newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Thinking Impartially and sensibly

[Please view other pages to see the rest of the postings. Total posts: 254]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
[VIEWED 76522 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 02-03-05 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear sons and daughters of Nepal,

We do not really know what the situation is like in our country. We have heard more rumours and less facts; and we have made our own judgement based on those rumours. Our opinions have been divided into almost two halves. One half supporting the King's move and the other half opposing the action. Almost all of us who are fortunate enough to live in the west at this torrid time are capable to think sensibly on this issue.So lets contemplate with the love for the country and citizens in mind now.

Some of us may have been victims of atrocities committed by the Maoists. Some may have suffered because of the corrupted political leaders. And some of us may have been the victim of injustice in the Panchayat era and at present. So we are expressing our vengeance against those who have made us to suffer. And therefore we are divided. The citizens who are educated, who have seen how democray functions, who know the fruits of social justice in a developed society; we are divided. And this is not a good sign for the future. Tommorow, we have to take the burden of Nepal in our shoulders. We have to hand the nation to our next generation. We have to make sure that we can hand over a peaceful and prosperous nation to our children and die. Otherwise we are not different to the previous generation which never got the oppurtunity like us to see the democracy and prosperity of the western world. Our children will blame us if we fail to do better things for our country.So let's try to be impartial, let's forget our personal interest, let's put away our vengeance against both sides of the debate.With a cool mind let's discuss what can we do at best to resolve the current crisis from our part. I will try to give my assement in the next thread on what can we expect in the near future and what is best for the country in the coming days. Please put your thoughts, unbiased and pragmatic, without spilling your anguish and hatred to all the sides- political parties, monarchy and maoists.I hope all of you will take part in this debate very seriously.
Newuser.
 
Posted on 03-29-05 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Balla khayou netaji. Get rid of Deuba, Makune and Girija company first: Kaida ko chha. Padhnu bhaye hunchha sathiharu.

- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=35708
 
Posted on 03-29-05 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्सांग काका भनेर किन भन्या नि?
 
Posted on 03-30-05 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्रिल दिवसका अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट बक्सेको सन्देश।

साभार गोरखापत्र (प्रकाशनको तयारीमा रहेको यो समाचार एकजना कर्मचारी मार्फत पहिले नै हामीकहाँ सम्म आइपुगेकोले मिति मिल्न नगएको पाठक वर्गहरुमा जानकारी गराइन्छ।)



गोरखापत्र। काठमाण्डौ। चैत्र १९
श्री ५ महाराधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट अप्रिल दिवसका अवसरमा आज एक सन्देश जारी गरिबक्सी देशवासीका नाममा शुभकामना व्यक्त गरिबक्सेको छ। मौसुफबाट सन्देशमा हुकुम भएको छ
' प्यारा देशवासीहरु,
अप्रिल दिवसका अवसरमा समस्त देशवासीहरुमा सवभन्दा पहिले हार्दीक शुभकामना टक्र्याउँछौ। भगवान पशुपतिनाथले देशवासीहरुको वुद्धि विवेक यसरी नै तिक्ष्ण र अक्षुण राखिरहुन भन्ने हाम्रो सदिक्षा रहँदै आएको शाहवंशीय इतिहासले प्रमाणित गरिसकेको छ। मुलुककले शान्ति, सुरक्षा, विकास, न्याय र मानवअधिकारको दिशामा महान प्रगति गरिरहेको वर्तमान समयमा देशवासीबाट यस्तै सुझवुझपूर्ण र शान्त व्यवहार प्रदर्शन भैरहने मेरो सरकारले आशा राखेको छ।
देशवासीहरु, हामीले राजनीतिक पार्टीका असक्षम नेताहरुको भद्रगोल सरकार विघटन गरि प्रत्यक्ष शासन लिइबक्सेपछिका दुई महिनामा भएका सुधारहरु सवैका सामु छर्ल?ङ्ग छन्। यो छोटो समयमै हाम्रो शाही सेनाले आतंककारीहरुको शक्तिलाई तहसनहस गरि उनिहरुलाई फुटाउन समेत सफल भएको सर्वविदितै छ। काठमाण्डौमा यस बीचमा कुनै आतंककारी घटना घटेको छैन भने देशका अन्य भागमा पनि दिनहु केहि आतंककारीहरु मारिने बाहेक कुनै अप्रिय घटना हुन पाएको छेन। अव हामी आतंककारीहरुलाई सिध्याएरै शान्ति सुव्यवस्था बाहल गर्न सकिन्छ भन्ने निष्कर्समा पुगेका छौं। केहि वर्ष धैर्य रहनु पर्दछ। यसका लागि हाम्रो अपूर्व वलशाली शाहि नेपाली सेनालाई धन्यवाद दिएर मात्र पुग्दैन। हाम्री महारानीको जन्मोत्सवमा हामी शाही सेनाका शाहसिक अधिकृतहरु छानी छानी उनिहरुलाई तक्मा बक्सेर उनिहरुको कामको सम्मान गर्ने तयारीमा छौं।
मेरो मन्त्रीपरिषदले पनि अहिले निकै गहकिलो काम गरेको छ। खासगरि तुलसी गिरी मेरा प्रियपात्र हुन। केहि मन्त्रीहरुले उनको सराहनिय कामको समकक्षमा काम गरेको पाइएको छैन। तिनलाई म चाँडैनै ठेगान लगाइबक्सदैछु। तिनीहरुका बदलामा उपयुक्त सक्षम व्यक्तित्व मन्त्रीपरिषदमा आउन चाहेमा राजदरबारमा निवेदन दर्ता गराउन म यसै सम्वोधन मार्फत अनुरोध गर्दछु।
यस अवधिमा स्वदेश र विदेशमा रहेका राष्ट्रवादी नेपालीहरुले हाम्रो कामको समर्थनमा आवाज वुलन्द गरेका छन् भने केहि औलामा गन्न सकिने अवांछित तत्वले हाम्रो कदमको विरोध गर्ने दुस्साहस गरेका छन्। सहि कदमको प्रसंशा गर्ने देशभक्त नेपालीहरुको कदर गरिनेछ भने अराजक अवांछित तत्वलाई कुनैपनि हालतमा न्यायोचित कारवाही गरि सजायँको भागी बनाइनेछ। स्मरण रहोस हाम्रो समर्थनमा उत्रने राष्ट्रप्रेमी नागरिकहरुलाई हामीले केही सम्मानहरु समेत प्रदान गर्ने निर्णय गरेका छौ। सहि व्यक्तिले उचित सम्मान पाओस भनेर एउटा संयन्त्र खडा गरिएको छ। त्यसले स्वतन्त्रतापूर्वक सहि व्यक्तिहरुको चयन गर्ने कुरामा हामी ढुक्क छौ।

भ्रष्टाचार विरोधी शाही आयोगले प्रसंशनीय काम गरेको छ। हाम्रो विरोध गर्ने र गणतन्त्रको पक्षमा वकालत गर्नेहरु सवभन्दा ठूला भ्रष्टाचारी हुन भन्ने हाम्रो विश्वास छ। उनिहरुलाई हामी कदापी छोड्ने छैनौ। अन्य भ्रष्टाचारीहरु मध्ये जस जसले हाम्रो कदमको समर्थन गर्नेछ, उनिहरुलाई हामीले माफी दिइ पुन राजनीतिमा फर्कने वैकल्पिक उपाय सुझाइबक्सने छौ। हाम्रो महान उद्येश्य प्राप्तिमा समर्थन जनाउनेहरु सबैजना देशभक्त हुनभने अरु सबै आतंकवादी हुन। आतंकवादीहरुलाई कुनै पनि हालतमा समाप्त गरिनेछ।

हाम्रो कदमको चीन, उत्तर कोरिया, पाकिस्तान, क्युबा जस्ता प्रजातान्त्रिक मुलुकहरुबाट सराहना भएको छ। ति मित्रराष्ट्रहरुलाई हामी धन्यवाद दिन चाहीबक्सन्छौ। भारत, अमेरिका बेलायत, युरोपली संघ, संयुक्त राष्ट्रसंघ आदिले मानव अधिकार र नागरिक स्वतन्त्रताको बहाना बनाएर हाम्रो देशविकासको बाटोमा भाँजो हाल्ने प्रयाश गरिरहेकाछन्। तिनको हामी घोर भ्रत्सना गरिबक्सन्छौ र हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र आतंकवाद विरोधी कदममा सहयोग गर्न जोडदार आग्रह गरिबक्सन्छौ। अन्यथा हामी आफै आतंकवादीहरुसंग लड्नसक्छौ।

अधिकांश प्रेस जगतले हाम्रो कदममा अपूर्व सहयोग पु-याइरहेको छ। शाही घोषणाका विपरित आतंककारीहरुलाई टेवा पुग्ने समाचार सम्प्रेषण गर्ने केहि संचार माध्यामलाई हामीले सम्झाइसकेका छौं। फेरी पनि गल्ति दोहोरिएमा उनिहरुलाई क्षमा गरिनेछैन। अधिकांश पश्चिमी संचार माध्यामले कुरै नबुझी भ्रामक समाचार सम्प्रेषण गरेका छन्। उनिहरुलाई कारवाही गर्ननसके पनि काम गर्न सकेसम्म रोकावट सृजना गर्नु हामी सवैको कर्तव्य हो।

अन्तमा मुलुकका लागि शान्ति सुरक्षा सवभन्दा महत्वपूर्ण कुरा हुन। शान्ति सुरक्षा खल्बलाउने कुनै पनि कार्यलाई हामीबाट सहन हुनसक्ने छैन। शान्ति भन्नुनै मानव अधिकार हो र सुरक्षा भन्नु नै नागरिक स्वतन्त्रता। हामी सवै मिलेर शान्ति सुरक्षा कायम गरुन्जेल देशवासीहरु कसैको लहैलहैमा नलागी वीवेकसम्मत ढङ्गले हाम्रो कदममा सहयोग पुग्नेगरि चुपचाप बस्नेछन भन्ने हाम्रो विश्वास छ। जनताको साथ पाएमा दशकौं सम्म अहिलेकै जस्तो शान्ति सुव्यवस्था कायम रहनेछ। वुद्धजीविहरुबाट पनि हाम्रो प्रयाशलाई बुझेर अन्तराष्ट्रिय जगतमा देशको प्रगतिको सन्देश फैलाउनु पर्दछ। यसको विपरित काम गर्नेलाई विदेश यात्रा गर्नमा प्रतिवन्ध लगाइएको सवैलाई विदितै छ। ज्यादा बाठो हुन खोज्नेहरु आतंकवादी ठहरिनेछन्।

अन्तमा अप्रिल दिवसले देशवासीमा शान्ति, सुरक्षाको महत्वको चेतनाले जरो गाडोस र उनिहरुलाई हाम्रो देशविकासको महान प्रयाशमा मन बचन र कर्मले आँखा चिम्लिएर सहयोग गर्न सदबुद्धि प्रदान गरोस। छुटफुट हुन गएका कुरामा पनि देशवासीले हाम्रो मनशायलाई बुझेर काम गरुन। श्री पशुपतिनाथले हामी सवैको कल्याण गरुन। जय नेपाल।'
 
Posted on 04-12-05 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे
- राष्ट्रकवि माधव प्रसाद घिमिरे ।
विर्सिएको Thread लाई फेरि एकपटक व्युँताउँदैछु ।
वुधवार नेपाली नयाँ वर्ष । यसै मेसोमा साझावासीमा शुभकामना दिहालौं र मनमा लागेका दुई चार कुराहरु पनि साटिहालौं भन्ने जाँगर चलेकोले । उता फुटवल आउनै लाग्यो । ए ए आयो आयो । पहिला फुटवल हेरिहालौं , त्यसपछि कुरा अगाडि बढाउँ ।


फुटवल सकियो । आफ्नो मनपर्ने टिमले जितिहाल्यो (जितिसक्या छैन तर जित्छ के, अहिले मध्यान्तर) ।

अँ २०६२ साल पनि लाग्नै लाग्यो । नेपालको याद आउँछ। नगएको झण्डै २ वर्ष हुन आँटेछ।
आएदेखि गएके हैन । कहिले के नमिल्ने कहिले के। यो वर्ष त जानै पर्छ । जाने हो जसरी पनि आफ्नो मात्रृभूमि, आफ्नो घर , आफ्नो परिवार, स्वजनहरु अनि आफ्नी मायालुलाई भेट्न । कति भैसक्यो सम्झेर, टोलाएर याद साँचेर वसेको पनि। शरिर हजारौं कोष टाढा छ। तर मन भने किन त्यै नेपालमा गैरहन्छ कुन्नी ? किन आँखाभरि त्यै गाउँघर, भीर पाखा, पानी पँधेरोका दृश्यहरु मात्र छाइरहन्छन कुन्नी ?

उफ - नेपाल । हाम्रो साझा घर । समस्त नेपालीको सिंगो चिनारी बाकेको हाम्रो नेपाल । कति मनोरम छ हाम्रो देश । त्यसैले त होला विश्वको जुनसुकै कुनामा बस्ने नेपालीले पनि नेपालको नाम सुन्दासाथ कान ठाडो वनाउने गर्छ । त्यहि माटोको सम्वन्धले त हो नी । यो विरानो देशमा मानिसहरुको भिंडमा नेपाली जस्तो अनुहार देख्?नासाथ हजुर नेपाली हो ? भनेर सोध्न मन लाग्छ । बसमा, ट्रेनमा , थिएटरमा , पार्कमा,बजारमा धेरै पटक सोधेको छु मैले र प्रायजसो अनुमान मिल्ने गर्छ । ' कसरी चिन्नुभयो' प्रश्न तेर्सिन्छ कहिले काही । खोई त्यस्तै लाग्यो,अन्यमनस्क भावमा खिसिक्क हाँसेर जवाफ फर्काउँछु म । नेपाली भेट्दाको आफ्नोपनले मन फुरङ्ग हुन्छ। आजभोली त नेपालीहरु पनि कति धेरै, झन आफ्नै सानो परिवार टाढा विरानीमा गोलमटोल भएजस्तो लाग्ने ।

यहि नेपालको मायाले होला सवै नेपालीलाई जस्तै मलाई पनि देशको वेथिति देखेर चित्त दुख्छ । दिनहुँ हाम्रा दाजुभाई मरेको खवरले मुटुमा च्वाँस्स घोच्नपुग्छ । हाम्रा दाजुभाई किन एक आपसमा लडेका होलान ? उनिहरुको लडाईंले कसलाई फाइदा पु-याएको होला ? यहि प्रश्नको उत्तर खाजिरहन्छु । उत्तर थाह छ पनि तर म यति कमजोर छु कि यो अनावश्यक रक्तपात रोक्न मैले केहि गर्न सक्तिन , म मजवुर छ । अनि केवल दुखद समाचारहरुमा नजर दौडाउँदा घाँटीमा पीडादायी किलिक्क हुनेगर्छ । म ?एकछिन अवाक हुन्छु र आँफैलाई सराप्न पुग्छु । भगवान मलाई किन त्यो गरीव देशमा जन्माइदियौ भनेर ।

खैर दुख मानेर केहि हुने होइन । म एक्लोले केहि गर्न सक्ने पनि होइन । तर पनि नेपालको माया गर्ने युवापुस्ता मिल्ने हो भने, मिलेर केहि गर्न सकिन्छ कि भन्ने विश्वासले मुटुमा जरो गाडेको छ। त्यसैले आफ्नो समयको उल्लेख्य हिस्सा नेपाली दाजुभाई दिदी वहिनीसंग? ?विचार आदान प्रदान गर्न साझामा विताउन मन लाग्छ।

नेपालमा लागि हामीले त्यस्तो ठूलै योगदान ?दिनसक्ने त पक्कै होइन । तर हामीले विदेशमा
जे जस्ता राम्रा कुराहरु देखेका छौं , तिनै कुरालाई नक्कल गरेर नेपालमा पनि एकाध राम्रा परिपाटीहरु स्थापित गर्न अवश्य सक्नेछौं । हामीले आफ्ना व्यक्तिगत स्वार्थहरुलाई आफैसंग थाति राखेर देशको हित हुने कुरा सत्यता पूर्वक वोल्न सक्ने हो भने शासकहरुलाई स्थिति सुधार्न दवाव पुग्छ । अनि हामीले आफ्ना लागि जम्मा गरेको ज्ञान, शीप र धनबाट स्यानो अंश कट्टा गरेर देशका लागि लगानी गर्ने हो भने देखिने योगदान पु-याउन पनि नसक्ने हामी छैनौ ।

जेहोस नयाँ वर्षले अहिले देखिएका प्रतिकुल सम्भावनाका वावजुद नेपालको आकाशमा मडारिरहेको अशान्तिको वादललाई चिर्न सकोस , चाँडैनै शान्तिको दीयो जलोस र नेपालीका घर आँगनमा उज्यालो छाओस । सम्पूर्ण साझावासीले पनि नयाँ वर्षमा उत्तरोत्तर प्रगति गर्दे सफलताको शिखर चुम्न सकुन। सवैको जीवनमा हर्षोल्लास आओस।

नयाँ बर्ष २०६२ को हार्दीक मंगलमय शुभकामना









 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters