[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 च्याङ्ग्राको नासो बैरेको गलाको पासो

[Please view other pages to see the rest of the postings. Total posts: 106]
PAGE:   1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 90488 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 03-30-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बैरे, बाबु तेरो लागि फोन छ ।


कस्को ?


च्यङ्ग्राको


म खोठाबाट तल झर्दै, गुनगुनौदै  "मायाले ले माया गासी  देउ, भएन प्रिती जोडी देउ" ...... "हलो"


सुन न क्या कोक र म:म: खान मन लाग्यो हिड जाम, शान्दार, मलाई लिन आइजो ।।।


ह्या बेला न कुबेला बजी नेउला .... म त भुक्का छु । तेरो ट्रीट हो ?


ल ल , तु भी क्या याद रखेगा किस रहिससे पाला पढा था । बरु सुन तेरो बाउको ५५५ लेर आइज खूब तल लाग्या छ, कत्ती सुर्य सल्काउने ५५५ मा थप नून, मसला केही थप्या छ की, टेस्टीङ गर्नु पर्‍यो ।


एक घण्टा पछी म:म: र सोपंको बायु मुखबाट छोड्दै बानेस्वोर पिपल बोटबाट हाईटको ओरालो झर्ने बाटो तिर लागियो । करीब २०० मिटर भित्र छिरे पछी आर्को सानो गल्ली जस्ले धोबी खोला गणेश थान तिर लग्थ्यो, त्यता तिर लागियो। अली भित्र छिरे पछी मोटरबाईकलाई डबल स्ट्यन्ड लगाइ ५५५ सल्कयौं ,


बुजिस बनाउन त खैरेले नै जन्या हो, कहाँ ५५५ कहाँ सुर्य, भन्दै सर्को लगाउदै थियो च्याङ्ग्रा।  हुन त त्एती खेर नजिकको तिर्थ हेला भने झै नेपाली सामानको त्यती मुल्य हुँदैन थियो । अहिले त्यही सुर्यको सर्कोले, नेपालको याद झल झली लेर आउछ ।  


बरु सुन, त्यो शानदारको म:म: पनि त्यती दम छैन, म:म त हरियो पर्दाकै मिठो, अली कती छोयला चिउरा, सादेको भट्मास, कचिला, आलुको अचार, अनी म:म:, यो सब एक प्लेट मगायो भने दुबै जनालाई पुग्छ के.बि.फो.सिक्स ?


भर्खरै म:म: हुले पनि त्यसले बर्णन गर्दा फेरी खान सकिन्छ झै लाग्यो मलाई, - बिचार त दरै छ , तर फाइनेन्सर चाँही को ?


त्यसको पनि जगेनो गर्या छु, यहाँबाट, कालेकोमा जाम, अनी ज्यापू र भोटेलाई, फोन गरेर म्यारिज खेल्न मुन्ठी भनेर फोन गरौ, ज्यपू म्यरिज भने पछी, विबाह पनि छोडेर आउछ,


अनी तिनीहरु नै हर्ने गेर्यान्टी चाँही तैले लिन्छस ? भन्दै मैले प्रश्न गरे


ल अब मेरो कुरो ध्यान दिएर सुन, यो चाँही तैले भुजिनस भने ज्यापूले तलाई र मलाई म:म: भित्र राख्छ। यदी तैले माल हेरिस भने, १:७ ले खेल्ने


उसको कुरा सक्किनु अगाडि नै, मैले उसको कुरो काटे, के हो यो १:७ भन्या ?


कुरा सक्कीन त दे, बिचँमै कुरो नकाट, पहिले सुन अनी पछी बोल, १:७ भन्या केही गरी एक्का माल हो भने त सत्ता फाल त्यो भयो भने मलाई खबर हुन्छ सत्ता माल हो भनेर, त्यसै गरी दुक्की को अठ्ठा, तिर्की को नहर ।


अनी मसँग त्यसरी मिल्ने तास छैन भने नि ?


त्यसो हो भने मिल्ने रङ चाँही फाल, तर फाल्नु अघी पर्नु पर्ने तास यो हो तर परेन भन, म भुझी हाल्छु। सोच, ज्यापू कती लोडेड, हुन्छ त्यसलाई लुत्न पायो भने, त्यही पैसोले छ्याङ पनि खान पुग्छ , मलाई काठमाडौं गणेशथान नजिकै एउटा ठाउँ थाहा छ सोलीड छोयला चिउरा, कचिला पाउछ।


त अघोरी, हस्पिटलमा पक्कै साट्या हुनु पर्छ, खान चाँही तलाई नेवारी खान नै खानु पर्ने, बुद्धी चाँही पुरेतको जस्तै चल्छ । 


च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि 
   
 क्रमश :

 
Posted on 03-30-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल कथा चाही दरो गा छ बैरे अज अरु नि राख़म.....
 
Posted on 03-30-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बैरे घच्ची जाँदै छ, लगे रहो, हामी याँ कुर्दै छम 

 
Posted on 03-30-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिन्दास जिन्दगी, बिन्दास लेखाइ । पछील्लो लेखाइ भन्दा खारिएको, माझिएको छ है बैरे। थपुम, थपुम।
 
Posted on 04-01-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि


कालेको घरमा त्यसँको बाउ आमा दुबै अफिस गाको हुनाले दिउँसो त्यसँको घर हाम्रो अँखडा हुन पुगेको थियो, त्यो बेरोज्गार पनि घरमै हुन्थ्यो ।  कालेको पुगेपछी ज्यापू र भोटेलाई त्यतै मुन्टिन आईजो भनियो। एकै छिन पछी दुबैजना कालेकोमा आईपुगे, नेक काममा किन देरी भनेर म्यारिजको श्री गणेश गरियो। हाम्रो षडियण्त्रमा ज्यपू, भोटे र काले तिनैजना फसिसकेका थिए, तिनीहरुको लक्ष्मीले हाम्रो शिरमा आशिश दिदै थिईन।


ज्यपूले आफ्नो हातको मैलो अब धेरै हामीलाई नचढौने निर्ण्य गरेर खेललाई स्तगीत गर्‍यो।  कालेको कौसीमा बसी चिया चुरोटले आफ्नो जीतको खुशीयाली मनायौं । अब भोकले पनि ग्रस्त गर्ने बेला भएको थियो।  कालेले यही खाएर जा भन्दै थियो तर हाम्रो प्लान आर्कै थियो।


होइन मामाघर जानु छ, त्यही धोक्नु पर्छ भन्दै च्याङ्ग्राले मलाई ईशारा गर्‍यो ।


ल ल हिड तलाई छोडेर म पनि घर जानु छ भन्दै निस्किन थाल्यौ हामी।


ओई सुन त तिमीहरुसँग खास कुरा त गर्नै बिर्सें भन्दै ज्यापूले हामीलाई रोक्यो , सुन केटा हो, अब जाँच आउन पनि ४-५ महिना बाँकी छ । खरायो नुहाएर सेतो, हात्ती पढेर ठुलो भाको भए हाम्रो पनि कल्याण हुन्थ्यो, तर कुरो त्यसतो होइन । मलाई मेरो माईजुले भन्नु भाको ८० चोटी नबिराइ बङ्गला मुखी गयो भने मनले चिताएको पुग्छ रे । हाम्रो जाँच सकेर रिस्लट हुनको लागि पनि करिब १ बर्ष लाग्छ , अब मंगलबार र बिहीवार गरेर हामी पनि बङ्गला मुखी गयौ भने ८० चोटी त पुग्छ, के छ बिचार ?


च्याङ्ग्राले कालेको गमलाबाट ढुङ्गो झिक्दै, उु त्यो बिजुलीको खम्बामा एक शटमा यो ढुङ्गा लाग्यो भने म पास हुन्छु नभए बङ्गला मुखीलाई नै जिम्मा दिने ल भनेर ताक्दै हान्यो खम्बा तिर । सिधा हिंड्न गाह्रो हुनेले सिधा के हान्न सक्नु? लौ अब भोली मंगलबार पनि हो भोली देखी बङ्गला मुखीको शरणमा जाने भईयो भन्दै हामी निस्कियौ।


नयाँ बानेस्वोरबाट , आर्मी क्वाटर हुँदै भद्र कालीलाई एक फ्नको लगाएर, रोयल नेपाल एअरलाईनस कटेर बाँया मोडेर, बसन्तपुर लागियो ।


कुन ठाउँ भन्या तैले ए अघोरी ? भनेर च्याङ्ग्रालाई सोधे


अली माथि जा बेकरी (हाल को जिन्स क्याफे) कटेर, पहिलो बाँयाको गल्ली भित्र छिर।  त्यहाँ पुगेपछी, ल अब यहाँ दाँया तिर जा, त्यो गल्लीबाट आर्को चोक आउनु आघी मोटरसाइकल रोकियो । ल हिड यहाँ झकासको म:म:, छोइला र छ्याङ पाउछ भन्दै च्याङ्ग्रा भित्र छिर्यो , म पनि त्यस्कै पछी लागे।


अहो साउजी के छ, भनेर च्याङ्ग्राले साउलाई अभिवादन गर्‍यो, छोइला, कचेला डु ला ? भनेर नेवारीमा सोध्यो, हुन त बहुनको छोरालाई एक दुई लाइन भन्दा अरु केही आउँदैन थियो।


साउजीले पनि डु डु, नहुने त कुरै छैन भन्यो ।


कुनाको टेबलमा बसियो, २ प्लेट म:म:, एक प्लेट छोइला चिउरा, एक प्लेट कचेला, एक प्लेट आलुको अचाँर , एक प्लेट भट्मास मगाइयो।


साउजीले आज घच्चीको भाले भेट्यो, रोस्ट पनि ल्याउँ भनेर प्रश्न गर्‍यो, च्याङ्ग्राले कुरै छैन, ससुराली आको ज्वाँईलाई झै ख्वाए हुन्छ साउजी भन्दै हास्ँयो । भै हाल्छ नि भन्दै साउ परीकार बनाउन लाग्यो। 


ओहो मूल कुरो त झन्डै बिर्स्या, भन्दै साउजीले - " एला टोन्यौला ?" भनेर सोधे ।


च्याङ्ग्राले भटी भटी भनेर हातले ईसारा गर्‍यो ।


क्रमश:


 


 
Posted on 04-01-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे के हो लेखै त झकास छ नि, ल ल आझै जावोस।

 
Posted on 04-01-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Babal fuchee, hajur ta khatara guff lekhicincha...rahecha... kehi nabujne...

 
Posted on 04-01-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my mouth is watering... bhatmas sadheko, poleko chhoyela, sadheko sukuti, alu cho, guliyo tho, lau na bhok lagyo baire.


aru khanekura pani magau ta. bara, yomari, chatamari go?


 
Posted on 04-01-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाह्रा, चटामरी खान बङ्गला मुखीबाट छ्ड्के हानेर कृष्ण मन्दिर पछाडि पनि गैन्छ पक्कै अर्को भागमा


सेकुवा चाँही एअरपोर्ट तिर खान जानु हुन्थ्यो तर च्याङ्ग्रा जानै मान्दैन


 


कथा पढिदिनु भएकोमा आभारी छु म


 
Posted on 04-01-09 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बैरे र च्याङ्ग्रा त हाम्रो टोल मै ? सरस , सरल , मिठो , शान्दार म: म: झै लाग्यो बैरेको लेखाइ र भोगाइ ।

 
Posted on 04-01-09 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aila nabhaye ni Heineken ko chuski lidai pardai chu Baire......bholi ta behiwar pani ho baglamukhi pani darsan gari halum


 
Posted on 04-02-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्ग्राले भटी भटी भनेर हातले ईसारा गर्‍यो ।


खाना ल्याउने क्रममा पहिले भाले नै हुलियो, आफुलाई छोइला खाने रहर थियो पहिले ।


साउजी - खै छोइला ? तयार भएन ?


बाबुहरुलाई पिरो कत्तीको हालु - साउजीले सोधे


छोइला त जती पिरो त्यती मिठो नि साउजी भन्दै च्याङ्ग्राले एलाको चुस्की लगायो ।


भई हाल्छ नि भन्दै छोइला लिदै साउजी आइपुगे, छोइला देख्दा एक्छिन थुकसँगै सातो पनि निलियो । घाम अस्ताउदा जसरी आकाशको सेतो बादल रत्ताउछ, साउजीले छोइलालाई पनि त्यसरी नै रत्ताएको थियो । त्यही पनि च्याङ्ग्रा र मैले साहश देखाउदै छोइला मुख भित्र टोक्यौ, छोइला भुँडी सम्म जादा जुन जुन नलीहुरु छोयो, त्यो सब हर हरी पोल्दै आयो । हाम्रो पुरुसार्थले हार मन्न चाहेन तर तालुको पसिना नाक सम्म बगेको र छोइला झै मुख भएको सबैले देखेका थिए ।


ओहो ज्वाँईलाई निकै गाह्रो भए जस्तो छ, टन्न पानी पिउु भन्दै साउजीले च्याङ्ग्रालाई पेच हान्यो ।
 
च्याङ्ग्राले आफ्नो हालतमा साउजी हाँसेको भएर लाज बचाउने क्रमले, "किन र साउजी ज्वाँईले सब खाना सकाउछ भनेर पिर गर्नु भाको कि क्या हो" - भनेर जवाफ दियो ।
 
होइन ज्वाँई, ... जादाँ जस्तो पोलेको छ निस्किदा त्यो भन्दा डबल पोल्ला भनेर ज्वाँईको मायाले भन्या नि ।
 
साउजीको कुरामा धेरै दम थियो । एक एक जग पनि दन्काइयो, अली सन्चो भए पछी म:म: ले बिसर्ग गरियो । त्यती धेरै पानी धोकेकोले म:म: नजाला कि भन्ने शंका थियो, तर राज सवारी हुँदा जसरी बाटो खुल्थ्यो म:म: नली भित्र पस्दा त्यसरी नै भुँडी सम्म बाटो खुलेको थियो ।


टन्न खाना हुले पछी, सुर्यको सर्को  लगाइयो र त्यहाँबाट निस्केर तरुनी हेर्न भनी बिशाल बजार तिर लागियो । एक दुई घण्टा बिशाल बजारमा डुलेर घर तिर लाग्ने बिचार  भयो ।  त्रिचन्द्र क्याम्पसबाट बाँया मोडिएर, पृथ्वी नारायणको शालिक घुमेर कृष्ण पाउरोटी तिर लाग्ने बेला भएको थियो च्याङ्ग्राले तरुनी तरुनी भन्दै चिचायो ।
 
खै कहाँ ? मैले पनि कान र आँखा चनाखो पार्दै सोधे


उु त्यहाँ किङ्स वे तिर लाग्दै छ , घुमा बैरे घुमा ।


पृथ्वी नारायणलाई एक फन्को लगाइ तरुनी लागे तिर बाइक हुताइयो । तरुनीको स्कूटी हाम्रो र RX नभेट्ने त कुरै थिएन ।


तरुनीको छेउमा पुगे पछी बाइकको स्पीड पनि उस्कै तालमा मिलाइयो ।


म बाटो ध्यानमा राख्दै, तरुनी तिर हेर्दै थिए, च्याङ्ग्रा चाँही तरुनीलाई - "कहाँ हिंडेकी, कुन ठाउँमा मन कि हे परी" भन्ने गीत गाउदै घोक्रो सुकाउदै थियो ।


उस्लाई पछौदै हामी गहिरी धारा सम्म पुग्यौ, नान पाउने पसलको (नाम चाँही थाहा भएन, तर जस्ताको पसल, किमा नान र सेकुवा दरो पहिन्छ ) चोक बाट बाँया मोडेर उु एउटा घर भित्र लागि । ल हेर तेरो भाउजुको माइती, अब जन्ती लिएर आउनु पर्छ लौ हिड घर तिर, भोली बिहानै बङ्गला मुखीलाई पनि पार लगाउने आग्र्ह गर्नु छ भन्दै च्याङ्ग्राले भन्यो ।
 
त्यहाँबाट भागवती बाहल हुँदै राम पान भन्डारबाट बाँया मोडेर मैतिदेवी तिर लागियो ।


घर जानु अघी एक सर्को त लगाउनु नै पर्थ्यो फेरी घर छिरे पछी निस्किनै गाह्रो हुन्छ, त्यस माथि सर्को लगाउन एक कोश टाढानै जानु पर्ने, बरु तल पहिले मार्ने बिचारले बानेस्वरको हाइट तिर लागियो, त्यो घुमाउरो उकालो होइन, ठाडो चाँही । उकालो कटेर पहिलो पसल नागेर अली भित्र छिरे पछी, शायद गणेश कै सानो मन्दिर होला (हेर्न कहिले भ्याएन), आउनु अघी एउटा पसल छ, त्यही रोकियो ।  साउनी दुईटा सुर्य, दुईटा  पान पराग र २ रुपैयाँको हजमोला क्यान्डी पामन भन्दै चुरोट, पान पराग र हजमोला लिईयो । 


चुरोटको गन्ध मेटाउन पान परागको शाहेता चाहिन्थ्यो, तर पान पराग खाएर घर जादा, जाडँ धोक्या शंका हुने निशचित थियो त्यसैले पान परागको गन्ध हटाउन हजमोला अत्यन्त जरुरी थियो । हाम्रो बिडम्बना यस्तै थियो १.५० को चुरोट खान ५ रुपैयाको खर्च, भन्ने नै हो भने एउटा मात्रै चुरोट खानु भनेको भिखारीले हात्ती पुरस्कार पाएको झै थियो ।


चुरोटको सर्को सक्के पछी पान पराग मुखमा राखेर निस्कियौ, च्याङ्ग्रालाई घरमा छोडे, त्यसकोबाट  निस्किनु अघी ज्यापू, भोटे र कालेलाई फोन लगाएर भोली बिहान जाने नजाने निधो गरियो । आखीर सोचे झै भयो, जाने पार्टी च्याङ्ग्रा र म मात्रै थियौ ।
 
ल ल त र म भएनी जानु पर्छ बरु भोली भाले कराउनु अघी आइज लिन मलाई ।
 
मैले हुँदैन त्यस्तो, .... तेरो बाउको कच कच सुन्न म आउदिन बिहान देखी, बरु चाडो जानु पर्छ मलाई बिहानै ४ बजे तिर फोन गर, अनी तल हजुरको पसल सम्म आइज, त्यहीबाट जाम्ला भन्दै म त्यहाँबाट घर तिर लागे ।


घर छिर्न अघी दुईवटा हजमोला क्यान्डी मुख भित्र चपाए र सिधै कोठा तिर लागे ।


क्रमश :      


 
Posted on 04-02-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai


"लौ बैरे र च्याङ्ग्रा त हाम्रो टोल मै ? सरस , सरल , मिठो , शान्दार म: म: झै लाग्यो बैरेको लेखाइ र भोगाइ ।"


 गुरुजी शान्दार म: म: को कुरै अर्को। ... त्यो तातो तातो म:म: टोक्दा,  म:म: बाट जिब्रो पोल्ने रस आउने, सिङ्गो टुक्रो मुख भित्र हुल्दा सिल् , सिल् , सिल् र फु फु को उल्टो आवाज निकाल्दै टोक्न त मज्जा आर्कै हो नि


 


O@$!$....


"Aila nabhaye ni Heineken ko chuski lidai pardai chu Baire......bholi ta behiwar pani ho baglamukhi pani darsan gari halum"


बङ्गला मुखी जाम भन्या, तरुनीको स्कूटीले गहिरी धारा तिर लगिदियो, बोकाहरु बङ्गला मुखी गाको त्यती छिटो के पुग्ला र । अर्को भागमा पुगिएला कि


 


 
Posted on 04-02-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

interesting.. vivid description. nice. nice.

 
Posted on 04-02-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो प्रसँग, कहिले कहीं झसँग ।


 सानो गल्ती भाको छ , सच्याउनु पार्‍यो पर्भू। त्रि-चन्द्र क्याम्पसबाट बाँया मोडे पृथ्वी नारायण को सालीक आउँदैन, ज्ञानेको बाउ को सालीक आउछ। त्यता बाट दाँया ओरालो झरी बाँया लागे कृष्ण पाउरोटी।


 
Posted on 04-02-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai...baire ko galti saab maaf...This is too good. It reminds of my days at Ktm...Jyadai ramailo lagyo. Ani baire banglamukhi ni gaihalau..waiting for next part....Ani thamel ko ramailo ni lekhnu ni kunai part ma...

AE

 
Posted on 04-02-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai


"सानो गल्ती भाको छ , सच्याउनु पार्‍यो पर्भू। त्रि-चन्द्र क्याम्पसबाट बाँया मोडे पृथ्वी नारायण को सालीक आउँदैन, ज्ञानेको बाउ को सालीक आउछ। त्यता बाट दाँया ओरालो झरी बाँया लागे कृष्ण पाउरोटी। "


गुरुजी तरुनी हेर्दै फुर्सत थिएन आफुलाई त शालिक देखेकी पृथ्वी नारायण कै लाग्थ्यो, ज्ञानेको बाउलाई फेस टु फेस देखिएन पृथ्वी नारायणलाई सधैं हिस्ट्री किताबमा  आउँला ठड्याको देखिन्थ्यो उही हो भन थाने गल्ती माफ   


 


AlterEgo


Rahulvai...baire ko galti saab maaf...This is too good. It reminds of my days at Ktm...Jyadai ramailo lagyo. Ani baire banglamukhi ni gaihalau..waiting for next part....Ani thamel ko ramailo ni lekhnu ni kunai part ma...


गल्ती माफ गरिदिनु भएकोमा आभारी छु, ठमेल तिर पनि जानु छ प्रभु तर बङ्गला मुखीमा देवीको साक्क्षात दर्शनले हामीलाई ठमेल तिर नि लग्ला


 
Posted on 04-02-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई, बैरेले अघी भर्खर टन्न उतातिर दिएर आको छ अब कस्को सालीक सालीक?
प्रस्तुती राम्रो छ । मुख भरी पानी आयो, थपम अझ यसमा ।
 
Posted on 04-02-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते प्रभु आहिले सोच्दा कुरा मिल्छ मेरो गल्ती थिएन , तपाईले भने जै उता च्याङ्ग्राको ससुराले, हाकु छोइला, कचेला, रातो भाले, म:म: र अचार सँगै एला ख्वाको थियो यो सब त्यसको ट्रिपको नतिजा हो ।
 
Posted on 04-02-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Raksi le hangover diye jhai US ko bestata le bhulidai gayeka sadak ra galli haru Alkaseltzer bina nai fresh bhayo Baire..... It's a diary that's fadin away brought to life again !!
 



PAGE:   1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters