ल छ्याक संग सोह्रखुट्टेको ओरालो हुइँक्या रेछ दीप, तेतातिरको सपै भूगोल था रेछ! लौ न नि, त्यो रातो कन्या इस्कुलको कुरा सम्झाइदेर यो मुटुमा चोइटा पर्यो प्रर्भु। हुन नि गजपै थ्यो हाउँरो पालामा। सेतो सर्टमा रातो फरक, अनि कालो जुत्ता ला'र हिन्थे तेताका नानिहरु, हामि रातो भेडा भनेर जिस्क्याउँथ्यौँ! बिचरीहरुलाई इस्कुलबाट निस्के देखि नै सास्ती। निस्कने बित्तिकै शान्ती बिध्या अगाडि आलुमरि र ल्यास्से पाउँ किन्न लाग्या बेलाँ शान्ती बिध्याको आकाशे निलो सर्ट लाउने ठिटाहरुको तारो बन्थे। बल्ल बल्ल फुत्केर हिनेसी अस्कल बाहिरका उरन्ठेउलाहरुको नजर र शब्द बाणको शीकार पनि तिनै बन्थे। कठैबरा, आफू चाहिँ संग संगै चुपचाप नजिकै हिँड्दै गइन्थ्यो सहानुभुतीको साथ। सर्सोति क्याम्पस अगाडि फेरि दुख पाउँथे। त्यताबाट सिद्धिगणेश इस्कुल अगाडि अन्तिम नजरको झटारो खाएसी बल्ल सास फेर्थे र पिरो पाउँमा बरफ दल्दै खाँदै घर फर्कन्थे! यस्तै हुँदै थ्यो, एउटी मोरी त सहानुभुतीका साथ चुपचाप हेरेर मात्र बस्ने हाम्लाई जिल्ल पार्दै तेइ शान्ति बिध्याको नजर र बोलिको झटारो हान्नेसित म्हैपीथान घुम्न गा हेरि एइ आँखाले देख्या हो!