Posted by: serial September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

अब समर कसरी बिग्र्यो भन्लाउ - ल सुन
वीकेन्द काम नगर्ने - बिहान १० देखी राती ६-७ बजे सम्म मात्र काम गर्ने त्यस्पछी दिन्दिनै कहिले के कहिले के, नाच्न पनि उलाई नै पर्ने, घुम्न नि उलाई पर्ने, किन्न नि उलाई पर्ने, महँगो ठाउँ मा उलाई नै खानु पर्ने अनी कार्ड चाँही मेरो घोट्ने - बाबा नसकिने

अस्ती म्याडिसन आयो घुम्न - रमाइलो लागेन रे - एस्तो ठाउँ पनि ठाउँ रे, मन परेन रे - मलाई नै आउ रे शिकागो। आफ्नो पैसा खर्च गरेर आएपछी कहाँ हुन्छ त रमाइलो - भन्न लाथे घाँटि सम्म आकोथ्यो - निल्दीएँ

अनी अस्ती ANA गाको नि थाहै नदीकन, साझा मा फोटो देखेर बबाल। त्यो सानचा लाई नि किन फोटो राख्नु परेको होला। अनी त घुम्नु पर्‍यो रे उलाई पनि - अप्सन दिएको मलाई
१ न्यू योर्क
२ वेष्ट कोस्ट
३ फ्लोरिडा
एस्तो नि अप्सन हुन्छ।
बहुला कुकुर ले टोक्या छ र, आफु मरी मरी काम गरेर पैसा कमाउने, उ चाँही यो चाहियो त्यो चाहियो भन्ने। विन्टर मा जाउला वेष्ट कोस्ट भनेर फकाको छु। अहिले देखी नै प्लान सुरु भैसक्यो, अब विन्टर मा नयाँ बाहाना खोज्नु पर्ला। अहिले त ठुस्क्या छ जती ठुस्के नि ठुस्कोस्। किन ठुस्किन मन लाको होला है त्यो नखर्माउलीलाई।

कसरी ठुस्किन्छ भन्ने बारेमा लेखेपछी टाँस्नेछु।     

 

Read Full Discussion Thread for this article