Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रेखामा नभएकी रेखा

[Please view other pages to see the rest of the postings. Total posts: 67]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 26876 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 12-30-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



HAPPY NEW YEAR 2008 TO YOU ALL
---------------------------------------------------------------------------------------

रेखामा नभएकी रेखा


"के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?" देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।

बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका गर्या तेही गरेछ हिंजो। ----

- आज सक्रान्ति, सत्तेनारानथान जान आइपुग्यो बाङ्गे ब्यानै ।

न्यल्माटोलबाट पूर्ब लाग्दै डबलीमा पुगेसि बाङ्गेलाई सरसोतीथान पनि नघुमी भएन। मन्दिर पछाडि मान्छेले पेट खालि गर्या सबुत छ्यास्छ्यास्ति। सास् रोकेर अगाडि आइयो। बाङ्गेले एक मोहोर चढायो सरसोतीलाई। टिका लायो, फूल राख्यो टाउकामा र अघि चढाको मोहोर फिर्ता खल्तीमा राख्यो।

"चढाको पैसा फेरि किन फिर्ता लेको ए बाङ्गे?" भन्दा  "अघि चढाको भेटी, अहिले टिपेको प्रसाद। बुझिनस? पर्साद त लिनै पर्यो नि; मैले नलिए अर्कोले लिन्छ के गर्ने?" भन्यो।

सत्तेनारानथान जान रोगी जस्ता चालीस पचास वटा सिँढी ओर्लेर ढुङ्गे धारा मात्रै के पुग्याथिम् बाङ्गे अड्कियो।
"के भो?" मैले सोधें।
"रेखा हेर्न त्याँ" बाङ्गेले ढुङ्गे धारामा मयल माड्दै गरेकी एउटी केटी देखायो।
हो त रेखा त रेखै हो। के गर्ने समाजको डर, धीत मरुन्जेल् हेर्न पाइएन मयल मड्या पनि। मन नलागी-नलागी सत्तेनारानथानतिर लागियो। छोटकरी दर्शन गरेर आउन खोज्या, किरन र पर्मोद बोकाहरु भेट भो, एकछिन अलमल भैहाल्यो। पछि आउँदा रेखा बाटो लागिसकिछे।

बाङ्गेले भन्यो "क्या ट्र्याजिडी पर्यो आज पनि।"
मैले हो मा टाउको हल्लाएँ। यहाँ सन्दर्भ पर्या बेलाँ भनिराखम्, रेखाको असली नाम त लक्ष्मी रे। तर बाङ्गेले त्यो सिनेमाकी हेरोनी रेखा जस्ती छ भनेदेखि मैले पनि लक्ष्मीमा रेखै देख्न थालें। त्यसरी ऊ हाम्री रेखा त भै तर हाम्रा हत्केलामा भने ऊ अझै कोरिइसकेकी थिइन। हामी निरन्तर कोसिसमा थिम् तर।

बिज्ञापन सेवा सकिया तर बाल कार्यक्रम आउन बाँकी भाको समय थ्यो। बाङ्गे एउटा झोला च्यापेर आइपुग्यो म कहाँ।

"झोला बोकेर कता नि? अब चोर्न छोडेर माँग्न थालिस् कि के हो?" मैले हाँस्दै सोधें।
बाङ्गेले जवाफ दिनु सट्टा झोला यसो खोलेर देखायो। हेर्छु त हर्लिक्सको सिसी छ बा!
"किन ल्या यो?" मेरो प्रश्न खस्न नपाई "तन्काउन नि अरु किन?" भन्छ बाङ्गे त।
"खाँदिन हर्लिक्स् सर्लिक्स्" मलाई नि रिस उठ्यो, "तँ मलाई हर्लिक्स् ख्वाउन आ ह्याँ?" मैले थपें।

"काँ हर्लिक्स्?" बाङ्गेले फत्फताउदै सिसी झोलाबाट झिक्यो। भित्र त झोल पो छचल्किन्छ।
"के यो?" मेरो सोधाइलाई आँखामा चमक ल्याउदै बाङ्गेले गर्वसाथ जवाफ दियो, "ट्वाँट् नि, अरु के हुन्छ? बाउले ल्याको नयाँ माल यो। बिदेसी हो यो बिदेसी।"
मेरा नि आँखा चम्के । घुटुक्क थुक् निल्दै भनेँ "ल हिँड्"।
अस्ति भिनाजु आउँदा राख्या दुइटा लालीगुराँसका खिल्ली पनि च्यापेँ मैले। घरमै ट्वाँट् लाउँदा रिस्क् अलि बढी हुने। झन् बाङ्गे म कहाँ आएसि त हाम्रो निगरानी निकै कडा हुन्थ्यो। बाङ्गे अघि लाग्यो म पछि। अघि हर्लिक्सको सिसी हेर्दा किताब कापी पनि देख्या थिएँ झोलामा। त्यसैले सोधेँ "किताब कापी नि बोक्या छस् नि त?"
"तँ काँ पढ्न हिन्या भनेर आमालाई देखाउँदै हाल्या नि त झोलामा।" उसले भन्यो। हामी बाहिर निस्केम।
चोकमा झोला बोक्या बाङ्गेलाई हेर्दै काकीले सोधिन् "काँ हिन्या हँ झोला बोकेर?", बाङ्गेले काकीको अनुहारै नहेरी जवाफ दियो "ट्युसन्"।

त्याँ पोखरी पस्चिमको भगवती मन्दिर पछडि गएर चुरोटको सर्कोसँगै ट्वाँट् लाउँदै थिएम्, बेला न कुबेला एउटी आइमाईलाई मन्दिर घुम्न पर्यो फेरि।

"हेर यी केटाहरु बिग्रेका" भन्दै मन्दिर घुम्दै थिईन् बाङ्गेले "एउटै कुरो सधै भनिरहन दिक्क लाग्दैन? एक्-दुई चोटि भनेसि नि हाम्ले बाल् नटेरेसि त वास्ता नगर्नू नि।" भनेर झर्कियो।

घिन् लाग्दो दृष्टि फ्यालेर भक्तालु हिनिन्। बाङ्गेले एउटा पट्ट्याको कागज निकाल्यो र भन्यो "यो मैले लेख्या लव् लेटर रेखालाई"। पछि के पर्छ पर्छ भनेर टाइप गरेर ल्याएछ छोटो हावादारी लव् लेटर्।

....



 
Posted on 01-01-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji, another great story! I liked having Bange back in the story! He is awesome character of your stories, and humorous too! Thanks for the great story.
 
Posted on 01-01-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गाई कि तिर्सुल् गरम् कस्ले दिनी लव् लेटर् रेखालाई भनम् कि जस्तो नि नलाग्या हैन तर रेखा भन्या हात नलाग्या माल, त्यो हात नलाग्या माललाई भनेर यो हात लागिसक्या ट्वाँट् माल छाड्ने कुरो मलाई मुनासिब लागेन र भनें "भैगो भैगो रेखा तँलाई नै भो, खै सिसी चै पास् गर्न यता।"

 

:-)



 
Posted on 01-02-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहरुको सद्भावको लागि आभार अनि यो २००८ सुखद रहोस सबैको।
 
Posted on 01-02-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kancha01,
"pheri pani padhna paaiyos.."

किन नपाउने र प्रभो? दोर्हाउदैमा अतिरिक्त सुल्क लाग्ने हैन कि कसैले कथा एक चोटी पढ्ने हो फेरी पढ्या देखेँ भने जान्या छ भन्यो? भनेकै भए पनि "क्यार्चस?" पेल्दिम र दोहर्याईदिम्--तेहर्याईदिम-- ठोक्दिम --कथा मैले मेट्या छैन प्रभो।

SurNaTal,

"दाइ हराउनु भो कि भनेर पिर परिरा थ्यो। फर्किनु भएछ, खुसि लाग्यो।"

हराउने त भनेको हो प्रभो तर जता हराए नी आफैले फेरी फेला पारेर छुट्टी -- केई लागेन --फर्केको नी खै भन्नु? कतै गैएन भनम भने पैलाको ठाम यो हैन गैयो भनम भने फर्किने ठाम छैन----

pjna007,

यो नामले चै मलाई अलमलाउँछ -- बतास जस्तो लाग्छ -- चिने चिने जस्तो पनि तर के हुन्थ्यो।

"bange aeyo ki hasaucha "

मैले ल्याको नी -- मलाई धुरुक्क पारेर छोड्या अघोरीलाई ल्याउने म, आखिराँ हाँसोको तउमा उसैले पडकायो। यस्तै रे छ जिन्नकी।

dipika02,

"---बिचरा बाङ्गे"

ल अब भो की? म जस्तो सोझोलाई अनेक थरी फन्दामा पारेर बङ्याउने बाङ्गेलाई भोगटेको टोपी लाईदेर "अझ?" भन्नु पर्ने मा तिन् राउण्ड खित्का सहित बिचरा रे -- भन्थ्यो भन्न त बाङ्गेले कालोपुलबाट पिच्च धोबिखोला तिर थुक्दै "जमाना अनुसार चल्नु पर्छ यार -- कलिमा खलि हुनु पर्छ"। हो रे छ क्यारे। ---पुजाले चिनाउँछे बाङ्गेलाई कुन दिन अनि पछि पुजाले सराप्दा "बिचरा" बाङ्गे "मोरा" हुन्छ। अनि म नी चार राउण्ड हाँस्नी त्यो ट्याममा हेरी यसरी

kalejo,

प्रभो,

हर्लिसको सिसि त्यो बेलाँ त पहालेर ल्याईरथ्यो त्यस्ले -- एकहात त हर्लिसमै ट्वाँट पनि मिसायो उता पन्चेधारा जाने गणेशथान पछाडी -- "के गर्या यो?" भन्या "कस्तो कुरा नबुझ्या? अब ताकतको ताकत पनि भो--मात को मात पनि" भन्थ्यो। भरे के हुन्थ्यो? खानै नहुने भै गो नी---

world_map,

"म त आइतवार यस्सो सुतुँ भनेर ठीक्क परेको..."

बाङ्गेले अब हुँदा हुँदा सात समुद्रपार त्यो पनि सुतान् दिन आँट्या को को नचिन्या मान्छेको निन्द्रा पनि भाँडन थालेछ। खत्तमै गर्ने भो।

durgesori ,

"बाङ्गे सँग हिडे पछि एउटा न एउटा आपत आइलाग्ने दिपज्युलाइ सधैं। "

हो भन्या --- फन्दामा पर्ने र पार्ने त त्यस्को धन्दै हो कि जस्तो थ्यो। अझै त्यै धन्दामा छ अरे भन्ने सुन्छु -- आफु त धन्न उम्किएँ।

rmxyz,

"रमाइलो कथा रहेछ । धन्यवाद । "

त्यो धन्यबाद त मैले भन्नु पर्ने। अब धेरै थपेर भन्छु। प्रस्तुती पढेर पोखेको मन्तब्यको लागि धेरै धन्यबाद।

My Views ,

"Deep dai lai ma jasto ko 2-3 line ko k khacho bhanera chup lagera baseko.."

राम राम के त्यस्तो भनेको? दुई तिन लाईन हैन एक शब्द मात्रै पनि मेरो प्रस्तुतीले खर्च गरायो भने पनि मेरो लागि त ठुलो कुरा हुन्छ।

"La Deep dai lai Saraswati mata ko kripa drishti pugi rakhos"

जय होस -- बरु भन्नला बेलाँ लक्ष्मी माताको पनि कृप्रा दृस्टी मेरो खाताँ परोस भन्दिम न-- माताले खाता हेरेर--- "ल हेर --कस्तो बिजोग रे छ यस्को" भनेर केई भै हाल्छ कि?

miss_ me,

I Do.

nepalean,

"nam chhai LINE re kam chhai bango tingo rayecha rekhako."

रेखाले त गर्या के नै थ्यो र? हामी आफैं भैमा न भाँडा भएर -- आखिर भर्याङाँ नी थिर हुन सकेनम अनि नराम्रो खुर्मुरियो नी --- क्यार्नी प्रभो -- बेला बेलाको कुरो--

Nepal ko chora ,

"हास्दा हास्दा मुख मात्र अलि अलि दुखेन, पल्लो कोठाको हरुले त्यो खित्काहरु सुनेर "लौ त्यो त खुस्केछ" भन्ने सोचे होलान। "

प्रभोका प्रस्तुतीहरुले आफुलाई चै सुध्रेको अनुभव हुन्छ मेराले चै प्रभोलाई खुस्केको झै देखाउन खोजेको सुनेर बडो दुख लाग्यो। खेद प्रकट गरे है प्रभो।

uptowngal,

हो नी --बाङ्गेले धेरै त्यसो गर्थ्यो -- भेटी चढाउँथ्यो अनि पर्साद भनेर त्यै भेटी टिप्थ्यो -- एक चोटी भैरबको मन्दिरमा बस्या भुराले उस्ले चढाको पैसा टिप्न खोज्या मात्रै के थ्यो बाङ्गे "ए पातकी! तँ भैरब हो?" भनेर गर्जियो। बिचरा भैरबको क्यासिअर त लगलग।

Birkhe_Maila,

बाङ्गे पुराणका अध्यायहरु धेरै छन तर समय पो थोरै भो -- बाचन गर्दा गर्दै प्राणले कुलेलम ठोक्ला भन्ने पिर छ प्रभो त्यस माथि बर्खहरु हुर्केका देखेर छक्क पर्छु म त -- अस्ति सम्म १९९५ साल भन्थे २००८ आईसकेछ हिँजो ब्यानै ढ्याङ्ग्रो ठोकेर।

rahulvai,

"धेरै दिन पछि अर्को धमाकेदार प्रस्तुती रस्वादन गर्न पाइयो। "

त्यो छुस छुस गर्दै बेहोस हुने मल्टाबारा जस्तो हुने हो कि भन्ने पिर थ्यो यो अध्याय धन्न पडकेछ। धमाकेदार भन्या त्यै त होला नी --

Brain Malfunction ,

"Nice ! as usual."

जय होस -- एक दिन त यो अरु दिनहरुको भन्दा पनि राम्रो कसो नहोला?

Amazing,

"बाङ्गे बीना त कथा नै अधुरो हुन्थ्यो--" 

यस्तो भन्या रेछ म त हैन प्रभोलाई बीना र बाङ्गेको को कुरा कल्ले सुनाएछ भनेर एक् छिन त अलमल्ल परें। बीना पनि सुन्दरी स्क्वारै थिई छनलाई। 

deojupc,

"keep it up. "

यसरी केई लेख्दे पछि त thread माथि पुगी हाल्छ नी।

wow.nepal,
"He is awesome character of your stories, and humorous too! "

बाङ्गे बबालै थ्यो भन्नु पर्यो।

jira,

हैन जिरादाई त्यो चाबेल चोकाँ बस्ने बाङ्गेदाईका पनि कथा हालुम न -- ल सुनाम त जिरादाई -- कि त्यो चाबेल गणेसको पाटिमा सुकुलाँ घुँडा मार्दाका गफ सुनाम --


 

Last edited: 02-Jan-08 12:12 PM

 
Posted on 01-02-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-02-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lau na aba ta puja le chinau chhe re, puja le aba bange hoina Deep sojhe nai chinau ne bela bhaiskyo

 
Posted on 01-02-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपजी,

"miss_ me,

I Do. '

what do you  DO?

हत्केलाको रेखा गन्दै बसिराको?


 
Posted on 01-02-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा त चाइन्जो सोह्रै आना सहि गर्या हो दीपले! ढ्याङ्ग्रो ठोकेर १९९५ बाट २००८ आ कुरोले के बित्याँस पार्ला र हाम्रा अगाडि त! आफ्नु त झन मेरि बास्सै हाल बेहाल छ। सोह्रखुट्टेको ओरालोमा प्याँठ लाकि एउटि नखरमाउलीलाई देखेर " ओ मिस दे दे किस आया है 86" भनेर गित गाएसि " "असत्ति मुर्दार घराँ दिदीबइनि छैन?"  भनेर धारे हात खाइया अस्ति जस्तो लाउछ बाबै! अइले त हुँदा हुँदा २००८ रे भयो अब???

बरु तो दीपीकाको पूजा र दीपको बाङ्गेलाई भेटाउने आइडे चाइँ गजपको लायो गाँठे मलाई! लौन प्रभुहरु आँटौँ!


 
Posted on 01-02-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji lai mero pani Happy New Year.. saathai yo sarai nai interesting bange puran ko laagi dhanyabad..
 
Posted on 01-02-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल,

त्यो सोर्हखुट्टेको ओरालो को त कुरै नगरम -- हेरी त्यो गैरीधाराँ घ्याम्पे रोटी के  नान त्यो बेच्ने ठाम नेर बसीराथें एक दिन छ्याक पुरानो थोत्रो बाउको एटलस साईकलाँ सररर आयो (त्यो माथि पुरानो थोत्रो बिशेषण साईकलका हुन है फेरी)-- मलाई देख्ना साथ टिबीको बान (साईकल क्या त -- उकालाँ स्याँ स्याँ हुँदा त टिबी नै लाग्ला जस्तो हुनी) रोकेर "हिन" भन्यो म उसैलाई कुरेर बसीरा जस्तो। "काँ?" भन्या "बालजु" भन्यो। "के खान जानी बालाजु सम्म?" भन्या "खानलाई त यहीँ आउने हो त्यो घ्याम्पे रोटी" भन्यो। लौ त भनेर बसें डण्डीमा। अब क्यार्नी त क्यारिअर थिएन पछाडी।

टुकुचा सम्म त सरर गैइयो -- अनि त्यो धोबीहरुको कार्यक्षेत्र नाघेसी ओर्ली भन्यो र टिबीको बान घिच्च्याईयो। उकालो सकिएसी फेरी सरर -- खुट्टो निदाएर बेला बेला चप्पल पनि हेर्नै पर्यो। लाजिम्पाट किंग्सवे बाटाँ देब्रे मिस्सेर लैनचौर तिर दाइने मोडीएसी शान्ती बिद्यागृह-रातो फरक कन्या स्कुल दायाँ होटल मल्ल अमृत बायाँ गर्दै सर्सोती क्याम्प्स नाघ्ना साथ यसो दायाँ मोडीएर त्यो सोर्हखुट्टेको ओरालाँ हेलीएसी साईकल थाम्न छ्याकलाई मुस्किल पर्दैथ्यो -- ब्रेक सप्पै च्याप्या थ्यो तर साईकल त झन झन् छिटो जान खोज्या देखेर म तर्सीदैं थे फुत्त रबर उछीट्टेको देखेँ -- अगाडीको चक्काको ब्रेकले धर्म छाडेको रेछ। छ्याक आत्तियो। अन्त साईकल  त --- अरु त के भनाई भो र यसै जिउ दुख्छ सम्झिदा पनि।

 


 
Posted on 01-02-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खित खित खित दीप ज्यु कतै हजुर र छ्याक दुबइ जना ति शान्ती बिद्यागृह-रातो फरक कन्या स्कुल मा पढ्ने केटीहरुको अगाडि नै उत्तानो परेर लद्नु भो कि क्याहो।

 
Posted on 01-02-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल छ्याक संग सोह्रखुट्टेको ओरालो हुइँक्या रेछ दीप, तेतातिरको सपै भूगोल था रेछ! लौ न नि, त्यो रातो कन्या इस्कुलको कुरा सम्झाइदेर यो मुटुमा चोइटा पर्यो प्रर्भु। हुन नि गजपै थ्यो हाउँरो पालामा। सेतो सर्टमा रातो फरक, अनि कालो जुत्ता ला'र हिन्थे तेताका नानिहरु, हामि रातो भेडा भनेर जिस्क्याउँथ्यौँ! बिचरीहरुलाई इस्कुलबाट निस्के देखि नै सास्ती। निस्कने बित्तिकै शान्ती बिध्या अगाडि आलुमरि र ल्यास्से पाउँ किन्न लाग्या बेलाँ शान्ती बिध्याको आकाशे निलो सर्ट लाउने ठिटाहरुको तारो बन्थे। बल्ल बल्ल फुत्केर हिनेसी अस्कल बाहिरका उरन्ठेउलाहरुको नजर र शब्द बाणको शीकार पनि तिनै बन्थे। कठैबरा, आफू चाहिँ संग संगै चुपचाप नजिकै हिँड्दै गइन्थ्यो सहानुभुतीको साथ। सर्सोति क्याम्पस अगाडि फेरि दुख पाउँथे। त्यताबाट सिद्धिगणेश इस्कुल अगाडि अन्तिम नजरको झटारो खाएसी बल्ल सास फेर्थे र पिरो पाउँमा बरफ दल्दै खाँदै घर फर्कन्थे! यस्तै हुँदै थ्यो, एउटी मोरी त सहानुभुतीका साथ चुपचाप हेरेर मात्र बस्ने हाम्लाई जिल्ल पार्दै तेइ शान्ति बिध्याको नजर र बोलिको झटारो हान्नेसित म्हैपीथान घुम्न गा हेरि एइ आँखाले देख्या हो!


 
Posted on 01-02-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल,

त्यो लैनचौर तिर मेरा एक हुल नातेदार थिए। अझै छन। त्यसैले त्यता हुँदी मडारीने काम अलि धेरै गरिन्थ्यो। त्यो शान्ति बिद्या गृह, आदर्श स्कुल, अनि रातो फरके कन्याको एउटै चौर थ्यो अगाडी। त्यो चौराँ कैले काईं आफ्नो स्कुलाँ दाँत दुख्यो डाउडर काँ गर आम्छु भनेर हाफट्याम हुँदी आईन्थ्यो। एउटीको चक्कराँ लैनचौर र भगवान बहाल पनि धेरै गरियो। फलिफापै भाको थ्यो हुनलाई।

त्याँ कभर्ड हलाँ टि टि नी भलेकै हो। गोपाल भुटानीको घर तिर बरालिएकै हो। भूगर्भ बिभागाँ चुम्बक खोज्न पनि छिरेकै हो। अमृत र मल्ल को बिचाट छिरेर धेरै चोटी असन पनि पुगेकै हो। पकनाजोलका झ्याल झ्याल तिर पनि हेरेकै हो।

जिम्मालको पनि पुरानै चिनजान रे छ त्यता हुँदी जस्तो लाग्यो। म्हेपीको सम्म कुरा उठ्यो -- रायमाझी साथि थ्यो एउटा त्यता त्यस्लाई सम्झें। बिचरा रायमाझीलाई त्यै म्हेंपीमा पर्या थ्यो ट्राजिडी -- हुन त उसलाई परेर हाम्लाई चुरोट तान्न अलि फाईदै भाथ्यो।


 
Posted on 01-02-08 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepji.....eutai pratikriya chha "Rekhama nabheyeki rekha" ko barema....Gajjab!
 
Posted on 01-03-08 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalopoolbasi,

गज्जबकै कुरा गर्ने हो भने त नी त्यो ज्ञानेस्वर तिर बाट आएर कालोपुल तर्ना साथ दायाँ लागेर अलिकति अगाडी बढे पछि अलिकति देब्रे तिर उकालोमा अबस्थित निबासमा हो हाम्ले पाएको दर्शन गज्जब को त। कालुपुलको कुरा उठेको र गज्जब शब्द पनि आएको ले पुरानो कुरा सम्झिईयो, गाँठे चस्किने गरेर।


 
Posted on 01-03-08 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल बुढाले र दीपले म्हेपी तिरको कुरो गर्देर अस्कल पढ्दाको दिनहरु सम्झाइदिए । खुब गइन्थ्यो म्हेपीतिर । बेलुकी पख ।

दीपको यो कथा पनि धमाका छ ल ।


 
Posted on 01-03-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँबजार तिरको रायमाझी होला दीपको साथि! अचेल त एउटा टोलको नाम नै रायमाझि टोल छ क्यारे। मेरो पुरानो चिनजान भन्दा पनि टुकुटुकु हिँड्न सक्ने भए देखि काउलिबारी र नर्कट झारि चहार्न थालेको ठाउँ पनि त्यहि हो, अनि चङ्गा र मन्डली जुधाउँदै घाममा पाकेको ठाउँ पनि त्यहि हो। समयको अन्तरालमा काउलि बारीमा पनि कङ्क्रिट ठडिएछन र नर्कटघारी सबै मासिएछन्। पकनाजोल सोह्रखुट्टे देखि नयाँ बजार लामो बस्ति थियो पर बालाजु सम्म, अहिले त त्यो सम्पुर्ण फाँट नै शहर!! बिचमा बिष्णुमती कता हराए जस्तो, शहर बाट हिँड्यो भने बिष्णुमती नाघेर पारी वनस्थली पुग्दा सम्म पनि शहरै छ!

ए यामे बेलुकिखेर म्हैपी तिर जाने गर्या रे?? बेलुकिखेर म्हैपी तिर अर्को एकथरिको पनि भेला लाग्थ्यो, धुम्रपानमा अमुक चिज मिसाएर तान्नेहरुको। गजब कै थान हो म्हैपी थान!


 
Posted on 01-03-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको त गामै रेछ लैनचौर --शितकरदाई, मधुकरदाई, मुकेस साही दाई, राजुदाई, मन बस्नेत दाईहरुलाई पनि चिनेको होला उसो भए त --हामी त भुरै थिम ति दाईहरु तात्दा। एक् चोटी मधुकरदाईलाई भेटेको थिएँ त्रिपुरेस्वरमा सितेरियो हो कि के को उस्ताद भए जस्तो लाग्या थ्यो। "के छ भाई?" भन्थे --- फुर्ती उत्तिकै थ्यो।

त्यो कन्या स्कुलको अगाडीबाट एउटा बाटो तल ओर्लिन्थ्यो --जिम्माललाई थाहै होला --कसरी त्यो बाटो साँघुरीएर एउटा आलिमा बदलिन्थ्यो --त्यो आलि आलि पनि भौंतारीएको छु म -- मलाई कुनै धुन चढे पछि नराम्रो चढ्थ्यो। बाङ्ग्या संगतको फल हुनुपर्छ। उता चालिसे गुरुहरुको घर तिर पनि बिनाबित्थामा गैइन्थ्यो। त्यो डेरीमा दही र चिज पनि किनियो कति हो कति।

चिलिम पार्क एक ताका साँझा नगै नहुने जस्तो अम्मलको सिकार भा थें।

क्या दिनहरु सम्झिईयो गाँठे! जिम्माल त लैन्चौर तिरका जिम्दार रछन -- मेरी बास्सै!

नयाँ बजारको कुरा निस्कियो -- हेरी त्याँ एक जमनामा प्याकुरेल सरको घराँ हो क्या रे चौधरी सरले ट्युसन पढौने हिसाबको -- त्यै लैनचौरको एक जना दाई सँग त्यता हुँदी घुम्थें म पनि। उनको बेग्लै धुन मेरो चै त्यै क्याडबरीको धुन थ्यो त्यति बेला। उनको आँखा त्याँ पढन आउने एउटी ठीटी सँग जुधेसी मलाई चकलेट किन्दिन्थे।  आफु त्यति बेला आठाँ नी नपुग्या फुच्चे परियो तर ति दाईले मलाई धेरै कुरा सिकाए जुन पछि धेरै काम लागेनन एक दुईटा चै लागेकै हुन। कठै ति दिनहरु कसरी बेपत्ता भए नी नारन्!


 
Posted on 01-03-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना मा गू देखेको राम्रो भन्चन क्यार। यो २००८ को सुरुवात्-मा दीप को कथा-मा गू को बारेमा पढ्न पाएको पनि राम्रै होला।  धन्यवाद है दीप ज्यु।

 
सान्नानी
Posted on 01-03-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haamlai ni tha chha tetako sappai. thupra natedaar chhan hamra ni tyata lainchaur tira. euta tolai hamro natedaarko thyo paila ahile ta daju bhai le beche kyare ansha lidai naya naya manchhe ni aachhan re. :D

katha ni ramailo raichha.


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters