[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नयाँ नेपालको यात्रा (जात्रा )।

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 81771 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नयाँ नेपालको यात्रा (जात्रा )। 



(हालै मात्र  नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)


भाग १ 


झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।


मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको  बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला, पानी बिनाको माछा कसरी जिउदो होला  ? आदी इत्यादी यक्ष प्रश्नहरुको उत्तर खोज्दै एतिहाड एअर को कुर्चीमा केही बेर निदाएं । केही बेर अर्ध निद्रामा बर्बराएं । आमा जिउंदै हुँदा जान नपाएको पीडा दुखिरहेको थियो। अस्तब्यस्त घर परिवारको ब्यथा बल्झिरहेको थियो । देश र शहर बारे त दिन दिनै अखबार पढेकोले अपडेटेड भए छु जस्तो लाग्थ्यो । तै पनि साँच्ची कस्तो भयो होला है हाम्रो गणतन्त्र नेपाल ?


अबुधाबी पुगियो साढे १२ घण्टाको उडान पछी । ट्रान्जिट लामै भए नि बस्न होटल र खानाको राम्रो प्रबन्ध भएकोले समय कटियो सजिलै सँग। साझा पनि हेरियो, चौतारीका मित्रहरु सँग भलाकुसारी गरियो ।



अबुधाबिबाट कथामाडौ जान गेट नम्बर ७ मा जानु थियो, गैयो । गेट ७ को लामो सुरुङ देखी नै नयाँ नेपाल को झझल्को देख्न थालें । यस्तै त होला नि नयाँ नेपाल- अराजक, अनुशासनहीन। नेपाल जाने प्लेनमा नेपाली न भे को हुन्थ्यो र ? ९० प्रतिशत नेपाली र बाँकी बिदेशी। सेकुरिटी चेक् देखी नै लाइन थिएन। बलमिच्याइ र भिडमभिड । अझ त्यसमा बिदेशीहरु समेत जैसा देश वैसा भेष गर्दै ठेलमठेलमा रमाइ रहेका थिए । खाडी मुलुकमा नेपालीद्वारा बेचिएका नेपालीहरु भन्छु म-  त्यो भीडलाई ।   हुन सक्छ, कत्ती बर्ष पछी मरुभूमिमा पसिना चुहाइ, दलालको खर्च कटाइ आफन्तजनको केही इच्छा साकार पार्न पहिलो पल्ट् आफ्नो घर  फर्कन हतार गर्दै थिए मदनवाहरु, धनीयाहरु । नेपालीमा कुरा गर्दै गरेकोले केही ले कुरा गर्न आए । देशमा काम पाएन, ऋण लिएर साउदी आएको र बडो दु:ख पाएको किस्सा सुनाउदै थिए अधबैसे च्याङ्बा । हामी सबैको कथा ब्यथा उस्तै थियो । ललितपुर सिद्धिपुरका मचाकाजी त नेवारीमा कुरा गर्न पाएकोमा खुशी थिए। ३ बर्ष भो रे नेवारीमा कसै सँग कुरा गर्न न पाएको ।
 
त्यो टर्मिनलको अराजक स्थिती कारण आधा हाम्रो मानसिकता र आधा ब्यबस्थापन( एअर्पोर्ट अथोरिटी) को कमजोरी जस्तो लाग्छ । सिक्युरिटी अफिसर बाहेक जम्मै कामदार नेपाली हुनु पनि अराजक  आगोमा घिउ जस्तो लाग्यो । प्लेन उड्यो , करिब चार घण्टाको उडान थियो ।


प्लेन भित्र दिइने खाना खाँदै एउटा सिनेमा हेर्दैमा प्लेन उपत्यका छिरेको उदघोष गरे क्याबिन क्रिउले । झ्याल निर कै सिट भाकोले तलतिर नियालें। साँझको साढे सात हुंदो थियो । तल केही न देखिने चुकघोप्टे अन्धकार थियो। लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु। प्लेन जती तल तल झर्थ्यो , त्यति टुकी युगको धमिलो आकार देखिन्थ्यो । प्लेनले धावन मार्ग छोयो । एअर्पोर्ट को हाल बेहाल थियो नै ।
गुन्टा टिपी बाहिर के निस्केको थिएं , अन्धकार बीच ठुलो फ्लोरोसेण्ट  होर्डिङ बोर्डमा " बधाई छ आज आउनु भयो - भोलिको नेपाल बन्दमा स्वाग्त छ " भनी लेखिएको जस्तो देखियो । मात्रीभूमीको टेकेको पहिलो पाइला मै नेपाल बन्दको स्वागत ।
 
क्रमश:
 


 
Posted on 05-24-10 10:45 AM     [Snapshot: 3666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपालको यात्रा भाग ९


त्यो दिन पनि काम बनेन। दिन दिनै छोड्या अड्डा धाउनु, दिन भरी कुर्नु दिनचर्या हुन थाल्यो । मानौ  फर्केर फेरी जागिर खाए जस्तो । भोली पल्ट १० बजे नै अड्डा आइपुगियो । १३ बर्ष जागिर खाएको अड्डा हो , थाहा थियो १० बजे त केही पियन र केही हाकिमहरु (जो श्रीमती वा बालबच्चालाई निश्चित समयमा निश्चित स्थानमा  पुर्‍याइ आउनेहरु ) बाहेक कोइ आउँदैनन। बल्ल साढे १० बजे तिर हाजिर गर्न आउनेहरुको भीड लाग्दो रहेछ, ढ्याउुउुउु गर्दै हाकिमहरु गाडीबाट निस्कदै नमस्कार गर्ने कोइ छन कि बाटामा कुर्दै सुस्त सुस्त गती मा ।


तै पनि प्रशासनको ठेलुवा अधिक्रित आइपुगेन । नेता जो ठहरियो । १० बजेको नियम  लाग्दैन । आज काम भएन भने भोली सम्म चेक् बन्दैन । भोली चेक् बनेन भने नेपाल बसाइ भित्र मैले आफ्नो पसिनाको बाली काट्न सक्दिन । समय सीमा भन्दा नि असत्तिहरुले अनिस्चितकालिन आम हडतालको चपेटामा परिन्छ । स्वतन्त्रतालाई कैद गरेर, मानसिक र शारीरिक यातना दिएर सत्ता प्राप्तिको यज्ञमा आहुती दिन गाउं गाउं बाट ल्याइएका निरदोष जनताहरुको प्रातकालिन परेडले शहर आक्रान्त  थियो , अशान्त् बन्न सक्ने भनक र छनक दुबै देखिन्थ्यो ।


लेखामा गएं , "प्रशासन को चिट्ठी आउँदै गर्छ, तपाईं कोषको लागि चिट्ठी तयार गर्दै गर्नुस् । आज १२ बजे भित्र गएन भने कोषले भोली आउ भन्छ रे । आजै कोषबाट निकासा ल्याउनु पर्छ ।"


 
"हैन बिदा दिन यकिन गर्नु पर्‍यो नि सर ।"  लेखाको भनाइ ठीक भए नि बेठिक भए नि , समय न भाकोले अन्तरिम ब्यबस्था गर्नै पर्‍यो।


"ल लेख्नुस् घर बिदा १८० दिन",  ( त्यो भन्दा बढी संचित हुनै सक्दैन ), "बिरामी बिदा ११० दिन।" " प्रशासन ले १४६ दिन हुन्छ कि भनेर अलमल गर्दै छ, मलाई ३६ दिनको चाहिदैन ।"


 
"त्यसै गरी दिउं र सर ?"  



"गरी दिनु सर"  बिन्ती भाउ गर्नै पर्‍यो ।
साढे ११ बजे तिर ठेलुवा सर आउनु भे छ ।


"हेर्नुस् न सर ट्राफिक जाममा १ घण्टा फसियो, काठमाडौको ट्राफीक के भन्ने ??"


बहानाबाजी जायज भए नि, ट्याममा अफिस आउने रेकर्ड भाको भए पो पत्याउने ?


"लौ सर छिटो लेख्दिनुस् लेखा लाई, उता चिट्ठी तयार भैसक्यो ।"


 
फाइल पल्टाइ पुन: बिरामी बिदाको हिसाब गर्न थालनु भयो ।


"हिसाब सिसाब गर्नु पर्दैन सर अब, सीधा हिसाबले ११० दिन हुन्छ, त्यही लेखी दिनुस् , लेखा ले सोही अनुसार निकासाको लागि चिट्ठी लेखी सक्यो ।"


 
ठेलुवा सरले आफ्नो रंग देखाइ हाल्नु भयो -


"सरको फाईदाको लागि त ३६ दिन जोड्न सकिन्छ कि भनेर यात्रो मेहनत गरेको। ११० दिन गर्ने भए तहिजो नै चिट्ठी बनाइ सक्थें । मर्कामा परेको सर भाको ले ३६ दिन जोड्ने निर्णय गरी आएको म।"


 
"सर को सदभाव लाई धन्यवाद। तर मलाई चाहिएन त्यो ३६ दिनको हिसाब । समयले ३६ दिनको हिसाब कुर्दैन । "



"अब सर ले त्यसो भन्नु हुन्छ भनें।"


 
मन लागि न लागि रेडिमेड फर्म भर्न थाल्नु भयो र सहि धस्काइ , "छाप हालेर एक प्रती यता र बुझाई लेखा मा लैजानु होला।"


" हस पर्भू, जो आज्ञा"  भन्दै छाप हाली, एक प्रती बुझाई लेखा मा लागें  ।



तयार चिट्ठी बुझी लिइ , कोष तथा लेखा नियन्त्रक को क्षेत्रिय कार्यालय, त्रिपुरेश्वर तर्फ लागें । १२ तहीं बजी सकेको थियो , त्यसमाथि ट्राफिक जाम । १ बजे पुगियो । १२ बजे पछीको निबेदनलाई भोली भन्ने सामान्य चलन रहेछ कोषमा ।


मीठो बोलीले ढुंगा त पग्लिन्छ भने मान्छे किन पग्लिंदैन भनी हिम्मत हारिन । चिट्ठी बोकेर सम्बन्धित फाँट मा गएं । दर्ता गराएर ल्याउनुस्, तोक लगाएर । तोक लगाउने माडसाब कोक पिउदै थिए, तोक सर भन्दै टेबिलमा लेबिल मैलाएर हालिदिएं। दर्ता भन्ने बहुमुल्य साढे २ अक्षर लेखेर अस्पष्ट सहि ठोकी दिनु भयो ।



दर्ता गरी सबन्धित फाँट मा पुग्दा "आज त हुंदैन भाई , १ बजी सक्यो , भोली आउनुस्" भन्ने रेडिमेड जवाफ पाइयो ।
अचम्म ले त्यो फाँट महिला कर्मचारीहरुले भरी भराउ थियो ।


"आजै निकासा लिएर जान पाए हुन्थ्यो", अली निराश हताश भाको जस्तो गरी भनें। "धेरै दिन भो यो काम मा धाएको , बल्ल आज यहाँ आइपुग्यो। फर्किने दिन धेरै बाँकी छैन त्यसैले रिक्वेस्ट गरेको ।"


 बाहिर को नेम प्लेट र अनुहारको  बान्की पढेर त्यो महिला शाखा भित्रका सप्पै कर्मचारीहरु नेवा प्रदेशका भएको यकिन भए पछी नेवारी मै भनें ।



"अमेरिका हो ? "सिधै अड्कल गरिन ।


"हो, पढ्न गाको थिएं , पढाई सकेको छैन, जागिर खोस्ने सूचना जारी भयो, त्यसैले राजिनामा दिएं । "



"डिसी हो ?"


 
"हैन डिसीको छेउछाउ मै हो ।"


 
"म नि डिसी गाको छु, कस्तो सफा सिटी है ।"


 किन नि डिसी जानु भाको ?



"वर्ल्ड बैंक को अफिस मा ट्रेनिङमा गाको।"


"अहिले बत्ती छैन, ३ बजे पछी आउछ , साढे तीनमा आउनुस्, तयार गरेर राख्छु ।"


 
हुन्न भन्ने कुरा आएन , बिद्युत प्राधिकरणमा ससुराली खलक छैन। जे भए पनि भोली आउ भनी सकेको को काम आजै हुने भयो भन्दै २ घण्टा कहाँ जाने त्यो घाम मा भनी सोचें ।


यही चान्स हो महेन्द्र बौचाकोमा आराम सँग म: म: खाने भनेर आफ्नो टोल तिर लागें ।
टोल जती पुरानो थियो , त्यती नै बिरानो लाग्यो । ४ बर्षमा यत्तिका परिवर्तन ? समयले अग्रगामी छलाङ लगाए छ । घरहरु उस्तै। मन्दिर पाटी पौवा पुरानै तर मान्छेहरु सब नयाँ । आफ्नै टोलमा आँफै परदेशि भए जस्तो । पसलहरु उही तर मालिक फेरिएका। २५ बर्ष देखी चिया-गफ गर्ने पसलमा चिया गफाडीहरु सब नयाँ । नयाँ मात्र होइन, आफ्नै देशका हैनन कि झै लाग्ने मदनवाहरु । "भारत मा फोन ..... रु २ मा" लेखिएका पसलहरु टन्न देखिनुले ती मदनवाहरु हाम्रइ देशका  तराइ प्रदेशकाका भन्दा बढी सीमा पारीका लाग्यो मलाई । मन खिन्न भयो ।



धन्न बौचा को पसलमा रु २ मा फोन बसि सकेको थिएन । म: म: डेढ पिलेट अर्डर गरें । त्यही एक जना पुरानो साथी भेट भयो, स्कूलमा अंग्रेजी पढाउने मार्साब तथा ठुलै पत्रीकामा उप-सम्पादक महोदय । अमेरिकाले भिसा नदिएकोमा गुर्‍र गुर्‍र थिए। त्यही ओबामाको बारेमा कती  लेख लेखें, मलाई भिसा दिन्न भन्छ बा , कस्तो देश अम्रिका भन्ने । उनको गुनासो जायज थियो । भिसा पाउनु भनेको मिसा पाउनु जत्तिकै गाह्रो कुरा हो मैले नि भन्दिए । एक छिन हाँसो ठट्टा गरियो ।


महेन्द्र बौचाको असली म: म: खाइवरि चिया चुरोट ब्रेक लिन पुरानै चिया पसलमा गयौं दुबै जना। चिया पसल भित्र एक जना मदनवा चिया पिउंदै थिए।


"हजुरहरु नयाँ हो ? यहाँ फस ट्याम देखीलिएको छु ।"



"हो नयाँ, आज मात्र बिहारबाट आएको नेपालमा।" झोंक पोखी हालें ।


"मजाक गरिलिनु हुन्छ, दार्जलिङ बाट होला ।"
"डेरा, मकान चाहिन्छ भने एक से एक अच्छा, कम दाम को छ , भनी हाल्नुस् ।"


 
"डेरा त होइन केरा खोजी हिंडेको, केरा को दुकान त छ होला नि ?"


 
"हजुर रिसाइ हाल्नु भे छ , मैले मजाक पो गरेको ।"


 
त्यती घोचाइ पछी त्यहाँ बसी रहनु उचित लागेन । ३ पनि बजी सकेकोले कोषमा निकासा लिन साथी सँग बिदामागी त्रिपुरेश्वर तिर पाइला बढाएं ।


क्रमश:     


 
Posted on 05-24-10 11:04 AM     [Snapshot: 3680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मज्जाले पढियो पनि -  जे होस् चेक आजै निस्किने भएको मा बधाई


जे भएपनी टाईम मै काम सकेछ ठुल्दाइ


 
Posted on 05-24-10 11:24 AM     [Snapshot: 3708]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramailo bhai rahechha dai Naya Nepalko Jatra padhna.
 
Posted on 05-24-10 11:45 AM     [Snapshot: 3733]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कती राम्रो लेखन सकेको हौ ठुल्दाइ ! तपाई को लेख साझा मा देखना साथ मेरो पढने बेग नै तीब्र हुन्छ !


 
Posted on 05-24-10 11:49 AM     [Snapshot: 3702]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>स्वतन्त्रतालाई कैद गरेर, मानसिक र शारीरिक यातना दिएर सत्ता प्राप्तिको यज्ञमा आहुती दिन गाउं गाउं बाट ल्याइएका निरदोष जनताहरुको प्रातकालिन परेडले शहर आक्रान्त  थियो , अशान्त् बन्न सक्ने भनक र छनक दुबै देखिन्थ्यो । <<<


एकदम जायज कुरा गर्नु भयो !


>>>"हजुरहरु नयाँ हो ? यहाँ फस ट्याम देखीलिएको छु ।"



"हो नयाँ, आज मात्र बिहारबाट आएको नेपालमा।" झोंक पोखी हालें । <<<



हाहा ! भने पछी कत्ती रिस उठेको राइछ हाम्रो ठुल्दाइलाई !


 
Posted on 05-24-10 12:13 PM     [Snapshot: 3777]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि अस्तीनै नेपाल जादा तेस्ताइ भको थियो , हाम्रो टोल्मा चै मदनवा हैन च्याङ्बा ब्रो हरु टन्नै देखिने , पुराना मान्छे हरु कता हो कता , आफ्नै टोल्मा आँफै पर्देशी भको थिए मपनी ।


महेन्द्र बौचाको पसलको मो मो को सिन बल्ल आयो कथामा , अनी माछा नखाको दाई ।


 
Posted on 05-24-10 5:17 PM     [Snapshot: 3897]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो टोल्मा चै मदनवा हैन च्याङ्बा ब्रो हरु टन्नै देखिने

Smells of racism in above sentence... tell me I am wrong Harka Bahadur.

 
Posted on 05-24-10 5:55 PM     [Snapshot: 3913]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि अलि रेसिअल जस्तो भाको छनक आयो त्यो sentence bata। tara  लेख साह्रै saandarvik chha . nepalko karmachari tantrako sajiv chitran bhaako mahasus vho... thank you thuldai.... arko vhagko pratikchyama....

Last edited: 25-May-10 01:06 AM

Last edited: 25-May-10 01:11 AM

 
Posted on 05-25-10 9:45 AM     [Snapshot: 4058]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको यात्रा भाग ८ मा टिप्पणी गर्न हुने बिस्टे, रिट्ठे, स्याङ्जाली, चिप्ले, खुर्माने , टिएमएस्  लागायत सबैमा अभार ब्यक्त गर्न चाहन्छु ।


कर्मचारीतन्त्रको दोष भन्दा पनि समष्टिमा सिस्टमको नै दोष हो । राम्रा कर्मचारी राम्रा अड्डा न भएका हैनन । दन्डहिनता को जब सम्मा अन्त्य हुँदैन तब सम्म जहाँ कही यस्तै हुन्छ जस्तो लाग्छ ।  


 


म: म: छोयला, कचिला को प्रसँग पनि आउने छ आगामी भागहरु मा ।


भाग ९ मा टिप्पणी गर्न हुने लहरे, सुन्तले, केको हल्ला, रिट्ठे, हर्क बहादुर, रितेन , छन्नुराम सबै मा अभार ।



जे देखें त्यही लेखें । कहीं कतै रेसियल जस्तो देखिए पनि यथार्थ त्यही थियो, लुकाए पाप लाग्ला भन्ने ठान्दछु ।


ओह, महेन्द्र बौचा को म: म : र माछा , छोयला, मी: क्वा, दायका  ला:  को त बयान गर्नै बाँकी छ । आगागी अंकमा ।
 


 
Posted on 05-25-10 1:06 PM     [Snapshot: 4188]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल् दाई २-३ चोटि नेपाल पुग्नु भयो भने त गजबको उपन्यास नै तयार हुन्छ होला त्यो पनि नारायण वाग्ले को लाई मात गर्ने खाल्को । हामीलाई सामान्य लाग्ने कुरा पनि कस्तो मजाले प्रस्तुत गर्न सक्या होला , माने है दाई लाई ।
 
Posted on 05-25-10 1:12 PM     [Snapshot: 4195]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ne padhna chadya chaian hai...Dai le arko anka post garnue vhayo ki vhanayra thread ma click gari ranchue........feri 1chotti mero thank you........!!
 
Posted on 05-25-10 2:58 PM     [Snapshot: 4264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हौ  मलाई नि नेपाल जान मन्लाग्यो 
 काठमाडौंको म: म:
भक्तपुरको दही
ललितपुरको मंगलबजारको बर्फी
मलेखुको, जनकपुरको अनि कोशीको माछा
बिराटनगरको चट्पटी
बर्मझियाको पेडा
....
खान मनलाग्यो ..

लाइन गाको बेलामा छतमा बसेर अन्ताक्षरी खेल्न मन्लाग्यो ..
भाका नभाका गीत गाएर झेल्ली गर्न मन्लाग्यो..

लौ न हौ  मलाई नि नेपाल जान मन्लाग्यो


हन कविता पो बनो कि क्या हो यो ??

जे भये नि ठुल्दाइ भन्या ठुल्दाइ हो ..  त्यसैले कथा दामी लेख्नुभा'छ .. Keep Going Thuldai!!!
Last edited: 25-May-10 02:59 PM

 
Posted on 05-26-10 1:17 AM     [Snapshot: 4390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह, महेन्द्र बौचा को म: म : र माछा , छोयला, मी: क्वा, दायका  ला:  को त बयान गर्नै बाँकी छ । आगागी अंकमा ।


Haha Dyaka: La: .....
Baacha bela ko yaad aayo..... Steel ko Gilas bhitra Teen Mohar bokera Najikai ko bhatti ma ..skool bata pharkesi...kuddai janthe..... Dyaka: La: lina..... Tanna dinthyo Hamro Chandre Dai le...... ani tyahi (Dyaka La:) sanga bihana ko kasaudi ko bhako bhat musera khayo..... Kya mitho hunthyo!


Dai ko Bhag 10 ko parkhai ma.


 


 
Posted on 05-27-10 7:50 AM     [Snapshot: 4592]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taremam rahul dai ale phukka pasa pinta!

phursad milayera padhdai chu ani naiyaldai chu dai ko naya nepal ko yatra jahan puranai pratha bidhyeman cha. Dai ko lekh padhera ma ni samjhadai chu ek jamana ma naksa pass ko kaam ko time ma hundar khayeko ani rees ra frustration lay file nai mailay phalera ayeko tei office ma  

waiting for your next post.

 
Posted on 05-27-10 10:25 AM     [Snapshot: 4682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपालको यात्रा 

भाग १०


 

यता मदनवा संग को रोष, कोष पुग्ने बित्तिकै ठण्डा भयो । ३ बजे बत्ती आउछ, ३ बजे आउनुस् भनेको थियो । ३१० मा पुग्दा निकासा तयार। निजामती किताब खाना पछी दोस्रो सरकारी कार्यालय देखें जहाँ काम छिटो छरिटो अनी बिना झन्झट काम हुने ।



हाकिम साहेबको दस्तखत लिइ,  छाप लगाइ, चलानी गराइ लानु थियो । हाकिम साहेबले बिना कुनै प्रश्न सहि गरी दिनु भयो । छाप लगाउने र चलानी गर्ने चाँही चालु नै देखिन्थ्यो ( त्यही भएर चलानी मा बसेको हो कि )।


"यती धेरै पैसा निकासा लिनु भे छ नि ? "
चलानिकर्तालाई मतलब को कुरा थिएन। उनको आशय केही रकम झार्नु बाहेक अरु थिएन ।  


"थोरै हो , सरकार सँग पैसा छैन रे , चौथाइ मात्र निकासा दियो । अर्को पल्ट निकासा आउँदा हेरि दिउला चसमा लगाएर हुन्न ??"



उसले पनि मेरो भाव बुझी हाले, ङिच्च दाँत देखाइ चलानी गरी दिए ।


साढे तीन बजी नसकेको हुंदा बिभाग गए चेक बन्ने संभावना रहेकोले बिभाग जाने निधो गरें, त्रिपुरेश्वरबाट सिधै रत्नपार्क हुंदै महाराजगंज पुग्ने छोटो दूरी भए पनि ट्राफिक जामले कहिलेइ आराम नदिने हुंदा बिष्णुमती किनारै किनार् सोह्र खुट्टे हुंदै नदिको सुगन्ध सुंघ्दै लागें।


बिभाग पुग्दा झन्डै ४ बज्दो थियो । चार बज्दा पनि अफिस मा बस्ने कर्मचारी बिचार  गर्नै पर्ने हुन्छ। हुन त आँफै पनि १० बर्षको सरकारी नोकारीमा ५ बर्ष जती त बिभाग मै बिताएकै कारणले सबै कृयाकलाप संग पारीचित नै थिएं । सिधै लेखामा गएं। लेखा अधिक्रित मलाई नै कुरे बसे जस्तो ।


"जानै लागेको थिएं सर आउनु भयो । निकासा दियो ?? "


"दियो सर , मज्जा ले ।"


"सरको चेक तयार नगरि जान्न, एक छिन  बस्नुस्" भन्दै कम्प्युटरमा भौचर सौचर भर्न थालनु भयो र एकै छिन मै प्रिन्ट निकाली चेक समेत काट्नु भयो .



म त दङ । यही गतिमा प्रगती सबै ठाउँ मा हुने भए देशको दुर्गाती यती हुने थिएन । दिन अच्छा रहेछ आज जस्तो लाग्यो ।



चेकमा सहि गर्ने प्रमुख लेखा नियन्त्रक पनि भेटियो, सहि गरी दिनु भयो । तर अर्को एकजना हाकिम को पनि सहि चाहिने चेकमा । डिडिजी साहेब कार्यकक्षमा भेटिएन । पीएलाई सोध्दा, "मन्त्रालयमा बजेट सम्बन्धी मिटिङमा जानु भएको छ , आज फर्किनु हुन्न"  भन्ने जवाफ पाइयो।



अघी उत्साहित मन फेरी चिस्सियो।



"के गर्ने सर भोली आउन न परोस भनेर प्रयास गरेकै हुँं। सर भोली बिहानै आउनु हुन्छ, म सिग्नेचर गराएर राख्छु, भोली ११ बजे आउनुस् न ।"



"हुन्छ सर , सहि गराएर राख्नुस्, अब त काम सकियो नै हैन"  भन्दै अर्ध खुशी लिएर फर्कें ।
कमसेकम जती ढिलो भए पनि भोली त चेक बन्ने र साट्ने काम हुन्छ नि । बिहीवार हो भोली। भोली पनि कथंकदाचित भएन भने शुक्रबार छदैछ नि ।



समय सीमा त्यती नै थियो, शुक्रबार मेरी स्वर्गिय माताको मासिक तिथी अनि शनिबार ६ महिनाको श्राद्ध तथा "पहाँ ब्वना भ्वय: "। आइतबार देखी त प्रधान मन्त्रिको रजिनामाको एक सुत्रिय मागवाला को आम हडताल ।



पहाँ ब्वना भ्वय: भन्नाले हामी नेवार मध्ये पनि उदास ( उदाय: )हरुको समाजमा दिवंगत आत्मको संझनार्थ समबेदकहरु तथा ब्या: (म्रित्युको ७ दिन सम्म आफन्तजनले पठाउने फलफूल, मिठाइ बिशेष ) पठाउने सबैलाई भोज खुवाउने परम्परा छ । प्रायले ४५ दिनको पुण्य तिथीमा, ६ महिना को तिथिमा वा वार्षिकी मा गर्छन्। आफ्नै करबरले उक्त भोज गर्ने ब्यबस्था गरेकोले पनि त्यो चेक समय मै साटिनु पर्थ्यो । कारीब ३५०  जना पाहुनाको लागि भोज ब्यबस्थापना गर्न १ लाख भन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान थियो ।
 


भोली पल्ट ( बिहीवार ) ११ बजे अफिस पुगें । चेक तयार थियो ।
"बीमामा पनि सर को केही रकम जम्मा भएको रहेछ, त्यो पनि फिर्ता पाउनु हुन्छ , चिट्ठी लेखी दिन्छु हुन्छ ? "


"हुन्न पनि कुरै छैन नि सर । नेपालमा हजार को महत्व न भे नि अम्रिकामा छ सर ।"



चिट्ठी नि तयार भयो । लौ सर अब यसमा सहि गर्नुस् भन्दै चिट्ठी को ओसी कपी मा र चेकको अधिकट्टिमा सहि गर्ने ठाउँ देखाउदै-


" सरलाई थाहा छदै छ , यहाँ लेखामा बसेको 6  बर्ष भयो कहीं सरुवा गरिदिदैन। तलबको भरमा घर चलाऊन नसकिने रहेछ । मेरो आउने ठाउँ कतै छैन। महंगी यस्तो छ , बाल बच्चा भाको मान्छे , केही हेरी दिनु पर्छ है ।"



एक छिन म अवाक भएं । चेक ठेकेदार को थिएन त्यो। चेक् चिट्ठा को थिएन त्यो । जिन्दगीको कमाइको केही अंश थियो, त्यसमाथि अंशको दाबी गरे जस्तो लाग्यो । २ बर्ष जती मलाई हरेक महिना तलब लिन आउनुस् भनेर बोलाउन आउने सरले म सँग पैसा माग्यो, विश्वाश गर्नै सकिन । यसरी जागिर छोडेको पैसामा पनि आँखा गाड्नु पर्ने उनको नियती हो कि बिबशता बुझ्न सकिएन । दिमाग सुन्य भयो ।



एक छिन है भन्दै एउटा खाली खाम खोज्न अर्को कोठामा गएं । खाममा केही हात्तीलाई बन्द गरी आएं।



"मैले सक्दो खाम भित्र हालेको छु, लिनुस् भन्दै दिएं। उनको मुहारमा कान्ती छायो।


 चेक र चिट्ठी लिंदै धन्यवाद दिदै राष्ट्रबैंक थापाथलीमा चेक साट्न हिंडें ।



आफ्नै अड्डामा आँफै सँग काम गर्ने सहकर्मिलाइ  पसिनाको पैसामा  समेत घुस दिनु परेको नयाँ अनुभव नयाँ नेपालमा गरें ।



क्रमश:           
 

Last edited: 27-May-10 10:25 AM

 
Posted on 05-27-10 11:21 AM     [Snapshot: 4735]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आफ्नै अड्डामा आँफै सँग काम गर्ने सहकर्मिलाइ  पसिनाको पैसामा  समेत घुस दिनु परेको नयाँ अनुभव नयाँ नेपालमा गरें ।"
 
Posted on 05-27-10 12:01 PM     [Snapshot: 4771]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मलाई त ठुल्दाइ  युद्ध नै जित्या जस्तै लाग्यो.
ल बधाई छ ठुल्दाइ
चेक हात पर्‍यो,अब एता भोज कैले त ?
"यसरी जागिर छोडेको पैसामा पनि आँखा गाड्नु पर्ने उनको नियती हो कि बिबशता बुझ्न सकिएन " भन्नुहोलानि फेरी  मैले चाइ दुइटै गर्या हैन नि ठुल्दाइ, मजाक मात्र
 

 
Posted on 05-27-10 12:18 PM     [Snapshot: 4777]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी मान्नु भयो होला , काम सरासर  देखेर ,दु:ख मनाइ नियती प्रती &  तेस्को reward मगाइ ,

 धेरै जसो काम आला टाला गरेर समय खेर फाली दिने, हुने कामलाई नहुने देखाएर मिलाई दिन्छु भन्ने त पियन देखी मन्त्री सम्मका आचरण नै हुन। 




Last edited: 28-May-10 09:08 AM

 
Posted on 05-27-10 2:19 PM     [Snapshot: 4840]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चेक त दह्रै पारैछ ठुल्दाइ ले ल - टाईम मै चेक पायो ठुल्दाइ ले जती झन्झट अनी दु:ख भएपनी


अब एसो सरसर्ती हेर्दा नेपाल को सबै सरकारी कार्यालय सुस्त होइन रैछ, कुनै कुनै मा त टाईम मै काम हुदो रैछ


अब चेक बोकेर सिधै महेन्द बौचाको मा म: म: खान जाने होला ठुल्दै - ल ठुल्दाइ कै मोज रैछ 


 
Posted on 05-28-10 9:06 AM     [Snapshot: 4988]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ध्वाँसे,
खै त्यो त मलाई थाहा भएन, नारायण वाग्ले जस्ता हस्ती सँग कहाँ तुलना हुन्छ हाम्रो। एउटै ब्राह्मण घाँटी सम्म आयो ।


STUPIDA धन्यवाद ।


चेली,
यस्तै यस्तै मन लागेर नेपाल गाको हो चेली, तर झेल्ली गर्नेको जालमा जेली दु:ख पाइयो चेली ।


daum


छोयला- कचिलाको बर्णन अझै गर्न न सकेकोमा क्षमा चाहन्छु । अर्को अंक मा प्रयास गर्ने छु ।


एटोमिक,
कुन जमाना मा नक्सा पास को घनचक्कर मा फसेको ?? एक जमाना मा त म नै थिएं त्यता । तर कसैलाई घुमाइएन, त्यती बेला नक्सा पासा गर्नेहरुलाई थाहा होला, नगरपालिकामा यती सजिलै काम हुने जमाना पनि थियो भनेर ।


 


 


भाग १० मा टिप्पणी गर्नु हुने, चेली, बिस्टे, स्याङ्जाली, र लहरेलाई आ-आफ्नो अमुल्य टिप्पणी को लागि धन्यवाद ।
  


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters