[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 !! षड्यन्त्र! !!

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 33938 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-20-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

!!!!!!!!!!!!!!षड्यन्त्र!!!!!!!!

" सिर्जना " को बिषयमा भन्नु पर्दा हाम्रो देशकी धेरै थोरै महिला इन्जिनियर मध्येकी एक हुन। मैले काम गर्ने अड्डामा जम्मा जम्मी ३ महिला इन्जिनियर्हरु मध्ये सबै भन्दा जुनियर्। उनी मेरै स्कूल कि जुनियर मात्र थिइनन्, त्यो ब्याचकि टपर् पनि थिइ। अझ भन्नु पर्दा उनकी दिदी स्म्रिति मेरो सहपाठि। त्यही भएर धेरै थोर् जानकारी थियो म मा सिर्जनाको बारेमा।

एक्लि आमा त्यो पनि  मामा घरमा दुखले हुर्केकी दुइ दिदी बहिनी।किन कसरि सिङ्गल मदरको पर्बरिशमा परिन् सरोकारको बिषय थिएन।  दिदी भन्दा बहिनी पढाइमा अब्बल।२२-२३ बर्षकी हुंदा दिदी स्म्रितिले जिउदै जलाइन्, म्रित्यु पनि कुरिनन्। कारण थाहा भएन। थाहा पाउने चेष्टा पनि गरिन।
मानसिक पीडा र अनमेल परिबेश बीच पनि सिर्जनाको यात्रा जारि थियो। एस् एल् सी मा स्कूल कै सर्बोच्च अंक। आइ एस्सि हो कि इन्जिनियरिङ् डिप्लोमा गरिन् त्यो पनि थाहा भएन तर इन्जिनियरिङ् मा महिलाहरु मध्ये सर्बोच्च अंक ल्याइन्। लोक सेवा पनि पास् गरिन्।
संभवत स्कूलको नाताले होला कहिले काहिं बिभागमा काम् बिषेशले आउदा मलाई हाइ हेल्लो भन्ने औपचारिकता चाहि निभाउने गर्थी। महिला इन्जिनियर भएकोले काठ्माडौ,  भक्तपुर, ललितपुर वा बिभाग वा अन्य केन्द्रिय कार्यालय मै पोस्टिङ् हुने गर्थ्यो। ललितपुरबाट् बिभागमा सरुवा हुंदा उनी मेरो ठाउमा सरुवा भएर आइन।

हाम्रो परिचय र सम्बन्ध को बिस्त्रित बर्णन यति नै थियो।

१० बर्ष काम गरे-नगरे पछि उच्च अध्ययनको सनक चढ्यो म मा। फर्म सर्म भरें। युरोपिय मुलुकमा मास्टर्स् गर्ने मौका मिल्यो। गएं। पढें- पढे जस्तो गरें। सफलतापूर्बक डिग्री लिएर स्वदेश फर्कें। फेरि बिभाग मै पोस्टिङ् मिलाएं।


त्यतिन्जेल मेरो युरोप यात्राले धेरै को घैंटामा घाम लागिसकेको रहेछ। राहुले ले त चान्स् पायो हामीले किन न पाउने? सबैले आफुलाई तीसमार् खाँ, चालिसमार् खाँ सम्झने गर्थे। आफु बाहेक सबै जना फुच्चे लाग्ने राष्ट्रिय गुण जाग्नु स्वाभाबिक थियो र राम्रो नै लाग्यो। धेरै ले फारम भरे। म फर्केको साल सबैले आराम् गरे अर्थात कसैको पनि कुनै पनि मुलुकबाट् बोलावट आएन।
अर्को साल नयाँ घाम झुल्क्यो। एक एक जना गरी कसरि फारम भर्ने, कसरी फेलोशिप हातपार्ने इलाहाबादी बिद्या सिक्न आउन थाले।  त्यो साल मात्र १०-१२ जनाले हिम्मत गरे, आराम संग फारम भरे। निबन्धहरु लेख्नु पर्थ्यो। त्यसको नक्कल मात्र होइन सक्कल पनि दिएं, गरी खा भन्दै।
म संग मुफ्त बिद्या माग्ने ६-७ जना थिए। तिनमा सिर्जना र मुकुन्द श्याम पनि थिए।

कन्फर्मेशन को समय आयो। सिर्जना सेलेक्ट भइन रे, मुकुन्द श्यामले खबर ल्यायो। आफु चाहि बैकल्पिक एक नम्बर् रे। कत्ति को चान्स छ दाइ भनेर सोध्न आएका थिए, मुकुन्द श्याम। "बैकल्पिक १ नम्बर् होस् या १०० नम्बर्, मुख्य उम्मेदबार् ले छोडे पाउने हो क्या रे। सिर्जनाले के छोड्थी। अर्को साल ट्राइ मार भन्ने सल्लाह दिएं, मुफ्त मै।"


 
सेप्टेम्बरको दोस्रो हफ्ता सेशन सुरु हुने गर्थ्यो ति बिश्वबिद्यालयमा।जुलाइ को अन्तमा हो कि अगष्टको सुरु मा मुकुन्द श्याम हस्याङ फस्याङ गर्दै आयो मेरो कोठामा।
"दाइ ! मेरो नि कन्फर्मेशन आयो। अब के के गर्नु पर्छ? "


कसरी आयो? सिर्जनाले छोडी त त्यो सीट?
म छक्क परें।


त्यसै होला दाई, थाहा भएन।

जे होस् राम्रो नै भयो। मुकुन्द श्याम पनि जेहेन्दार, मेहनति र इमान्दार् इन्जिनियर मात्र थिएनन्, साह्रै नै सोझो र निष्कपट स्वभावका थिए।
आसेप्टेन्स लेटर् भरेर पठाए। उताबाट भिसा सम्बन्धि कागजात आउने प्रतिक्षामा थिए।
त्यसको केही दिन मै बिभाग भरि हल्ला फैलियो। एक् जना जानु पर्ने ठाउँमा अर्कैले ट्याण्टर्म्यान्टर् गरी जान लागेको र ठुलो षड्यन्त्रको पर्दाफास् भएको रे।
मुकन्द श्याम को चर्तिकला बारे ब्यापक टिकाटिप्पणि चल्यो। मलाई भने पटक्कै बिश्वास लागेन। मैले चिनेको मुकुनद श्याम् त्यस्तो ब्यक्ती हुंदै होइन। तै पनि के भरोसा, मान्छेको मन न हो, सम्हाल्न सकेन भने मानव पनि दानव हुन सक्छ।

मन को खुल्दुली मेटाउन अनुसन्धान गर्नै पर्ने भो। कहिं न कहिं षडयन्त्र भाको छ। तर को बाट कसरि भयो? खोज्न तिर लागें।

 

क्रमश:


 
Posted on 10-28-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-28-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल बल्ल पढ्न पाएँ ठुल्दाइ। लौ लौ को हो त्यो खड्यन्त्रकारी, चाँडै पर्दाफास गरिहालम्।   पर्दाफास गरी कडा भन्दा कडा कानूनी कारवाही चलाइहालम्। 
Last edited: 28-Oct-08 09:36 AM

 
Posted on 10-28-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाई, झन टेन्सनमा अटेन्सन थपिदिनुभयो, यो भागमा पत्ता लाग्ला भनेर बस्या त!

खडयन्त्रकारीको पर्दाफास होस!


 
Posted on 10-28-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूगोलको बाघ जी,

षड्यन्त्रकारी कथा भित्र कै पात्र हुन, अर्को अंक सम्म मा कथा पनि सकिन्छ होला नै, षड्यन्त्रकारी त त्यतिबेला सम्म भेटिन्छ कि ? लेख्दै जाम, पढ्दै जाम के के हुन्छ।

Oblivious जी
पास वार्ड थाहा भएका छट्टु नै पर्‍यो षड्यन्त्रकारी त । को होला अन्दाज गर्दै जाम।

सान्नानी,
किन टोलाएको नि , आँखा मात्र घुम्यो कि दिमाग पनि ?

चेली जी,

खै चेली लाई के भयो? कथा मन परेन जस्तो छ।

चिप्ले जी,
पर्दाफास गर्न नि ट्याम लाग्छ नि। अनुसन्धान, सोच्-रिसोच गर्नै पर्‍यो।

बिर्खे जी,
इलाहाबादी कथान छ, टेन्सन लेने का चीज नही है, देने का है। बिना टेन्सन अर्को भाग सम्म मा पर्दाफास, पर्दाभास के के हुन्छ हेर्दाइ जाम।

अन्य सबै पाठक बन्धुहरुमा शुभ दीपावलीको उपलक्षमा हार्दिक शुभ कामना।
 


 
Posted on 10-28-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai, kina ho kina I feel it's Srijana herself. Ko ho aba chito chito pata lagauna paryo
 
Posted on 10-28-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह राहुले,

यो कथा हो की साचैको घटना हो? क्या suspense बा !!  मनै भट भट हुने गरी !! 


 
Posted on 10-28-08 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah...i also am suspicious over srijana herself...pakkai pani mukunde ko karan le usko didi le suicide hani ...ani mukunde sanga badla lina lai yo sab kanda macchai srijana le....!!!!!!

 
Posted on 10-28-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई लागेको थियो यो कथामा केही छ भनेर , नभन्दै रछ ।
लु आज निन्द्रै नलाग्ने भो, को हो लौ मैले त केही अनुमान लाउनै सकिन गान्ठे , को हो को हो खै ।
लौ छिट्टो अर्को भाग लेखी हालौ है ठुल्दाइ , एक हप्ता भरी मा थाहा पाउनु पर्ने भो को हो त्यो भनेर ।
 
Posted on 10-29-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया जी,
संभावनाहरुमा सिर्जना आँफै पनि हुन सक्दछ तर आँफैले के उद्देश्यले भन्ने प्रश्न उठ्छ।

मिक्की माउस जी,
मनै भट् भट् भए सम्म त ठिकै हो, भटट्ट्ट्ट्ट्ट्ट् हुनु हुन्न नि ।

{Oblivious}  जी ,
संभावना त छ तर मुकुन्द श्याम को चरित्र जस्तो चित्रण गरिएको छ त्यसले सिर्जना कि दिदी को आत्महत्या को कारक हुन सक्दछ जस्तो मलाई लाग्दैन।


हर्क बहादुर जी ,
अर्को हफ्ता सम्म मा फर्क पर्दैन। सबै पर्दाफास गरिदिन्छु। मलाई नि झोंक चलिसक्यो। यस्ता यस्ता नि मान्छे हुंदा रहेछन, सभ्य समाज मा।


 
Posted on 10-29-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Characters of the story:

1. Srijana

2. Mukunda Shyam

3. Srijana's husband

4. Director General (DG)

5. Deputy Director General (DDG)

6. Rahlvai

7. Other engineers

Srijana can not be the culprit.  I see no reason for her to go through this hassle risking her oppurtunity for higher education.

Mukunda Sharma can not be the guilty or the story will not be interesting.

Srijana's husband - .. DEFINITELY, HE IS THE CULPRIT!!!

Rahulvai is too gentleman to do this kind of things.

Langugage of the email was -- " "मुर्ख, साले, गधा........................................................ मुकुन्द श्याम।

तैले यसो गरिस् उसो गरिस्, सबै भोग्छस्। तलाईं युनिभर्सिटिले इमेल गरेको छ, किन अहिले सम्म न पढिस्। छिटो पढेर जवाफ लेखेस्, नत्र राम्रो हुने छैन।""

Only very senior official or very close friend can use this kind of language for someone!

 

Last edited: 06-Nov-08 04:37 PM

 
Posted on 10-29-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madhesi ji,

you have analyzed the whole story in logical way. Thanks for that. Let's see, who will appear as the main culprit.


 
सान्नानी
Posted on 10-30-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldai khai ta arko bhag? kasto khulduli bhairachha...
 
Posted on 10-31-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la bhai chadai lekha.
 
Posted on 10-31-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuldai khai  ta  arko bhag ?
 
Posted on 10-31-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

षड्यन्त्र
भाग ४

 

त्यो फाक्स को यथार्थता पत्ता नलगाई यो षडयन्त्रको छेउ पुग्न सकिन्न, मलाई लाग्यो। फाक्स् संप्रेषण को नम्बर हेर्दा काठमाडौं को कुनै कुनाबाट नै गरेको स्पष्ट देखिन्थ्यो। बानेश्वर तिरको नम्बर जस्तो लाग्थ्यो।  दूर संचारमा गएर बुझ्न जरुरी लाग्यो र एक जना मित्र राजन मास्के लाई सम्झें र फोन घुमाएं। तत्काल दूर् संचार अफिस्, सुन्धारा स्विचिङ्ग सेक्सन आउन भन्नु भयो मास्केजीले। हाम्रो अन्दाज सहि थियो, नयाँ बानेश्वर, हजुरको पसल छेउको कम्युनिकेशन सेन्टरबाट् फाक्स् गरिएको पत्ता लाग्यो। त्यो भन्दा महत्वपूर्ण कुरा, त्यो फाक्स् गर्न सक्ने संभाब्य मान्छेहरुको सूची तयार भयो। शंका न हो, यकिन नभए पनि त्यसको पछाडि लाग्नै पर्दो रहेछ। बडो होशियारपूर्बक सिर्जनाको बैबाहिक जीवन पछिका यावत घट्नाक्रमहरुलाई केलाउनु पर्ने देखियो।

सिर्जना कार्यरत अड्डा, आफ्नै पुरानो अड्डा भएकोले बुझ्न सजिलो हुने जस्तो लाग्यो।  अड्डाका पुराना सहकर्मीहरु संग भेटघाट् गर्ने निहु बनाएर गएं पुरानो अड्डा तिर।

एक जना भरपर्दो कर्मचारी सुब्बा साहेब नारायण आचार्य हुनुहुन्थ्यो। एक छिन गोप्य कुरा गर्नु छ भनी खाजा खाने पसल सुकुरामको मा गयौं। सिर्जनाको बिगत त राम्रो संग थाहा थियो मलाई, तर बर्तमान आफु संग अ-सरोकारको बिषय भएकोले कहिलेइ वास्ता गरिएन, आज सोध्नै पर्ने भयो र सोधें।

"सिर्जना, कस्तो खाल कि इन्जिनियर हुन्?"

"सर ले नि कस्तो कुरा सोध्नु भएको? किन र ? "
"कारण पछि भनौला, कस्तो स्वाभाव की, कस्तो बानी ब्यहोराकी छे भनेको नि? "

"अत्यन्तै सीधा, सोझी इन्जिनियर हुनुहुन्छ, सिर्जना माम्। धेरै नबोल्ने, कहिलेइ न रिसाउने।"

"हालै आएर बिदेशमा पढ्न जाने कुरामा केही भन्नु हुन्थ्यो?"
"- कन्फरमेशन आए पछी लड्डु खुवाउनु भएको थियो सबैलाई तर अस्ति चाहि पहिलो पल्ट साह्रै मूड अफ देखिनु हुन्थ्यो, अर्को इन्जिनियरले झन्डै उनको सीट खाइदिएको रे। मुकुन्द श्याम क्या रे, त्यो गडबड गर्ने इन्जिनियर। "


त्यही बिषयमा त केही बुझ्न यहाँ आएको सुब्बा साहेब।

"यसबाहेक अरु केही थाह छ कि तपाईलाई?  उनको श्रीमान बालबच्चा आदि बारे।"
अझ अलिकति जोडले कोट्याएं।


--म्याडम् को श्रीमान् पनि भलादमि हुनु हुन्छ। बडा मिजासिला।

"के उहाँ नि अफिस आइरहनु हुन्छ?"  अध्यांरोमा अर्को पत्थर फ्याकें।

--आउनु हुन्छ , डेलि जस्तो। बाइकमा ड्रप गर्न आउनु हुन्छ।

"येह्!" मैले लामो सुस्केरा लिएं।

"हुन त यस्तो कुरा  सोध्नु नहुने हो , तैपनि  केही थाह भए भन्नु होला क्या रे।"

"लोग्ने स्वास्नीको सम्बन्ध कस्तो लाग्यो, तपाईलाई? "

--पर्फेक्ट जोडी, दिन दिनै पुर्‍याउन आउनु हुन्छ। कहिले काहि लिन पनि। अनि साइट जाने बेला साइट सम्म पुर्‍याउनु हुन्छ। म्याडम् त अर्काको मोटरसाइकलमा पनि बस्नु हुन्न। कस्तो माया हो? यस्तो मायालु जोडि त अहिले सम्म देखेको छैन मैले।


"सर्, यी सबै किन सोध खोज गर्नु भाको तपाईले, कसैलाई भन्दिन भन्नुस् न । "


"त्यही स्कोलरशिपको काण्डको सिलसिलामा हो । शंकास्पद ब्यक्ती जो  कोइ पनि हुन सक्दछ। मुकुन्दश्याम, घनश्याम, राधेश्याम अनि सिर्जना माम् कि पति श्याम क्रिष्ण पनि। "

"सर् यो चाहि अति नै हुन्छ है, कसैले उहाँ जस्तो भलादमीलाई शंका गर्यो भने।"

"लौ त सुब्बा साहेब, धेरै अमुल्य जानकारी दिनु भयो। धन्यबाद। म आएर कुरा बुझेको चाहि नभन्नु होला। म यहा आएको त थाहानै हुने छ। यसो भेटघाट र बिभागिय कामले आएको भनेर कुरा बनाई दिनुस् है।"


 सुब्बा साहेबले जे जति जानकारी दिनु भयो , त्यसको आधारमा बिश्लेषणगर्दा कहिं श्यामक्रिष्ण महाशय कै त चाल होइन यो?  शंकाले जरो गाड्यो।
 
मन ले मानेन। चखेवाको जोडी जस्तो रे उहाँहरु । कुनै पनि समबेदनशील पतिले यस्तो दुष्कर्म गर्नै सक्दैन। अग्नि साक्षि राखेर खाएको सिन्दूर् को कसम् यति निक्रिष्ट हुन्नै सक्दैन।

किन गर्छ यस्तो काम?

--सम्बन्धमा दरार भए वा सम्बन्ध नै करारको भए संभव छ।

इर्ष्या जलन नि ? नेपथ्यतिरबाट् अर्को प्रश्न तेर्सियो।

--इर्ष्या जलन हुनलाई पनि आधार चाहियो नि।


बेक्कारमा शंका गरे जस्तो लाग्यो । केवल घर बानेश्वर हुनु मात्र शंकाको आधार हुन सक्दैन। १० नम्बर वडामा झन्डै ४० हजार को बसोबास छ। सबैलाई शंकाको घेरामा राख्ने त ? आफैले आफैलाई हकार्यो।


तै पनि ,  मन न हो शंकाको घेराबाट श्यामक्रिष्ण हटाउन  पनि तयार भएन।

क्रमश:


 
Posted on 10-31-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

wah wah, rahulbhai feri suspense?? i am still waiting for next episode jawas jawas la
 
Posted on 10-31-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ma pani . rahul vai  maile chai dai nai vanchu , hajurko yo suspense  kathale mero mind lai chai namajja sanga ghumaune vo?? please yo suspense chadai kholam hola ??????????/ ki kaso ??


 
Posted on 11-01-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani ko ho ta tyo Sadyantrakari????


 
Posted on 11-01-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How about Mukunda shyam's Wife?

Rahulvai can you tell me what is age difference between Mukunda Shyam and Sirjana? I asked this question cuz i'm thinking that is there is any relation between Mukunda shyam and sirjana's mother as she is single mother?

 


 
Posted on 11-03-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला जी,
षड्यन्त्र सस्पेन्स हुन्छ नै, कसो। शंका जहिले पनि जो सुकौ माथि झुन्डिरहने भएकोले सस्पेन्स भनेको होला।
अर्को भाग छिट्टै आउने छ।

नेपालीबाबु १०१ जी,

दिमाग लाई मज्जा ले घुमाउनुस्, रमाइलो नै हुन्छ होला। सस्पेन्स खोली हाल्ने र भन्या? अर्को अंक मा। प्रतिक्षा गर्नु होस्।

चेली जी,

को त ? मलाई थाहा भए पैले नि भन्दिन्थे नि ?

 

स्पिरिट जी,
बडा वैयक्तिक कुरा सोध्नु भयो। मुकुन्दश्याम भन्दा शायद सिर्जना १-२ बर्ष जेठि हुनु पर्दछ। आमा को उमेर आँफै अन्दाज गर्नु होस्।


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters