rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माँ र द्यो माँ हरु !

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 16909 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-03-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माँ र द्यो माँ हरु


बाचुन्जेल मेरी ममतामयी माँ ( आमा)ले दु:ख पाउनु भयो । तै पनि छोरा छोरीको सुखको लागि धेरै गर्नु भयो । त्यो दुधको ऋण शायद नै तिर्न सक्छु होला। माँ सँग को केही स्‍मृतिहरु यस भन्दा अघी नै साझामा पस्की सकेको छु । हेर्नु होस् (http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=583)


र आज फेरी माँ को संझनामा फेरी केही स्‍मृतिहरुलाई शब्दाँकन गर्ने जमर्को गर्दै छु ।


 भोक र अभाव को लावा लस्कर सहित दु:ख हाम्रो घरमा डेरा गरेर बसेको धेरै दिन भैसकेको थियो । बुवा अस्पतालको सैय्यामा, ऐय्या भन्ने स्थितिमा पनि हुनुहुन्नथ्यो। हामी सानै थियौं । दाई १५-१६ बर्षको, म १० -११ बर्षको अनी भाई ६  बर्षको । बिबशताका यी दीन र दिनहरुबाट पार लाग्ने लक्षण दूर क्षितिज मा पनि देखिदैनथ्यो। डुब्नेको लागि परालको त्यान्द्रो को पनि साहारा हुन्छन भन्छन ।


माँलाई कसैले क्षेत्रपाटी तिर एक जना द्यो माँ हुनु हुन्छ, उसको गएर बेदना पोख्न सुझाव दिनु भए छ क्या रे , माँले मलाई एक दिन बिहानै द्यो माँ को जाऔं भन्नु भयो । १०-११ बर्षको यो राहुले लाई द्यो माँ को हुन भन्ने थाहा थिएन । माँले जाम भने सि संगै गैयो ।


द्योमाँ बस्नु हुने क्षेत्रपाटी स्थित घरको चोटामा एउटा ठुलै कोठा रहेछ। कुनामा एउटा रातो रङको गद्दी जस्तो देखिने आसन थियो । कोठाभरी भक्तजनहरुको भीड "फूल हाउस " भैसकेको थियो । माँ को सवारि भैसकेको थिएन । केही छिन मै माँ उपस्थित हुने जनाउ आयो । सबै सतर्क भए। द्यो माँ रातो पहिरन मा कोठामा पदार्नु भयो । चिनेजाने का लाई सन्चो बिसन्चोको खबर लिइ सोझै आफ्नो आशनमा बस्नु भयो। एक छिन आँखा चिम्म गर्नु भयो र शरिरमा अनौठो कम्पन देखियो । उपस्थित सबै जनाले द्यो माँको शरीर भित्र साक्षात देबीको अत्मा बिराजमान् भैसकेको माने र नतमस्तक भए।
द्यो माँले एक एक गर्दै अगाडि बढ्न संकेत गर्नु भयो । त्यो भीडमा एक परिवार काठमाडौ बाहिरका देखिन्थे। त्यती बेला द्यो माँहरुको जमघाटमा स्थानिय बाहेक अन्यत्रका हुन्थेन होला शायद । अचम्म मान्दै हेर्दै थिए । त्यो परिवारलाई द्यो माँको मा लिएर आउने शायद पुरानै भक्त हुनु पर्छ र अघी बढ्दै द्यो माँ समक्ष तिनको परिचय गराउनु भयो ।



" माँ , यिनीहरु धार्दिङ देखि आएका हुन, यिनको छोरा ४ दिन देखी बेपत्ता भएको छ । भोटे बहाल डेराबाट सोमबार अस्कल मा पढ्न निस्केको छोरा फर्केका छैनन ।"
" लौ तपाईं हरु आँफै भन्नुस् माँ लाई " भन्दै उक्त भलादमी ले धार्दिङ का ब्रिद्ध दम्पतिलाई माँ को अगाडि बस्न भन्नु भयो ।


छोरा बेपत्ता भएको बियोगमा ती दम्पतिको बोली फुटेन, बलिन्द्रा अश्रुधाराले नै सबै पीडा पोखी रहे ।द्यो माँले रोइरहेकालाई सम्झाउदै भन्नु भयो - "न रुनुस् , हुने भै हाल्छ" ।


"साह्रै ज्ञानी छोरो, पढाई मा गाउं भरकै अब्बल छोरो। शहरमा काका सँग पढ्न बसेको । निकै मेहनती छोरो । एस् एल सी मा बोर्ड सेकेन हो मेरो छोरो । हुने सम्म ठाममा, चिने सम्म ठाममा खोजी सकें । केही पत्तो लागेन माँ । कहाँ गएका होलान, के गर्दै होला? जिउदो छ कि छैन त्यती थाहा पाए हुन्थ्यो माँ "


सकी नसकी आमाको मुखबाट अपशकुण निस्के ।



" तिम्रो छोराले ४ दिन अघी नै जल समाधी लिइ सके, कहीँ खोज्नु पर्दैन, यही काठमाडौ मै छ । आज या भोली सम्ममा भेटिने छ ।"



द्यो माँको यो तितो शब्द सुनेर आमा बेहोस् हुनु भयो। कोलाहल मच्चियो । बल्लतल्ल होसमा आउनु भयो। छोरा गुमाएको आमा को पीडा प्रत्यक्ष महसुस गरें ।


न भन्दै उक्त ब्यक्ती को लाश रानी पोखरिमा तैरिएको भेटियो । प्रहरिले डेराको खानतलाशी लिंदा आत्महत्या गर्नु अघिको पत्र पनि फेला पारे ।


एस् एल सि मा बोर्ड सेकेण्ड आउने उज्वल विद्यार्थीले आत्मा हत्या गरेको खबर शहर भरी फैलियो ।



म भने, द्यो माँको भनाइ र त्यो रानी पोखरिमा तैरिएको लाश बीच को तार खोज्न थालें।


क्रमश :
 


 
Posted on 12-09-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आबुई! मन्तर गरेको चामल राख्द्या रेछ, धन्न कसैले कालो खैरो खाना खानुभएन नत्र बिरामी पर्न बेर थिएन। अर्को भाग छिटो राख्नु परो, मेन भिलेन कुन चाहिँ वृद्धा आएकि रहिछिन थाहा पउनु परो।


 
Posted on 12-09-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ
समय को अभाव ले द्यो मा सिरिज फलो गर्न नपाएपनी आज फुर्सतमा तिनै भाग भ्याए,निकै घतलाग्दो स्म्रिती पोख्नु भयो,कहानी नै त के भन्नु
एस्ता अन्य  निकै कुरा हरु सुन्दै र हुर्केको हुँ म पनी तर अझै पनि ति द्यो मा जस्ता माता हरुमा तेसो दैबी शक्ती कसरी आयो भन्ने कुरा चै बुझ्न् सकेको छैन।

मैले पनि एस्तै एक्जान द्यो बा (भन्न त के भन्थे बुढा लाई तर द्यो मा सुनेर द्यो बा भनेर भन्देको मैले नि। ) देखेको र अनुभव गरेको छु वहाँ चै भक्तपुरमा हुनुहुन्थ्यो अनेकन अचम्मका कुरा हरु देखियो सुनियो वहाँ बाट।
"बुवा अस्पतालको सैय्यामा, ऐय्या भन्ने स्थितिमा पनि हुनुहुन्नथ्यो"                                    दु:खद सिनमा पनि दाइको राइमिङ देखेर हाँस उठ्यो।


लौ दाई त्यो बुढीया को रइछन त जान्न पाए हुन्थ्यो।


 
Posted on 12-09-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पत्याउन नसकिने तर पनि सत्य कुराहरु पढिंदैछ। को आएको रहेछ, अनि के के भयो आदि पढ्न उत्सुक्ताका साथ पर्खिंदैछु है ठुल्दाइ।  
 
Posted on 12-09-09 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साह्रै घत लाग्दो स्मृति कथा !!!!

पढेपछि त आफैले भोगेका देखेका त्यस्ता रोमाञ्चक घटनाहरु लेखुँ लेखुँ लाग्ने । 

अनि भन्नुस ठुल्दाइ - त्यसपछि के भयो त ?

हुन त मलाइ थाहा छ - हगि हगि हगि !!!!!



 
Posted on 12-09-09 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

योमाSSSSSSS पढ्दै सिरिङ्ग भा म त, यसै त भूतको फिलिम सिलिम नहेर्नी मान्छे म, यो पढ्दा त मेरो खात मुनी पनि केइ होला कि जस्तो लागेर। हैन के यो कुरो साँचो हो र भन्या? हुन त ठुल्दाइको कुरो आँखा चिम्लेर विश्वाश गरी हाल्थेँ तर पनि एक फेर सोधी हाल्न मन लागेर सोधी हाल्या, जिस्क्या है ठुल्दाइ? हो भन्दिनु न, डर लायो क्या
 
Posted on 12-09-09 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Maile ta sabai patya hai tthuldai!!!! Yesto ghatana dherai suneko ra dekheko chhu napatune pani kasari??? 
 
Posted on 12-10-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सन्तोष १९८४ ,
कथा भनुं कि संस्मरण, लाई मन पराइ दिनु भएकोमा आभारी छु । लेख्ने प्रेरणा मिलेको छ ।


लहरे,
इण्टरेस्तिङ नहुने कथा के लेखाइ भो र , मखुला??


मदनवा,
पाठक मन्च नै खोली सक्नु भए छ नि ? अध्यक्ष चाँही को नि ? बिर्खे माइला ??


बैरे,
पत्याउने न पत्याउने आ-आफ्नो विश्वाश हो । गणेशआस्थाण मा हुर्केको भे त झनै विश्वाश हुनु पर्ने हो । मखुला ??


बिर्खे बा।


अब त्यो भिलेन यही हो भन्न अहिले मिलेन । अर्को अंक मा प्रकट हुन्छे त्यो बोक्सी ।


बिस्टे,
त्यती मात्र अचम्मका घटनाहरु हैनन, इन्जिनियर भैसके पछी को घट्ना पनि छन। झनै अचम्म खालको ।


चिप्ले,
हो पत्याउन गाह्रो छ , तर भोगे पछी पत्याउनै पर्दो रहेछ ।


चना दाई ,


मैले भेटघाट को क्रममा यी कथाहरु भनिसकेको हुनाले तपाईं लाई थाहा होला नै । तै पनि लेखाइ पढिदिनु भयो। आभारी छु ।


पुरे,


हो पुरे, सबै घट्नाहरु सत्य नै हुन । माथि का घट्नाहरु त आफु सानो हुंदाका हुन । लक्का पक्का जवान भै इन्जिनियरिङ्ग गरी सके पछी का घट्नाहरु छन । ती त इलुजन हैन होला नै ।


 
Posted on 12-10-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हिजो एक साँस मा पढियो ३ वटै भाग ! गज्जब छ ! आँखाले देख्या जस्तै भयो मलाई त !


कुनै न कुनै किसिमको दैवी शक्तीको प्रभाव छ यो धर्तीमा ! यो पनि त्यसैको उपज हो जस्तो लाग्छ मलाई ! अम्रिकामा अनुभव गर्या भन्या चाँही गुरु केदार बराल हो !


 
Posted on 12-10-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ok i ma reading this article as a fiction but am surprized that so many well educated people here in Sajha are in awe of this 'Ma' or whatever. Do you know how many women are abused in Nepal in the name of 'Bokshi', i thought this happens only in villages and a very women thing to blame each other but wow i am wrong, even men blame other women like that and it is such a shame. there are news about this in Kantipur very often how some old widows in villages are often blamed as Bokshi and people beat them up. It is true that education does not add to a person's wisdom, it is the culture and our upbringing that makes us wise. What can we expect from people who would so easily blame others as BOKSHI especially to bring a social change in our society.
 
Posted on 12-10-09 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राहुलदाईको सस्मरण पढेर पुरनो दिनहरु याद आयो । सेमेस्तेरको अन्त हुन लाग्या भएर कमेन्ट गर्न पाको थिइन । कुरा खोल्दै जाउ राहुलदाइ, मलाई कौतुहल भइसक्यो को होला भनेर । 

खै विश्वाश गर्ने कि नगरने हुन्छ आफुलाई त । तै पनि कसैको विश्वाशमा केही भनिन्न । आमाको अगाडि त आफु सधैं बच्चा नै हुने रहेछ , अहीले पनि कहिले काही अचानक (रेगुलर बहेक) फोनहरु आइ हाल्छ नेपालबाट "तलाई र बुहारीलाई कस्तो छ नलुकाइ भन त बाबु?" अनी अली ठुलो सोरले भनिन्छ कि सबै ठिकै छ भनेर र किन भन्यो भन्यो भने "मा"  को मा देखाउन गाको रे अनी मा ले हेर्दा अली केही पर्या जस्तो छ भनेर भन्या रे । वास्तवमा ठीक तेती नै बेला केही न केही परया हुन्छ र यता बाट केही न भने पनि आमाले पूजा सुजा गर्नु हुन्छ । खै के भन्ने के? कती कुरा हाम्ले अझै भुज्नै बाँकी छ र बुज्न पनि सकिन्न होला ।

राहुलदाईको अर्को भागको आशमा........

भक्ते

 
Posted on 12-10-09 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

khoi yesto katha samsmaran chanhi sunda padhda ramailo lagchha biswas chanhi kaile ni lagena. khoi bhut sut chha ki thaha chhaina tara jamka bhet chanhi nahosh tyoti ho :D


 
Posted on 12-10-09 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

*...bhut sut chha ki chhaina thaha chhaina.......

 
Posted on 12-11-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिट्ठे,


गुरु केदार बराल सँग भेट पनि त्यती कै स्मरणिय रह्यो नै । विश्वाश को कुरा हो । सामान्य मान्छेमा हुने शक्ती भन्दा बिशेष सक्ती हुने केही हुन्छन नै ।


शितलबी,


कथामा उल्लेखित बोक्सी को अर्थ परपिडक् हो। यस्ता बोक्सिहरु धेरै हुन्छन । मन नपरेको ब्यक्तिलाई बोक्सी उपमा दिइ दिसा खुवाउने चलन बोक्सी मानसिकता को उपज हो। यस्ता यतना दिनेहरु नै बोक्सी हुन ।
बाँकी तपाईं आँफै बुझ्नु हुन्छ, हामी अली कम पढे लेखेका हरु मध्ये पर्‍यौं।


भक्ते,
हाम्रा माँ बा हरु को विश्वाश हो, कतिपय कुराहरु अकात्य हुन्छन द्योमाँहरुको कुरा। हानी नोक्सानी गर्दैन भने विश्वाश गरेर के बिग्रियो भन्ने आसय हो मेरो।


स्पोकन ,


न देख्दा, न भोग्दा सम्म मलाई पनि विश्वाश लागेको थिएन। कर्ममा विश्वाश गर्ने म पनि । तर पनि यी अद्रिश्य र अलौकिक शक्ती प्रती नतमस्तक छु । 


 


 
Posted on 12-11-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Well i think it is our duty to change our elder's view on this so called 'bokshis' or whatever, we cannot just say it is their faith when it is wrong.
 
Posted on 12-11-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नदेख्दा नभोग्दा सम्म विश्वास नगर्ने ठुलै जमात छन । तर देखिभोगिसकेपछि भने जस्तोसुकै मै हुँ भन्ने वा जान्नेबुझ्नेले पनि मरेरै विश्वास गर्दा रहेछन । 

पहिला यस्तो तिलस्मी घटना घटेको थियो अचेल घट्दैन जस्तो लागेकोथ्यो केहि बर्ष पहिला, तर अहिले फेरि होइन जस्तो लाग्न थालेको छ । अचेल पनि यस्ता घटनाहरु घट्ने रहेछ, मात्रा केहि फरक, स्वभाव र असर केहि फरक । परिवेश केहि फरक । देखि भोगि सकेर पनि रहस्य थाहा नहुन सक्छ , थाहा नहुँदा सम्म विश्वास गर्नै पर्यो । चन्द्रमामा मान्छेले पाइला टेक्यो रे, हामीले दैख्या नै त हैन, तै पनि विश्वास गरीन्छ नि । त्यस्तै ।

ल भनम न, मन्त्रले असर गर्छ कि गर्दैन? गर्छ भने किन गर्छ ? फिजिक्स पढाउने नेपालका प्रख्यात ताम्राकार सरले भनेअनुसार मन्त्रभित्र त ठुलो बैज्ञानिक रहस्य पो रहेछ । उनका अनुसार मन्त्रोच्चारण गर्दा निश्चित फ्रिक्वेन्सिको आवाज आउन जरुरी छ, जुन क्षमता हासिल गर्नुलाइ सिद्धि प्राप्त गर्नु भनिन्छ । सिद्धि प्राप्त नगरेको मन्त्रले असर गर्दैन, तर सिद्धि प्राप्त तरीकाबाट मन्त्रोच्चारण गर्यो भने अनेकौ अलौकिक चमत्कारहरु देखाउन सकिने रहेछ, ती चमत्कारहरु साउण्ड वेभको कम्बिनेशनले दिने रेसोनान्स र त्यसको असरको कारणले हो अरे ।

 
Posted on 12-11-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिश्वास, आश्था, धर्म र राजनितीको विवाद; यसले कहिले पनि दुई पक्षलाई एउटै धारामा ल्याऊन सक्दैन जबसम्म आफ्नो आश्था, बिश्वास, धर्म र राजनितीलाई स्ट्यान्डर्ड मानेर अरुसंग तुलना गर्न छोडिँदैन। कसैको नजरमा कसैको बिश्वाश अन्धबिश्वास नै सहि यदि त्यसले कुनै पनि किसिमको सामाजिक तथा व्यक्तीगत हानि गर्दैन भने हामिले त्यसको बिरोध गर्न नै किन पर्यो र?
 
Posted on 12-11-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

So you think it is not doing any damage to our society? especially to women? Interstingly, these Bokshis never belong to higher class women, they are always very poor, marginalized people who people can easily abuse and it is very sad. And all these 'MA's make so much money breaking other's family, house, so many men leave their wives becasue some MA says that she is a Bokshi, etc so you think this kind of faith is not damaging our society...


I am sure there is some law now that you cannot blame anyone in the name of BOKSHI or anything else.Bad things happen to every person and every family now and then but blaming it on some other people is really not the way to go, i think the more you believe in such things, the more suspecious you become of people around.


Just my understanding hai pheri...you are free to think what you believe in...it is a free country after all


 
Posted on 12-11-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन हैन, मैले कथाको चमत्कारमा, कथाकार र पढ्ने पाठकहरुले त्यसमा बिश्वास गर्दा त्यसले कुनै पनि किसिमको सामाजिक हानि गरेको छैन मात्र भन्न खोजेको हो, किनभने यहाँ पोस्ट भएका कमेन्टहरुमा अलिकता फरक बिश्वासहरु देखियो। फेरि कथा सकिएको पनि त छैन नि :-)


तपाईँले देखाउनुभएको हाम्रो देशको यथार्थ वास्तविक हो। आश्था(faith) र बिश्वास(belief) बढि भएर भन्दा पनि मेरो बिचारमा शिक्षा र चेतनाको कमि भएर यस्ता घटनाहरु घटिरहेका छन्।


 
Posted on 12-14-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माँ र द्योमाँहरु



भाग ४


 


भोली पल्ट बिहानै चिया पाउरोटी खाँदै सोधी हालें को हो त्यो दुष्ट ब्रिद्धा भनेर। आमाले सबिस्तार सुनाउनु भयो ।


" जुन दिन साँझ त्यो कहिरो कालो परिकार हाम्रो चुलोमा नाच्ने थालेको थियो, त्यही दिनमा हामी स्कूल गाको बेला उमेर ले बजै भन्नु पर्ने ब्रिद्धा आउनु भएको रेहछ । छिमेक टोल को आफ्नै बिरादरीको नाता चाँही नपर्ने चिनजान को । भएको के रहेछ भने, दुष्ट आमै को छोरीको  बुवाको फुफु को छोरा सँग विवाह भएको रहेछ धेरै बर्षा अगाडि। बिहेको कुरो चल्दा, केटो को चालचलन बुझ्न बुवाको मा आउनु भएको रहेछ। बुवाले मेरो भाई हो , थाहा भए सम्म असल नै छन , फरक पर्दैन भनेर सिफारिस गर्नु भएको रहेछ ।"


बिहे भएको १०-१२ बर्ष पछी, छोराछोरी ठुलै भएसके पछी, जोइपोइको ठाकठुक् पर्‍यो । ठाकठुक बढ्दै जाँदा ठोकाठोक भए छ , ३ पानेको सूर मा।



हाम्रो निनी बज्यै ( फुफु बजै ) को छोरा अर्थात बुवाको भाई जाँड खाएको सूर मा झूर काम गर्थ्यो मलाई नि थाहा थियो । खोलो त एकनास ले बग्दैन, समय को के कुरा ?  चन्द्रमा बाँया हुंदा भएको ब्यवसायले आँखा तर्‍यो । साहुको ऋणको  ब्याज को भाखा नाघ्यो ।
बिबाद लम्बियो, एउटै खातमा पनि बात भएन रे । माइतीमा बसेर घुर्की देखाइन रे ।


धेरै छोराछोरी भाको घरमा बिहे गरी सकेकी माइतमा बस्दा अझ साइत बिग्रने हुन्छ भन्छन । माइतमा पै ठाकठुक परेछ।



त्यो दिन दुष्ट ब्रिद्धा, त्यही गुनासो लिएर आएकी रहेछ। "ज्वाँई लाई सम्झाइ दिनु पर्‍यो । छोरीलाई रक्सी खाएर बोक्सी भन्दै पित्नु भएन भन्दिनु पर्‍यो"  भनेर बुबा लाई अनुरोध गर्न आएकी रे । बुवा को स्वास्थ अझै ठीक नभैसकेको र ओखती खाएर सुती रहनु भएकोले गुनासो माँले सुन्नु भएको रहेछ । पाहुना आए सि मिठाइ र अन्डाले सत्कार गर्ने हाम्रो चलन। चलन अनुसार अन्डाको पोच बनाउन माथि बुइगलमा जाँदाको एकान्तमा बुढीयाले रातो चामल हाल्न भ्याएको हुनु पर्छ, माँ  को अनुमान । 


 


यी कुरा सुने पछी मेरो मस्तिष्कमा धेरै अनुरित्तित प्रश्नहरु घुमी रह्यो जो अद्यापी घुमिरहेका छन । हामीले तिनको परिवारको के बिगार गरेका थियौं ?  तिनको छोरी ज्वाँईको झगडा सँग हाम्रो सरोकार थिएन। "एउटै शिरानी गरेर सुते पछी कहिले काही गोडा लाग्छ नै" - गुरु प्रशाद मैनाली ले छिमेकीमा लेखेका थिए। ज्वाँईंलाई सम्झाउने बुझाउने काम त तिनको हो । व्यबहार मिलाउने काम त ती दुई परिवार बीच हो।



मलाई लाग्यो परपीडकहरु यो संसार मा कम रहेन छ । हामीलाई बिगारेर तिनको छोरी ज्वाँईं को सम्बन्ध पुन: सुध्रिन्छ भने ठिकै हो, एउटा पीडा फेरी सहौला।  अजब संसार का गजब मान्छेहरु ।


द्यो माँले सुझाए मुताबिक फाली चामल संकलन गरी फाली सके पछी सबै कुरा नर्मल भाकोले यो कुरा यही सेलायो । तर एउटा अनुतरित्त प्रश्नले अझै बिझी रहेको छ ।


पछी बुझ्दा जांदा थाहा पाइयो, बुढीले तन्त्र बिद्याको साधना ( बोक्सी बिद्या भन्दा कसैलाई आपत्ति हुन सक्ला) गर्ने गरेकी रैछ ।  तन्त्र बिद्या मानव कल्याणकारी काम मा लगाए मात्र फलदायी हुन्छ, दुष्ट्याइमा लगाए आफ्नै पतन् हुन्छ भनी पढेको थिएं । भयो त्यस्तै।


आखिर के पायो त ती ब्रिद्धा ले ?


रक्सी को अत्याधिक सेवनले ज्वाँईको असामयिक निधन, छोरी र नाती को बिचल्ली !!!
आफ्नै घर तहस नहस । कमाउ छोराहरु एके पछी अर्को गर्दै घर छोडेर हिंडे । साना छोराछोरी बाहेक सबैले घर छोडे पछी हातमुख जोड्न धौ धौ भयो। आँफै थला पर्‍यो। काल आयो।


यसरी एउटा अध्यायको अन्त्य भयो। टोलका जो सुकैको निधनमा शोक प्रकट गर्न मलामी जाने यो राहुले जिन्दगीमा पहिलो पल्ट् मलामी गएन।


क्रमश:


 
Posted on 12-14-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पढें है दाई मैले। जे होस्, कस्ले राख्या भन्ने सम्म थाहा चाइँ भो, अरु कुरो त केइ नभनम होला केरे मैले। ल अब अर्को भागको प्रतिक्षामा। म त बसिराछु है कथा सुन्न

 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
6 ÷ 2(2 + 1)=
Advance parole reason
LAX to Guangzhou to Nepal - CS Air
This beautiful Traditional Hindu Wedding of Trusha & Neil: have your Pinterest dreams come to life
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters