[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 !! षड्यन्त्र! !!

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 33941 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-20-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

!!!!!!!!!!!!!!षड्यन्त्र!!!!!!!!

" सिर्जना " को बिषयमा भन्नु पर्दा हाम्रो देशकी धेरै थोरै महिला इन्जिनियर मध्येकी एक हुन। मैले काम गर्ने अड्डामा जम्मा जम्मी ३ महिला इन्जिनियर्हरु मध्ये सबै भन्दा जुनियर्। उनी मेरै स्कूल कि जुनियर मात्र थिइनन्, त्यो ब्याचकि टपर् पनि थिइ। अझ भन्नु पर्दा उनकी दिदी स्म्रिति मेरो सहपाठि। त्यही भएर धेरै थोर् जानकारी थियो म मा सिर्जनाको बारेमा।

एक्लि आमा त्यो पनि  मामा घरमा दुखले हुर्केकी दुइ दिदी बहिनी।किन कसरि सिङ्गल मदरको पर्बरिशमा परिन् सरोकारको बिषय थिएन।  दिदी भन्दा बहिनी पढाइमा अब्बल।२२-२३ बर्षकी हुंदा दिदी स्म्रितिले जिउदै जलाइन्, म्रित्यु पनि कुरिनन्। कारण थाहा भएन। थाहा पाउने चेष्टा पनि गरिन।
मानसिक पीडा र अनमेल परिबेश बीच पनि सिर्जनाको यात्रा जारि थियो। एस् एल् सी मा स्कूल कै सर्बोच्च अंक। आइ एस्सि हो कि इन्जिनियरिङ् डिप्लोमा गरिन् त्यो पनि थाहा भएन तर इन्जिनियरिङ् मा महिलाहरु मध्ये सर्बोच्च अंक ल्याइन्। लोक सेवा पनि पास् गरिन्।
संभवत स्कूलको नाताले होला कहिले काहिं बिभागमा काम् बिषेशले आउदा मलाई हाइ हेल्लो भन्ने औपचारिकता चाहि निभाउने गर्थी। महिला इन्जिनियर भएकोले काठ्माडौ,  भक्तपुर, ललितपुर वा बिभाग वा अन्य केन्द्रिय कार्यालय मै पोस्टिङ् हुने गर्थ्यो। ललितपुरबाट् बिभागमा सरुवा हुंदा उनी मेरो ठाउमा सरुवा भएर आइन।

हाम्रो परिचय र सम्बन्ध को बिस्त्रित बर्णन यति नै थियो।

१० बर्ष काम गरे-नगरे पछि उच्च अध्ययनको सनक चढ्यो म मा। फर्म सर्म भरें। युरोपिय मुलुकमा मास्टर्स् गर्ने मौका मिल्यो। गएं। पढें- पढे जस्तो गरें। सफलतापूर्बक डिग्री लिएर स्वदेश फर्कें। फेरि बिभाग मै पोस्टिङ् मिलाएं।


त्यतिन्जेल मेरो युरोप यात्राले धेरै को घैंटामा घाम लागिसकेको रहेछ। राहुले ले त चान्स् पायो हामीले किन न पाउने? सबैले आफुलाई तीसमार् खाँ, चालिसमार् खाँ सम्झने गर्थे। आफु बाहेक सबै जना फुच्चे लाग्ने राष्ट्रिय गुण जाग्नु स्वाभाबिक थियो र राम्रो नै लाग्यो। धेरै ले फारम भरे। म फर्केको साल सबैले आराम् गरे अर्थात कसैको पनि कुनै पनि मुलुकबाट् बोलावट आएन।
अर्को साल नयाँ घाम झुल्क्यो। एक एक जना गरी कसरि फारम भर्ने, कसरी फेलोशिप हातपार्ने इलाहाबादी बिद्या सिक्न आउन थाले।  त्यो साल मात्र १०-१२ जनाले हिम्मत गरे, आराम संग फारम भरे। निबन्धहरु लेख्नु पर्थ्यो। त्यसको नक्कल मात्र होइन सक्कल पनि दिएं, गरी खा भन्दै।
म संग मुफ्त बिद्या माग्ने ६-७ जना थिए। तिनमा सिर्जना र मुकुन्द श्याम पनि थिए।

कन्फर्मेशन को समय आयो। सिर्जना सेलेक्ट भइन रे, मुकुन्द श्यामले खबर ल्यायो। आफु चाहि बैकल्पिक एक नम्बर् रे। कत्ति को चान्स छ दाइ भनेर सोध्न आएका थिए, मुकुन्द श्याम। "बैकल्पिक १ नम्बर् होस् या १०० नम्बर्, मुख्य उम्मेदबार् ले छोडे पाउने हो क्या रे। सिर्जनाले के छोड्थी। अर्को साल ट्राइ मार भन्ने सल्लाह दिएं, मुफ्त मै।"


 
सेप्टेम्बरको दोस्रो हफ्ता सेशन सुरु हुने गर्थ्यो ति बिश्वबिद्यालयमा।जुलाइ को अन्तमा हो कि अगष्टको सुरु मा मुकुन्द श्याम हस्याङ फस्याङ गर्दै आयो मेरो कोठामा।
"दाइ ! मेरो नि कन्फर्मेशन आयो। अब के के गर्नु पर्छ? "


कसरी आयो? सिर्जनाले छोडी त त्यो सीट?
म छक्क परें।


त्यसै होला दाई, थाहा भएन।

जे होस् राम्रो नै भयो। मुकुन्द श्याम पनि जेहेन्दार, मेहनति र इमान्दार् इन्जिनियर मात्र थिएनन्, साह्रै नै सोझो र निष्कपट स्वभावका थिए।
आसेप्टेन्स लेटर् भरेर पठाए। उताबाट भिसा सम्बन्धि कागजात आउने प्रतिक्षामा थिए।
त्यसको केही दिन मै बिभाग भरि हल्ला फैलियो। एक् जना जानु पर्ने ठाउँमा अर्कैले ट्याण्टर्म्यान्टर् गरी जान लागेको र ठुलो षड्यन्त्रको पर्दाफास् भएको रे।
मुकन्द श्याम को चर्तिकला बारे ब्यापक टिकाटिप्पणि चल्यो। मलाई भने पटक्कै बिश्वास लागेन। मैले चिनेको मुकुनद श्याम् त्यस्तो ब्यक्ती हुंदै होइन। तै पनि के भरोसा, मान्छेको मन न हो, सम्हाल्न सकेन भने मानव पनि दानव हुन सक्छ।

मन को खुल्दुली मेटाउन अनुसन्धान गर्नै पर्ने भो। कहिं न कहिं षडयन्त्र भाको छ। तर को बाट कसरि भयो? खोज्न तिर लागें।

 

क्रमश:


 
Posted on 10-23-08 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

areeee yaar....second part le ta khuduli badaune kaam matra garo....concrete kura kehi aayena...looking forward to the next episodes rahulvai..... :)


 
Posted on 10-23-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको शीर्षक हेर्दा त षडयन्त्र छ! सिधै मुकुन्दश्यामको काम हो भने त कथाको शीर्षक छल, कपट वा धोका राख्नु पर्ने हाम्रा ठूल्दाईलाई चिनेर बुझ्दा। कतै मुकुन्दश्यामको नाम मुछेर अरु नै कसैले ठूलो खडयन्त्र गरेको त हैन? शंका जता पनि जान्छ र समाधान नभएसम्म सबैलाई शंका गर्नु पर्छ।

अहिले सम्मका प्राइम सस्पेक्टहरु-

१) मुकुन्दश्याम

२) सृजनाको पती

३) स्वयं सृजना (मुकुन्दश्याम संगको कुनै ठुलो रिसइबिका कारण आफैँले मुकुन्दश्यामको चरित्रहत्या गरेर रिभेन्ज लिन लागेको पनि हुन सक्छ)

४) स्वयं कथा लेखक ठूल्दाई (लोल,  के थाहा कुनै लुकेको दुश्मनीले गर्दा कथा लेखकले नै खडयन्त्र गरेको पनि हुन सक्छ, इमेल-फिमेल उनकै कोठामा)

५) ठूल्दाईको कोठाका बाँकि इन्जिनियरहरु ( इमेल को डाडु पन्यौ उनिहरुकै हातमा छ भनेपछि कसैले कुनै कारणले गर्दा गरेको हुन सक्छ)

ढ्यानट्यार्यान...........ढुकचुक ढुकचुक.............अपराधी पत्ता लगाउनुहोस र आगामि अंकमा ठुल्दाईबाट पुरस्कार प्राप्त गर्नुहोस...


 
सान्नानी
Posted on 10-23-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero guess ma chahi 1 ra 5 ko milibhagat hola la. heram prize painchha ki. :)
 
Posted on 10-23-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ajhai sadyantra ko pardafaas bhaeyna cha ..kasto sansanipurna katha hola :D


 
Posted on 10-23-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl psting :(

Last edited: 23-Oct-08 09:37 AM

 
Posted on 10-23-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त थाहा छ है "यस्तो षड्यन्त्र गर्ने मै हुँ" भन्यो भने फेरी कथा सिद्धिएला तर जो भए पनि नाम फ्याट्ट नभनेर हातको ईशारा ले देखाउनु होला है दाई, दाइले लेख्ने सत्यकथा हरु षड्यन्त्रकारी ले पनि पढिराखेको हुन सक्छ भन्ने कुरालाई पनि ध्यान दिनु होला 
 
Posted on 10-23-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Parbatya nai huna parchha! HO! HO!! HO!!!

 
Posted on 10-23-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखाइ र कथा पाठकको मनमा जिज्ञाशा जगाउन सफल छ ! नौलो बिषयमा नौलै पाराको लेखाइ मान्छु म ! कथानक दृष्टिकोणबाट हेर्दा कथा राम्रो छ तर खट्केको बिषयचाहिँ, कथालेखनमा प्रयोग भयका केहि भारतिय शब्दहरुले कथामा चामलमा ढुङगाको अनुभुति गरायका छन !
एउटा उदाहरण र त्यसको सट्टा हाम्रै नेपालि कुन शब्द प्रयोग गर्न सकिन्थ्यो भन्ने सानो प्रयाश -

पर्बरिशमा - हुर्काइमा

कथाको लागि साधुबाद

-स्याटेलाइट
 बुटवल-१३
 
Posted on 10-23-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कोही हैन राहुल दाइको दिमाग  चै निकै षडयन्त्रकारी छ--  कुरो त्यहि हो  ( अब रिसाम्न बेर छैन) ।

 साच्ची  मनाँ  निकै हलचल पो मच्चायो त  कथाले -- अर्को भाग आउने कैले? :)


 
Posted on 10-23-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त थाहा छ है "यस्तो षड्यन्त्र गर्ने मै हुँ" भन्यो भने फेरी कथा सिद्धिएला तर जो भए पनि नाम फ्याट्ट नभनेर हातको ईशारा ले देखाउनु होला है दाई, दाइले लेख्ने सत्यकथा हरु षड्यन्त्रकारी ले पनि पढिराखेको हुन सक्छ भन्ने कुरालाई पनि ध्यान दिनु होला  "

 
 
lol parbate jyu. Thuldai  la chito chito post garnu paryo.
 
Posted on 10-24-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइलो भाई जी ,
खेल ईमेल कै हो शंका छैन। त्यो कोठाइ बाट भयो भएन आगामी अंक मा थाहा हुने छ।

हरिकान्छा जी,
उसको पतिदेब हो कि भन्ने शंका पनि जायज नै छ।

पिरे जी,

राहुलभाइ लाइन मार्ने मा परेन बरु राहुलभाइ लाई लाइन मार्ने चाँही हुनसक्छ है। तर यो षड्यन्त्रमा लाइन बेलाइन को कुरा चाँही छैन है।
पाण्डाजी,
संभवत युनिभर्सिटिका कर्मचारीको पनि कमी कम्जोरो देखियो नै। तल्लो तहको कर्मचारी शायद sirjana र sirijana मा नराम्रो संग झुक्कियो। त्यो भन्दा पनि एउटा आइ थप्ने खुराफाती दिमाग कहाँ बाट आयो?

Obliviousजी
छिट्टै आउने छ। धुक्क भए हुन्छ।

बिर्खेजी,
बिश्लेषण सटिक छ। संभावनाहरु संभाबित छन। त्यो भन्दा बाहिर पनि संभावना रहन्छ कि ?

सान्नानी जी,
नम्बर १ र ५ मध्ये पनि हुन सक्छ, दुबइ को कम्बिनेशन पनि हुन सक्छ। अथवा दुबइ नहुन पनि सक्छ। ( को हो भन्ने मलाई मात्र थाहा छ।) 
 

प्रेरणा जी,
षड्यन्त्रहरु सनसानीख्जे नै हुने गर्छन्। तर स्कोलर्शिप मा हुनु चाँही नौलो नै लाग्यो।

पर्बते जी,
सत्य कथा भएकोले लेख्न मन लागेको थिएन। षड्यन्त्रकारीले पनि पढ्दै गरेको हुन सक्छ, सहि हो। सुरक्षित अवतरण को धावन मार्ग खोज्दै छु।

पून्टे दाई,
पर्बते होइन हो यसमा चाँही, अर्कै षड्यन्त्रमा सामेल छ भने थाहा भएन है ।

स्याटलाइट जी,
गल्ती देखाइ दिनु भएकोमा धन्यवाद, आइन्दा ध्यान दिने नै छु।

मिस जी
अब आँफै षड्यन्त्रकारी भए कथा लेखिन्छ र भने? त्यती सम्म त नभनुं है।

पिया जी,
छिट्टै लेख्ने नै छु। संभवत आजै ।
 
 

Last edited: 24-Oct-08 11:15 AM
Last edited: 24-Oct-08 11:24 AM

 
Posted on 10-24-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो र सत्य घटनामा आधारीत कथा, षडयन्त्रकारी को हो मलाइ थाहा छ । हा हा, लौ किन भन्नु परेको नि मैले, हत्तेरी !!!

यो कथाको वर्णन उहिले नै सुनेको हो, साझामा लेख्नुस्न भनेर त्यै बेला भनेको थिएँ, बल्ल जाँगर चलाउनु भएछ ठुल्दाइ ले, ल पेलम पेलम ।


 
Posted on 10-24-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ni padhe dai ko katha!!
Mukunda Shyam nabhaye aru ko ta ? Srijana ko ghar ka kohi manche?

 
Posted on 10-24-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनादाइलाई सुनाइ सकेको भुसुक्कै बिर्सेंछु। सस्पेन्सलाई गोप्य नै राखुम है, षड्यन्त्रकारी यही कतै होला।

चेली जी,

मुकन्द श्याम प्राम सस्पेक्ट हो नै तर अपराधी नै भनी हाल्न अली चाँडो हुन्छ कि ?


 
Posted on 10-24-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I would not recommend to go after 'the usual suspect' otherwise the real culprit will escape. The story will be very lame if Mukunda Shyam (MS) is guilty because it's very predictable. Remember MS is the direct benificiary and he's been posted in a rural place. He'll surely want to go to a better place. I believe rahulvai will make turns and twists to make the story more interesting. The antagonist should be a third person other than Smriti and MS - someone who will benefit from the downfall of Smriti and MS. Also there is less possibility that Smriti's husband did that as he has not been mentioned much so far (but let's not exculpate him yet). There is strong chance that the narrator is the fugitive or it may be his alter-ego who adores Smriti. The narrator knows her from his school days. It could be that the narrator and Smriti's sister were in relationship but he secretly started liking Smriti. When Smriti's sister found out that and they had a big fight and broke up. She killed herself as she was pregnant with his baby. But of course, the narrator was not aware of this and he even didn't try to know the reason of her suicide (or it could be that he forced her to commit suicide). blah blah ........... it's just my guess!!!!!! rahulvai don't mind it........

I hope the ending will not turn out flimsy like in Hindi mystery movies............ rich couple killed .... there are many suspects .......close relatives and friends........turns out the old maid and servant killed them.....

Keep up the good work.....

 
Posted on 10-25-08 6:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yea...why does the narrator mention the elder sister and her suicide....there must be something behind that suicide as well...plus euta intuition aayako cha...mail office bhaira bata gayako hne chances high cha ...lol...juss my intuition....

 
Posted on 10-27-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

षड्यन्त्र
भाग ३

मुकुन्द श्याम् घरमा भेटिएन तर उ काठमाडौं आइसकेको जानकारि मिल्यो। सके सम्म छिटो भेट्न आउने सन्देश छोडें।

त्यतिन्जेल सिर्जनाको कन्फर्मेशन रिकन्फर्म भैसकेकोले षडयन्त्रकारीको कलुषित मनसाय टाँय टाँय फिस् भैसकेको थियो नै। तै पनि देश र बिभाग दुबैको बदनाम हुने यस्तो कार्य कसले गरेको भन्ने जान्ने रहर रहिरह्यो।

मुकुन्द श्याम बिभाग आए। डीजी साहेबको एकमुष्ठ गालि र आरोप खाए। सके सम्म प्रतिबाद गरे रे।  देखिने सबूद प्रमाण मुकुन्द श्यामको बिरुद्ध चिच्याइ चिच्याइ बोलि रहेको थियो। झन त्यसमाथि सिर्जनालाई सी सी गरी मुकुन्द श्यामलाई युनिभर्सिटिले पठाएको चेतावनी पत्रले त झन मुकुन्द श्यामलाई अपराध कबूल गर्न बाध्य गराउन्ने खालकै थियो।
सो पत्रमा लेखिएको रहेछ-

Although we do not have solid proof but we strongly beleive that you are the culprit of this email episode and we advise you not to apply in any European Universities again.

त्यो पत्र पढ्दा मलाई लाग्यो, युनिभर्सिटि आफै पनि मुकुन्द श्यामलाई दोषि ठहर गर्न चाहन्छ। गल्ती ढाकछोप को उद्देश्य पनि हुन सक्दछ- इमेलको प्रमाणिकता जाँच नगरीकन अफर् लेटर पठाउनु अनि मुकुन्दश्यामालाई स्विकार गर्नु तिनीहरुको गल्ति थियो नै।

मुकुन्दश्याम भेट्न आए। क्यान्टिनमा गएं एकान्तको खोजिमा। गोजिबाट चुरोट् झिंके र सल्काएं । अनि बिस्तारै सुरु गरें।

"यो काण्ड कसले गर्‍यो त ? सबैले त तिमीले गरेको भन्छ नि ?"

"दाइ, धरोधर्म मात्र होइन जे कसम खान नि खान्छु, मैले गरेको हुदै होइन।"
 
"मलाई अफर लेटर आएकोमा म नै छक्क परें अनि ट्याम् कम् भएकोले हतार् हतारमा असेप्टेन्स लेटर पठाई दिएं।"

"युनिभरसिटिले समेत तिमीले नै बदमाशी गरेको भन्छ नि ?"
मैले अर्को प्रश्न तेर्साएं।

"हो, युनिभर्सिटिले पनि त्यही भन्छ, डीजी, डी डी जी साहेबहरु पनि त्यही भन्नु हुन्छ। म कहाँ गएर प्रमाण खोजुं दाई?"
 
यो भन्दा भन्दै उनको आँखा सजल भए। निर्दोष भाव त म पढ्न सक्थें। तर प्रमाण खोज्छन् जो कोइ पनि।

"मलाई कन्फरमेशन आउदा, होइन कि भनेर सिर्जनालाई सोध्छु भनेर नि गएको थिए। तर त्यतिबेला उ अफिसमा थिएन। फोन न नि थिएन, घर पनि थाहा थिएन।"

"एक त दाइ ले मलाई राम्रो संग चिन्नु हुन्छ, कस्तो खाललो मान्छे भनेर। अर्को कुरा, मैले बदमाशी गरेर भोलि समातियो भने यस्तो हुन सक्छ भन्ने अनुमान लगाउन न सक्ने मान्छे पनि होइन म। अर्को फेरि जर्मनी र नर्वेबाट् पनि कन्फर्मेशन आउने संभवना हुंदा हुंदै किन गर्थें होला दाइ मैले?"

उनको सोधाइ नि जायज थियो नै। शैक्षिक प्रमाणपत्रको आधारमा उनको सेलेक्सन् कहींबाट पनि हुन सक्थ्यो।

यो काण्ड धेरै दिन सम्म ताजा नै रहिरह्यो। बिभिन्न कागजात अनि प्रशासनिक काम कुरा गर्न सिर्जना एक दुइ दिन बिराएर बिभाग आउने गर्थी। हाम्रो कोठा सबैको आबश्यक अनावश्यक कागजात  प्रिण्ट गर्ने ठाउँ थियो नै।  कुरा हुंदा मुकुण्द श्यामलाई सत्तो सराप्थी।

मुकुन्द श्याम रसुवा फर्के। आफुलाई निर्दोष साबित गर्न सकेन। यसमानेमादोषी मुकुन्द श्याम नै रहे।
यत्तिकै बीचमा रसुवा स्थित कार्यालयमा फाक्स आएछ। नेपालीमा टाइप गरिएको फाक्स्मा,  मुकुन्द श्यामलाई झिलिमिलि गाली सहित चेतावनी अंकित थियो।

त्यो फाक्स पाएको भोलिपल्टै काठमाडौं आए र पर्सिपल्ट मेरोमा आए।
दाई मैले यस्तो फाक्स पाएं- भनेर देखाउन ल्याए।

"मुर्ख, साले, गधा........................................................ मुकुन्द श्याम।

तैले यसो गरिस् उसो गरिस्, सबै भोग्छस्। तलाईं युनिभर्सिटिले इमेल गरेको छ, किन अहिले सम्म न पढिस्। छिटो पढेर जवाफ लेखेस्, नत्र राम्रो हुने छैन।""


  आदि इत्यादि लेखिएको फाक्सिएको पत्र पढे पछि षडयन्त्र कुनै चानचुन मान्छेले गरेको होइन भन्ने आभास भयो। मुकुन्द श्यामले गरेको होइन होला भन्ने भर्सन त सुरु देखि नै म मा थियो नै। यसले झन पक्का भयो।

यसको मतलब, मुकुन्द श्यामले इमेल न खोलेको थाहा पाउने ब्यक्ति छन्, जसको  यो काण्ड संग निकै गहिरो सम्बन्ध छ।

 को होला त्यो ब्यक्ति? मथिङ्गल रोटे पिङ् घुमे जस्तो घुम्यो।

क्रमश:


 
Posted on 10-27-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो राहुलदाइ को होला त षडयन्त्रकारी? झन खुल्दुल पो हुने भो भनेको हे हे, हन यो कथा कथा कती भाग लम्मिन्छ हँ? आफुलाई त सबै भाग अहिले नै पढ्न पाए हुन्थ्यो जस्तो भईराछ भनेको, अब को हो को हो यो षडयन्त्रकारी?
 
Posted on 10-27-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohooo...yo psadyantrakari lai ta mukunda shyam ko passwd in thaha raicha...suspense gahiraundai cha....!!!! dahn taran......!!!!!

 
सान्नानी
Posted on 10-28-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters