[Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माँ र द्यो माँ हरु !

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 16747 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-03-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माँ र द्यो माँ हरु


बाचुन्जेल मेरी ममतामयी माँ ( आमा)ले दु:ख पाउनु भयो । तै पनि छोरा छोरीको सुखको लागि धेरै गर्नु भयो । त्यो दुधको ऋण शायद नै तिर्न सक्छु होला। माँ सँग को केही स्‍मृतिहरु यस भन्दा अघी नै साझामा पस्की सकेको छु । हेर्नु होस् (http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=583)


र आज फेरी माँ को संझनामा फेरी केही स्‍मृतिहरुलाई शब्दाँकन गर्ने जमर्को गर्दै छु ।


 भोक र अभाव को लावा लस्कर सहित दु:ख हाम्रो घरमा डेरा गरेर बसेको धेरै दिन भैसकेको थियो । बुवा अस्पतालको सैय्यामा, ऐय्या भन्ने स्थितिमा पनि हुनुहुन्नथ्यो। हामी सानै थियौं । दाई १५-१६ बर्षको, म १० -११ बर्षको अनी भाई ६  बर्षको । बिबशताका यी दीन र दिनहरुबाट पार लाग्ने लक्षण दूर क्षितिज मा पनि देखिदैनथ्यो। डुब्नेको लागि परालको त्यान्द्रो को पनि साहारा हुन्छन भन्छन ।


माँलाई कसैले क्षेत्रपाटी तिर एक जना द्यो माँ हुनु हुन्छ, उसको गएर बेदना पोख्न सुझाव दिनु भए छ क्या रे , माँले मलाई एक दिन बिहानै द्यो माँ को जाऔं भन्नु भयो । १०-११ बर्षको यो राहुले लाई द्यो माँ को हुन भन्ने थाहा थिएन । माँले जाम भने सि संगै गैयो ।


द्योमाँ बस्नु हुने क्षेत्रपाटी स्थित घरको चोटामा एउटा ठुलै कोठा रहेछ। कुनामा एउटा रातो रङको गद्दी जस्तो देखिने आसन थियो । कोठाभरी भक्तजनहरुको भीड "फूल हाउस " भैसकेको थियो । माँ को सवारि भैसकेको थिएन । केही छिन मै माँ उपस्थित हुने जनाउ आयो । सबै सतर्क भए। द्यो माँ रातो पहिरन मा कोठामा पदार्नु भयो । चिनेजाने का लाई सन्चो बिसन्चोको खबर लिइ सोझै आफ्नो आशनमा बस्नु भयो। एक छिन आँखा चिम्म गर्नु भयो र शरिरमा अनौठो कम्पन देखियो । उपस्थित सबै जनाले द्यो माँको शरीर भित्र साक्षात देबीको अत्मा बिराजमान् भैसकेको माने र नतमस्तक भए।
द्यो माँले एक एक गर्दै अगाडि बढ्न संकेत गर्नु भयो । त्यो भीडमा एक परिवार काठमाडौ बाहिरका देखिन्थे। त्यती बेला द्यो माँहरुको जमघाटमा स्थानिय बाहेक अन्यत्रका हुन्थेन होला शायद । अचम्म मान्दै हेर्दै थिए । त्यो परिवारलाई द्यो माँको मा लिएर आउने शायद पुरानै भक्त हुनु पर्छ र अघी बढ्दै द्यो माँ समक्ष तिनको परिचय गराउनु भयो ।



" माँ , यिनीहरु धार्दिङ देखि आएका हुन, यिनको छोरा ४ दिन देखी बेपत्ता भएको छ । भोटे बहाल डेराबाट सोमबार अस्कल मा पढ्न निस्केको छोरा फर्केका छैनन ।"
" लौ तपाईं हरु आँफै भन्नुस् माँ लाई " भन्दै उक्त भलादमी ले धार्दिङ का ब्रिद्ध दम्पतिलाई माँ को अगाडि बस्न भन्नु भयो ।


छोरा बेपत्ता भएको बियोगमा ती दम्पतिको बोली फुटेन, बलिन्द्रा अश्रुधाराले नै सबै पीडा पोखी रहे ।द्यो माँले रोइरहेकालाई सम्झाउदै भन्नु भयो - "न रुनुस् , हुने भै हाल्छ" ।


"साह्रै ज्ञानी छोरो, पढाई मा गाउं भरकै अब्बल छोरो। शहरमा काका सँग पढ्न बसेको । निकै मेहनती छोरो । एस् एल सी मा बोर्ड सेकेन हो मेरो छोरो । हुने सम्म ठाममा, चिने सम्म ठाममा खोजी सकें । केही पत्तो लागेन माँ । कहाँ गएका होलान, के गर्दै होला? जिउदो छ कि छैन त्यती थाहा पाए हुन्थ्यो माँ "


सकी नसकी आमाको मुखबाट अपशकुण निस्के ।



" तिम्रो छोराले ४ दिन अघी नै जल समाधी लिइ सके, कहीँ खोज्नु पर्दैन, यही काठमाडौ मै छ । आज या भोली सम्ममा भेटिने छ ।"



द्यो माँको यो तितो शब्द सुनेर आमा बेहोस् हुनु भयो। कोलाहल मच्चियो । बल्लतल्ल होसमा आउनु भयो। छोरा गुमाएको आमा को पीडा प्रत्यक्ष महसुस गरें ।


न भन्दै उक्त ब्यक्ती को लाश रानी पोखरिमा तैरिएको भेटियो । प्रहरिले डेराको खानतलाशी लिंदा आत्महत्या गर्नु अघिको पत्र पनि फेला पारे ।


एस् एल सि मा बोर्ड सेकेण्ड आउने उज्वल विद्यार्थीले आत्मा हत्या गरेको खबर शहर भरी फैलियो ।



म भने, द्यो माँको भनाइ र त्यो रानी पोखरिमा तैरिएको लाश बीच को तार खोज्न थालें।


क्रमश :
 


 
Posted on 12-03-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ सुरुवात त खतरा छ ठुल्दाइ मोडेर कता लाने हो केही भन्न सकिन्न अहीले ।
 
Posted on 12-03-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

निक्कै रोचक होला जस्तो छ ठुल्दाइ -


विश्वाश गरु कि नगरु हुने के - एस्तो कुरा हरु


ल ठुल्दाइ छिटो अर्को भाग पनि थपूँ 


 
Posted on 12-03-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रोचक शुरुवात छ ठुल्दाइ, अर्को भागको प्रतीक्षामा। 
 
Posted on 12-03-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धेरै पछि ठूल्दाईको लेखन पढ्न पाईयो।छेत्रपाटिकै एकजना द्यो माँकहाँ म पनि पुगेको थिएँ आमासंग। छेत्रपाटी चोकबाट थँहिटीतिर जाँदा देब्रेपट्टि हो ठूल्दाई?
 
Posted on 12-03-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ बर्बाद, अस्ती देखी यो कथा सुन्छु भनेर बसिरा बल्ल लेख्न थालनु भो ठुल्दाइ, ल जौँ जौँ दाई, सुन्दै छु, साची केइ होला जस्तो छ, दाईको कथा इन्तेरेस्तिङ हुन्छ! बसेँ है पलेटी कसेर कथा सुन्न

 
Posted on 12-04-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बैरे,
सुरु पनि अन्त्य पनि त्यही हो । द्यो माँहरुको मा देखेको भोगेको किस्सालाई लिपिबद्ध गर्ने जमर्को मात्र हो।


 


लहरे,
विश्वाश को कुरा हो ब्यक्ती पिच्छे फरक हुन सक्छ, मैले आँफैले देखेको, भोगेको भएकोले मलाई शंका छैन।


 


चिप्ले,
अर्को भाग अर्को हफ्ता ।


 


बिर्खे,
मलाई माथि उल्लेख गरेको द्यो माँ क्षेत्रपाटी ढल्को तिर हो, ठंहिटी तिर को होइन।


पुरे,


 केही होइन धेरै कुरा भाको थियो । दैबी शक्ती भाका द्यो माँहरु थोरै छन तर तिनको कुरा अचूक छन । '


 
Posted on 12-08-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माँ र द्योमाँहरु



भाग २


त्यो दु:खद घट्नाको बारे मा द्यो माँ लाई कसरी थाहा भयो, कसरी द्यो माँले आज भोली नै भेटिन्छ भन्नु भयो भन्ने यक्ष प्रशनहरुले मेरो माथिंगल घुमिरह्यो। स्कूलमा बिज्ञानका सर ले संसार बिज्ञानको आधारमा चलेको छ भनेर ज्ञान दिनु हुन्थ्यो। दैबी चमत्कार, भूतप्रेत सबै भ्रम हो भन्नु हुन्थ्यो। म दुबिधा मा परें, महर्जन सर को विश्वास गरुं या आफ्नै आँखा कान लाई। ( २०३४ -३५ साल तिर एस् एल सी दिने दाजु दिदिहरुलाई यो घट्ना बारे अबश्य थाहा हुन्छ होला नै । )


 


यस घट्ना पछी मलाई द्यो माँ प्रती आस्था र विश्वाश जाग्न थाल्यो । आमा त त्यसै धार्मिक तथा पुरातन बिचारका हुनुहुन्थ्यो नै । जे गरे नि, जे भए नि  फलाना देउताको दोष लाग्छ भनी सतर्क गराउनु हुन्थ्यो। पेट दुखे, चामल ढोगाएर छानामा राखिदिनु हुन्थ्यो । विश्वाश को कुरा हो, आफुलाई विश्वाश न लागे नि आमा को आस्था माथि कहिलेइ प्रश्न गरिन । मलाई लाग्छ, कसैको प्रत्यक्ष- अप्रत्यक्ष हानी नोक्सानी गर्दैन भने कुनै पनि आस्था भक्ती ले भलो नगरे पनि कु-भलो गर्दैन ।


 



यही मूल मन्त्रले गर्दा म पनि आमा सँग द्यो माँ को जाने गर्न थालें । आमा लाई लाग्दो होला द्यो माँ को मा गएर हाम्रो दु:खका रात  छोटो हुँदै गै रहेको छ ।  एउटा नेपाली धूप ( नेपाली कागजले बनेको)मा फुकिदिनु हुन्थ्यो । अनी मलाई ४-५ गेडा चामल फुकेर कागजमा पोको पारेन दिनु हुन्थ्यो र भन्नु हुन्थ्यो - जहाँ गए नि यो साथ लिएर हिंड्नु, जीत हुन्छ ।


 



घरमा धूप बालिन्थ्यो। धूपको वास्ना ले कतै नोक्सानी गर्दैन, सुबास नै फैलिन्थ्यो। दु:खको रात छोटिदै गएको महसूस हुन थाल्यो नै । दाई र म मिलेर तयार पारेको ज्वेलरीहरु किन्ने र कामको अर्डर दिने साहुजी भेटिसकेको थियो । भोकै बिताएका दिनहरु, अनिदो काटेका रातहरु बिगत भैसकेका थिए। समय सधैं एकनास रहन्न, प्रक्रिती को नियम नै हो । बुवाको स्वास्थ मा पनि उल्लेख्य सुधार भैसकेको थियो । समग्रमा भन्नु पर्दा जीवन सामान्य हुन हुन खोजिराखेको थियो। तै पनि स्कूले राहुले ले काम गरेरै खानु पर्ने बाध्यता थियो नै।


यी सबै परिवर्तनमा द्यो माँको कृपा देख्नु हुन्थ्यो माँ । स्वाभाबिक थियो नै। म भने समयको खेल सम्झन्थें । द्यो माँ को चामलको पोकाले कहिलेइ घाटा चाँही गरेन। म मा एक किसिमको आत्म विश्वाश बढेको थियो । गर्न सक्छु र गर्नु पर्छ भन्ने सकरात्मक् सोचको बिकास भएको थियो। यस मानेमा पनि द्यो माँ प्रती म क्रितज्ञ नै थिएं ।


 


बुवा लगभग ठीक हुनु भयो। सामान्य हिडडुल गर्ने सक्ने हुनु भयो । आर्थिक अवस्था सुध्रेर अब केही संचय गर्न सक्ने अवस्थामा पुगी सकेको थियो । चाडपर्ब फेरी हर्ष कै पर्ब हुन थालेको थियो ।


 


अचानक फेरी एउटा अनौठो घट्ना घट्यो । एक साँझ बुवाले रायोको साग किनेर ल्याउनु भयो । दिदीले भन्सा सम्हाल्नु भएको थियो। साग पकाउदा पकाउदै हरियो साग खैरो कालो हुन गएछ । दिदी ले अचम्म मानेर आमालाई बोलाउनु भएछ। आमा पनि तीन छक्क । न पाकेको साग पुरै खैरो कालो ।



" के हालिस यस मा " आमा को स्वाभाबिक प्रश्न थियो ।



"नून र बेसार मात्र हो " दिदी को सामान्य जवाफ।



" पक्कै पनि बेसार या नून को खराबी हुनु पर्छ, खाएर हेर कस्तो छ स्वाद ।"



तिख्खर तीतो भन्दै दिदीले मुखाक्रिती बिगार्नु भयो ।



राहुले,  छिटो गएर ध्याको बनियाकोमा गएर  बेसार र चिकं माइलाकोमा गएर नून किनेर ल्याउ । अन्तको हुँदैन फेरी ।
( अहिले सम्म पनि कष्ठमण्डप को अगाडि को ध्याको बनिया को पसलका मरमसालाहरु मा जन विश्वाश छदै छ । )


साग फालेर आलु पकाउन थालियो । नयाँ नून र बेसार सहित् । पकाउदा पकाउदै आलु पनि कालो भएर गयो ।



जीरा फेर्न बिर्सेंको थियो , जीरा पनि नयाँ किनेर हालियो । तै पनि कालो को कालै । त्यो बेलुकी अनेक शंकाहरु सँग मुछेर, नमिठो भात खाइयो ।



अर्को दिन बिहानै सबै भाडा कुडा सरसफाइ गरेर चुलोमा आगो बल्यो । नयाँ दाल, ताजा तरकारी अनी नयाँ भाँडा। पाक्नै लाग्दा पुन: खैरो कालो भएरै गयो । अब भने अनिष्ठ को शंकाले डंका बजाइ छाड्यो।



क्रमश:
 


 
Posted on 12-08-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"""मलाई लाग्छ, कसैको प्रत्यक्ष- अप्रत्यक्ष हानी नोक्सानी गर्दैन भने कुनै पनि आस्था भक्ती ले भलो नगरे पनि कु-भलो गर्दैन ""


लाख रुपियाँको कुरा!!


यो जे पकाए पनि कालो खैरो भएको कुरा आजै लेखे होला ठुल्दाई, उत्सुकता जाग्यो।


फलामे ताप्केमा पकाएको त हैन कतै? कि चमत्कारै हो?


 
Posted on 12-08-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 12-08-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<यो जे पकाए पनि कालो खैरो भएको कुरा आजै लेखे होला ठुल्दाई, उत्सुकता जाग्यो।

फलामे ताप्केमा पकाएको त हैन कतै? कि चमत्कारै हो?>>>

बाजेले सहि कुरो गर्नु भो, मैले नि तेइ भन्न ला थेँ, मेरी मुह कि बाट छिन् लि भन्छन नि, तेस्तै। फलामको भाँडो पो पर्‍यो कि, मेटाल्लिक अब्जेक्त पो छोएर हो कि। हुन त अब कुनै चमत्कार नै हुने होला, कसैको आँखा पो लाग्या हो कि, ल न दाई, आजै राखुम है, जिमालबाको पनि रीक्वेस्त, मेरो पनि आग्रह. आजै राखुम है।


 
Posted on 12-08-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो कस्तो अचम्म भएको त। सार्है कौतुहुलता बढ्यो। अरु छिट्टै पढ्न पाउने आशामा।       
 
Posted on 12-08-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ कहा आएर रोक्या भन्या अब रात भरी निद्रा नलाग्ने भयो , पुरे लाई सुन्तली को पिर ले निद्रा नलाग्ने बैरे लाई ठुल्दाइ को कथा ले ? मखुला पुरे ??
 
Posted on 12-08-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिर्खे,
फलामए ताप्के ना पकाको कि चमत्कार हो अर्को अंक मा थाहा हुने छ । भोली सम्म पर्खनु पर्ला कि ??


पुरे,
जिम्माल बा लाई भलो भनी हालें , नत्र पर्सी लेख्ने बिचार  थियो ।


चिप्ले ,
अचम्म भाकै हो । न भाको लेख्दिन ।


बैरे,
मज्जा ले सुते हुन्छ,बाकी भाग पढे पछी झनै निद्रा न लाग्ने हुन सक्छ । साबधान ।
 


 
Posted on 12-09-09 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

La Rahulvai (umer maa ta dai nai bhannu parla) katha dherai nai rochak chha!!!! Arko bhaag ko pratikshyamaa.....
 
Posted on 12-09-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल त ठुल्दाइ - एक्दम इन्टेरेस्टिङ भइराछ


अर्को भाग तुरुन्त पेश गर्नु होला


 
Posted on 12-09-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कृपया कथाको अर्को भाग टाँसि सबैको कौतुहलता मेटाइदिनुहुन अनुरोध गरिन्छ।


धन्यवाद्


अखिल साझा ठूल्दाई पाठक मञ्च


 
Posted on 12-09-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माँ र द्योमाँहरु


भाग ३


त्यस बिहानको दाल तरकारी पनि अपत्यारिलो ढंगले खैरो र तर्रो भए पछी माँ लाई शंका मात्र होइन यकिन भैसकेको थियो - यो कुनै दुष्ट आत्मको दुष्ट्याइ हो भनेर । टिप्पणी कर्ता मित्रहरुले भने जस्तै फलामे कराइ को कमाल हो कि भनेर पनि हेर्यौं । हैन रहेछ, प्रेशर कुकुर को दाल समेत कालो खैरो।


त्यही दिन साँझ म र माँ द्योमाँ को शरण मा पुग्यौं । सधैं बिहान बिहान आउने आमा देखेर द्यो माँ पनि चकित हुनु भयो । साँझ भाकोले द्यो माँ  कोमा कोइ थिएन । माँले घरमा देखिएको अचम्मको घट्नाको बिस्तार लगाउनु भयो।



आँखा चिम्लेर आसनमा बिराजमान द्योमाँले भन्दै जानु भयो -


"दुष्टको आँखा लागेको हो । केही दिन अगाडि परिचित् तर आवतजावत नभेको बुढी एक जना घरमा आएको हुनु पर्छ । त्यो बुढी आइमाइ बसेको कोठामा, बसेको ठाउंको मुनितिर एकमुठी चामल छोडेर गएको हुनु पर्छ। एक गेडा पनि न छुटिने गरी टिप्नु र बिष्णुमती मा लगेर फाल्नु। फेरी पुरानै स्वाद र रंगको खाना पाक्छ । "


यती भन्दै द्योमाँले धूप फुकेर दिनु भयो । माँले केही रुपैया चाढाइ द्यो माँलाई ढोग गरी त्यो दुष्टबाट मुक्ती दिलाई दिनुस् भनेर आग्रह गर्नु भयो।


"केही बिगार गर्न भ्याएको छैन त्यसले, अहिले नै गएर फ्याकी दिनु , सब ठीक हुन्छ ।"


 
हस त भन्दै हामी फर्कियौं ।


फर्किने क्रममा मैले माँलाई सोधें , को आएको थियो हाम्रो घरमा ? किन आएको ? त्यसको हामीले के बिगारएका छौं ?


को भन्दा नि अहिले त्यो चामल फ्याक्नु जरुरी थियो र आमाले भन्नु भयो - "यो सबै पछी भनौला अहिले छिटो घर पुग्नुछ। छिटो हिड ।"


 मैले पनि कर गर्न मनाशिव मानिन। बाटोमा रिक्सा भेटियो, ३ रुपैयामा राजी भयो । त्यती बेला हाम्रो हैसियत रिक्सा चढ्न सक्ने भैसकेको थियो । ५-७ मिनेट को बाटोभरी म सोच्दै गएं ।


बिरामी बुवा, दुई छाक भात को जोगार गर्न धौ धौ को अवस्थामा बाट भर्खर पार लागेको । हाम्रो शत्रु को हुन सक्ला? हामीले कसैको बिगार गरेका छैनौ। कसैको सम्पत्ति पचाएका थिएनौ। उल्टो बुवाले अंश नै लिन्न भनेर घर छोडेर आउनु भएको । दुखियारी को घरमा दु:ख दिन कसलाई रहर जागेको होला । आदी इत्यादी ।


घर पुग्ने बित्तिकै माँ मेरै कोठामा लाग्नु भयो । यही बसेकी थिइ , त्यो बोक्सी भनी चकटी झिकेर हेर्नु भयो । केही थिएन ।



चकटी मुनी सतरंजा ( अहिले भाषामा कार्पेट जस्तो सुकुलमाथि ओछ्याउने ), त्यस मुनी सुकुल थियो । माँले सतरंजा उठाइ हेर्नु भयो। सुकुलको चाउरे अनुहारले जिस्काए जस्तो लाग्यो । केही थिएन। सुकुल मुनी लिपेको भुइं । म भएको भए हैन राइछ द्यो माँ को शंका भनेर हिड्थें होला। आमा को मन मानेन ।


सुकुल पनि हटाएर हेर्नु भयो र हेरेको हेरै हुनु भयो।
 
रातो रंगको ताइचिन चामल एक मुठी भेटियो । मानौ सुनियोजित ढंगले आतंकारीहरुले रोड साइड बम्ब लुकाइ राखेको छ त्यहाँ ।



एक टुक्रा कागजमा बडो जतनका साथ एक एक गेडा टिप्नु भयो र मलाई दिनु भयो ।
"जा गएर बिष्णुमती मा फालेर आइजा । बाटोमा कसैसित नबोल्नु र फर्केर नहेर्नु ।"



म एक आज्ञाकारी बालक, सरासर बिष्णुमती नदी मा गए र फालेर आएं । फर्किने बेला मा मरुहिटी मा हात मुख धोएर आइजा भनेको ले हातमुख धोइ फर्कें ।


भान्सा तयार भयो, फेरी अचम्म भयो । तही नून, तेल, बेसार मा पाकेको साग हरियो नै रह्यो। स्वाद पनि प्राकृतिक ।



त्यो दिन मैले सोधिन त्यो चामल राख्न आउने बुढी को हो भनेर ।



राती अबेर सम्म निद्रा लागेन, उक्त दुष्ट को मनसाय र आसय के थियो होला, हामीलाई बिगार गरेर के पायो होला तिनले ? सोच्दा सोच्दै कती बेला निद्रा लाग्यो थाहा भएन ।


क्रमश:
 


 
Posted on 12-09-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल ठुल्दाइ - के भनु के लेखु भो -


पत्याउन नि गाह्रो, नपत्याएर कसरी बस्ने जस्तो कुरा -


आफुले पनि देखेको सुनेको नै हो एस्तो कुरा हरु -


ल दाई लेख्दै जाम हामी पढ्दै गरम्ला


 
Posted on 12-09-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ यो अन्न्याए भयो क्या को आको थियो घर मा ? द्यो मा ले कसरी थाहा पाउनु भयो हरे के भनु खै ?? बौचा ले भने झै पत्त्याउन नी गाह्रो  नपत्याएर कसरी बस्ने जस्तो कुरा । आफु नी हुर्क्या काठमाडौं गणेश थान तिरै हो यस्तो कुरा हरु सुन्या त टन्नै हो । एकदम चुक चुक भयो ल दाई अरको भाग चाडो हालु
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Returning to Nepal
Mnang, Mustang Treking and Our Engagement
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
वाह ! मन्त्री ज्यु वाह !
Four Characters and My Funeral
ICE RAID
TPS FEDERAL NOTICE
Need some serious suggestion on Traveling to Nepal on Advance Parole
Anyone renewed their passport through DC embassy lately?
How long does it take to get I485 approved?
बिजया दशमीको मंगलमय शुभकामना !
Do we need new TPS approval notice to travel if already have Advance Parole
How much saving you have?
म:म पकाउने भाडा
Traveling to Nepal via india
Nepali people greencard in danger
Free! Free! Free! - Training and placement
kta kt ho don’t buy house
चीन र जापानमा भन्दा पहिले नेपालमा बिजुली बलेकाे थियो | 2nd hydropower project of Asia
Udus killer spray
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters