Posted by: Rahuldai October 27, 2008
!! षड्यन्त्र! !!
Login in to Rate this Post:     1       ?         Liked by

षड्यन्त्र
भाग ३

मुकुन्द श्याम् घरमा भेटिएन तर उ काठमाडौं आइसकेको जानकारि मिल्यो। सके सम्म छिटो भेट्न आउने सन्देश छोडें।

त्यतिन्जेल सिर्जनाको कन्फर्मेशन रिकन्फर्म भैसकेकोले षडयन्त्रकारीको कलुषित मनसाय टाँय टाँय फिस् भैसकेको थियो नै। तै पनि देश र बिभाग दुबैको बदनाम हुने यस्तो कार्य कसले गरेको भन्ने जान्ने रहर रहिरह्यो।

मुकुन्द श्याम बिभाग आए। डीजी साहेबको एकमुष्ठ गालि र आरोप खाए। सके सम्म प्रतिबाद गरे रे।  देखिने सबूद प्रमाण मुकुन्द श्यामको बिरुद्ध चिच्याइ चिच्याइ बोलि रहेको थियो। झन त्यसमाथि सिर्जनालाई सी सी गरी मुकुन्द श्यामलाई युनिभर्सिटिले पठाएको चेतावनी पत्रले त झन मुकुन्द श्यामलाई अपराध कबूल गर्न बाध्य गराउन्ने खालकै थियो।
सो पत्रमा लेखिएको रहेछ-

Although we do not have solid proof but we strongly beleive that you are the culprit of this email episode and we advise you not to apply in any European Universities again.

त्यो पत्र पढ्दा मलाई लाग्यो, युनिभर्सिटि आफै पनि मुकुन्द श्यामलाई दोषि ठहर गर्न चाहन्छ। गल्ती ढाकछोप को उद्देश्य पनि हुन सक्दछ- इमेलको प्रमाणिकता जाँच नगरीकन अफर् लेटर पठाउनु अनि मुकुन्दश्यामालाई स्विकार गर्नु तिनीहरुको गल्ति थियो नै।

मुकुन्दश्याम भेट्न आए। क्यान्टिनमा गएं एकान्तको खोजिमा। गोजिबाट चुरोट् झिंके र सल्काएं । अनि बिस्तारै सुरु गरें।

"यो काण्ड कसले गर्‍यो त ? सबैले त तिमीले गरेको भन्छ नि ?"

"दाइ, धरोधर्म मात्र होइन जे कसम खान नि खान्छु, मैले गरेको हुदै होइन।"
 
"मलाई अफर लेटर आएकोमा म नै छक्क परें अनि ट्याम् कम् भएकोले हतार् हतारमा असेप्टेन्स लेटर पठाई दिएं।"

"युनिभरसिटिले समेत तिमीले नै बदमाशी गरेको भन्छ नि ?"
मैले अर्को प्रश्न तेर्साएं।

"हो, युनिभर्सिटिले पनि त्यही भन्छ, डीजी, डी डी जी साहेबहरु पनि त्यही भन्नु हुन्छ। म कहाँ गएर प्रमाण खोजुं दाई?"
 
यो भन्दा भन्दै उनको आँखा सजल भए। निर्दोष भाव त म पढ्न सक्थें। तर प्रमाण खोज्छन् जो कोइ पनि।

"मलाई कन्फरमेशन आउदा, होइन कि भनेर सिर्जनालाई सोध्छु भनेर नि गएको थिए। तर त्यतिबेला उ अफिसमा थिएन। फोन न नि थिएन, घर पनि थाहा थिएन।"

"एक त दाइ ले मलाई राम्रो संग चिन्नु हुन्छ, कस्तो खाललो मान्छे भनेर। अर्को कुरा, मैले बदमाशी गरेर भोलि समातियो भने यस्तो हुन सक्छ भन्ने अनुमान लगाउन न सक्ने मान्छे पनि होइन म। अर्को फेरि जर्मनी र नर्वेबाट् पनि कन्फर्मेशन आउने संभवना हुंदा हुंदै किन गर्थें होला दाइ मैले?"

उनको सोधाइ नि जायज थियो नै। शैक्षिक प्रमाणपत्रको आधारमा उनको सेलेक्सन् कहींबाट पनि हुन सक्थ्यो।

यो काण्ड धेरै दिन सम्म ताजा नै रहिरह्यो। बिभिन्न कागजात अनि प्रशासनिक काम कुरा गर्न सिर्जना एक दुइ दिन बिराएर बिभाग आउने गर्थी। हाम्रो कोठा सबैको आबश्यक अनावश्यक कागजात  प्रिण्ट गर्ने ठाउँ थियो नै।  कुरा हुंदा मुकुण्द श्यामलाई सत्तो सराप्थी।

मुकुन्द श्याम रसुवा फर्के। आफुलाई निर्दोष साबित गर्न सकेन। यसमानेमादोषी मुकुन्द श्याम नै रहे।
यत्तिकै बीचमा रसुवा स्थित कार्यालयमा फाक्स आएछ। नेपालीमा टाइप गरिएको फाक्स्मा,  मुकुन्द श्यामलाई झिलिमिलि गाली सहित चेतावनी अंकित थियो।

त्यो फाक्स पाएको भोलिपल्टै काठमाडौं आए र पर्सिपल्ट मेरोमा आए।
दाई मैले यस्तो फाक्स पाएं- भनेर देखाउन ल्याए।

"मुर्ख, साले, गधा........................................................ मुकुन्द श्याम।

तैले यसो गरिस् उसो गरिस्, सबै भोग्छस्। तलाईं युनिभर्सिटिले इमेल गरेको छ, किन अहिले सम्म न पढिस्। छिटो पढेर जवाफ लेखेस्, नत्र राम्रो हुने छैन।""


  आदि इत्यादि लेखिएको फाक्सिएको पत्र पढे पछि षडयन्त्र कुनै चानचुन मान्छेले गरेको होइन भन्ने आभास भयो। मुकुन्द श्यामले गरेको होइन होला भन्ने भर्सन त सुरु देखि नै म मा थियो नै। यसले झन पक्का भयो।

यसको मतलब, मुकुन्द श्यामले इमेल न खोलेको थाहा पाउने ब्यक्ति छन्, जसको  यो काण्ड संग निकै गहिरो सम्बन्ध छ।

 को होला त्यो ब्यक्ति? मथिङ्गल रोटे पिङ् घुमे जस्तो घुम्यो।

क्रमश:

Read Full Discussion Thread for this article