nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 120208 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-04-06 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो, आज लोक कवि अलि मियाको निधन भएछ। समाचार सुनेर म स्तब्ध भएँ। वहाँ ४-५ चोटि हाम्रो स्कूलको साहित्यिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनुभएको थियो। जहिले पनि १ घन्टा जसो गीत सुनाउनु हुन्थ्यो,

जस्तै

-- आकासमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ।

-- घर पनि छैन दाइ मेरो, डर पनि लाग्दैन कसैको।

-- काँधमाथि काँध दिउँला, छातिमाथि छाति, यी आमा (नेपालआमा)लाई लैजानुछ माछापुछ्रेमाथि।

इन्द्रराज्यलक्ष्मी पुरस्कार पाएर पनि, लोककवि जस्तो राष्ट्रिय दर्जाको व्यक्तित्वको रुपमा गनिए पनि जिन्दगीभर पोखराको बाँझापाटनमा चुरा बेचेर जीवन यापन गर्नुभयो।

आज दिनभर मैले अलिमियालाई सम्झिरहें। चौतारीको पेटीमा बसेर श्रद्दाञ्जलि!

अरु समाचारको लागि http://www.thikthak.com/news/index.php
 
Posted on 08-04-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी तिमी लाई जन्म दिनी को धरै धरै बधाई छ । हप्पी बदे तो यौ ।
हेर कुम्ले लाई मात्र कके खान निम्तो गरेको ।

 
Posted on 08-04-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Titauri this cake is for u & kumle. enjoy :P
 
Posted on 08-04-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरे मैले यो तितौरी को लागि कके किन्द किन्दै हजिर गर्नु भुसुकै वीरसेछ ।
रोल #६ ठुलि
हाजिर मिस्
 
Posted on 08-04-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फबाट पनि अलिमियालाइ श्रधान्जली । उनको कण्ठभबाट पनि मैले गित सुन्न पाको थियो । गालब, उनले त पेन्सेनक्यामपमा होइन र चुरा बेच्ने ?
 
Posted on 08-04-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोककविको निधनले साह्रै दु:ख लाग्यो। पोखरेली साँस्कृतिक युवा परिवारको एउटा कार्यक्रममा देख्ने र सुन्ने मौका पाएको थिएँ मैले शालीन, सरल लोककवि अलि मियालाई।

धेरै धेरै श्रध्दाञ्जली, लोककविको आत्माले चिर शान्ति पाओस्।
 
Posted on 08-04-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेदाइ -- अलिमियाको घर चैं बाँझपाटनको कालिका (?) स्कूलनिर हो क्यारे! पसल चैं पेन्सन क्याम्प पनि हुनसक्छ।
 
Posted on 08-04-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो जान्ने भएर टाँसिहालियो। चौतारीको माहौलसंग अलि नमिल्ने परेछ कि क्या हो! अब आधा टाँसेर छोडे आधा टाउको दुख्छ भन्छन्। त्यसैले बाँकी पनि टाँस्दिन्छु, दुखे पनि पूरै टाउको दुखोस्!
पढिदिने सबैलाई धन्यवाद है!

पुराना बामनेताको एक दिन
-२-

जबकि केहि दिन अघिमात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै संगै पढ्ने एउटा नेपाली केटासंग बिहे गरें र दुबै जागिर खाँदैछौँ कुनै बिदेशी कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसंग बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसंगै गरिछे, ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीको अगाडि टन्न दाइजो दिएर छोरीहरुको बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" ।

कल्चर सीटमा पढाए उनले छोरीहरुलाई र कान्छो छोरोलाई भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ चलाऊँछ र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्नसक्यो, दंग छन् उनि।

नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा झुण्डाएको सपना देखेपछि आत्तिएर ब्युँझन्छन् "पुराना वाम नेता" । जीऊ पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाऊँछन् गीतविनाको धून सुसेल्दै र सपना बिर्सन्छन्।

साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'। सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!) दुई जनाको गफ शुरु हुन्छ, दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युद्ध भइरहेछ।

एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ।
"फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने।
"फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!)
यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ।

घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।
 
Posted on 08-04-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तिमिले पोखराको कुरा गर्दा भुले जस्तो लाग्यो । एक पटक हासे है ? कालिका स्कुल त पेन्सेन क्यामपनिर हो नि? अनि अलिमियिको घर चाइ मिया पाटन हो । त्यसको अलि नजिक चाइ भद्राकालिस्कुल हो, त्यो स्कुल चाइ बाझापाटनमा हो । यति छिटो भुल्न भएन ।
 
Posted on 08-04-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली लोकगितका एक महान हस्तिको दुखद् निधनले अचानक नरमाईलो बनाइदियो!
अली मियाँको आत्माले शान्ती पाओस!

******************
थुल्ननि कत्तो लाम्लो केक बनाएको तिमले आपैले बेक गरेर बनाइको हो? इसतरबेरी एउता मलाई देउ न है ? :)
*********************
तितौरीलाई फेरि एकपटक शुभकामना छ! अब केक को पहिलो टुक्रा त बुडो पाको मुन्छे मैले ने भेट्छु होला..आँSSS अर्नु परो तितौरीले मुखमा हालिदिन्छे ( न कोइ ठिटो नै छ कि पहिला केक खुवाउनु पर्ने के जान्नु आजकलका केटाकेटी) :)
**********
हा हा हा गोताएँ, पुराना बाम नेता को चरित्र गजब को छ...अरुलाई दरबारिया बनेको आरोप लाउने अनि आफू राष्ट्रिय सभामा छानिने कुरामा ढुक्क हुने
 
Posted on 08-04-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा, मिस् , ठुल्नानि ,कुम्ले , नेपे, गोतामेजि,ग्वाचे ,मिस्टे ,गालब्, अनि अरु सबै लाइ राम्रो राम्रो फुल्को गिफ्ट् र B'day wishes ko लागि धेरै धेरै धन्यबाद् ।
यहा केक् ल्याएकिछु सबजना लाइ
enjoy the cake --- :D

 
Posted on 08-04-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली मियाँको आत्माले शान्ती पाओस! हुन त मैले उहाँका लोक गीत सुन्ने मौका पाएको जस्तो लाग्दैन, तर पनि सारै नरमाइलो लाग्यो।

HAPPY BIRTHDAY तिरु -- एउटा केक बच्या रैछ त्यो चाहिँ म खान्छु है।
 
Posted on 08-04-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बिर्खे दै मैले नै यो कके बेक गरेको। कस्तो लग्यो। तपै ले नि चाखन पाउनु ब्गो नि।
वीरखे दाई तपाईं को बदे कैले हो मलाई खबर गर्नुस् म तपाईं को लागि यो भन्दा दाम्मी कके बेक गेर्दिम ल । एस्तबेरी अनि काजु, दाख्, वडाम् अनि के के।
 
Posted on 08-04-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा.... क्या मिठो केक..अझै मुख गुलियो भैराको छ...अरु छैन तितौरी?
सान्नानि आइछिन्..... झन्डै मैले त्यो बाँकि भएको केक पनि बाजाइसकेको..:)

हुन्च थुल्ननि मेरो बडे आउदैच, अब साथि बरसको हुनि बेला भो रामरो केक बनाइनेद हइ? :)
 
Posted on 08-04-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त यो केक भउते सङ्ग बाँडेर खानि हो।

हिजो दुइ भाई मिलेर त्यो रिकुटेलाई डाँडा कटाइयो क्यारे। त्यत्रो ठुलो सहयोग गरेको छ भउतेले, कसरी छुटाउने?

हैन कस्तो बलियो भे छ भने यो भउते, त्यो रिकुटेलाई त एकैछिनमा कर्याककुरुक एक पोको पारिदियो। अनि मलाई सम्झना आयो हाम्रा पुन्टे दाईको। कस्तो गति हुनेथियो होला बिचराको भनेर। क्या बनाएछ भने जिउ पनि। राम राम राम!!

**************************************************************
साँच्चि मैले पनि अलि मियाँको बारेमा नाम मात्र सुनेको हो तर उनको कविताहरु पढ्ने मौका पाएको छुइन। बरु कसैले यहाँ राखिदिनु भए आभारी हुने थिएँ।
अली मियाँको आत्माले शान्ती पाओस!
 
Posted on 08-04-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे जिम्माल बा, म त मुख हेर्या हेरै हुने रैछु एक्छिन् ढिलो आएको भए त।

 
Posted on 08-04-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले मैले खाइसकेँ तिम्रो केक त ल हेर त ९ जनालाई भनेर ९ वटा रिकापीमा ल्याएकी रैछ तिरुले, अनि तिमि आएको थिएनौ अनि मैले खाएँ नि नरिसाउ है।
 
Posted on 08-04-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि म हेर्दै थिए तिमिले ले मलाइ बिर्सेउ भनेर :( तर होइन रहेछ । थ्यान्क् यु। :D
let's get ready for the party tonight . ALL r INVITED :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters