Stat
<<मिठो कथाको नमिठो अन्त्य भएको यो कथा पुरा काल्पनिक होला भन्ने आशा छ >>
प्रभु काल्पनिक त मेरो लागि अहिले भएको छ, अतितको कुरा कल्पना झै लाग्छ, मेरो जीवनमा पनि यस्तो भएको छ भनेर बिर्सन पनि सकिन्न ।
sanira
<<बैरे , कथा को अन्त साह्रै नरमाइलो लाग्यो, कुनै बियोगन्तक स्टोरी जस्ताइ,के यो सत्य घत्ना नै हो ?>>
जिन्दगी नै बियोगन्तक स्टोरी भाको छ कथा किन नहोस् ? घटना त सत्य नै हो बिधी को बिडम्बना लाई कसले नै टाह्र्न सक्छ र
rahulvai
<<अंग्रेजीमा भन्छन नि "कम्प्लिट प्याकेज " हो, त्यही लाग्यो। भाषामा शैली मा, उपमामा भावमा कतै कुनै कमजोरी भेटिन्नन। कथा मार्मिक रा धार्मिक हुँदै छ भनेर अघिल्लो पोस्ट मै लेखेको थिएं , हो रहेछ ।
अर्को सुन्दर सिर्जनाको प्रतिक्षामा >>
ठुल्दाइ तपाईको कमेन्टले म धन्य भएको छु , खै जिन्दगीले सुख भन्दा धेरै तौलिएर दु:ख दिएको छ अब अर्को प्रस्तुती पनि दु:खमय नै हुने हो कि हेर्दै जाउँ
ritthe
<<यि दुई ठाउँमा पुगेपछी चाँही मलाई सार्है घोच्यो !
1992 मा PIA को Airbus A300 crash भएको घटनाको बारेमा जानकारी भये पनि त्यती खेर त्यती दु:ख लागेको थिएन जती दु:ख आज बैरेको कथा पढेर लाग्दैछ !
अरु त के भन्ने र खोइ अब ! आशा छ १७ बर्षको अन्तरालपछी बैरेको मनको घाऊ अवस्य पनि अली बिशेक भयो होला !
समय हो आज एउटाको छ भने भोली अरु कसैको हुनेछ ! >>
प्रभु आफ्नो जिन्दगीमा अतितका यादले सधैं घोच्या घोच्यै छ के भन्नु र । १७ बर्षको अन्तरालपछी पनि याद हरु अझै ताजा नै छ । सुनिल बर्देवाले भन्या झै रुखमा खोपेको प्रेमको चिनो हिजो जस्तै लाग्दछ , आफुलाई पनि प्रियासी सँग खाएका कसम हरु हिजो को झै लाग्छ उस्का याद हरु अझै मन मस्तिस्कमा ताजा घाऊ झै खोपिएको छ ।
perfectionist, kHisHii
<<.>>
यो बिन्दु झै कथापनी अधुरो भयो प्रभु ।
सबैले पढिदिनु भएकोमा म क्रितज्ञ छु , जडिएको हिरा बिना औठीको मान्यता नभएको झै तपाईहरुले नपढिदिनु भएको भए र कमेन्ट नपोखिदिनु भए यो कथाको पनि केही मान्याता हुने थिएन , सबै साथी भाई हरु मा बैरेको मुरी मुरी धन्यवाद