नयाँ नेपालको यात्रा
भाग १५
कथित जनआन्दोलन अपेक्षाक्रित शान्तिपूर्ण बिते पनि म भित्र अन्यौल र छटपटीहरुले अशान्ति मच्चाइ रहे । सपनामा राक्षसहरुको तान्डव देखें ।
सोमबार, दोस्रो दिन आमहडताल को । तत्कालीन सरकारले राजिनामा दिने कुनै संकेत छैन, राजिनामा माग्ने कामरेडहरुको गर्जन अझ चर्को हुंदैथ्यो । दोस्रो दिनको ब्यानै एउटा पानी बोक्ने ट्यान्कर जलाएको खबर आयो । ट्यान्कर जति आन्दोलनकारीको प्यास मेटाउन बाइ स्टाण्ड बस्ने उर्दी को उलंघन् गर्ने अपराध गर्यो त्यसले । माओवादी बाहेक अरु जनताको प्यास मेटाउने ब्याबसायिक धर्म निभाउदा जल्नु पर्यो । हुन त एम्बुलेन्श, बारुणयन्त्र, फोहरबोक्ने ट्रक र पानीको ट्यान्कर लाई बन्दबाट असर् नपर्ने घोषणा थियो । एम्बुलेन्स र दमकल कसैको घोषणा भित्र पर्नु पर्ने होइन । र पनि परियो । सधैं तोडफोडमा परेकै थ्यो एम्बुलेन्स। फोहर कल्ले बोक्ने ? फोहर बोक्ने जती आन्दोलन मै ब्यस्त ।
मंगलबार फर्किने गरी कुन कु-साइटमा टिकेट लिए छु जस्तो लाग्यो । दिन ढल्दै जाँदा, आन्दोअलनको रुप कुरुप हुंदै जाँदा फर्किने चिन्ताको माग्निच्यूड अझ एक्स्पोनेन्सियल्ली बढ्यो नै । सांझ सम्ममा प्रधान मन्त्रिले कुनै हालतमा राजिनामा न दिने वक्तब्य आए पछी, कठपुतलि सरकार, पराल झै कमजोर खम्बामा अडेको सरकार झर्ला र खाउला भनेर बसेका कामरेड प्रचन्ड झनै आक्रोशित देखिए । कामरेड को हाल उही पशुपती मन्दिर को सुनको नन्दी होला भन्ने पीर होला मलाई ।
कहीं जान न पाएको, भेटघाट गर्न न पाएको बे-खुशी भन्दा नि भोली के गर्ने भन्ने बिषय महत्वपूर्ण भयो अब । आफन्त, शुभचिन्तक सप्पैमा फोन मै बिदावारी मागें । जानै पर्ने , भेट्नै पर्ने तर मनले न-मान्नेको त जान नपरेकोमा खुशी नै थिएं । संचय कोष र नागरिक लगानी कोषमा पैसा झिकन अब अर्को साल आउनु पर्ला नै । केही अत्यावश्यक सरसामानको पनि किनमेल गर्न सकिन । बिदेशी मित्र, गुरुहरुलाई नेपाल को चिनो लिएर जान नपाईने भयो भन्दै दिक्क मान्दै थिएं, झल्यास सम्झें ।
माइला बाको मा बुद्ध र नेपाल को झन्डा भाको सुनको जलप लगाएको ब्याच पाईन्छ, अर्थात माइला बाले बनाउने गर्नु हुन्छ। बुद्ध भारतमा जन्मेको भनी दुष्प्रचार गर्दै हिंड्ने दुष्ट छिमेकिको दुष्ट्याइ लाई सानै भे नि गतिलो झापाड हुने उक्त ब्याच लिन हिंडे। माइला बा नि खुशी, जाने बेलामा भेट्न आएको मा ।
बेलुकी घरका सप्पै जना बसी छलफल गरियो । भोली एअर्पोर्ट कसरी जाने ? प्लानहरु तयार भए । पारीत प्लान अनुसार -
प्लान ए - कुनै उच्च तहका प्रहरी वा सेनाका अधिक्रित मित्रलाई अनुरोध गरी सुरक्षा सहित् जाने
प्लान बी - घर छेउ कै एमुलेन्स सेवालाई बाइ स्टाण्ड राख्ने ।
प्लान सी - ६ बजे पछी २ घण्टाको लागि किनमेल छुट दिएको मौका मा ३-४ वटा बाइक मा घुइकिने ।
प्ल्यान डी - दरबार मार्ग र अन्य केही पर्यटकिय होटल भएको क्षेत्रबाट चल्ने पर्यटक बसमा पर्यटक भएर जाने ।
सप्पै प्लानलाई संभावना भित्र राखे पनि प्लान डि नै सर्बोत्तम लाग्यो । दरबार मार्ग सम्म हिंड्नु पर्ला एक घण्टा जती , सुटकेश घिसार्नु पर्ला त्यती हो , स्वाभिमान बन्धकी राख्नु पर्दैनथ्यो । एम्बुलेन्स र सरकारी सुरक्षा निकायको दुरुपायोग गर्नु भन्दा एक दुई माना पसिना बगाउनु ठीक लाग्यो र पहिलो प्राथमिकता पर्यटक बस मै जाने गरी पर्यटक बसलाई फोन गरी समय साराणि लिएं ।
तर के भरोसा , रात रहे अग्राठ पलाउने देश मा केही भन्न सकिन्न, मन ले न माने नि एकजना प्रहरी अधिक्रितलाई सुरक्षाको ब्यबस्था सहित गाडीको लागि अनुरोध र टोल कै एम्बुलेन्स सेवालाई पनि मनाएर राखियो ।
अलिकती मन मस्तिस्क हलुको भयो र भोली को दिन शान्तिपूर्ण होस् भन्ने कामना सहित् लोडशेड्डिङ सँग संगै सुत्ने प्रयासमा आँखा चिम्लें।
क्रमश :
नोट् : आगामी अंक अन्तिम हुने छ ।