[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नयाँ नेपालको यात्रा (जात्रा )।

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 81733 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नयाँ नेपालको यात्रा (जात्रा )। 



(हालै मात्र  नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)


भाग १ 


झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।


मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको  बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला, पानी बिनाको माछा कसरी जिउदो होला  ? आदी इत्यादी यक्ष प्रश्नहरुको उत्तर खोज्दै एतिहाड एअर को कुर्चीमा केही बेर निदाएं । केही बेर अर्ध निद्रामा बर्बराएं । आमा जिउंदै हुँदा जान नपाएको पीडा दुखिरहेको थियो। अस्तब्यस्त घर परिवारको ब्यथा बल्झिरहेको थियो । देश र शहर बारे त दिन दिनै अखबार पढेकोले अपडेटेड भए छु जस्तो लाग्थ्यो । तै पनि साँच्ची कस्तो भयो होला है हाम्रो गणतन्त्र नेपाल ?


अबुधाबी पुगियो साढे १२ घण्टाको उडान पछी । ट्रान्जिट लामै भए नि बस्न होटल र खानाको राम्रो प्रबन्ध भएकोले समय कटियो सजिलै सँग। साझा पनि हेरियो, चौतारीका मित्रहरु सँग भलाकुसारी गरियो ।



अबुधाबिबाट कथामाडौ जान गेट नम्बर ७ मा जानु थियो, गैयो । गेट ७ को लामो सुरुङ देखी नै नयाँ नेपाल को झझल्को देख्न थालें । यस्तै त होला नि नयाँ नेपाल- अराजक, अनुशासनहीन। नेपाल जाने प्लेनमा नेपाली न भे को हुन्थ्यो र ? ९० प्रतिशत नेपाली र बाँकी बिदेशी। सेकुरिटी चेक् देखी नै लाइन थिएन। बलमिच्याइ र भिडमभिड । अझ त्यसमा बिदेशीहरु समेत जैसा देश वैसा भेष गर्दै ठेलमठेलमा रमाइ रहेका थिए । खाडी मुलुकमा नेपालीद्वारा बेचिएका नेपालीहरु भन्छु म-  त्यो भीडलाई ।   हुन सक्छ, कत्ती बर्ष पछी मरुभूमिमा पसिना चुहाइ, दलालको खर्च कटाइ आफन्तजनको केही इच्छा साकार पार्न पहिलो पल्ट् आफ्नो घर  फर्कन हतार गर्दै थिए मदनवाहरु, धनीयाहरु । नेपालीमा कुरा गर्दै गरेकोले केही ले कुरा गर्न आए । देशमा काम पाएन, ऋण लिएर साउदी आएको र बडो दु:ख पाएको किस्सा सुनाउदै थिए अधबैसे च्याङ्बा । हामी सबैको कथा ब्यथा उस्तै थियो । ललितपुर सिद्धिपुरका मचाकाजी त नेवारीमा कुरा गर्न पाएकोमा खुशी थिए। ३ बर्ष भो रे नेवारीमा कसै सँग कुरा गर्न न पाएको ।
 
त्यो टर्मिनलको अराजक स्थिती कारण आधा हाम्रो मानसिकता र आधा ब्यबस्थापन( एअर्पोर्ट अथोरिटी) को कमजोरी जस्तो लाग्छ । सिक्युरिटी अफिसर बाहेक जम्मै कामदार नेपाली हुनु पनि अराजक  आगोमा घिउ जस्तो लाग्यो । प्लेन उड्यो , करिब चार घण्टाको उडान थियो ।


प्लेन भित्र दिइने खाना खाँदै एउटा सिनेमा हेर्दैमा प्लेन उपत्यका छिरेको उदघोष गरे क्याबिन क्रिउले । झ्याल निर कै सिट भाकोले तलतिर नियालें। साँझको साढे सात हुंदो थियो । तल केही न देखिने चुकघोप्टे अन्धकार थियो। लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु। प्लेन जती तल तल झर्थ्यो , त्यति टुकी युगको धमिलो आकार देखिन्थ्यो । प्लेनले धावन मार्ग छोयो । एअर्पोर्ट को हाल बेहाल थियो नै ।
गुन्टा टिपी बाहिर के निस्केको थिएं , अन्धकार बीच ठुलो फ्लोरोसेण्ट  होर्डिङ बोर्डमा " बधाई छ आज आउनु भयो - भोलिको नेपाल बन्दमा स्वाग्त छ " भनी लेखिएको जस्तो देखियो । मात्रीभूमीको टेकेको पहिलो पाइला मै नेपाल बन्दको स्वागत ।
 
क्रमश:
 


 
Posted on 05-28-10 10:29 AM     [Snapshot: 5052]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very interesting read. I was in Nepal about a month ago for a month. I also went to Nijamati Kitabkhana in Harihar Bhawan, Lekha Karyalaya in Tripureswar, and of course, Khane Pani Bibhag. I share your frustration.

 
Posted on 06-02-10 10:57 AM     [Snapshot: 5269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को यात्रा


भाग ११



चेक् त लिएं, साट्न त हिंडे । साटेर राख्ने कहाँ? खल्तिमा चेक् पो अट्छ, पैसो अटिदैन । अर्को फसाद। त्यो भन्दा पनि असली चिन्ता त १०-१० दिनको हन्डर र ठण्डर खाएर पाएको पसिनाको अन्तिम बूंद लुटियो भने ??? दिनदिनै जसो बैंक गएर आएकाहरु लुटिएका समाचार पढ्न पाइने बेला। भएन बाssssss एक्लै साट्न जान हुंदैन रिस्की छ , कसैको साथ जानै पर्छ भन्ने निर्णय गरें बाइक चलाऊदा चलाऊदै । कसलाई बोलाउने फेरी ? अरुलाई खुसामद गर्दा नानाभाँटी कुरा सुन, खुवाउ भन्दा त आफ्नै गृहमन्त्री लाई आग्रह गरे सबै भन्दा बेश भन्दै गृहमन्त्रालय मा फोन लगाएं ।


"चेक्  लिएर आउँदै छु, राष्ट्र बैकमा साट्नु छ, एक्लै जानु मनाशिव लागेन, ब्याग बोकेर गाको छैन, ५ मिनेट मा घर आइपुग्छु तयार भएर बस"


चेक्  पाएको खुशी उनीलाई नि लाग्दो हो - हुन्छ भनी ।


सोह्रखुट्टे बाट नदी किनारको बाटो के छिचोलेको थिएं, बाइकले भुर्र घुर्र आवाज दियो। पेट्रोल सकेको संकेत। लौ रिजर्भमा हालेर नजिकै को पेट्रोल पम्प मा पुगें, " पेट्रोल छैन " को बोर्ड बाहेक अरु थिएन। आजको काम त टर्ला , तर भोली को काम ? अर्को चिन्ता थपियो। नरदेवी को पुल पुग्नै ठाउंमा अर्को पेट्रोल पम्प रहेछ, त्यो पम्प मा त अझ ठुलो अक्षरले "पेट्रोल छैन" भनी लेखिएको टाढै बाट देखें । लाग्यो पेट्रोल छैन भन्ने सरुवा रोगले सप्पै पम्पहरु ग्रसित छन। यो रोगको कारक चाँही पर्सी देखी गरिने बन्द नामक ड्यान्जर भन्दा नि खतरानाक भाईरस ।


घर पुग्दा गृहमन्त्री बाटोमै बाटो हेर्दइ बसेकी । २ बजे बैंक बन्द हुन्छ, १ बजी सकेको थियो । आधाघण्टा त न्यूनत्तम लाग्छ नै । कालिमाटी , टेकु हुंदै जादै थियौं । नेशनल ट्रेडिङ अगाडिको पेट्रोलपम्प मा पेट्रोल बेचिरहेको भेटियो । यो मौका छोड्ने मुर्ख्याइ गर्न सक्दिन ।


पेट्रोल हाल्न लाइन बसियो । ४-५ बाइक थिए अगाडि । लाइन एकै छिनमा  बेलाइन भयो । यसरी घेरियो मेरो बाइक कि चक्रब्यूहबाट निस्कन जान्ने अभिमन्यु समेत फसिन्थ्यो होला । पेट्रोल भरीसक्दा निस्कने बाटो पाउन सकिन । कसैलाई कसैको मतलब नहुने । भित्र पट्टिको बाइक न निस्कनु पर्यो नि ।



गृहमन्त्री साप सँग पड्के पछी बल्ल एकजना भलादमिले बाइक एङल पारेर बाटो दियो ।
ट्राफिक जामको त कुरै नगरे हुन्छ, २ बज्न केही मिनेट अगाडि पुगियो राष्ट्रबैंक । साटियो पैसा। नेपाल सरकारसंग को कारोबारको अन्तिम किस्ता बुझियो। हाकिमहरुले बेइमानी नगरिदिएको भए यसको दोब्बर हुन्थ्यो, आधा पाउदा नि खुशी नै भएं ।


पैसा ब्यागमा राखेर घुम्ने कुरा भएन,  फुर्सदिलो केही घन्टा बाँकी थियो ।  राष्ट्र बैंकबाट ल्याको पैसा आफ्नो खाता मा जम्मा गर्न अर्को बैक गएं । श्राद्ध को भोजको लागि चाहिने पैसा कटाइ बाँकी जम्मा गरी आएं ।


समय छ भन्दै हामी यसो शपिङ गर्नु पर्यों भनेर बिशाल बजार गयौं । सिटी मल , वर्ल्ड ट्रेड सेन्टर जाने कि भन्ने सल्लाह भएको हो तर, पहिला घर छेउ को बिशाल बजार जाऔं अनी भोली छंदै छ नि शपिङ को लागि पुरा भन्दै उतै लागियो।  बिशाल बजार बाहिर तिरकै एक दुई पसल मा यसो लुगाफाटा के हेर्दै  थियम , श्रिंखलाबद्ध शटर बन्द गरेको आवाज आयो । बिपत्तिको शंखनाद।  साहुजी  पनि झस्किए , शटर बन्द गर्ने अंकुशे निकाली हाले ।
हामी पनि त्राहिमाम त्राहिमाम। के भएको रहेछ भन्ने भेउको छेउ पुग्न सकेका थेनौ। चन्दा आतंक रहेछ ।  असत्तीहरुले जबर्जस्ती चन्दा माग्न आयो रे।


क्रमश:  


 
Posted on 06-02-10 11:05 AM     [Snapshot: 5273]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती दिन लगाएको एती लेख्न नि ..........

"चेक्  पाएको खुशी उनीलाई नि लाग्दो हो - हुन्छ भनी ।"



"गृहमन्त्री साप सँग पड्के पछी बल्ल एकजना भलादमिले
बाइक एङल पारेर बाटो दियो ।
"



पड्के पछी मात्रा छोड्यो "भलादमि" ले दाई ? कस्तो खाले भलादमि रहेछ ......

ल अर्को भाग पनि हालम दाई .......

 
Posted on 06-02-10 11:24 AM     [Snapshot: 5306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्दा माग्न आयो कि हफ्ता माग्न आयो ? 


 
Posted on 06-02-10 11:39 AM     [Snapshot: 5318]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bishal bazar ma k kinnu bho ni dai ? Hamlai khoi ta kosheli ??
 
Posted on 06-02-10 12:59 PM     [Snapshot: 5359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बन्दको दुई दिन अघि चन्दा आतंक र पेट्रोलको कृत्रिम अभाव!!! अर्को भाग पनि छिट्टै पेलिहालम्!!!  
 
Posted on 06-02-10 1:02 PM     [Snapshot: 5363]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेक पाउनु भएको मा बधाई - बिशाल बजार गएर केही नकिनी आयो जस्तो छ ठुल्दाइ त


नत्र कोशेली पाउनु पर्ने हो मैले नी


 
Posted on 06-02-10 1:42 PM     [Snapshot: 5387]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब भोज कैले?......


भन्न मन नलागेको त होइन तर माथि एकाउन्टेन्टले आँखा गाडे जस्तो मिहिनेतको कमाइमा रिट्ठेले नि आँखा गाड्यो भन्नु होला भनेर मुखको शब्द मुख्मै राखे मैले त !


 


 
Posted on 06-02-10 3:18 PM     [Snapshot: 5462]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई म नि याँ कुना मा बसेर सुन्दै छु है, नदेख्नु होला नि, भन्न मात्रा आको,


ठेलम ठेलम दाई अर्को भाग। 


 
Posted on 06-02-10 11:05 PM     [Snapshot: 5557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौजा "वैसिएल" लीए नाकबन्दी गर्‍यो, दाई अम्रिका बाट आएको तेस्म्याथएे भखरै चेक क्यास गरेर आएको धन्न थाहा त भएन होला नत्र त दाई सँग नि पैसा वसुली गर्न आउथ्यो होला ।। ओह माइ ब्याड, गछे अनुसार को सहयोग माग्न ।।हाहा., हेरुम न त क् हुन्छ त अर्को भाग मा।
 
Posted on 06-03-10 8:16 AM     [Snapshot: 5649]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिं नं ब्वना च्वनाउ दु । अनुभव खाइसे च्वंसा नं बर्णन तस्सकं बांला जू । फुर्सत मिलेजुल कि थ्व अनुभवयात नेवा: भासं उल्था यायेउ विचा: दु । ज्यू ला ?

 
Posted on 06-03-10 6:31 PM     [Snapshot: 5785]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबत परालमा पोलेको हाकु छोइला पाईन छोड्यो होला?

 पाटन क्याम्पस को छेउ बागमतीको कीनारामा खाजा खाएको सम्झना अझै ताजा छ ।

 
Posted on 06-03-10 10:27 PM     [Snapshot: 5869]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई तीन घण्टा देखी पडन सुरु गरेको बल्ल सकियो। एकदम राम्रो लाग्यो ठुल्दाईको नेपालको यात्रा कथा। आफु पनि यो समर भाकेसनमा नेपाल जाउ भनेको त अहिले सम्म त नजाउ जस्तो लाग्यो। हेरु यो कथा को अन्त सम्म के बिचार हुन्छ 
 
Posted on 06-07-10 8:51 AM     [Snapshot: 6044]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे,
पड्के पछी पनि न चाडने भीडमा छोड्ने त भलादमी नै हो नि, मखुला ??



स्याङ्जाली,


हफ्ता महिना सबै मागे नि, अर्को अंक मा अझ बिस्तारमा हुने छ।

 

चना दाई ,


धन्यवाद, छि:गु सदभाव  न्ह्याबलें दये मा।



चेली,
बिशाल बजार मा गएर बिशाल गिफ्ट किन्ने सपना सपनाइ रह्यो चेली, पसल बन्द गरी हाले, किन्नै पाएन। माइ ब्याड।


चिप्ले,
अर्को अंक टाइप हुनै लाग्यो ।



लहरे,
कुरा बुझ्छ लहरे ले । किन्न पाएको भए बिशाल बजार नै किन्दिन्थे, मखुला ?? बन्द भएर पो.................



रिट्ठे , 


भोज त्यसको पर्सी पल्ट भाथ्यो नि , निम्तो पुगेन जस्तो छ रिट्ठेको मा ।


बिस्टे,
ठेलाकै कुरा, ठेलेकै कुरा आउँदै छ । प्रतिक्षा गर्नु होला।



एटोमिक,


धन्न थाहा पाएन छ, नत्र । बर्बाद हुने रहेछ ।


नितिशा,
धन्यवाद ।

Last edited: 07-Jun-10 09:12 AM

 
Posted on 06-07-10 10:09 AM     [Snapshot: 6102]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपालको यात्रा


भाग १२


चन्दाको धन्दाले गर्दा त्यो दिन शपिङ गर्ने कार्यक्रम पनि सूचना नटाँसिकनै स्थगित गर्नु पर्‍यो । अब के गर्ने ? नयाँ नेपाल मा पहिलो फुर्सदिलो दिन थियो । अंध्यारिन अझै एक प्रहर भन्दा बढी समय बाँकी थियो । देबदेबी को दर्शन गर्ने कि भन्ने सोच आयो , रि-सोच गर्दा बगलामुखी जाने र तहाँबाट पाटन दरबार स्थित "होना चा " को पसल मा व: ( बारा), छोयला, आलु , सुकुटी को खाने उत्तम प्लान तयार भयो । बिहीवार, बगलामुखी माइ पनि खुशी हुने आफु नि खुशी हुने भन्दै दङ पर्दै बाइकलाई पाटन तिर मोडें । होनाचा को बारा ( किमा र अन्डा हालेको ), पीरो आलु अनि पिरो छोयला । आहाहा.........sssssss सोच्दैमा, संझिदैमा पनि  पानी  आउने.......। जती पिरो भए नि खाउं खाउं लाग्ने जादु मिसाएको परिकार् । बगलामुखी माइलाई बाइपास गरी त्यतै लागुं जस्तो ।



 
टुंडीखेल घुमेर सिंह दरबार वा त्रिपुरेश्वर हुंदै जानु भन्दा धर्मपथ हुंदै यङगाल, लगन , पोडे टोल हुंदै भोटे बहलाबाट त्रिपुरेश्वर निस्कनु श्रयस्कर लाग्ने देखिएकोले त्यही बाटो लागें । बाटोमा सप्पै पसल बन्द । बन्दको असर् यति ब्यापक होला भन्ने लागेको थिएन । गल्ली गल्ली को पसल समेत बन्द। स्थिती अमूक ढंगले भयाबह महशूश हुन थाल्यो । अपेक्षाक्रित रुपमा ट्राफीक  पनि थिएन। भोटे बहालबाट त्रिपुरेश्वर मार्ग निस्कने द्वारमा एक जना पुरानो मित्र भेट भयो । हामी दुबै जनाको मित्र भाकोले उनलाई चिनेर रोक्ने ईशारा गरे । रोकी भलाकुसारी गरियो ।


"कहाँ जान लागेको नि अहिले यस्तो बेला ?? "


"शपिङ गर्न निस्केको थिएं, पसल बन्द गरी हाल्यो, अब बगलामुखीमाइ लाई मुख देखाएर आउं कि भनेर जान लागेको ? "


"ओहोssssss, नजानु , त्यता तिर ।"


"किन ?"


"स्थानिय बासिन्दाहरु र ब्यापारिहरु यी अत्याचारिहरूको बिरुद्ध मोर्चा कस्दै छन रे । अनि कथित क्रान्तिकारीहरु तिनलाई तह लगाउन लाठी बोकेर हिंडेको खबर छ रे । रिस्क लिनु ठीक छैन । फर्के हुन्छ ।"


साथीको सल्लाह मनासिब लाग्यो नै । कतै जान लाग्दा यसरी बाटोमै रोक्यो भने न जानु रे भन्नु हुन्थ्यो आमा । नेवारीमा कथन पनि छ, "गं: वल कि तं: व साँ वने मज्यू ।"


 अर्थात कसैले बाटो छेक्न आए, रिस उठे नि जानु हुन्न, अनिष्ट हुन्छ ।


त्यसैले नेपाल को आयोजना- योजना जस्तो मेरो पनि "बगलामुखी जाँदा, होना चा को आहार" भन्ने योजना बीच बाटो मै टुहियो ।



त्यो दिन त्यसै गयो । धन्न चेक् साट्ने काम सकियो ।


आज को दिनले भोली पर्सिको घट्नाको दुर्घट्नाको पूर्वभास दिएको जस्तो लाग्यो । एउटा अद्रिश्य डर बस्यो मन मा ।



शुक्रबार, बिहानै ग्वारामरी नास्ता संगै अखबार पढें। माओवादीले जबर्जस्ती चन्दा मागेकोको बिरोधमा ब्यापारिहरुद्वारा आज पनि बन्द रे । शपिङ अब खुचिङ भयो। हुन त त्यती फुर्सद भाको दिन हैन मेरो लागि, आमाको ६ महिनाको श्राद्ध र श्रदान्जली भोजको तयारी र धार्मिक अनुस्थानमा बस्नु नै थियो ।


तर मनमा चिन्ता अझ थपियो । मे १ तारिक, मजदूर दिवसको र्‍यालिको बहनामा २ तारिक देखी गरिने अनिश्चितकालिन आम हडतालको ट्रेलर देखाउने कार्यक्रम । सप्पै आफन्तजन तथा शुभचिन्तकहरुलाई निम्तो बाँडीसकेको अवस्था, भोजको लागि चाहिने सप्पै सरसामन किनी सकेको अवस्थामा कुनै अप्रिय घट्ना घट्यो भने............................. ।


 
"हे भगवान, आमा को यस्तो पुण्यकार्य गर्न अमेरिका देखि आउँदा नि यस्तो अन्यौल ?? जन्म दिने आमा त लग्यो लग्यो अब उहाँको आत्मको शान्तिको लागि पुण्य कर्म नि गर्न न दिने ?" अन्याय भओ भगवान । अन्याय ।" भनी मन मनै चिच्याएं । ( कसो यो नेपाल हो न्याय पाइदैन भनेर आकाशबाणी आएन।)


त्यो दिन भोजको तयारी र धार्मिक अनुस्थान मै बित्यो, भोलीको दिन  शान्तिपूर्ण बितोस भन्ने कामना गर्दै थाकेको शरीरलाई सुत भनें ।



क्रमश: 
 
 


 
Posted on 06-07-10 11:59 AM     [Snapshot: 6160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ यो भाग पनि भब्य गयो


छोएला कचिला बारा को आश मात्र दिनु भो -


तर जे होस् ठुल्दै पनि आशै आश मा हुनु भो नी त


अरु भाग नि जावोस ठुल्दाइ


 
Posted on 06-07-10 12:40 PM     [Snapshot: 6183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाई, म पनी कुनामा बसेरा पढ़ीरा छु है.  ठुल्दाईको कथा त कथा , संस्मरण नि क्या दामी


 पुरानो  username  कता गयो कता, अर्को बनाएर आको म


 
Posted on 06-07-10 1:03 PM     [Snapshot: 6196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अे दाई लएे त बङ्लमुखी देवी को नाम लिदिनुभयो, अनी होनचा को नि याद दिलैदिनु भयो, रमाइलो लाग्यो, लौ धन्यवाद है, मेरो होमताउन हो नि त। जि! ला यलमी ख नि सा। का लिपा नाप लाये न्ही सा।
 
Posted on 06-09-10 10:52 AM     [Snapshot: 6377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपालको यात्रा


भाग १३


शनिबार, मे एक तारिक। मे दिवस अर्थात विश्व मजदूर दिवस । माओवादीले ५ लाख मजदूर उतार्ने उदघोष । शहर आक्रान्त थियो, कुनै अशुभ दुर्घट्नाको पूर्वनुमानमा। २-३ देखी अघी देखि नै बिहान सांझ अपरिचित नौला ब्यक्तिहरुको परेड देखिन थालएको थियो । लहरै हात समाइ आउने गरेका त्यो साङ्लोमा रातो लुगा लगाएका कमाण्डर बीच बीचमा देखिन्थ्यो । तिनीहरुको लागि शहरबासी नौला र शहरीया को लागि तिनीहरु अपरिचित ।


शहरका सबै जस्ता पार्टी पालेसहरु कब्जा गरी खाने र सुत्ने प्रबन्ध गरेका थिए। शुल्क ब्रिद्धी सम्बन्धी सहमति कार्यन्वयन नगरेको बहानामा आवासिय बिद्यालयहरुमा ताला लगाइ त्यही ताला भित्र मजदूरहरुको धर्मशाला बनाइएका थिए। नयाँ बनेका र बन्दै गरेका सप्पै जसो अपार्ट्मन्ट कम्लेक्स हरुमा पनि तिनैले होटल लज बनाएका थिए । १ लाख भन्दा बढी मैला लुगा लगाउने शोषित, पीडित, दलित र जनजातिहरु सुकिला मुकिला लगाउने सामन्ती, शोषक, पुंजिपतिको र नोकरशाहिका दलाल, अनी गुण्डाहरु बिरुद्ध मोर्चा कस्न बिहानै देखी लाठी लिएर नारा लगाउदै शान्तिपूर्ण मजदूर भेलामा निस्कदै थिए।



बिहानै घरमा भने दिवंगत माताको शान्तिको कामना गर्दै श्राद्धको धार्मिक बिधिमा ब्यस्त थियौं हामी। साथी भाईहरु र सुवा: ( कूक )हरु भोजको तयारीमा ब्यस्त थिए । तरै पनि सबैमा चिन्ता थियो, त्यो जन प्रदर्शन गन प्रदर्शन हुने हो कि ? लाठी बोकेर शान्तिपूर्ण जुलुस हुन्छ भन्ने विश्वाश कसैमा थिएन । हामी पूजा संगै शान्तिको कामना गर्दै थियौं ।


 
धार्मिक कर्म ३ बजे तिर सकियो। बत्ती आएको उपलक्षमा टिभी हेर्न बस्यौं । सबै नेपाली च्यानलहरुले मजदूर दिवस को आम सभा ( जन सभा भन्नु पर्छ क्या रे) को प्रत्यक्ष प्रसारण गर्दै थियो । मजदूर को बिषयमा कोइ नेताको गर्जन सुनिएन।  प्र.म.को राजिनामा वा सत्ता कब्जा     बाहेक केही सुनिएन । राजिनामा ( यो पनि जबर्जस्तिनामा नै भयो) दिएन भने सिंह दरबार कब्जा गरी जन संबिधान बनाउने उदघोष गर्दै थिए । आज ट्रेलर हो, भोली देखी यो कठपुतलि सरकारले जनताको ताकत देख्ने छ भन्दै मेघ गर्जिंदैथिए । वातरवरण उत्तेजनाले ब्याप्त ।


शहर बजार बन्द नै थियो । अपरिचितहरुको भीडमा कुल्चिने डर सबैमा हुंदो हो ।



उता  जन सभा सकियो, यता भोजको टाइम सुरु भयो । बिस्तारै निम्तालुहरु आउन थाले । भोजको कार्यक्रम सुरु भयो । समयभाव र जबर्जस्तीनामा प्रकरण मै आफ्नो समय बितेकोले त्यो भोज आफन्तजन सँग भेट गर्ने र भलाकुसारी गर्ने एउटै अबसर थियो । टाढा टाढाबाट आउनु पर्ने निम्तालुहरु आएनन । बाइक र गाडी चलाउने हिम्मत गर्न सकेनन । सडक भरी शोषित पीडितहरुको कमिला हिडाइमा कतै पाङ्राले कसैको पाउ चुम्बन गर्‍यो भने अर्को काण्ड हुन्थ्यो। शान्तिपूर्ण जनसभा भयो, त्यही नै खुशीको कुरा थियो। आउन नसक्नेले फोन गरेर आफ्नो बाध्यता सुनाए । बाध्यता उहाँहरुको मात्र थिएन, देशकै थियो । अत्यन्त ज्वलनशिल पदार्थ बोकी ल्याएको ट्यान्करको ढक्कन खुला जस्तो शहर थियो । सलाइको काँटी सरी कथित मजदूरहरु थिए। आगो सल्किन के बेर ।



एउटा पुण्यको काम साथीभाइ र आफन्तको सहयोगमा सम्पन्न भयो । सबैलाई धन्यवाद दिइ घर फर्कें । अमेरिका फर्किने टिकट मंगलबारको थियो। भोली आईतवार देखी अनिस्चितकालिन आम हडताल । शपिङ र इटिङ गर्न नपाएको मा चिन्ता थिएन अब फर्किने पो कसरी भन्ने चिन्ताले सताउन थाल्यो । दिनभरी भोजको कार्यक्रमको ब्यस्तताले शरीर थाके पनि चिन्ताले सुत्न दिएन । भोली देखिको आम हडताल को रुप रङ कस्तो हुने हो ?


क्रमश :    


 
Posted on 06-09-10 11:03 AM     [Snapshot: 6398]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters