आँफै पनि दु:ख पाए यि माओका चेला भनाउदाहरुले।


जे होस, तपाईंको यो नेपालको यात्रा को बेली बिस्तार् कथा फिल्म हेर्नु भन्दा पनि स्पस्ट छ। जस्ट स्क्रीन्को अगाडि बसेर लाइव प्रोग्राम हेरे जस्तो लाग्छ। यस  लेखलाई यदी फिल्मिङ गरियो भने डाइरेक्टरलाई डाइरेक्सन गर्नु पर्ने कुनै जरुरी छैन कि यो लेख यत्तिक्कै छर्लङ छ। अती उच्च स्तरिय लेख छ यो। बधाई छ राहुल भाई।


कालेदाइ      


 
Posted on 08-04-10 3:21 PM     [Snapshot: 8301]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले पनि प्रतेक भाग पढे , मज्जा ले पढे, प्रस्तुती को लागि राहुलभै जिन्दाबाद काठमाडौं बसी को त जिबन त्यस्तो कस्टकर थियो भने बाहिरतिर  के भा थ्यो होला? होइन देश को पैसा खाए भ्रस्टाचारी भन्चन, अनी  जबर्जस्ती चन्दा उठाको पैसा पनि खाने लाई चाँही हामी भ्रस्टाचारी नभन्ने? त्यस अर्थ मा माओवादी पनि भ्रस्टाचारी भए। नत्र भये उनिहरुले पनि हामीले एती पैसा चन्दा उठाको  यो यो यहाँ  यहाँ खर्छ भयो  भनेर जनता मा पेश गर्नु पर्दैन?
TMS
 
Posted on 08-04-10 3:58 PM     [Snapshot: 8307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मानौ कि हामी मार्क्स , माओ , लेनिन भन्दा बढी क्रान्तिकारी छौ र साम्यवाद तिनीहरुले भन्दा धेरै बुझ्छौ ।


यो चै शही भन्नु भो है , हामी धेरै जान्ने भर बिग्रेको हो, दुनियाँ बाट फालेको चिज भित्राउदै छौ हामी कहाँ बाट हुन्छ , अस्ती साझा सवाल्मा झलनाथको कुरो सुन्दै थिए , उनी पनि खुब फलाक्दै थिए है , साम्यवाद एस्तो उस्तो भन्दै । कहिले बुध्ही आउने हो हाम्रो नेताहरुको ।


अस्ती फाएरसाइडमा धुर्बहरी अधिकारी भन्दै थिए के नेतालाई मात्रै दोश दिने गल्ति त हामी जनताको पनि छ , हो कि क्या हो जस्तो लाग्यो मलाई पनि गल्ती हाम्राइ हो एस्ता बज्जेहरुको कुरो सुन्नुनै गल्ती हो हाम्रो । ल हेर हरी बिजोग , प्रधानमन्त्री पनि बिदेसीले आर बनाइदिनु पर्ने भो।
थुइक्क एउटा खैरेले भन्थ्यो एफ एम एल (FML )(फक माइ लाईफ) भनेर तेस्तै भन्नु पर्ने भो फक आओर लाईफ भनेर हामीले पनि ।


दिक्क लार मुख छोडियो , माफ गर्नु होला है । 
 


 


 
Posted on 08-04-10 10:20 PM     [Snapshot: 8352]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"क्रान्ति को खोल ओढेर भ्रान्तिको ब्यापार गर्ने कामरेडहरु" love it. 
 
Posted on 08-05-10 9:53 AM     [Snapshot: 8416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिप्ले सर,
त्यै त देश कहाँ बाट कहाँ पुग्यो । एक जना मान्छे मारिनु र मर्नु हेड लाइन न्यूज हुने देशमा मान्छे खसी बोकाको भन्दा सस्तो मृत्‍यु भाईराख्या छ ।


काले दाई,


त्यै बेला नेपालमा हुंदो रहेछ, बन्द मा नपर्नु भए नि बन्दको गन्ध त पाउनु  भएकै रहेछ । टिप्पणी को लागि आभारी छु ।


तिमी मेरो साथी,
भ्रष्टाचारी ले त लुकी लुकी खान्छन, यहाँ त दिन दहादै थर्काइ असुल्छन र क्रान्ति र शान्ती को कुरा गर्छन् ।


स्याङ्जाली
पुन: धन्यवाद ।
 


 
Posted on 08-05-10 4:04 PM     [Snapshot: 8540]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


समय समयमा तपाईंका लेख हरु अनी सिरिसजी का कबिताको रसस्वादन गर्न पाइएको छ तेस्को लागि मुरी मुरी धन्यवाद। ब्यग्य बिधा तिर पनि केही सोच राख्नु भएको छ कि ? हुन त यो यात्रामा समय सापेक्ष को बर्णन जसरी गरिएको छ त्यो आँफै नै काफी छ, छुट्टै किन खोजी राख्नु पर्‍यो र ?   



 
Posted on 08-09-10 5:04 PM     [Snapshot: 8704]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम दाजु!
आज "डे अफ" को खुशीयाली मा एकै सास मा दाई को सब लेख पढे। निकै लामो समय पछी साझा मा क्लिक गर्दै छु। दाई को सरहनिये लेख फेरी फेरी नयाँ स्वाद मा खान पाउन.

जडौ, 
उही अतोमिक.

 



PAGE: <<  1 2 3 4 5 6 7  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
How long does it take to get I485 approved?
TPS FEDERAL NOTICE
~चौतारी १९९~
Ameica Ko Marraige
H-1B 2018/2019: कसैको approval notice आयो?
भाउजु आउनु भाकी छिन रे नि !
ICE RAID
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
Why you can't trust the vaccines 100%
Tired of nepali attitude
360 Nepalese Professors in the US Colleges and Universities
Nepal TPS action committee
Indian Worker Attitude
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
TPS to change of status denied ..Need help
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Don't apply Canada Immigration through COLIN R. SINGER
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters