[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 च्याङ्ग्राको नासो बैरेको गलाको पासो

[Please view other pages to see the rest of the postings. Total posts: 106]
PAGE: <<  1 2 3 4 5 6  
[VIEWED 90616 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 03-30-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बैरे, बाबु तेरो लागि फोन छ ।


कस्को ?


च्यङ्ग्राको


म खोठाबाट तल झर्दै, गुनगुनौदै  "मायाले ले माया गासी  देउ, भएन प्रिती जोडी देउ" ...... "हलो"


सुन न क्या कोक र म:म: खान मन लाग्यो हिड जाम, शान्दार, मलाई लिन आइजो ।।।


ह्या बेला न कुबेला बजी नेउला .... म त भुक्का छु । तेरो ट्रीट हो ?


ल ल , तु भी क्या याद रखेगा किस रहिससे पाला पढा था । बरु सुन तेरो बाउको ५५५ लेर आइज खूब तल लाग्या छ, कत्ती सुर्य सल्काउने ५५५ मा थप नून, मसला केही थप्या छ की, टेस्टीङ गर्नु पर्‍यो ।


एक घण्टा पछी म:म: र सोपंको बायु मुखबाट छोड्दै बानेस्वोर पिपल बोटबाट हाईटको ओरालो झर्ने बाटो तिर लागियो । करीब २०० मिटर भित्र छिरे पछी आर्को सानो गल्ली जस्ले धोबी खोला गणेश थान तिर लग्थ्यो, त्यता तिर लागियो। अली भित्र छिरे पछी मोटरबाईकलाई डबल स्ट्यन्ड लगाइ ५५५ सल्कयौं ,


बुजिस बनाउन त खैरेले नै जन्या हो, कहाँ ५५५ कहाँ सुर्य, भन्दै सर्को लगाउदै थियो च्याङ्ग्रा।  हुन त त्एती खेर नजिकको तिर्थ हेला भने झै नेपाली सामानको त्यती मुल्य हुँदैन थियो । अहिले त्यही सुर्यको सर्कोले, नेपालको याद झल झली लेर आउछ ।  


बरु सुन, त्यो शानदारको म:म: पनि त्यती दम छैन, म:म त हरियो पर्दाकै मिठो, अली कती छोयला चिउरा, सादेको भट्मास, कचिला, आलुको अचार, अनी म:म:, यो सब एक प्लेट मगायो भने दुबै जनालाई पुग्छ के.बि.फो.सिक्स ?


भर्खरै म:म: हुले पनि त्यसले बर्णन गर्दा फेरी खान सकिन्छ झै लाग्यो मलाई, - बिचार त दरै छ , तर फाइनेन्सर चाँही को ?


त्यसको पनि जगेनो गर्या छु, यहाँबाट, कालेकोमा जाम, अनी ज्यापू र भोटेलाई, फोन गरेर म्यारिज खेल्न मुन्ठी भनेर फोन गरौ, ज्यपू म्यरिज भने पछी, विबाह पनि छोडेर आउछ,


अनी तिनीहरु नै हर्ने गेर्यान्टी चाँही तैले लिन्छस ? भन्दै मैले प्रश्न गरे


ल अब मेरो कुरो ध्यान दिएर सुन, यो चाँही तैले भुजिनस भने ज्यापूले तलाई र मलाई म:म: भित्र राख्छ। यदी तैले माल हेरिस भने, १:७ ले खेल्ने


उसको कुरा सक्किनु अगाडि नै, मैले उसको कुरो काटे, के हो यो १:७ भन्या ?


कुरा सक्कीन त दे, बिचँमै कुरो नकाट, पहिले सुन अनी पछी बोल, १:७ भन्या केही गरी एक्का माल हो भने त सत्ता फाल त्यो भयो भने मलाई खबर हुन्छ सत्ता माल हो भनेर, त्यसै गरी दुक्की को अठ्ठा, तिर्की को नहर ।


अनी मसँग त्यसरी मिल्ने तास छैन भने नि ?


त्यसो हो भने मिल्ने रङ चाँही फाल, तर फाल्नु अघी पर्नु पर्ने तास यो हो तर परेन भन, म भुझी हाल्छु। सोच, ज्यापू कती लोडेड, हुन्छ त्यसलाई लुत्न पायो भने, त्यही पैसोले छ्याङ पनि खान पुग्छ , मलाई काठमाडौं गणेशथान नजिकै एउटा ठाउँ थाहा छ सोलीड छोयला चिउरा, कचिला पाउछ।


त अघोरी, हस्पिटलमा पक्कै साट्या हुनु पर्छ, खान चाँही तलाई नेवारी खान नै खानु पर्ने, बुद्धी चाँही पुरेतको जस्तै चल्छ । 


च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि 
   
 क्रमश :

 
Posted on 05-07-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे,



अंग्रेजीमा भन्छन नि "कम्प्लिट प्याकेज " हो, त्यही लाग्यो। भाषामा शैली मा, उपमामा भावमा कतै कुनै कमजोरी भेटिन्नन। कथा मार्मिक रा धार्मिक हुँदै छ भनेर अघिल्लो पोस्ट मै लेखेको थिएं , हो रहेछ ।



अर्को सुन्दर सिर्जनाको प्रतिक्षामा



उही



ठुलदाइ


 
Posted on 05-07-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>म सँग बोल्नको लागि न त केही शब्दहरु थिए न त ईच्छा नै । म केवल कौसी बाट देखिने त्रिभुवन बिमान्स्थल तिर हेर्दइ थिए ।<<<


>>>मलाई त्यो दिनको केही मान्यता थिएन । मेरो सुर्य त हिजै डुबेको थियो र अब कहिले उदाउने थिएन । <<<


यि  दुई ठाउँमा पुगेपछी चाँही मलाई सार्है घोच्यो !


1992 मा PIA को Airbus A300 crash भएको घटनाको बारेमा जानकारी भये पनि त्यती खेर त्यती दु:ख लागेको थिएन जती दु:ख आज बैरेको कथा पढेर लाग्दैछ !


अरु त के भन्ने र खोइ अब ! आशा छ १७ बर्षको अन्तरालपछी बैरेको मनको घाऊ अवस्य पनि अली बिशेक भयो होला !


समय हो आज एउटाको छ भने भोली अरु कसैको हुनेछ ! 


 
Posted on 05-11-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat
<<मिठो कथाको नमिठो अन्त्य भएको यो कथा पुरा काल्पनिक होला भन्ने आशा छ >>


प्रभु काल्पनिक त मेरो लागि अहिले भएको छ, अतितको कुरा कल्पना झै लाग्छ, मेरो जीवनमा पनि यस्तो भएको छ भनेर बिर्सन पनि सकिन्न ।  


sanira
<<बैरे  , कथा   को  अन्त  साह्रै  नरमाइलो  लाग्यो,   कुनै  बियोगन्तक  स्टोरी जस्ताइ,के यो  सत्य घत्ना नै  हो ?>>


जिन्दगी नै बियोगन्तक  स्टोरी भाको छ कथा किन नहोस् ? घटना त सत्य नै हो बिधी को बिडम्बना लाई कसले नै टाह्र्न सक्छ र


rahulvai
<<अंग्रेजीमा भन्छन नि "कम्प्लिट प्याकेज " हो, त्यही लाग्यो। भाषामा शैली मा, उपमामा भावमा कतै कुनै कमजोरी भेटिन्नन। कथा मार्मिक रा धार्मिक हुँदै छ भनेर अघिल्लो पोस्ट मै लेखेको थिएं , हो रहेछ ।
अर्को सुन्दर सिर्जनाको प्रतिक्षामा >>


ठुल्दाइ तपाईको कमेन्टले म धन्य भएको छु , खै जिन्दगीले सुख भन्दा धेरै तौलिएर दु:ख दिएको छ अब अर्को प्रस्तुती पनि दु:खमय नै हुने हो कि हेर्दै जाउँ


ritthe
<<यि  दुई ठाउँमा पुगेपछी चाँही मलाई सार्है घोच्यो !
1992 मा PIA को Airbus A300 crash भएको घटनाको बारेमा जानकारी भये पनि त्यती खेर त्यती दु:ख लागेको थिएन जती दु:ख आज बैरेको कथा पढेर लाग्दैछ !
अरु त के भन्ने र खोइ अब ! आशा छ १७ बर्षको अन्तरालपछी बैरेको मनको घाऊ अवस्य पनि अली बिशेक भयो होला !
समय हो आज एउटाको छ भने भोली अरु कसैको हुनेछ !  >>


प्रभु आफ्नो जिन्दगीमा अतितका यादले सधैं घोच्या घोच्यै छ के भन्नु र । १७ बर्षको अन्तरालपछी पनि याद हरु अझै ताजा नै छ । सुनिल बर्देवाले भन्या झै रुखमा खोपेको प्रेमको चिनो हिजो जस्तै लाग्दछ , आफुलाई पनि प्रियासी सँग खाएका कसम हरु हिजो को झै लाग्छ उस्का याद हरु अझै मन मस्तिस्कमा ताजा घाऊ झै खोपिएको  छ ।


perfectionist, kHisHii
<<.>>
यो बिन्दु झै कथापनी अधुरो भयो प्रभु ।



सबैले पढिदिनु भएकोमा म क्रितज्ञ छु , जडिएको हिरा बिना औठीको मान्यता नभएको झै तपाईहरुले नपढिदिनु भएको भए र कमेन्ट  नपोखिदिनु भए यो कथाको पनि केही मान्याता हुने थिएन , सबै साथी भाई हरु मा बैरेको मुरी मुरी धन्यवाद
 


 


 
Posted on 01-08-14 1:39 PM     [Snapshot: 8266]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a story or memoir .... वाह ! पुरानो त उत्कृस्ट कथा ... जहाँ साथि छ , माया छ, बदमासी छ, प्रेम छ , अनि वियोग छ ..... जीवनमा यस्तो कसैको नहोस भन्न त हुन्थ्यो तर "बैरे" ज्यू ले यो सत्य घटना हो भनेसी मुटु चसक्क भाको हो ..... निक्कै खल्लो महसुस भएको हो...

बैरे-ज्यू फेरी कुनै कथा / संस्मरण टाँस्ने हैन साझा मा ??

थाहा छैन
 



PAGE: <<  1 2 3 4 5 6  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters