Posted by: newuser April 12, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे - राष्ट्रकवि माधव प्रसाद घिमिरे । विर्सिएको Thread लाई फेरि एकपटक व्युँताउँदैछु । वुधवार नेपाली नयाँ वर्ष । यसै मेसोमा साझावासीमा शुभकामना दिहालौं र मनमा लागेका दुई चार कुराहरु पनि साटिहालौं भन्ने जाँगर चलेकोले । उता फुटवल आउनै लाग्यो । ए ए आयो आयो । पहिला फुटवल हेरिहालौं , त्यसपछि कुरा अगाडि बढाउँ । फुटवल सकियो । आफ्नो मनपर्ने टिमले जितिहाल्यो (जितिसक्या छैन तर जित्छ के, अहिले मध्यान्तर) । अँ २०६२ साल पनि लाग्नै लाग्यो । नेपालको याद आउँछ। नगएको झण्डै २ वर्ष हुन आँटेछ। आएदेखि गएके हैन । कहिले के नमिल्ने कहिले के। यो वर्ष त जानै पर्छ । जाने हो जसरी पनि आफ्नो मात्रृभूमि, आफ्नो घर , आफ्नो परिवार, स्वजनहरु अनि आफ्नी मायालुलाई भेट्न । कति भैसक्यो सम्झेर, टोलाएर याद साँचेर वसेको पनि। शरिर हजारौं कोष टाढा छ। तर मन भने किन त्यै नेपालमा गैरहन्छ कुन्नी ? किन आँखाभरि त्यै गाउँघर, भीर पाखा, पानी पँधेरोका दृश्यहरु मात्र छाइरहन्छन कुन्नी ? उफ - नेपाल । हाम्रो साझा घर । समस्त नेपालीको सिंगो चिनारी बाकेको हाम्रो नेपाल । कति मनोरम छ हाम्रो देश । त्यसैले त होला विश्वको जुनसुकै कुनामा बस्ने नेपालीले पनि नेपालको नाम सुन्दासाथ कान ठाडो वनाउने गर्छ । त्यहि माटोको सम्वन्धले त हो नी । यो विरानो देशमा मानिसहरुको भिंडमा नेपाली जस्तो अनुहार देख्?नासाथ हजुर नेपाली हो ? भनेर सोध्न मन लाग्छ । बसमा, ट्रेनमा , थिएटरमा , पार्कमा,बजारमा धेरै पटक सोधेको छु मैले र प्रायजसो अनुमान मिल्ने गर्छ । ' कसरी चिन्नुभयो' प्रश्न तेर्सिन्छ कहिले काही । खोई त्यस्तै लाग्यो,अन्यमनस्क भावमा खिसिक्क हाँसेर जवाफ फर्काउँछु म । नेपाली भेट्दाको आफ्नोपनले मन फुरङ्ग हुन्छ। आजभोली त नेपालीहरु पनि कति धेरै, झन आफ्नै सानो परिवार टाढा विरानीमा गोलमटोल भएजस्तो लाग्ने । यहि नेपालको मायाले होला सवै नेपालीलाई जस्तै मलाई पनि देशको वेथिति देखेर चित्त दुख्छ । दिनहुँ हाम्रा दाजुभाई मरेको खवरले मुटुमा च्वाँस्स घोच्नपुग्छ । हाम्रा दाजुभाई किन एक आपसमा लडेका होलान ? उनिहरुको लडाईंले कसलाई फाइदा पु-याएको होला ? यहि प्रश्नको उत्तर खाजिरहन्छु । उत्तर थाह छ पनि तर म यति कमजोर छु कि यो अनावश्यक रक्तपात रोक्न मैले केहि गर्न सक्तिन , म मजवुर छ । अनि केवल दुखद समाचारहरुमा नजर दौडाउँदा घाँटीमा पीडादायी किलिक्क हुनेगर्छ । म ?एकछिन अवाक हुन्छु र आँफैलाई सराप्न पुग्छु । भगवान मलाई किन त्यो गरीव देशमा जन्माइदियौ भनेर । खैर दुख मानेर केहि हुने होइन । म एक्लोले केहि गर्न सक्ने पनि होइन । तर पनि नेपालको माया गर्ने युवापुस्ता मिल्ने हो भने, मिलेर केहि गर्न सकिन्छ कि भन्ने विश्वासले मुटुमा जरो गाडेको छ। त्यसैले आफ्नो समयको उल्लेख्य हिस्सा नेपाली दाजुभाई दिदी वहिनीसंग? ?विचार आदान प्रदान गर्न साझामा विताउन मन लाग्छ। नेपालमा लागि हामीले त्यस्तो ठूलै योगदान ?दिनसक्ने त पक्कै होइन । तर हामीले विदेशमा जे जस्ता राम्रा कुराहरु देखेका छौं , तिनै कुरालाई नक्कल गरेर नेपालमा पनि एकाध राम्रा परिपाटीहरु स्थापित गर्न अवश्य सक्नेछौं । हामीले आफ्ना व्यक्तिगत स्वार्थहरुलाई आफैसंग थाति राखेर देशको हित हुने कुरा सत्यता पूर्वक वोल्न सक्ने हो भने शासकहरुलाई स्थिति सुधार्न दवाव पुग्छ । अनि हामीले आफ्ना लागि जम्मा गरेको ज्ञान, शीप र धनबाट स्यानो अंश कट्टा गरेर देशका लागि लगानी गर्ने हो भने देखिने योगदान पु-याउन पनि नसक्ने हामी छैनौ । जेहोस नयाँ वर्षले अहिले देखिएका प्रतिकुल सम्भावनाका वावजुद नेपालको आकाशमा मडारिरहेको अशान्तिको वादललाई चिर्न सकोस , चाँडैनै शान्तिको दीयो जलोस र नेपालीका घर आँगनमा उज्यालो छाओस । सम्पूर्ण साझावासीले पनि नयाँ वर्षमा उत्तरोत्तर प्रगति गर्दे सफलताको शिखर चुम्न सकुन। सवैको जीवनमा हर्षोल्लास आओस। नयाँ बर्ष २०६२ को हार्दीक मंगलमय शुभकामना
Read Full Discussion Thread for this article