[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 165496 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-22-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो ठुल्दाइ अस्टाईल त मेरै हो तर इलाहाबादी काइदा सँग मेल खान जान्छ
हो नि त, अड्डाँ हुनु ठुलि जस्तो अनी तेस्माथि नि साझा डाउन भयो भने
अक्वारीयम फुटेर बाहिर निस्क्या माछा छट्पटा को हेरी रहनु पर्दैन
भन्न त भने 'माछा' भनेर उता ठुल्दाइ को घाटीमा र्याउ र्याउ गर्न थालयो कि भन्ने नि डर छ आफुलाई


 
Posted on 01-22-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त सोह्रै डलर सही हो रिट्ठे। साझाको सर्बर डाउन्- येह् नहीं हो सकता, भगवानले कहे दो, येह् नहीं हो सकता।


अब एक् छिन् काम गरे जस्तो गर्नु परो।


 
Posted on 01-22-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ को काम सक्किये जस्तो छ, त्यता तिरको घाम नि सक्किये जस्तो छ
तारेमाम


 
Posted on 01-22-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आफु त काम सकेर आए , प्रयोगसाला तिर काम थो एक्छिन ,यन्त्र हारु जाचेर आईयो
ए हन एह लहरे सम्धी ज्यु लाई किन तेसै बात लाउछौ , मिनत गरेर कमाका हुन सम्धी ले , तिम्रा जस्ता टेबुल मुन्तिर बाट ल्याका हैनन हात्ती का बिट्टा.

 
Posted on 01-22-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले कती मिहिनेत गरेर कमाएको भन्ने हाम्लाई नि थाहा छ।
अझ प्रयोगसाला गएर एन्त्र जाचेर आरे,
खुरुक्क दुकुतिमा बसेर सम्धी को घुस खा पैसा  गनेर बस्या भनन
सबैलाई थाहा भएकै कुरा हो, किन लुकाउछौ।

 
Posted on 01-22-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जङ्यो है लहरे जङ्यो
हाहाहा


 
Posted on 01-22-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को आरोप बारे केही भन्नु छ कि बिस्टे? कि मौनतम् स्विक्रितम् लक्षणम् हो?

 
Posted on 01-22-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो भन्नु छ भने भनी हालुम , छैन भने नभनुम


 
Posted on 01-22-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - ८
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! यता कैलाश फर्केपछि शिवजीलाई पनि केही दिनपछि पट्ट्यार लाग्न थाल्यो। दिनभरि भूत, प्रेत, पिशाच मिलेर मर्त्यलोगमा रहेका शिवजीका मन्दिरहरुमा चढाएको नैबैद्य, मिष्ठान्न मात्रै खाँदा खाँदा वाक्क लाग्न थाल्यो र मर्त्यलोगमा गएर खाएको स्वादिष्ट म:मको सम्झना आउन थाल्यो। हुँदा हुँदा भक्तजनहरुलाई दर्शन दिने बेलामा पेटले पनि ट्वार्रर्रर्र कराएर म:म माग्न थाल्यो। यो देखेर भक्तजनहरुले पनि दुख मनाउ गर्दै भन्न लागे "हे महादेव! तपाईं कस्ता भनेदेखि देवताका पनि देवता। आफ्नै घर पार्टीलाई दान दिने मैयादेवी श्रेष्ठभन्दा पनि दानवीर, हाम्रा ज्ञानका ईन्द्र (राजा) ज्ञानेन्द्रभन्दा पनि ज्ञानवीर। माउवादीका प्रचाण्डभन्दा पनि परमवीर, खाउवादीका गिरिजाभन्दा पनि गम्भीर, दाउवादीका देउवाभन्दा पनि धनवीर, मानवादीका माकुनेभन्दा पनि मानवीर। यस्ता तपाईंलाई कोटी कोटी नमस्कार छ। यस्ता तपाईंलाई हामीले भोकै राखेर ठुलो पाप गरेका रहेछौं। आज्ञा भए चौरासी व्यन्जन अहिले नै डेलिभरी गराउँछौं।"

आफ्ना भक्तबाट यस्तो सुनी महादेवले भन्न लागे, "हे भक्त हो! तिमीहरुको विन्तीदेखि म प्रशन्न भएँ। आजभोलि पौष्टिक खानाको अभावले वजन घट्दो छ। यो कैलाशमा बाह्रै मास हिउँ पर्ने हुनाले खेतबारीमा केही लगाउन पाएको छैन। भएको अलिकति करेसाबारीमा भाङ् र धतुरो लगाउँदैमा ठिक छ। तरकारी पनि पार्वती माइतबाट लिएर आएको कोशेलीले मात्रै पुर्याउनु परेको छ। यदि तिमीहरु सक्छौ भने, मलाई गौशालाको चोकनेरको पसलमा बनाउने म:म १०८ प्लेट लिएर आऊ।"

भक्तजनहरु पनि श्रीमहादेवलाई खुसी पार्ने मौका मिलेकोमा अति प्रशन्न भई गौसलाको सो मम पसलबाट १०८ प्लेट मम अर्डर गर्दा भए। संयोग पनि यस्तो परेछ कि, त्यसै पसलमा, बिहे स्थगित गरी तीन महिनाका लागि शहरमा काम गर्न जान्छु भनेर आएकी, जुरेलीले म:म प्याकिङ्को पार्ट-टाइम काम गर्न थालेकी रहिछन्। जुरेलीले पनि बिहेमा महादेवबाट पाएको दु:खको बदला स्वरुप मम प्याक गरेको प्लास्टिकको झोलामा बाहिरबाट सियो रोपेर प्वाल पारिदिइन्। म:म डेलिभरी गर्ने केटोले पत्तै नपाईकन ती १०८ टुक्रा म:म ठाउँ-ठाउँमा झर्दै गयो। र मम झरेका प्रत्येक ठाउँमा पीठहरु बनेर श्रीमहादेवका एक-एक स्वरुप बन्दा भयो। भैंसीको मासुबाट बनेको मम झरेको हुनाले ती ठाउँको नाममा 'महिषाशेश्वर' थपिएको छ (संस्कृतमा भैंसीलाई महिष भन्छ झैं मान्या छु है - गालब)। कुन-कुन पिठमा भैंसीको कुन अंग भएको डल्ला झरे भन्ने बारेमा अर्को अध्यायमा बताउँला।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे अष्टमोध्याय॥८॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।


 
Posted on 01-22-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तहाँ उप्रान्त "हे -- को रे तिमी?" भनी जिम्माल द लास्ट् नेपाली कुमार बा ले उनका सामुन्ने बसेका भक्तलाई सोध्धा भए।

"ह्या कुमार बा पनि -- दिनमै दस चोटी को भनेर सोध्धीनी? अगि भरखर बिस्ट भन्या हैन मैले मेरो नाम -- सुध्धी सुद्धी छैन पूरान भन्न पर्या छ कत्तिन फेरी" भनी रुस्ट हुँदा बिस्टलाई हेरी "हे, बिस्ट त्यसो नभन--जन्मे पछि सबै बुढा हुनु पर्छ, तिमी पनि होलाउ कुनै दिन -- यसरी बृद्धहरुको अपमान नगर भनी नानाथरी तर्क दिई कुमार बा बिस्टलाई सम्झाउँदा भए।

"हैन गुरु पूराण सुराण त अब त्यस्तै हो -- खै त चिलिम आज?" भन्दै त्यही अबसरमा चित्र गुप्त आउँदा भए। चित्रे सोम कस्ता फेरी भन्दा हुँदी टाउकोमा ह्याँमानको एटलास लाएका, एटलासै साईकलमा चढेका एक हातमा सर्लक होम्सको पुस्तक च्यापेका कुनै बिद्वान जस्ता देखिन्थे।

"बज्यालाई अहिले लात्तले हानेर भित्ताँ पुर्याईदिन्छु अनि -- जैले देख्यो चिलिम माग्न आउँछ" भन्दै कुमार बा लाल लाल नेत्र गरी लामा लामा स्वास फेर्दै चित्र गुप्त तर्फ क्रुद्ध दृष्टी दिंदा भए। "हैन गुरु खै भक्तिनीहरु रैन्छन अनि ट्यामपासको लागी एक दुई सर्को तान्ने कि भन्या हो -- रिसानी माफ होस भन्दै चित्र गुप्त साईकल चढ्दा भए --

भाका एक दुईटा भक्तिनीहरु पनि त्यै चित्रेले दिन दिनै गिद्धे स्टेर दिएर अन्तै गए भन्ने बुझेका कुमार बा ले "अझ भक्तिनी भन्दा त--" भनी चित्र गुप्तको साईकललाई एक लात हानी तिन योजन पर धकेल्दा भए।

यसरी एक्कासी कुमार बा अनियन्त्रित भएको देखी हरी लगायतका भक्तजनहरु त्राहिमाम त्राहिमाम गर्न थाले -- बिस्टले सुस्तरी 'कुमार बा! शान्ती शान्ती भन्दा हुँदी हजार सर्पको जस्तो फुँक्कार मारी शान्ती हैन सुधा भन पापिस्ट" भनी कुमार बा हुँकार गर्दा भए।

कुमारबाको हुँकारले त्रिलोक चौध भुबन कम्पयमान भयो। त्यही कम्पनले अचेत भएका भगुतेन्द्र काजी होसमा आए र "हा! तरुनी" भन्दा भए।

इति श्री कुमार बा बिस्टे सम्बादे--- च्याँखे अध्याय प्रथम एबम अन्त्य अध्याय।


 
Posted on 01-22-08 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे भा नभा आरोप नलाउ है हामी दुई सम्धी लाई , गने त गने आफ्नो घडेरी बिखन गरेर, मिनत गरेर जोगाको पैसो गने
तिम्रो ढुकुटी मा डाँका डाल्न गा छैनम केरे
अनी तिम्रो नि तिम्रो त्यो भञ्ज्याङ को सप्पै रुख हरु सखाप पारेर राख्या कुरो चै सार्वजनिक गर्दिम
कुरो गर्छ अहिले लहरो तान्दा पहरो निस्केला है होश गरेर बोलेस लहरे भन्द्या छु

लु हेर न गाम्ले हो , पत्रीका समेत् निस्क्या थ्यो लहरे को यो खबर त


 
Posted on 01-22-08 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर न गाम्ले हो , पत्रीका समेत् निस्क्या थ्यो लहरे को यो खबर त

 
Posted on 01-22-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा! तरुनी" भन्दा भए......

हन ए दिप बर्दर ले त मलाई नि राख्नु भछ स्वोस्तनी मा
तहा उपरान्त के भएछ नि ?


 
Posted on 01-22-08 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिस्टे एक्लै फोटु टाँस्दै, एक्लै बोल्दै गरेर बसिरार'चन्। अनि सम्धि खै त? पैसो माग्दै थे क्यार दिउँसो, सारै खाँचो परे झैँ छ बुढालाई। हेरि त्यो नलिखुट्टो कर कर खा'र डाउडरकाँ जान्चन के रे हप्ताँ आठ नौ दिन अनि के रहन्थो पैसो।

लौ बस्नु परो अब सोस्थानी पढ्न।


 
Posted on 01-22-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 22-Jan-08 07:30 PM

 
Posted on 01-22-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bijay Lama in newari song video !!!! Nice video.
 
Posted on 01-22-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste to all Folks !
 
Posted on 01-22-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bahira tira pahuna gayeko le devanagari ma lekhna nasakyaa kura lai manan gardinu hunchha bhanne aasha rakhdachhu.

nepchi bhaabhi, chhu du? lahare khai ta aja geetanjali ko aroo geet? maile aja kasaiko naam ma euta song dedicate garnu chha kya, timi bato deu na malai plz.

antare daai, la euta haamro paalo ko gaana pani sunum na, lahare le sarhai hepyo kyaa.

 

 


 
Posted on 01-22-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या अर्दै हो रिट्ठे? के छ घर तिर? खान् पिन सकेकै हुनुपर्छ।
लहरे बाउछा नि खै के के गर्दै हो आज।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters