Posted by: Gautam B. February 22, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
म विश्वनिकेतनको उज्ज्वल नक्षत्र त हैन तर विश्वनिकेतनसंग अप्रत्यक्ष रुपले अलिकति जोडिएकोले मात्रै यता पस्ने दुस्साहस गरेको हुँ। माफी चाहन्छु। एस.एल.सी. को लागि दुई महिना ट्यूशन पढने सिलसिलामा अंग्रेजी गम्भिरमान सरकोमा र गणित पूर्ण बहादुर सरकोमा पढेको थिएँ। गम्भिरमान सरकोमा विद्यार्थीहरु अति धेरै हुने। हामी पढ्दा एउटै ग्रुपमा २५-२६ जना थियौं, लामो कोठाको चारैतिर भित्तामा लहर लागेर बस्थ्यौं हामी। गम्भिरमान सरले कोर्सबाट भन्दा पनि फ्री-स्टाईलले पढाउनु हुन्थ्यो। गम्भिरमान सरसंगको दुई महिनाले मेरो गाउँले स्कूलको अंग्रेजीलाई धेरै सुधा-यो। गम्भिरमान सरको बाट छुटेर दौडी-दौडी पूर्ण बहादुर सरको कोठामा पुग्थें गणित पढ्न। पूर्ण बहादुर सर काठमाडौंका अरु स्कूलका विद्यार्थीहरुमा पनि एकदम लोकप्रिय। अहिले गम्भिरमान सर र पूर्ण बहादुर सरको हालखबर के छ हँ साथीहरु?
Read Full Discussion Thread for this article