Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Bishwa Niketan School Refresh page to view new replies
 विश्व निकेतन का उज्वल नक्षत्र हरु

[Please view other pages to see the rest of the postings. Total posts: 355]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

my school my pride
[VIEWED 157516 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-28-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व निकेतन स्कूल मा अध्ययन गर्नु भएका मित्र, दाजु-भाइ, दिदी बहिनी सबै मा यो राहुल भाइको स्वागत छ । तीता, मीठा पल हरुको सम्झना फेरी गरम भनेर यो धागो सुरु गरेको छु, धागोमा फूल उन्नु होला, माला गास्नु छ । अस्तु!
 
Posted on 01-24-07 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्दभरक तारा होइन
ऊ त एक चन्द्रमा ।
औंसि पछि जब उदाउँछ
बिलाउँछ तारा गगनमा ।।
 
Posted on 01-24-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही चन्द्र त कोही तारा
बिश्व निकेतनका सन्तती सारा
कस्ले रोक्न सक्छ र कसले छेकन सक्छ र?
फैलिएको मजबूत् हाम्रो जरा
 
Posted on 01-24-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पटक पटक थप्नेछु म
चारचार लाइनको टुक्रा ।
साथ नदिने तारालाइ त्यो
ब्यङ्ग्य नै भो लौ जा ।
 
Posted on 01-24-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thula thula bus ra truck haru lai
Chaldai ra uchindai agadi badne.
Tyasai le rahechha bhaneko
yo sano sadhan lai tempo.

'Tempo' ko mane ho 'chito'
Amrikan ko basha ma.
Chito charito gari pugne
Chadai gantyabya ma.

Romance garna pani hune
Bhitra patti ali private nabhaepani.
Garna sakinchha bhitraa masti
Yadi garna janeko chha bhane.

Kramas:
 
Posted on 01-25-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि हामी छेक्ने बाटो
बस गुड्ने ढिलो ।
त्यहि बेला पछाडिबाट
तान्यो डोरी पोलको ।।

यसरी बस रोके पनि
चढ्न मुश्किलै हुन्थ्यो ।
संघर्ष गर्दै बस चढ्दै
स्कुल जान पर्थ्यो ।।
क्रमश:
 
Posted on 01-25-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तो हाहु गर्ने त होइन तिमि
तर सर मीसको आदेश चै मान्ने हो

yo manne ho bhaneko ki namanne ho bhaneko? confuse bhaye ma ta.

LLCC kabita nai kabita, wah kya majjaa
 
Posted on 01-26-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिक्याप:
----------

चिच्याउँछन खलासि भाइ
ढोकाबाट पहिल्यै ।
हुँइक्याउँछन ड्राइभर दाइ
नरोकि बस जहिल्यै ।।

गर्नै पर्यो केहि आइडिया
बस चढ्नलाइ ।
विश्वनिकेतन कसरी पुग्ने
बिद्यार्थी पढ्नलाइ ।।

कोहि हामी छेक्ने बाटो
बस गुड्ने ढिलो ।
त्यहि बेला पछाडिबाट
तान्यो डोरी पोलको ।।

यसरी बस रोके पनि
चढ्न मुश्किलै हुन्थ्यो ।
संघर्ष गर्दै बस चढ्दै
स्कुल जान पर्थ्यो ।।

आजको टुक्रा :
----------------

सम्झीन्छु म अहिले पनि
दु:ख गरेको दिन ।
विश्वनिकेतनका साथी अनि
बस छेक्ने क्षण ।।

क्रमश:
 
Posted on 01-26-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्वै सायमीको प्रेम कहानी त्यहीं टुङ्गियो कि क्या हो? कथा अगाडी बढोस् ।
 
Posted on 01-26-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनाले गायो धेरै
ट्रलि बसको ब्यथा
कतै त्यही हुलमुलमै शुरु भो कि
तिम्रो कुरकुरे वँशको कथा?

ळाग्छ ट्रलि बस महात्म्यले
महाकाब्य नै बन्ला
चना ट्रलि बसमा भुलिगयो
स्कुलको कुरा अब कस्ले भन्ला?
 
Posted on 01-27-07 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोको नाम त "विश्व निकेतन ले जन्माएका कबिहरु" पो हुनुपर्ने। सबै एक सए एक छन बा!!

एस धागोमा निरन्तर रुपमा विभिन्न मिति, समय र "मूड" मा लेखिएका "चना-तरकारीज्यु" का टुक्रा कबिताहरुलाई समायोजन गर्ने कोशिश गरेकी छु। पहिलो चाहि स्कूलको बारेमा हुनेछ भने दोस्रो चाहि ट्रली-बसको बारे हुनेछ। सकभर सिलसिला मिलाउन खोजेकी छु, स्कूलमा भर्ना भएबाट सुरु र स्कूल छोड्दामा अन्त्ये गरेकी छु। यसरि कबिता पढ्दा पो मज्जा आउने रहेछ।

अनुमती नलीकन गरेकी र कसैगरी मैले वंहाको कबिता बिगरेकी भए म चना-तरकारीज्यु सङ्ग माफि चाहन्छु।
ट्रली-बसको चाहि वहांले सकाउनु भए पछि मात्र।



जिन्दगिमा पहिलो पल्ट इन्ट्रान्स एक्जाम दिइयो ।
एक्टिभ इङग्लिस भन्ने नामको किताब रैछ थाहा पाइयो ।।

उज्वल मेरो अगाडि बेन्चमा दिपक पछाडि थियो ।
आत्तियो एकछिन लेख्नै आएन तैपनि लेख्न थालियो ।।

पास भएछु नाम निस्क्यो भर्ना भएँ आठमा ।
सिकाउने दिपक फेल भयो उज्वल रह्यो साथमा ।।

५ वटा सेक्सन थिए कक्षा आठमा पढ्दा ।
घटी बन्यो ४ र ३ ९ र १० मा हुँदा ।।

८ मा हुँदा "सि" सेक्सनलाइ गर्थ्यम हामी हेला ।।
फेल भएका धेरै जसो "सि" मा पर्थै फेला ।।

"डि" र "इ" का नयाँ भर्ना जोशिएर पढ्ने ।
थरीथरीका नौला साथी कम्पिटिसन गर्ने ।।

आठ कक्षामा मेहनति म नौ मा भएँ खत्तम ।
"सि" सेक्सन "डि" सेक्सन भएन कहिल्यै उत्तम ।।

नयाँ भएनि हाम्रो सेक्सन फुर्तिलो नै थियो ।
मुल्याङ्कनमा यहि सेक्सन ज्ञानि भनि गनियो ।।

८ को पढाइ सिद्धियो ९ मा जाने भइयो ।
मिल्ने केहि साथिहरु फेल भइ ८ मै अड्कियो ।।

८ "डि" बाट पास हुने कता कता बाँडिए ।
८ "इ" बन्यो ९ "डि" "सि" का पनि मिस्सिए ।।

शुरुमा त भयो त्यहाँ कल्चरल शक ।
"सि" र "डि" का केटाहरु बोल्नै मान्ने धक ।।

बिस्तारै ९ "डि" सेक्सनले थाल्यो गति छाड्न ।
आलुभन्दा छिटो छिटो थाल्यो बानी बिग्रन ।।

अनुशासन के हो भनि हुन छाड्यो हेक्का ।
पढौ साथि भन्नेहरु थिए एक्का दुक्का ।।

पढ्ने साथि पढैया भो नपढ्ने चाहि हिरो ।
थरी थरीका पंङ्स ड्रेस गोजीमा पैसो जिरो ।।

फिलिम हुन्थ्यो एउटा मुख्य कुरा गर्ने बिषय ।
हिरो हिरोइन लभ स्टोरी कट्यो मज्जाले समय ।।

"को-एड" भन्नु मात्रै थियो हामेरुको ब्याचमा ।
बोलिचालि हुन्नथ्यो महिला पुरुष बीचमा ।।

बोका बाख्रि पाडा पाडी उपनाम थिए यस्तै ।
रमाइलोमा के के भन्थ्यम बाटोमा जिस्काउदै ।।

केटा केटी बोल्नै हुन्न सबले जिस्काइहाल्ने ।
केहिबेर कुरा गर्यो भने "लभर" भन्दिहाल्ने ।।

कोहि थिए "फलो" गर्दै घरसम्म जाने ।
जस्तै आँट गरे पनि बोल्न डराउने ।।

आफु भने बोलक्कड चुप लाग्नै नजान्ने ।
आरोप लाउथै साथीहरु इर्ष्या पनि गर्ने ।।


बदमास भने थियौ है हामी उरन्ठेउला अति ।
रमाइलोको लागि हो कि के हो गरियो केहि खति ।।

सिंगल फाइट गर्ने बागमति बगर ग्याङ फाइट गर्ने चोक ।
कमजोर भए भाग्नै पर्यो मौका परे ठोक ।।

लडाइ झगडा सामान्य भो तान्दै धतुरो भाङ ।
लुकाउनेले लुकाउँदा हुन कस्ता थिए ती दिन ।।

आँखा अस्पताल, महादेव मन्दिर पाटी र घाट चहार्यो ।
थापाथलि देखि पचलि सम्म हाम्रै राज थियो ।।

रङ्गशालाको फुटबल हाम्ले सित्तै हेर्न पाम्थ्यम् ।
भोक लागे फुटपाथको केरा लुट्दै खान्थ्यम् ।।

मङ्गले चतुरे आउथे खोज्न बोक्दै मोटो लट्ठी ।
भाग्दै लुक्दै गयो घर भन्यो स्कुल छुट्टी ।।

ल्याब स्कुलसित हाम्रो झगडा पुरानै कुरो हो रे ।
हार्न हुन्न जसरि पनि जित्नै पर्ने भो रे ।।

फुटबल भलिबल जे सुकै होस बिरेन्द्र शिल्ड खेल ।
ल्याब सित भिड्दा खेरी हुन्छ तेसै झेल ।।

यसपालि त जसरी पनि जित्नै पर्छ साथि ।
परि आए भिड्ने बरु नहार्ने है साथि ।।

हुनु थियो आखिर झगडा भयो त्यस्तै त्यस्तै ।
बसमा ढुंगा मुढा अनि बिजोग कठैबरी ।।

आ'का थिए ल्याबका गुण्डा लड्न फेरी भोलि ।
चतुर पाले चतुरेले रोके मेन गेट नखोलि ।।

संयमका साथ जोगियो त्यसदिन ठुलो आपतबाट ।
हेडसरले बुद्धि नपुर्याको भए हुन्थ्यो रक्तपात ।।

यस्तै झगडा भा'थ्यो साथि पद्मोदय सितै ।
गोदाइ भेटे अरुले नि ड्रेस हुँदा उस्तै ।।

सर मिस का कुरो कथा कति रमाइलो ।
साथिभाइका कहानि त झनै रमाइलो ।।

शालिकराम सर हुनुहुन्थ्यो कालो चस्माधारी ।
गिरीसरको बाक्लो दाह्री गाला वरिपरी ।।

कोहिनुर मिसको कुहिरो आँखा कस्तो अचम्म हगि !!
जमानामा नेपालकै ऐश्वर्या राय पो हुन कि?

बिना मिसको तीखो स्वर मुटुभित्रै गढ्ने ।
झुठा साँचा इतिहासका कुरा सिलसिलेवार भन्ने ।।

खयरगुलि र पुर्णबहादुर सरको सधै हुन्थ्यो झगडा ।
कम्पिटिसन गर्दै पढाउनाले भयम हामी तगडा ।।

म चै भन्छु आज एउटा कहानि न्हुच्छे सरको ।
उहाँको कक्षा छुट्ला भनि भातै खान्न घरको ।।
बिज्ञान गणित इङलिस स्वास्थ्य सबै बिषय पढाउने ।
जुन बिषय पढाए पनि होमवर्क भने नदिने ।।

नरम बोल्ने मुसुक्क हाँस्ने गाली कहिल्यै नगर्ने ।
मोटरसाइकल हुइक्याए नि बटुवा सितै डराउने ।।
एउटा गाडी दुर्घटना भो त्रिपुरेश्वरको चोकमा ।
डराएर न्हुच्छे सरले बाइक रोके दुरीमा ।।

नचढी बाइक ओर्लिकन ठेल्दै लगे गुरुले ।
उकालो थियो सुनधाराको हेल्प गरे चेलाले ।।
भोलि देखि ११ नम्बर ट्याक्सिमा पो सवारी भो ।
हाँसो बन्यो यो कुरा, हाम्रो बीचमा कहानी भो ।।

जो हुन्छ सोझो उसकै मुखमा घोचो ।
सोझोले भोग्नुपर्ने रैछ थिचोमिचो ।।
यो कुरा ठ्याम्मै मिल्छ न्हुच्छे सरको लागि ।
मेहनति र मिलनसार हुदा आपत लाग्यो पछि ।।

खाली क्लास भेट्यो कि न्हुच्छे सर कै ड्युटी ।
लौ न सर पढाइदिनोस बिषय मोटामोटी ।।

धेरै कक्षा पढाउनाले ज्यान भयो बिरामि ।
घरमा ट्यूसन नलिने उहाँ स्कुलमा चै हैरानि ।।
यस्तै शायद थियो होला अरु पनि कारण ।
छोड्नु भएछ स्कुल नै मलाइ थाहा थिएन ।।

पुर्ण बहादुर, निर्मल सरले हानेन थप्पड हाम्लाइ ।
ढकाल सरले हाने लट्ठी हाम्रा साथिलाइ ।।
लट्ठी भाँचियो तैपनि पिटाइ रोकिएन ।
हाँस्दै हास्दै पिटाइ खाँदा सर पो बहुलाए ।।

सबैको को प्यारो मिस पर्नु भएछ कमला ।
कमला मिसले गर्नु भयो मेरो गालामा हमला ।।
किन भनि सोध्नु होला कारण त्यसपछि ।
थप्पड शायद ओखति हो बदमास भएपछि ।।

पढ्यौ हाम्ले बिज्ञानमा करेण्टको बारे ।
२२० भोल्ट करेण्टले समाउँछ अरे ।
मैले भने होइन त्यो मलाइ समाउदैन ।
मिसले भने होइन कुरो म पत्याउदिन ।।

मेरो पालो देखाइदिए नाङ्गो तार समाइ ।
रोक्नु भयो कमला मिसले चिच्याएर कराइ ।।
केहि भएको थिएन मलाइ इन्सुलेटर जुत्ता थियो ।
छुनुभयो कमला मिसले झड्का खानुभयो ।।

त्यसपछि त के चाहियो र मात्रा पुगिहाल्यो ।
नरिसाउने सज्जन मिसको थप्पड पनि खाइयो ।।


पढैया आफु परिएन मुन्टो धसि घोक्ने ।
मौका परे सरमिसलाइ ब्यङ्ग्यवाण ठोक्ने ।।

होमवर्क पनि नगर्ने म, अल्छि थिए उस्तै ।
बोल्नै छाडे कोहिनुर मिसले रिसाइ बिनासित्ति ।।

बर्षभरी एउटै कापि पुग्थ्यो मलाइ साथी ।
खाली हुन्थ्यो धेरै पाना अझ त्यसै माथी ।।

सरमिसलाइ कायल पार्ने जुक्ति लाइन्थ्यो अनेक ।
वरिपरीका कक्षासमेत हुन्थ्यो सँधै डिस्टर्व ।।

यस्तैमा कहिलेकाहि झगडा पनि पर्थ्यो ।
हेडसरको अफिसमा धाउन पनि पर्थ्यो ।।

गाली गर्न पाएपछि स्वर चर्को हुन्थ्यो ।
बिज्ञान बिषय पढाउने उत्तरा मिस को ।।

टिचिङ प्राक्टीस गर्नलाइ आउँथे नयाँ सर ।
असाध्यै मन पर्थ्यो मलाइ तीनको मेहनत ।।

होमवर्क दिने सरमिस बने सबै शत्रु ।
कथा भन्ने गफगाफ गर्ने सर भए मित्रु ।।

यस्तै तालको पढाइले झण्डै खुस्क्या टेष्टमा ।
बत्तिस बत्तिस नम्वर थियो मेरो मार्कसिटमा ।।

स्कुलका सेलिब्रिटि एसएलसिका तारा ।
भन्नुहुन्थ्यो हेडसरले देशकै कर्णधार ।।

गम्भीरमान सर हाम्रो ब्याचलाइ सधै गाली गर्ने ।
बिश्व निकेतनको इतिहासमा झुर ब्याच भन्ने ।।

हुन त हामी खत्तम थिएनौ जस्तो मलाइ लाग्छ ।
अघिल्लो पछिल्लो ब्याचकै जस्तै फस्ट डिभिजन नि आ'छ ।।

६७ थिए हाम्रा साथि फस्ट डिभिजन वाला ।
बोर्डमा नआए पनि तिनले धाने इज्जत बल्ल ।।

हेडसर खुशि हुनु भो रे रिजल्ट हेरे पछि ।
भेट्ने मौका पाइन मैले तहाँ देखि पछि ।।

यस्तै कहानि भए नि स्कुल मलाइ प्यारो ।
बाजेको चना तरकारीको स्वाद भुल्नै गाह्रो ।।

जति सम्झ्यो उति लामो सम्झनाका धारा ।
धन्य धन्य बिश्व निकेतन नेपालको तारा ।।

साथिहरु काँ काँ पुगे थाहा छैन आज ।
सबैलाइ फेरी भेट्न पाए मज्जा हुन्थ्यो आज ।।


स्कुल छँदा विश्व उद्यान कविता लेख्ने मैदान ।
लेख्न आएन कविता मलाइ गरियो तानतुन ।।

मञ्जु मिसको गाली खाइयो त्यहि कविता माथि ।
झ्वाँक चल्यो लेख्नै छाडे कविता भुत्रै सिति ।।

तर हिजो अचम्म भो के भो मलाइ कुन्नि?
चना तरकारीको स्वाद सँगै कविता यसै फुर्नि ।।

जे सुकै होस राखिदिन्छु म मेरो शब्द लहर ।
हेर्नुहोस न मञ्जु मिस आइ यहाँ एक प्रहर ।।

गाली पनि मञ्जुर छ मिस फेरी एकपल्ट ।
२० बर्ष बुढो भए पनि उस्तै छु नि म त ।।
 
Posted on 01-27-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalkichori-
ramrai samayojan garnu bhayechha ni. aba ta yeuta kabita ko sangalo nai prakashan garnu parka ki chana tarkari ko anumati liyera?
 
Posted on 01-27-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यापुज्यु, तपाइंले नी राम्रो लेख्नुहुन्छ। तपाइं लेख्दै जानुस् म समायोजन गर्दै जाउंला :) हुन्न र?
 
Posted on 01-27-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalkichori- Bhai halchha ni!
 
Posted on 01-27-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे बाफ, कति लामो पो भएछ,

धेरै धेरै धन्यबाद नेपालकि छोरी ज्यू ।

मैले त यतिकै ख्याल ख्यालमा लेखेको, यस्तो पो हुन गएछ ।

ट्रलि महात्म्य एक पेज जति लेखेर राखिसकेको छु, बिस्तारै पोष्ट गरुँला भन्ने सोचेको ।

भोक लाग्यो भनेर धेरै एकै पल्ट खान हुन्न रे क्या । फेरी पखाला लाग्ला । :P
 
Posted on 01-27-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pakhala lagchha bhani pira
nagarnu hai bandhu Chanatarkari.
karan pakhala le chaypyo bhane
anti-pakhala med paihalchhani!

Malai ta lagiskayo bhok trolly ko bakhan
kohlnus na chito troly mahatmya ko pol.
Badala kholula ma tempo ko thap kura
sametera bhayeka sabai anubhav ka tukra.
 
Posted on 01-28-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झीन्छु म अहिले पनि
दु:ख गरेको दिन ।
विश्वनिकेतनका साथी अनि
बस छेक्ने क्षण ।।

ढोका नजिक साह्रै भीड
बीचमा खाली खाली ।
भित्र सरुम भित्र सरुम
खलासि गर्थे गाली ।।
क्रमश:
 
Posted on 01-28-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न बस्, न उठ्, आफु त हिडिन्थ्यो,
कहिले न भ्याएर खूब् डौदिन्थ्यो
बिहान किलास् हुंदा, उठ्न क्या झ्याउ हुन्थ्यो
१२ बजे छुट्टि हुन्थ्यो तोप् पड््किंदा तर्सिन्थ्यो
 
Posted on 01-29-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढोका नजिक साह्रै भीड
बीचमा खाली खाली ।
भित्र सरुम भित्र सरुम
खलासि गर्थे गाली ।।

साह्रै भीड हुँदा हामी
झ्यालबाट नि चढ्थ्यम ।
पछाडि ठेल्थ्यो कसले कसले
हामी भित्रै पुग्थ्यम ।।
क्रमश:
 
Posted on 01-29-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछाडिबाट ठेल्ने दाजु एक
पोहोर भेटे मैले ।
चिनेको मैले होइन उनलाइ
उनैले चिनेर भने ।।
क्रमश:
 
Posted on 01-29-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमी अहिले ठुलो भयौ"
"गयौ बिदेश पनि ।"
"स्कुल जाँदा झ्यालबाट बसमा"
"हुल्ने मै त हो नि ।।"
क्रमश:
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters