ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -९९

[Please view other pages to see the rest of the postings. Total posts: 572]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 203036 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 02-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९९ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 99 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


       

 
Posted on 02-12-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, तारेमाम।
लौ हाम्रो लहरे बौचा त गल्ती पत्रकार पो निस्के छ। कस्ले गल्ती गर्ला र समाचार लेखौला भनेर बस्ने।


हाम्रो देशाँ ३ थरिका पत्रकार हुन्छन।
१- चल्ती पत्रकार
२- खल्ती पत्रकार
३- गल्ती पत्रकार 
 
 


 
Posted on 02-12-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने त ठुल्दै, काम छ अरु केही लेख्न भ्याउदैन, एसो चौतारीमा चिहाएर हेर्यो,
केही भेत्यो कि लेख्दिहाल्यो। अब के गर्ने, अरु चाँही भ्यायो भने लखुला। 
 
Posted on 02-12-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सुद्धी का हराएछ ब्यान ब्यान देखी ,कफी नपेर होला, लौ क्षमा पाउ, जानेर लेख्या हैन
सम्धी ज्यु ले लेख्या भन्ठनी छु।
जदौ ठुलि,चित्रे,लहरे, ठुल्दाइ।

 
Posted on 02-12-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन चुप चाप हो
का मरे सबजाना, हसुर्ने टाईम त भा छैन
लेखुम लेखुम केही लेखुम
 
Posted on 02-12-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिरको डायरी लेख्दै थिएं। अर्को धागो खोलेको छु, त्यता तिर पनि नजर घुमाउनु होला। तारेमाम्।
 
Posted on 02-12-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब अर्को विषयमा खोकुम्, यसपाली चैं अलि धेरैलाइ चासो र रूचि हुने विषयमा बोल्नुपर्ला, हाम्रो चौतारीको इतिहास -- चौतारी माहात्म्य।

हाम्रा ग्वाँचु बाजे जरामुनीमा बसेर जरै जराले जेलिएर जराको जेल जस्तो ठाउमा जाकिएर जिन्दगी नै जराको जन्जाल जस्तो
भएकोमा जाँड खाई जोड जोडले कराउँदै होलान्। तर ग्वाँचूबाजे जस्तै कैयौं गाम्लेहरू चौतारीको फैलिएको जरामा विलीन
प्राय: भैसकेका छन्। जो पूरै विलीन भैसकेका छैनन्, ती कहिले काहीं बिजुली चम्के सरी पल्याक पुलुक देखा पर्छन् र 
फेरी हराउँछन् त्यही जराको जन्जालमा।

मलाइ 'जरा' भन्ने शब्दको अर्थ व्यापक लाग्छ, सायद 'फर्सीको जरा' कविता पढेर होला, त्यो कविता पढेर 'रूखको
जरा' भन्ने कविता लेख्या थें उहिल्यै तर अहिले कता हरायो के थाहा? अहिले चैं हाम्रो चौतारीको जराले मलाइ जकडेर राखेको छ।
लु, अब यो लेखको शीर्षक नै 'चौतारीको जरा' बनाउँछु म।

                                                                      चौतारीको जरा

हाम्रो चौतारीको बीउ चैं हाम्रा ईश्वर माड्सापले लेर आ'का हुन्, २००५ को अगस्टतिर, स्कूलमा चनाको बोट उमार्न
बीउ ल्याएर रोप्छन् नि सिसिमा, त्यस्तै ईश्वर माड्सापले नि ती चनाको बीउ भौतेकाजीले चोरछन् कि भनेर 'भौते हराएको सूचना" 
निकालेछन् साझामा। अनि निकै मानिसहरू त्यो सूचना पढेर टाउको खियाउन थाले, पून्टेदाइ, सिरे आदि आदि। त्यो
चनाको बीउ कहाँ हरायो भनेर खोज्दा खोज्दा नमे ईलिन्जियरले भेट्टाएछन्, तर चनाको बीउ नभई बर पीपलकै बीउ
परेछ त्यो। 

२००५ को सेप्टेम्बर ७ मा रोपेदेखि चाँड्चाँडो बढेको बढ्यै भयो रूख चैं, केही गाम्लेहरूले मलजल गर्ने स्वयंसेवा जो गरेका थिए।
सिरे थियो प्रमुखमा, अचेल त ऊ जराको बढ्दो चक्रव्युहमा कता हरायो कता? चौतारीका अहिलेसम्मका समयलाइ पनि
चार युगमा विभाजित गर्नु पर्ला। सत्य, द्वापर, त्रेता र कलि गरेर। सिरे सत्ययुगका नारद जस्तै थिए, जतिबेला नि
स्याउजाली डाइलेक्टमा भट्याको भट्याइ गर्ने। त्यही कुरा गर्ने कलाले गर्दा उसले त्यतिबेलाका अप्सराहरू रूइना, म्याट्रिक्स रोजलाइ
चौतारीमा नाच्न बाध्य गराएको थियो। कोही चौतारी नजीकबाट हिंड्यो भने पनि ऊ हत्त न पत्त स्वागत गर्न तम्सिहाल्थ्यो।
यसरी चौतारीको सदस्यता बाँडेपनि धेरै मानिस आएका थिएनन्, औंलामा गन्न सकिने थिए, सायद युनिकोडको भर्खर 
विकास भएर होला, कन्भर्टर थिएन, आफैं लेख्नु पर्थ्यो सीधै।

 त्यो बेलाका चौतारीबासीहरूमा जिम्माल बुडा, जसलाइ 
चौतारीका अमर अजर भीष्म पितामह भने नि हुन्छ, पुन्टेदाइ जसको त्यो बेला अलि बढि कपाल थियो, गोतामे गुरू, जसको 
हाइकूले त्यो बेला चौतारी हल्लाउथ्यो, नेपेदाजी, जस्को गजलले चौतारी संगीतमय हुन्थ्यो, भौतेकाजी,जसको कुरा
गराइले नै मानिसहरू खित्का छोडी हाँस्थे। त्यसैकारण त उनको खोजी गर्दा गर्दै चौतारीको जन्म भयो। नेपेसाहीला
 नि थियो जो अहिले चौतारीको जराले बनाएको कुन चैं खण्डमा कैद छ थाहा भएन। अर्का दादा थिए, चौतारीमा सधैं ढोल ठोकेर गीत गाइरहने, अर्को मुन्द्रे थियो, ऊ पनि जरामुनीमै जरा खोतल्ने काम गर्थ्यो, ऊ चैं जरा खोतल्दा खोतल्दै हिरा भेट्टाएर घर फर्केछ, अस्ति आकाशवाणी 
पठाम्दै थियो नि चौतारीमा।

लु अरू नि धेरै छन्, बिस्तारै लेख्दै गरम्ला सबैका कथा, व्यथा, विशेषता। चौतारीको जरा अनन्त छ, निरन्तर बढिरहेछ,
सर्वव्यापी भैरहेछ, सर्वत्र ढाकिरहेछ!

Last edited: 12-Feb-08 11:16 AM

 
Posted on 02-12-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-12-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो ठुलिले दुई दिन के काम गर्नु परेको थियो, ठुलिको एउता आँखा ठुलो भएछ,
 
Posted on 02-12-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ हो गाउँले हो? चित्रेको चौतारीको ईतिहास नि पढियो सक्कियो, अब चौतारीको
चार युग लाई अलिकती परीभाषित गर्ने हो कि त चित्रे? व्याख्या राम्रो छ, धन्यवाद
अरु सबै कता कता? आ आफ्नो खोपीमा हो कि त?
ठुल्दाइको 'जागिरे को डायरि'  नि पढियो
तारेमाम ठुल्दाइ, बिस्टे


 
Posted on 02-12-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे थुलिको एुता आखा मात्र होइन दुइतै आखा थुलो भएको च।
रित्थे के च?


 
Posted on 02-12-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अहिले कुन युग मा छौ त हामी चित्रे, पक्कै पनि कली जुग नै त होला
तारेमाम रिट्ठ्स,

'जागिरे को डायरि'  गज्जब को सुरुवात छ् ठुल्दाइ, दोस्रो पियन को अन्तर्वाता सुन्न मन लागो


 
Posted on 02-12-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले त एउता मात्र ठुलो ढेख्यो, ए एएएए, हुन त दुइतै आँखा ठुलो भएको राइछ,
तर एउत चाँही निक्कै ठुलो भएछ,
अनी रित्थे सान के हुँदै छ हो, ठुल्दै दाँयारी लेख्न मस्त होला,
 
Posted on 02-12-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे दुइतै आखा थुलो हेर्न त दुम्सि गाम अौनु पर्च।


 
Posted on 02-12-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हुनु ठुलि भोकले मर्न लायिसके, अब हसुर्न जान्'ला-- अनी तिमीले के हसुरेउ नि?
कस्तो बानी लाग्या छ अचेल भने नि , केही न केही चपाउनै पर्नि भा छ नभये त भोकले बस्नै दिदैन
लहरे ब्रो के छ? आज अली फुर्सत जस्तो छ सोमको? लु बेला बेलामा सायरी नि जावोस ठुल्दाइको डायरि त छदैछ नि
बिस्टे माट्साब, क्यार्दै हो? आज उकालो लागिएन? बिस्टेले सुरु सुरुमा खै चिया पानमा बोलाउछु भन्या अन्ठ्या अन्ठै छ अझै सम्म



 
Posted on 02-12-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हरु?
दोस्रो राउन्ड को जदौ नमस्ते सप्पै फिरी मा
आफ्नो त हसुर्नी बिरेक भएर यसो चौतारी मा पसेको नि (चौतारी मा नि हिउ पर्‍यो कि क्या हो चिसो छ त)
आज सप्पैलाई फुर्सत जिम्मी बुढा बेफुर्सती
 
Posted on 02-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि भोक ले आँखा देख्य छैन अब ओर्लन्छु तल्तिर
के भन्छौ रिट्ठे तिमी लाई नि बोलौनु पर्छ र भन्या, एसो झरे भै हाल्यो नि मन लाग्या बेला,लौ एही शनिबार तिर झर न त खाना खाने गरी
खसी को कवाब लाउला,दोहरी गाउला,एसो चुस्की नि लाउला हुन्न।
 
Posted on 02-12-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे लाई पनि कती ठाम मा जान परेको? शनिबार त हाम्रो तिर झर्छु भन्दै थियो त, फेरी बिस्टे को तिर?
 
Posted on 02-12-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


alchi lagyoooooooooooo

 
Posted on 02-12-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, अल्छि लागे देखिन ह्यान्सी लाई फुन लाउनी नि
 
Posted on 02-12-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters