Posted by: Deep January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

तहाँ उप्रान्त "हे -- को रे तिमी?" भनी जिम्माल द लास्ट् नेपाली कुमार बा ले उनका सामुन्ने बसेका भक्तलाई सोध्धा भए।

"ह्या कुमार बा पनि -- दिनमै दस चोटी को भनेर सोध्धीनी? अगि भरखर बिस्ट भन्या हैन मैले मेरो नाम -- सुध्धी सुद्धी छैन पूरान भन्न पर्या छ कत्तिन फेरी" भनी रुस्ट हुँदा बिस्टलाई हेरी "हे, बिस्ट त्यसो नभन--जन्मे पछि सबै बुढा हुनु पर्छ, तिमी पनि होलाउ कुनै दिन -- यसरी बृद्धहरुको अपमान नगर भनी नानाथरी तर्क दिई कुमार बा बिस्टलाई सम्झाउँदा भए।

"हैन गुरु पूराण सुराण त अब त्यस्तै हो -- खै त चिलिम आज?" भन्दै त्यही अबसरमा चित्र गुप्त आउँदा भए। चित्रे सोम कस्ता फेरी भन्दा हुँदी टाउकोमा ह्याँमानको एटलास लाएका, एटलासै साईकलमा चढेका एक हातमा सर्लक होम्सको पुस्तक च्यापेका कुनै बिद्वान जस्ता देखिन्थे।

"बज्यालाई अहिले लात्तले हानेर भित्ताँ पुर्याईदिन्छु अनि -- जैले देख्यो चिलिम माग्न आउँछ" भन्दै कुमार बा लाल लाल नेत्र गरी लामा लामा स्वास फेर्दै चित्र गुप्त तर्फ क्रुद्ध दृष्टी दिंदा भए। "हैन गुरु खै भक्तिनीहरु रैन्छन अनि ट्यामपासको लागी एक दुई सर्को तान्ने कि भन्या हो -- रिसानी माफ होस भन्दै चित्र गुप्त साईकल चढ्दा भए --

भाका एक दुईटा भक्तिनीहरु पनि त्यै चित्रेले दिन दिनै गिद्धे स्टेर दिएर अन्तै गए भन्ने बुझेका कुमार बा ले "अझ भक्तिनी भन्दा त--" भनी चित्र गुप्तको साईकललाई एक लात हानी तिन योजन पर धकेल्दा भए।

यसरी एक्कासी कुमार बा अनियन्त्रित भएको देखी हरी लगायतका भक्तजनहरु त्राहिमाम त्राहिमाम गर्न थाले -- बिस्टले सुस्तरी 'कुमार बा! शान्ती शान्ती भन्दा हुँदी हजार सर्पको जस्तो फुँक्कार मारी शान्ती हैन सुधा भन पापिस्ट" भनी कुमार बा हुँकार गर्दा भए।

कुमारबाको हुँकारले त्रिलोक चौध भुबन कम्पयमान भयो। त्यही कम्पनले अचेत भएका भगुतेन्द्र काजी होसमा आए र "हा! तरुनी" भन्दा भए।

इति श्री कुमार बा बिस्टे सम्बादे--- च्याँखे अध्याय प्रथम एबम अन्त्य अध्याय।

Read Full Discussion Thread for this article