world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 165527 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-24-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्चे ब्रो के छ? ठुल्दाइ तारेमाम, जिम्माल सुड्स जदौ
लहरे के छ यार? चित्रे सञ्चै? बिस्टे नमस्ते
फेवे दर्शन, अक्कले लु परिचय पाम


 
Posted on 01-24-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ब्रो के छ? ठुल्दाइ तारेमाम, जिम्माल सुड्स जदौ
चित्रे सञ्चै? बिस्टे नमस्ते
फेवे दर्शन, अक्कले लु परिचय पाम
 
Posted on 01-24-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मैले अनुमान लाये ठुल्दाइ, म नि तेतै तिर अली वोर् पर थे केरे पोर सम्म ऐले तराइ तिर छ काज तेसैले तराइ को न्यानो मौसम को मजा लिदै छु!

हन ए हाम्री ठुलि कता अल्मलिइन आज , नाक मुख देखिया छैन, ठुलि हो ,,,, ए ठुलि ,,,

 सराट दाइ को चिट्ठी आछ  झट्टै आउ

लहरे लाई छुटे छ , नमस्ते फर्काये है ,,फेरी गन गन गर्न थाल्छ यो त

Last edited: 24-Jan-08 09:37 AM

 
Posted on 01-24-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरे हाम्रो लहरेको नि कप्दै बित्ने भो जवानी
अरु कुरा कपे पनि स्वास्नि बिहे गर्ने कुरामा चाँही नकप है कसैको


 
Posted on 01-24-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लहरेको शायरी आज? डायरी घरमै छुट्यो कि?

 
Posted on 01-24-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्
आज अली फुर्सद छैन
तेसैले पो कपेर बसेको, कुरा सुरा बुझ्नु छैन
यो बिस्ते पहिला आफुले वास्ता नगरने अनी म गन गन गर्‍यो भन्ने
अहिले फेरी
ठुल्दै अहिले लाई सायरी छैन
के हो केटा हो, हिजो त भौते खुब थर्काएछ नि हो
रात भरी हल्ला खाल्ल
उस्तै मिस दिदी आएर भौते लाई उछालेपछी त।
आफु झन सोझो भएर तमासा हेरिरा त, लास्ताँ आएर म सँग पनि निहु खोज्दो राइछ, आज आउन त देउ मुला को मुला नभाची कहाँ छोड्छु र।

 
Posted on 01-24-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बिजी भा भर मैले लेखिदिए एउटा लहरे को नाम् मा

खै त आज लहरे को सायरी ..
छुटयो कि क्या हो घरमा डायरी

Last edited: 24-Jan-08 09:54 AM

 
Posted on 01-24-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै कता अन्मरिएछन पुरे के पुरे गावले लोगन


 
Posted on 01-24-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या खै कत अन्मरे सप्पै गाम्ले ५ फेर रीफ्रेश गरिसके नि कोइ आउने हैनन
अनी भन ए रिट्ठे साइले के हुँदै छ तिम्रो तिर , ठन्डी कत्ती को छ नि ? अड्डा कत्ती को काम छ नि ?
 
Posted on 01-24-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा
बिस्टेलाई नि रिफ्रेश गर्ने रोग लाग्या छ,
घर पुगे सि रातो मुख फेश गर्ने योग लाग्या छ।

 
Posted on 01-24-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अड्डाँ काम को ढड्डा निक्कै छ बिस्टे, ठन्दी त मन्दी हुने नाम नै लिदैन
बिस्टे कता तिर हो? तराइ तिर भन्ने गाई गुइ सुन्या थे, टेउसास हुइकिएउ कि कसो हो?


 
Posted on 01-24-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........----....

" स्वाँsss.. स्वाँsss.. फ्वाँss.. फ्वाँsss...."

" घुर्... घुर्..स्वाँsss..."

(झसंग!)

" आयो! आयो! आयो! आयो!...समात्यो समात्यो समात्यो...."

" स्वाँsss.. स्वाँsss.. फ्वाँss.. फ्वाँsss...."

" घुर्... घुर्..स्वाँsss..."

" मार्यो!.. मार्यो... मार्यो!!... मार्यो.., बजायो.. बजायो.. बजायो!!!.."

"फ्वाँss.. फ्वाँsss स्वाँsss.. स्वाँsss.. सअँअँअँ..सिँ सिँ ठिँ ठिँ.............. अअहहहहम्मममहअअहाsssssssआssईईईईईई.......!!

(कर्याक, कुरुक.... मर्याक मुरुक ....जर्याक जुरुक.....)

" हाsssईsss! कति बजो हँ गाम्ले हो????"


 
Posted on 01-24-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याउँ म्याउँ!
 
Posted on 01-24-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बिर्खे बा, माथिको संबाद को अंश, हाम्रो भउते  डाका को  पो हो कि?
भाखा उस्तै छ।

 
Posted on 01-24-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरा नलेख्या खास, भउते डाँका कै हो- ले हेर्नुस पुरा अंश आज बिहानको

 

........----....

" स्वाँsss.. स्वाँsss.. फ्वाँss.. फ्वाँsss...."

" घुर्... घुर्..स्वाँsss..."

(झसंग!)

" आयो! आयो! आयो! आयो!...समात्यो समात्यो समात्यो...."

" स्वाँsss.. स्वाँsss.. फ्वाँss.. फ्वाँsss...."

" घुर्... घुर्..स्वाँsss..."

" मार्यो!.. मार्यो... मार्यो!!... मार्यो.., बजायो.. बजायो.. बजायो!!!.."

"फ्वाँss.. फ्वाँsss स्वाँsss.. स्वाँsss.. सअँअँअँ..सिँ सिँ ठिँ ठिँ.............. अअहहहहम्मममहअअहाsssssssआssईईईईईई.......!!

(कर्याक, कुरुक.... मर्याक मुरुक ....जर्याक जुरुक.....)

(जुरुक्क..)

फट्.. फट्.. फट्..

घुरुक्क....ढ्याम्म.....सटर पटर..

तुर्... तुर्रर...तुर्..तुर्रर..तुरुरुरुरुरुरुरुरुरुरुरु..तुर्र... तुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुsssssssssssssssssss ...तुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुsssssssssssssssssssss......तुरुरुरु....तुरुरु..तुरुक्क...तुर्रर..तुर्...तुर्...तुर् तुर् तुर् तुर्.....तप्प तप्प तप्प!

घुरुक्क....ढ्याम्म

"आह्ह्ह! क्यार्दैछन हेर्नु पर्यो चौतारीमा गाम्ले पातकीहरु, हिजो दाँत झार्छु भन्या थेँ सब डराएर थर्कमान छ हिँ...हिँहिँ...हिँहिँहिँ"

Last edited: 24-Jan-08 11:24 AM

 
Posted on 01-24-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ जिम्स् सुड्डा! त्यो पछिल्लो भाग त अलि explicit भएन र भन्या?!


 
Posted on 01-24-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ! 

आर्काइभबाट चौतारी सोस्थानिको १० औं अध्याय!

चौतारी स्वस्थानी व्रतकथा - १०
वाचक - गालब


यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तहाँ उप्रान्त मिनोसोट्टारमा पुगेपछि कलेजोको मम पतन भई कलेजेश्वरी देवी उत्पन्न भईन्। त्यस ठाउँमा नमे आई दौंतरीका साथ चौतारीको निर्माण गरी वरपीपल लगाई, बाजागाजा बजाई, फलफुलहरु सजाई पूजा गर्न लागे। देवी प्रसन्न भई वर माग भनिन्। नमेले पनि "मेरो रुघा सँधैंको लागि निको होस्। र, अहिलेको गाडी अलि पुरानो भएकोले मलाई अर्कै वाहन मिलाइपाऊँ" भनी वर मागे। यस्तो सुनी देवीले "हे नमे! यो रुघा भनेको भाइरसले लाग्छ। यसको कुनै ओखती छैन। ओखती खाए असर देखिन एक हप्ता लाग्छ, नखाए पनि एक हप्तैमा निको हुन्छ। बरु यो अदुवा राख, अदुवापानीले अलि ठीक गर्ला। अनि, बाहनको कुरा, मसँग अहिले यो लुतोखटिरा आएको बुढो गधा छ। सामान पनि बोक्न सक्दैन। मलाई कता फालुँ भइरहेको छ; यसले हुन्छ भने लैजाऊ" भन्नुभयो। लुते-खटिरे गधा भन्दा अहिलैको जाँते खटिरा आएको मटरै बेस भनेर नमे पनि खाली हात फर्किन लागे। बाटोमा मम बोक्ने केटालाई देखेर भन्न लागे "हे बालक! तिमीले महादेवलाई मम पुर्याउन आएका रहेछौ। महादेव त नेपालको हिमालय पर्वतमा बस्छन् त्यतै जाऊ।" नमेको कुरा सुनेर उक्त केटा पनि काशी जान कुतीको बाटो हिंडेछु भन्दै नेपालतिर लाग्यो।

नेपालको बालुवाटारभन्ने स्थानमा ममको अर्को डल्लो पतन भई यस पटक देवीको सट्टामा गिरिजेश्वर प्रभु प्रकट हुनुभयो। त्यस स्थानमा एक शय आठजना नवयुवक आई स्तुति गर्न लागे "हे प्रभु! तपाईं कस्ता भने राजनेताका पनि नेता। नाम 'गिरिजा' भए पनि कहिल्यै गिर्न परेन। राजाले 'गिरिजा, गिरी---ई जा' भनेर केही समयलाई गिराइदिए पनि तपाईं पछि फेरि उठेर आउनुभयो। यस्ता हवल्दार तपाईंलाई 'जय नेपाल' छ। अब हामीलाई तपाईं जस्तो तपस्वी र तेजस्वी, कुटील र रुपील, प्रश्ट र भ्रष्ट कसरी हुन सकिन्छ, आज्ञा हवस्।" यस्तो सुनेर गिरिजेश्वरले भन्न लागे "मैले भन्देको छु। मैले के भन्देको छु भने, म जे भन्छु त्यो पुर्याउँछु र जे पुर्याउँछु त्यो मात्रै भन्छु।" यो भनेको सुनेर भक्तहरु पनि "हे गिरिजेश्वर! तपाईं यस बिषयमा के भन्नुहुन्छ र के पुर्याउनुहुन्छ? भन्नुहोला" भन्दा गिरिजेश्वर पनि भन्न लागे "म भन्छु। म के भन्छु भने म जे भन्छु त्यो भन्छु; जे भन्दिन म भन्दै भन्दिन। यो बिषयमा जरुर पनि भन्छु र जे भन्छु, म भन्छु भन्छु र त्यो म भोलि भन्छु।" यतिभन्दै गिरिजेश्वर महादेव वालुवाटारको विल्डिङ्तिर बिलिन भएपछि बिन्ती बिसाउँदै बसेका बिचरा केटाहरु मुखामुख गर्न लागे।

बुढानिलकण्ठमा पुगेपसि अर्को डल्लो पतन भयो। त्यस पुण्यस्थलमा पनि अर्की महिषेश्वरी प्रकट भई शिवशक्ति स्वरुपले रहनुभयो। त्यस स्थलमा शेरवहादुर देउवा नामका व्यक्ति आई पजेरो र पैसा चढाई स्तूति गर्न लागे। ईश्वरी प्रकट भई वर माग भन्दा उनले "प्रधानमन्त्री पद पाऊँ" भन्न लागे। यस्तो सुनेर देवीले "हे देउवा! तिम्रो नामै 'देऊ बा'! त्यही भएर प्रधानमन्त्री पनि त्यही चुच्चे बुढालाई नै देऊ बा। तीन पटक प्रधानमन्त्री हुँदा सांसदलाई पजेरो दियौ बा! राजालाई तलब बढी दियौ बा! अब पहिले देशमा गणतन्त्र लेऊ बा! अनि मात्र प्रधानमन्त्री हुने सा---नो आशा लेऊ बा!' भन्दै अन्तर्ध्यान भइन्।

रात पनि पर्यो र मम बोकेको केटोले नजीकैको पाटीमा बास बस्न। दिनभरिको हिंडाइले भोक लागेकोले केही खाऊँ भन्दा नपाई त्यही मम दुई प्लेट हाब्स दिन लाग्यो। भोलिपल्ट बिहान सबेरै के करायो भनेर उठ्दा आफ्नै पेटबाट ह्वाँ ह्वाँ गरेर सेती भैंसीको स्वर सुनेर "ल बरबाद भयो। यस्तो बासी र खराब मासु रहेछ। मलाई त समात्यो समात्यो। शिवजीलाई पनि डाइरियाले समाउला" भन्दै मम जति त्यहीं नजीकको खोलामा फालेर उज्यालो भएपछि बाटोमा अष्टोत्तर शय घारीको छेल पर्दै आराम गर्दै गौशाला पुग्यो।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे दशमोध्याय॥१०॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।



 
Posted on 01-24-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

क्यार्न ब्यान ब्यानै कुईँक्याछौ जिम्माल बुढा? चिसोले नलिखुट्टी चर्किन थाल्यो कि के हो?

तारेमाम राहुलदा, बिस्टे, रिठ्टे, चित्रे, लहरे, अक्कले, नेप्चे अनि यो पेजाँ भा'का नभाका सबै गाम्ले तथा मेरो डरले रिफ्रेश मात्र गरेर धुतुनु देखाउन डराएर बसेका दुश्मनहरुलाई पनि।

हिजो राति सपनीमा त दाँतै दाँत देखियो यार। एउटा टिप्छु अगाडि दुइटा देखिन्छ, फेरि त्यो टिप्छु अगाडि ५-६ वटा देखिनी फेरि त्यो पनि बटुल्यो अगाडि त १००-१५० दाँत असरल्ल परेर बसेका त्यो बटुल्न नभ्याउँदै त त्यो भन्दा अगाडि दाँतै दाँतको पहाडै जस्तो थुप्रो ल !

हिजो राति सपनीमा दाँत देखेँ

तिनपानेले लगाएको मात देखेँ।

 

सहास-भरी भुस्तिघ्रे मात्र हैन

थर थरी काँपिएका आँत देखे

 

आफ्नो ज्यान जोगाएर हाँस्दै

अरुलाई उचाल्ने कु-जात देखेँ

 

न हावा नहुरी न भुइँचालो छि:

बेकारमै हल्लिएका पात देखे

 

रङ्गिन जमात मात्र हैन'छ चौतारी

मिलापमा बढ्ने पनि हात देखेँ जे पायो त्यै हा हा हा

 

 

 

 

Last edited: 24-Jan-08 12:44 PM

 
Posted on 01-24-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल !  जिम्माल हा हा हा हा हा हा

घुरुक्क....ढ्याम्म.....सटर पटर...फुत्लुक्क...   rolling on the floor rolling on the floor rolling on the floor


 
Posted on 01-24-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाली पनि ताली शैलीमा, भउते भाते?
भर्खरै उठ्या होला, ओछ्यान मै  ...त्या होला।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters