Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Bishwa Niketan School Refresh page to view new replies
 विश्व निकेतन का उज्वल नक्षत्र हरु

[Please view other pages to see the rest of the postings. Total posts: 355]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

my school my pride
[VIEWED 157504 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-28-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व निकेतन स्कूल मा अध्ययन गर्नु भएका मित्र, दाजु-भाइ, दिदी बहिनी सबै मा यो राहुल भाइको स्वागत छ । तीता, मीठा पल हरुको सम्झना फेरी गरम भनेर यो धागो सुरु गरेको छु, धागोमा फूल उन्नु होला, माला गास्नु छ । अस्तु!
 
Posted on 02-19-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टन्न पैसा गोजिमा बोक्ने
खलासिलाइ हुन्न डर ।
मित्र नै पो हो कि क्या हो
खलासि र पाकेटमार ।।
क्रमश:
 
Posted on 02-22-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शङ्का हामीलाइ लाग्थ्यो तहाँ
खलासिको आनिबानि ।
प्रमाण केहि छैन हातमा
दोष लाउन पाइएन नि।
क्रमश:
 
Posted on 02-22-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारी बाहेक अरु तरकारी नै छैन कि क्या हो बिश्व उद्यान मा ?
जाग है मित्र हरु, बिश्व निकेतन चम्किरहनु पर्दछ ।
 
Posted on 02-22-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म विश्वनिकेतनको उज्ज्वल नक्षत्र त हैन तर विश्वनिकेतनसंग अप्रत्यक्ष रुपले अलिकति जोडिएकोले मात्रै यता पस्ने दुस्साहस गरेको हुँ। माफी चाहन्छु।

एस.एल.सी. को लागि दुई महिना ट्यूशन पढने सिलसिलामा अंग्रेजी गम्भिरमान सरकोमा र गणित पूर्ण बहादुर सरकोमा पढेको थिएँ। गम्भिरमान सरकोमा विद्यार्थीहरु अति धेरै हुने। हामी पढ्दा एउटै ग्रुपमा २५-२६ जना थियौं, लामो कोठाको चारैतिर भित्तामा लहर लागेर बस्थ्यौं हामी। गम्भिरमान सरले कोर्सबाट भन्दा पनि फ्री-स्टाईलले पढाउनु हुन्थ्यो। गम्भिरमान सरसंगको दुई महिनाले मेरो गाउँले स्कूलको अंग्रेजीलाई धेरै सुधा-यो।
गम्भिरमान सरको बाट छुटेर दौडी-दौडी पूर्ण बहादुर सरको कोठामा पुग्थें गणित पढ्न। पूर्ण बहादुर सर काठमाडौंका अरु स्कूलका विद्यार्थीहरुमा पनि एकदम लोकप्रिय।

अहिले गम्भिरमान सर र पूर्ण बहादुर सरको हालखबर के छ हँ साथीहरु?
 
Posted on 02-22-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गम्भिर मान सर अलि बुढो देखिनुहुन्छ (he is over 70) तर नी वंहाको त्यो हंसिलो मुहार उस्तै छ। अलि दुब्लाउनु पनि भएछ। आफ्नो अर्धांगिनीको मृत्यु, छोराहरुको हालत, यो उमेरमा भारी पर्यो सरलाई।

बांगेमुढाबाट सोह्र्खुट्टे बसाईं सर्नुभएको छ। बनस्थलि +२ मा अध्यापन गरांउदै हुनुहुन्छ। कंहि आफ्ना पुराना विद्यार्थीहरु भेटियो भने घन्टौं सुख दुखका गफ् गर्नुहुन्छ। अझै पनि उस्तै तरीकाले सम्झाउनुहुन्छ, मार्गदर्शन् दिनुहुन्छ। हरेक विद्यार्थीको मनमा गहिरो छाप छोडन सफल् हुनुभाको छ गम्भिर मान सर।
पुर्ण बहादुर् सरले बल्ल तल्ल काठमाण्डुमा एउटा घडेरी जोर्नु भाको छ। तर वहांको पारिवरिक जीवन राम्रो हुन सकेन। अझै वहां ट्युशन् पढाउनु हुन्छ। अहिले विश्व निकेतन् +२ को इन्चार्ज हुनुहुन्छ।
 
Posted on 02-22-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी पनि कहीं न कहीं विश्व निकेतन सँग सम्बन्धित हुनु हुंदो रहेछ, स्वागत छ विश्व उद्यान मा । स्कूल अरु भए पनि सम आदरणिय गम्भीर मान सरका चेला हुनु हुदो रहेछ, हामीलाई त्यती नाता नै काफी छ ।
आज जे छु, जहाँ छु , गम्भिर मान सर र विश्व निकेतन कै देन हो जस्तो लाग्छ । नेपाली लेख्न बोल्न नजान्ने राहुल भाइ थ्यो, बिश्व निकेतन प्रबेश गर्दा ।

पूर्ण बहादुर सर ले हिसाब लाई कथाको किताब जस्तै न पढाको भए............. म पनि म:म: बेचेर बसेको हुंथें होला । अहिले उहाँ १०+२ को हाकिम् हुनु भएको छ, बिश्व् निकेतनमै।
 
Posted on 02-22-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद छ नेपालकी छोरीजी र राहुलजीलाई!

अनि एउटा कुरा क्या राहुल दाइ, त्यो म:म बेच्ने कामलाई त्यस्तरी होच्याउनु भएन नी!
 
Posted on 02-22-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी, म:म: बेच्नेलाई होच्याएको होइन है, सच्याएको मानुस्। म: म: त आफ्नो सर्बप्रीय खाजा खाना। मेरो भन्नु को अर्थ, प्राबिधिक काम् को साटो म:म: बेचेर आनन्द् लिइ राखेको हुन्थें भन्ने मात्र हो।
 
Posted on 02-23-07 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ma ya mo mo ta mero pani man parne khana ho. yadi yeuta mo mo pasal usa ma kholna paye ta hunthyo.

jyapoo
 
Posted on 02-25-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालि नेपाल गएको बेलामा गम्भिरमान् सरलाई भेट्ने इच्छा छ। सरसँग ब्यक्तिगत तरिकाले कहिले पनि कुरा वा भेट नगरेकाले कसरि भेट्ने कुरामा सँकोच लागेको छ। राहुल भाइ तपाइको केही सल्लाह छ कि, बताइदिनु हुन्थ्यो कि? साथै निर्मल गिरि र मन्जु गुरु/मालाई पनि भेट्ने मन छ, के गर्ने होला हो? उहाँ हरुको बासोस्थान पनि था' भेन आफूलाई, नेपाल खाल्डो मा पुगेर पनि कस्लाई सोध्नु र? ईमेल सिमेलको चलन नभेकाले ९९% स्कुले साथीहरुको हाल खबर था' छैन्
 
Posted on 02-25-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aardvarak ji.
Mail me .
 
Posted on 02-25-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीनभवन ट्रलिबस अफिसको
कम्पाउण्ड भित्र बसि ।
एक एक गर्दै झोला पकेट
हुन्थ्यो खानतलासि ।।


यस्तो गोब्रे तरीकाले
के भेट्नु पाकेटमार?
पैसो हराउनु हराइहाल्यो
सबलाइ सास्ति मात्र ।।


टन्न पैसा गोजिमा बोक्ने
खलासिलाइ हुन्न डर ।
मित्र नै पो हो कि क्या हो
खलासि र पाकेटमार ।।


शङ्का हामीलाइ लाग्थ्यो तहाँ
खलासिको आनिबानि ।
प्रमाण केहि छैन हातमा
दोष लाउन पाइएन नि।


घर फर्किने बेला हुन्थ्यो
मात्र अबेर पुग्न ।
स्कुल जाने बेला भने
छुट्ने क्लासै टन्न ।।

क्रमश:
 
Posted on 02-25-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chanatarkari ji lai k bha ho khai, kina kabita repost gareko mathi pahilai garera pani? bunera lamo lamo gari rakhne kam ta nepalki-chori ko ho ni. khai uni pani kaha ga'ko ho khai. ;)

jyapoo
 
Posted on 03-03-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laast maa 4 laine thapeko chhu, pachhillo 4 laine matra padhdhaa silsilaa aspasta holaa ki bhanne thaanera,

viswa niketan ko gaadi dhilaa dhilaa kude pani yo rokine chhaina
 
Posted on 03-03-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye kura bujhe. mero tempo bare kabita korne meso ta ali harayeko chha aajakal karan nepal ko tal le dikka parekole hola. tyasaile mero tempo le pani ali bishram liyeko chha, feri roll huncha.

Tempo picture courtsey of: http://www.alibaba.com/catalog/11614581/Three_Wheeler.html

 
Posted on 03-09-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाकेटमारको समस्या यो
हाम्रो टाउकै खाने ।
जुक्ति केहि लाउन पर्यो
समस्याबाट बच्ने ।।

क्रमश:
 
Posted on 03-09-07 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW.... Kalo Tempu,

this time when i went back to nepal, i came to know that all the kalo tempus had been removed from kathmandu. though it used to be 'not that comfortable', i loved travelling with kalo tempu, have a lot of fond memories associated with kalo tempu.
jyapoo bro, thanks for the picture, would love to go thru your poem on kalo tempu.
 
Posted on 03-09-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow everyone is talking about Gambir Man sir. ma pani uhaa sanga tuition padthe. uhaako baaremaa maile kehi bhunnu parne jarurat cha jasto malaai lagdaina. malaai ajhai pani yaad cha 4/5 class ko english book maa gambhir man sir ko baremaa padheko thiya. i think it was a letter or story.
Gambhir man sir i salute u. U r the Hero. :D
 
Posted on 03-09-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली ।
बिश्व निकेतन को तारापुन्जमा स्वागत् छ। गम्भिर् मान् सर् का गम्भीर् चेला हरु हौं। यति नाता नै काफि छ, हामीलाई एकै धागोमा मौलाउनलाई।
हामीले पढेको "A letter to Pen freind" भन्ने पाठ् मा गम्भीर् मान् सर् कै चित्रण् गर्नु भएको रहेछ, पुस्तक् का लेखक् ले। लेखक डा केदार् भक्त माथेमा स्वयं कुनै जमानामा उहाँका शिष्य नै हुनुहुन्थ्यो। फेरि डा माथेमा का धर्म पत्नी कोहिनूर् मिस् ले पनि मलाई चाहि अंग्रेजी पढाउनु भएकोथ्यो।
 
Posted on 03-16-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्रलिबसमा पाकेटमारको
बिगबिगि हुन थाल्यो ।
भीड भित्रबाटै सबको
पैसो हराउन थाल्यो ।।

यात्रु कराए चिच्याइ चिच्याइ
पाकेट मारयो भनि ।
बस लान्थ्यो अफिस भित्रै
नओराली कोहि पनि ।।


मीनभवन ट्रलिबस अफिसको
कम्पाउण्ड भित्र बसि ।
एक एक गर्दै झोला पकेट
हुन्थ्यो खानतलासि ।।


यस्तो गोब्रे तरीकाले
के भेट्नु पाकेटमार?
पैसो हराउनु हराइहाल्यो
सबलाइ सास्ति मात्र ।।


टन्न पैसा गोजिमा बोक्ने
खलासिलाइ हुन्न डर ।
मित्र नै पो हो कि क्या हो
खलासि र पाकेटमार ।।


शङ्का हामीलाइ लाग्थ्यो तहाँ
खलासिको आनिबानि ।
प्रमाण केहि छैन हातमा
दोष लाउन पाइएन नि।


घर फर्किने बेला हुन्थ्यो
मात्र अबेर पुग्न ।
स्कुल जाने बेला भने
छुट्ने क्लासै टन्न ।।


पाकेटमारको समस्या यो
हाम्रो टाउकै खाने ।
जुक्ति केहि लाउन पर्यो
समस्याबाट बच्ने ।।


दुइटा सरल आइडियालाइ
हाम्ले ट्राइ गर्योम ।
पाकेटमारको समस्याबाट
मुक्त पनि भयम ।।


पहिलो आइडिया के हो भने
पाकेटमारलाइ गोदने ।
पाकेटमार भन्नासाथ हामी
दया पटक्कै नगर्ने ।।


दोस्रो आइडिया के हो भने
हल्ला बेस्कन गर्ने ।
भीडमा पाकेटमार छिर्ला हेर है
भन्दै कोकोहोलो गर्ने ।।


यति गर्दा अचम्मै भो
बिलाए पाकेटमार ।
बिश्वनिकेतन बिद्यार्थि चढ्ने बसमा
छैन पाकेटमारको डर ।।

क्रमश:
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters