[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 300163 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-08-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गर्छ लहरे मन्डे त दूध र भात खान्छु , फ्राइडे मात्रै हो फाइ गरेर खाने चिसो सँग।
 
Posted on 09-08-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी मैले के भने त हर्के दाई - कुरा सुरा बुझ्नु छैन
दुध पिएर झ्याप हुने भन्या नि,
दिमाग मै तिनपाने मात्र छ मान्छे को अनी कसरी कुरा बुझोस् त,
कहिले काही दुध पनि खाने गर - तिमलाई भनेर भनेको नत्र बाल मतलब
 
Posted on 09-08-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तेसोपो कुरो , बूङूर खादा खादा बूङूर्को जस्तो भयी सक्यो दिमाग क्या मेरो , अनी ल ल दूध खार ज्याप हुने हो लहरे र म आज बेलुका ,
अहिले चै केही खानु पर्‍यो भुँडी कराउन थाल्यो है त आहिले कुइँ कूइ गर्न थाल्छ यो बेइमान भुँडी।
 
Posted on 09-08-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के तारेमाम।
सब जना को हसुर्‍याइ समापन भएको होला भन्ने मानेछु।


बौचाले यस्तो गफ गर्न कहाँ बाट सिकेको हो? कोचिङ लिनु परो जस्तो छ।


अली अली काम गरे जस्तो गर्दै गरेकोले छुस्स छुस्स मात्र चौतारी प्रबेश हुने अग्रिम जानकारी गराउन चाहन्छु।
 


 
Posted on 09-08-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपू, हो नि मलाई त एकदमै मनपर्छ त्यो भाँडो। गाम्ले थुप्रै छन्, अलि ठुलो छानेर ल्याइदेउ है। नक्कली पर्ला, अलि बिचार गर है किन्दा।

हर्के, आज गोरु खाएको कि सुङुर खाएको नि? अनि वीकेन्डको साँझ पर्‍यो कि त्यो कोक्याउने बियर राख्ने गरेको छौ नि? पींडालूको रस हो कि के हो त्यो?        

 
Posted on 09-08-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक जना छ नक्खरमाउली छ  शिकागोमा - अस्ती फोन गरी है - के भन्छ भनेको त उस्को समर बिग्र्यो रे टिउसन तिर्ने पैसो छैन रे  - के गर्ने रे - मैले पनि क्रेडिट कार्ड स्वाप गर्ने अरु के गर्ने नि भन्दे है।
त्यस्पछी अर्को दिन फोन गरेर वीकेन्द मा उस्को प्लान छ
मलाई आउनु पर्दैन रे - बाल मतलाब मलाई पनि ठिकै भयो भनेर बसे,
नत्र कम पैसो खर्च हुन्थ्यो - पैसो बच्यो भनेर बस्यो दिनभरी सुतियो -- कान पनि हल्का भएको छ नत्र ट्यार ट्यार र टुर टुर गरेर एकछिन बस्न दिदैन्थ्यो।


 
Posted on 09-08-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका एक्छिन लुसु पुसु गर्दै काम गर्या जस्तो गरेको त ७५ एम.पि.एच को स्पीडमा डौड्याएछन ! टिकस पाउला है होस् गर साथी हो ! पढ्न नि भ्याइन्न !

हन यो बौचोले कती कुरा जान्या हँ? चौतारीमा छिर्दा सम्म राम्रो सँग 'जदौ' लेख्न जान्दैनथ्यो हिज आज त हाम्लाई नै पछार्न खोज्छ भन्या ! 'दसमुला रिस्ट' खाने गरेको छौ कि क्या हो लहरे?

हर्के, जदौ क्यारिदैछ? लन्च पेलियो अनी

दिपिका ठिकै छ खबर त, बौचा ले के के भन्छ नचाहिदो मलाई हेर त हुँदा हुँदा ठुल्दाइको नि मर्यादामा आँच (आsssच होइन नि फेरी) आउने कुरा गर्छ

 

Last edited: 08-Sep-08 02:03 PM

 
Posted on 09-08-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बौचा, त्यो नखरमाउली को परिन् त ?
चक्कर त धेरै नै छ जस्तो छ।

 
Posted on 09-08-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को अर्को भाग मिटिङ सके पछी 
 
Posted on 09-08-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई सारो पीर परेछ अनि "अंगुर कस्तो अमिलो" भने जस्तै गरेर बसेको!!
रिठ्ठेब्रो, लहरेले त गफमुलारिष्ट खान्छ जस्तो लाग्यो मलाई, खाली गफ दिन्छ अचेल!!
 
Posted on 09-08-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा चेली, ठिकै भन्योउ बौचाले गफमुला रिस्ट कि त गफोका (अशोका) रिस्ट खान्छ पक्कै !

ठुल्दाइ, लहरे लाई कुरा गर्न कस्ले सिकाउनु पर्‍यो !

'हर्के र खाना' को सम्बन्ध केलाउनै पर्ने भ'को छ एकदिन फुर्सदमा !


 
Posted on 09-08-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चक्कर घन चक्कर धन चक्कर बाट लरकी चक्कर मा हुने लहरे लाई गफ न आए कसलाई आउछ, हामी जस्तो साधु शन्त लाई ?


लहरे करे तो लीला
हमा करे तो क्यारेक्टर ढिला ?
लहरे करे तो लोप
हम करे तो लोप्पा ?

 


 
Posted on 09-08-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे करे तो चमत्कार
हम करे तो बलत्कार?
 
Posted on 09-08-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे करे तो चमत्कार
हम करे तो बलत्कार?


 
Posted on 09-08-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब समर कसरी बिग्र्यो भन्लाउ - ल सुन
वीकेन्द काम नगर्ने - बिहान १० देखी राती ६-७ बजे सम्म मात्र काम गर्ने त्यस्पछी दिन्दिनै कहिले के कहिले के, नाच्न पनि उलाई नै पर्ने, घुम्न नि उलाई पर्ने, किन्न नि उलाई पर्ने, महँगो ठाउँ मा उलाई नै खानु पर्ने अनी कार्ड चाँही मेरो घोट्ने - बाबा नसकिने

अस्ती म्याडिसन आयो घुम्न - रमाइलो लागेन रे - एस्तो ठाउँ पनि ठाउँ रे, मन परेन रे - मलाई नै आउ रे शिकागो। आफ्नो पैसा खर्च गरेर आएपछी कहाँ हुन्छ त रमाइलो - भन्न लाथे घाँटि सम्म आकोथ्यो - निल्दीएँ

अनी अस्ती ANA गाको नि थाहै नदीकन, साझा मा फोटो देखेर बबाल। त्यो सानचा लाई नि किन फोटो राख्नु परेको होला। अनी त घुम्नु पर्‍यो रे उलाई पनि - अप्सन दिएको मलाई
१ न्यू योर्क
२ वेष्ट कोस्ट
३ फ्लोरिडा
एस्तो नि अप्सन हुन्छ।
बहुला कुकुर ले टोक्या छ र, आफु मरी मरी काम गरेर पैसा कमाउने, उ चाँही यो चाहियो त्यो चाहियो भन्ने। विन्टर मा जाउला वेष्ट कोस्ट भनेर फकाको छु। अहिले देखी नै प्लान सुरु भैसक्यो, अब विन्टर मा नयाँ बाहाना खोज्नु पर्ला। अहिले त ठुस्क्या छ जती ठुस्के नि ठुस्कोस्। किन ठुस्किन मन लाको होला है त्यो नखर्माउलीलाई।

कसरी ठुस्किन्छ भन्ने बारेमा लेखेपछी टाँस्नेछु।     

 


 
Posted on 09-08-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मार्यो बाउचाले हँसाएर। अनि सुनाउ न त कसरी ठुस्किन्छे भनेर।  

 
Posted on 09-08-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचाको प्रगति देखेर म दङ परें। यस्तै गरि दिन दुइगुना रात चौगुना प्रगति गर है।
पार्टनर छु दु? धेरै भो भेटघाट नभाको नि।
सबैको गाथमा आरम होस भनी श्रि पशुपतिनाथ सङ प्रार्थना गर्दछु।
सबैलाइ नमस्कार।

 
Posted on 09-08-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो पार्ट्नर छु ख? केही हप्ता अघि अप्रत्याशित रुपमा हाम्रो फोनमा कुरा भएको रहेछ, थाहा पाएको भए त दुई चार राउन्ड गीत त्यही बेला गाउनु हुन्थ्यो नि। पछि पो रहस्य खुल्यो त।
खोइ कता गए अरु सबै?         

 
Posted on 09-08-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुस्किन्छ कसरी भन्दा पनि कसरी लोप पर्‍यो भेट कसरी भो भनेर भनौ न पहिला।

त्यो नकचरी शिकागोमा पढ्छ undergrad क्या त्यही। एही सालको मे तिर जाडो सकेर घुम्नु पर्‍यो भनेर शिकागो गएँ। ठाउँ त रमाइलो थियो। घुमघाम गरेर बलिङ खेल्न गैयो। त्यही ठाउँ मा एक हुल भनु कि बथान केटी हरु - अप्सरा भनुन पनि खेलिराथी, खेल्न त्यती नआउने JPT खेल्दैथ्यो, खेल्ने भन्दा नि हाँस्ने धेरै, आफु पनि साथीहरु सँग खेल्न शुरु गेरे। आफुत खेल्न मग्न तर पनि कहिले काही नजर उठाएर हेरिथ्यो। एक जना मेरो साथी ले मलाई खुसुक्क त्यो एक जना केटी ले अघिदेखी मलाई हेरिराकोछ भनेर भन्यो। नाक फुलेर कस्तो मेरो - दंग भएँ अनी यसो हेरेको त मुसुक्क पो हाँस्दो रैछ। हंग्सले झन्डै ठाउँ छोडेको मेरो। राम्री त ब'बाल राम्री नि, सलक्क परेको जिउ, हाइट पनि ठिकै थियो, आँखा को त कुरै नगरु - त्यही आँखा मा डुब्ने रहर जाग्यो - साथ साथै सविना राइको गीत पनि याद आयो।

कोमल तिम्रो त्यो बदन मा
ढल्न मन लाग्यो
एकछिन लाई सारा भुलेर
हराउन मलाई इच्छा जाग्यो

एकछिन पछी म मेरो अडर रेडी भएको लिन गएँ। पैसा बुझाउन्दै थिएँ, मेरो नजिकै आएर उभी अनी हाइ आइ एम ----- भनेर भनी मैले पनि आइ एम लहरे भनेर भने। कस्तो मिठो बोली - कानमा ध्वनी बज्यो मेरो। एकछिन पछी हाम्रो साथीहरु सँग उस्को साथीहरु को बिच पनि कुरा कानी भयो - यानी चिनाजान भयो।

अब मलाई खेल्न मन लागेको थिएन, साथीहरु लाई तिमीहरु खेलिराख भनेर म अली पर पट्टी रहेको सोफामा गएर बसे। उस्लाई मौका मिलिहाल्यो, भन्नै परेर आएर बसी। के भो किन नखलेको भनेर सोधी - एसरी शुरु भएको गफ एकैछिन्मा कहाँ पुग्यो कहाँ पुग्यो। मस्किदै मेरो बारेमा सोध्न थाले - मैले  पनि भन्दै गएँ। उस्ले नि आफ्नो बारेमा भनी। उस्ले भनेको एउटा कुरा अहिले पनि मलाई याद छ,  I am a simple girl with simple thinking  रे धेरै हाइ फाइ मान्छे हरु मन पर्दैन रे, रिस पनि चाडै उठ्दैन रे अनी एकदमै सोसिएलाइज हुन सक्ने मान्छे रे अनी मान्छे ठुस्स परेको त मनै पर्दैन रे। मक्ख पर्दै सुन्दै गएँ। आफुलाई के था जाल बुन्दै छ भनेर फसिदै गयो लहरे। मेरो हरेक कुरा मा उ हाँस्थी, मन चाँही आनन्द थियो मेरो। त्यो दिन उसँग एक घण्टा जती कुरा गर्‍यो होला। पत्तै पाएन टाईम गएको।
जाने टाईम भयो, मलाई पनि फर्किनु थियो म्याडिसन, जाने बेलामा हग गरी मोरिले - दिल बागबाग भयो अनी त्यही बेला मेरो पाइन्ट को खल्ती मा केही हाल्द्यो  । जादै गर्दा फर्केर हेरी अनी मुसुक्क हाँसी। मैले खल्टी बाट तो चिज निकाले - काचकुच परेको कागज रैछ, खोलेर हेरे
मैले जे सोचे त्यही थियो फोन नम्बर दिएर गइ मोरिले अनी सँगै लेखेको थियो कल मी। 

क्रमश:       


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters