Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Bishwa Niketan School Refresh page to view new replies
 विश्व निकेतन का उज्वल नक्षत्र हरु

[Please view other pages to see the rest of the postings. Total posts: 355]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

my school my pride
[VIEWED 157525 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-28-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व निकेतन स्कूल मा अध्ययन गर्नु भएका मित्र, दाजु-भाइ, दिदी बहिनी सबै मा यो राहुल भाइको स्वागत छ । तीता, मीठा पल हरुको सम्झना फेरी गरम भनेर यो धागो सुरु गरेको छु, धागोमा फूल उन्नु होला, माला गास्नु छ । अस्तु!
 
Posted on 12-09-06 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिकागो जि लाई नि स्वागत छ, विश्व निकेतन को परिवारमा । तपाईं पनि urun जि को सहपाठी हुनु पर्छ, होइन र? यो राहुल भाइ भन्दा नि जेठो दाजु-दिदी पर्नु भयो, नमस्कार है । हाम्रो पाला सम्म मा रेब रत्न सर ले स्कूल छोडिसक्नु भाकोथ्यो । पारस् शर्मा, प्रमेन श्रेष्ठ, आदी लाइ त चिन्न्छु, ब्यक्तिगत् रुप मा। त्यस पछि को ब्याचमा हो भने त झन् धेरै लाइ चिन्छु। द्वारिका मानन्धर्, रमिला शाक्य, मुकुन्द श्याम् रन्जित्, राजिन् रन्जित्, किरन् दङ्गोल्, विनय राणा आदि इत्यादि। कृपया आफ्नो बारे म अलि खुलेर मेल् मा लेख्न हुन अनुरोध छ। मैले एउटा सङ्ग्रह तयार् गर्ने जमर्को गरेको छु, तपाइले सहयोग् गर्नु हुने छ। अस्तु!
 
Posted on 12-09-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chicago, I was in batch 39/40. I was in 10 "C". I joined VN in late 36 in grade 8th. You are way senior than me. As rahulvai said you might be in Dr. Paras Sharma dai's batch. Nice to know ex-VN here in sajha. I, rahulvai and Icanfly were in same batch.
 
Posted on 12-10-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes, Nepalki chhori, Icanfly and me are of same batch. Chocago ji, write more about yourself.
 
Posted on 12-10-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry Guys, I was out of the loop for a while. Amrikan Life (Busy life) + Job le garda 4 din samma ramrari internet herna paina. Aru sathi haru pani vetinu vayecha. Welcome to the board.
 
Posted on 12-10-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Icanfly ji, yasma kunai sorry bhannu chhaina, sabai laai thaha chha, aa aafno kathaa, byathaa. Puna swaagat chha, nayaa saathi haru sangai.
 
Posted on 12-11-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Naya smaaran haru kehi padhna paiena , mitra haru. fursad ma post garnu hola.
 
Posted on 12-12-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Viswa Niketan ka saathiharu feri sustaye jasto chha. Yo dhaago haraudai chha, jiudo raakhne prayash ama chhu, sahayog garnu hola.
 
Posted on 12-12-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा दोस्तले बताए पछि
यहाँ आइपुगे ।
स्कुल सर मिस साथि सम्झिदै
रात छर्लङ्गै काटे ।।

ओ हो कति रमाइलो भो
भन्न म सक्दिन ।
बागमतिको तीरै तीर कुदेको
बिर्सन म सक्दिन ।।

फर्किन फेरी पाए हुन्थ्यो
त्यो मेरो स्कुल सरकारी ।
चाख्न फेरि पाए हुन्थ्यो
जगन्नाथ बाजेको चना तरकारी ।।
 
Posted on 12-12-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारी लाई नि सरकारी स्कूलको यो मन्च मा स्वागत छ ।
कृपया आफ्नो बारे नि केही हरफ हरु लेख्नु भए बेश हुन्थ्यो ।
 
Posted on 12-12-06 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगिमा पहिलो पल्ट
इन्ट्रान्स एक्जाम दिइयो ।
एक्टिभ इङग्लिस भन्ने नामको
किताब रैछ थाहा पाइयो ।।

उज्वल मेरो अगाडि बेन्चमा
दिपक पछाडि थियो ।
आत्तियो एकछिन लेख्नै आएन
तैपनि लेख्न थालियो ।।

पास भएछु नाम निस्क्यो
भर्ना भएँ आठमा ।
सिकाउने दिपक फेल भयो
उज्वल रह्यो साथमा ।।

यस्तै छ दाइ राहुलभाइ
मेरो यो कहानि ।
४४ सालमा देको एसएलसि
छोटो मेरो चिनारी ।।

आठ कक्षामा मेहनति म
नौ मा भएँ खत्तम ।
सि सेक्सन डि सेक्सन
भएन कहिल्यै उत्तम ।।

गम्भीरमान सर हाम्रो ब्याचलाइ
सधै गाली गर्ने ।
बिश्व निकेतनको इतिहासमा
झुर ब्याच भन्ने ।

पुर्ण बहादुर, निर्मल सरले
हानेन थप्पड हाम्लाइ ।
ढकाल सरले हाने लट्ठी
हाम्रा साथिलाइ ।।

लट्ठी भाँचियो तैपनि
पिटाइ रोकिएन ।
हाँस्दै हास्दै पिटाइ खाँदा
सर पो बहुलाए ।।

यस्तै कहानि भए नि
स्कुल मलाइ प्यारो ।
बाजेको चना तरकारीको
स्वाद भुल्नै गाह्रो ।।
 
Posted on 12-12-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबितात्मक परिचयको लागि धन्यवाद । अझ खुलस्त हुने गर आफ्नो परिचय दिए कस्तो होला । मेल पनि बेला बेला म हेर्दै गर्नु होला ।
 
Posted on 12-12-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One suggestion to Rahulbhai,
I hope you are updating all the names and year of the batch they did spent in Vishwo Niketan. It would be better if you could collect email addresses with real names as well. All the family would be happy to see their old/new friends once again. What about the getting together and/or make a forum to help our new generation? I just wanted to join my hands in hands to be a part of those things eventhough we don't have much time. Thanks and welcome you all for being a part of our family.
 
Posted on 12-12-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks! That is why I am asking you all to mail me with real identityso that I ccan make a database. Tapai le mail garnu bho?
 
Posted on 12-12-06 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbhai,
Pls check your email. Thanks.
 
Posted on 12-12-06 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हामी खत्तम थिएनौ
जस्तो मलाइ लाग्छ ।
अघिल्लो पछिल्लो ब्याचकै जस्तै
फस्ट डिभिजन नि आ'छ ।।

६७ थिए हाम्रा साथि
फस्ट डिभिजन वाला ।
बोर्डमा नआए पनि तिनले
धाने इज्जत बल्ल ।।

हेडसर खुशि हुनु भो रे
रिजल्ट हेरे पछि ।
भेट्ने मौका पाइन मैले
तहाँ देखि पछि ।।

बदमास भने थियौ है हामी
उरन्ठेउला अति ।
रमाइलोको लागि हो कि के हो
गरियो केहि खति ।।

सिंगल फाइट गर्ने बागमति बगर
ग्याङ फाइट गर्ने चोक ।
कमजोर भए भाग्नै पर्यो
मौका परे ठोक ।।

लडाइ झगडा सामान्य भो
तान्दै धतुरो भाङ ।
लुकाउनेले लुकाउँदा हुन
कस्ता थिए ती दिन ।।

आँखा अस्पताल, महादेव मन्दिर
पाटी र घाट चहार्यो ।
थापाथलि देखि पचलि सम्म
हाम्रै राज थियो ।।

रङ्गशालाको फुटबल हाम्ले
सित्तै हेर्न पाम्थ्यम् ।
भोक लागे फुटपाथको
केरा लुट्दै खान्थ्यम् ।।

मङ्गले चतुरे आउथे खोज्न
बोक्दै मोटो लट्ठी ।
भाग्दै लुक्दै गयो घर
भन्यो स्कुल छुट्टी ।।

साथिहरु काँ काँ पुगे
थाहा छैन आज ।
सबैलाइ फेरी भेट्न पाए
मज्जा हुन्थ्यो आज ।।
 
Posted on 12-12-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey! Sathiharu, anyone remember fight with Lab school after soccer?
 
Posted on 12-12-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बासु जी लाइ नि स्वागत छ है, विश्व निकेतन को यो सुन्दर मालामा ।
 
Posted on 12-12-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल्याब स्कुलसित हाम्रो झगडा पुरानै कुरो हो रे ।
हार्न हुन्न जसरि पनि जित्नै पर्ने भो रे ।।

फुटबल भलिबल जे सुकै होस बिरेन्द्र शिल्ड खेल ।
ल्याब सित भिड्दा खेरी हुन्छ तेसै झेल ।।

यसपालि त जसरी पनि जित्नै पर्छ साथि ।
परि आए भिड्ने बरु नहार्ने है साथि ।।

हुनु थियो आखिर झगडा भयो त्यस्तै त्यस्तै ।
बसमा ढुंगा मुढा अनि बिजोग कठैबरी ।।

आ'का थिए ल्याबका गुण्डा लड्न फेरी भोलि ।
चतुर पाले चतुरेले रोके मेन गेट नखोलि ।।

संयमका साथ जोगियो त्यसदिन ठुलो आपतबाट ।
हेडसरले बुद्धि नपुर्याको भए हुन्थ्यो रक्तपात ।।

यस्तै झगडा भा'थ्यो साथि पद्मोदय सितै ।
गोदाइ भेटे अरुले नि ड्रेस हुँदा उस्तै ।।

त्यो बेला बदमासिमै बहादुरी देख्थ्यम ।
धन्न बचियो भएन आज जिन्दगि नै खत्तम ।।
 
Posted on 12-13-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina, katti ramro chhanda milayera lekhna janeko hau you chana tarkari le? sarai mitho lgyo... padhu padhu lagne.
 
Posted on 12-13-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझाको धागो कस्तो रैछ कुरो बुझिएन ।
बिश्व निकेतनका होनहारहरु खोइ त देखिएन ।।

के भो मलाइ कुन्नि हिजो लेखियो कविता चार ।
साहित्य केहि जान्दिन ती साँच्चि कविता हो र ?

स्कुल छँदा विश्व उद्यान कविता लेख्ने मैदान ।
लेख्न आएन कविता मलाइ गरियो तानतुन ।।

मञ्जु मिसको गाली खाइयो त्यहि कविता माथि ।
झ्वाँक चल्यो लेख्नै छाडे कविता भुत्रै सिति ।।

तर हिजो अचम्म भो के भो मलाइ कुन्नि ?
चना तरकारीको स्वाद सँगै कविता यसै फुर्नि ।।

जे सुकै होस राखिदिन्छु म मेरो शब्द लहर ।
हेर्नुहोस न मञ्जु मिस आइ यहाँ एक प्रहर ।।

गाली पनि मञ्जुर छ मिस फेरी एकपल्ट ।
२० बर्ष बुढो भए पनि उस्तै छु नि म त ।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters