Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 77954 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 09-22-05 3:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई सबभन्दा मुन परेको "बतास" भन्नुप-यो।
अनि त्यसपछि "क्योटो"।
"गरिबीको आनन्द": यसलाई एक शब्दमा भन्न पाए कस्तो होला? हाइकुको शिर्षक पनि छोटो नै मीठो हैन र?

"छुट्टी": बिदाको दिनमा पनि पढ्नु हुँदोरेछ। म त हल्लिन्थेँ।
 
Posted on 09-22-05 3:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद दादा।
एक शब्दमा नाम राख्दा के ठिक होला दादा, "गरिबी" कि "आनन्द"?
घुम्न जाने पैसा नभएर मात्रै हो पढेको, पढेजस्तो मात्रै गरेको।
 
Posted on 09-22-05 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पनि हो, तर अझ मिल्दो शब्द पनि पाइन्छ कि, खोज्यो भने। खोज्ने काम चैँ लेखकको, त्यसमा दोष देखाउने (टिप्पणी गर्ने) काम चैँ पाठकको, रे क्या!

अनि एउटा कुरा नि, गौतमजी जापानमै हो? भोलिको नेसाजडे मा आउनुन्छ?
आउने भे खबर पाऊँ न, है।
 
Posted on 09-22-05 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगनमा मेरा पनि केही गन्?थन

१. घर
बटुवाहरु बास बस्?ने
धर्मशाला

२. परिवार
टुक्रिदैं जाने
कमजोर संगठन

३. समाज
मान्?छेको भीड
एउटा परेवा
अर्को चील

 
Posted on 09-22-05 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Garibi ko ananda -- gananda
 
Posted on 09-22-05 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डितजी, हजुरको पहिलो हरफ शिर्षक कि कविताशं? जे होस् हाइकु ३ हरफको चैँ हुनै प-यो है। जे होस्, राम्रो छ। यस्तै लेख्नु भो भने म फ्यानतिर फर्किम्ला। (हालै फ्यानबाट राजिनामा दिएको थेँ नि अश्लिल कुरा लेखेकोले।)
 
Posted on 09-22-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, जापान त हो तर नागोया। यता नेसाजको गतिबिधि देखेको छैन।

साँच्चिकै हाइकु त पण्डितजीले लेख्नु हुँदो रहेछ। गुरु थापेँ है।

शीर्षक जुराईदिएकोमा टे डा जीलाई धन्यवाद। तर यो शीर्षक अलि क्लिष्ट भएन र!

 
Posted on 09-22-05 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको गनगन;

कुनै जमानामा "जागिर" खाँदा लेखेको एक टुक्रा, शीर्षकहिन।

"अब्यक्त बेचैनी र सूनसान दिन,
आलस्यरुपी मेरो काम;
खिईन थालेको घुम्ने कुर्सी मेरो,
मेरो अनुहार-मेरो अब्यक्त निराशा । "
 
Posted on 09-22-05 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Which Gotame are we talking here?
iZen.rsn
 
Posted on 09-22-05 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहि, "ताक परे तिवारी, नत्र गोतामे"!
 
Posted on 09-22-05 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

izen ji, I am Basanta Gautam

 
Posted on 09-22-05 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am basu gautam,bhiarhawa ghar.
 
Posted on 09-22-05 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My family lives in Naikap, KTM.

 
Posted on 09-22-05 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइकु त आउँदैन खासै लेख्न तर सप्पैले लेखे 'सि आफ्नो नि हात जुर्मुरायो
लेखौँ है त ? खिल्ली नउडाउनुहोला निुम जानेन भनेर
के गरुँ के --- लेखिहाल्छु लौ जा !
"आन्दोलन"
चिच्यायो
कुर्सी पायो
हरायो

"माअोवादी"
गणतन्त्रको नारा
विद्यार्थी अपहरण
वार्ताको भागी

"देशको अवस्था"
भीडन्त
मिस नेपाल
नेपाल बन्द

"नेपाली"
गोर्खाली वंश वीरका सन्तान
कालापानी निल्यो
म व्यस्त छु

"राजा"
मुर्दाबादको नारा
स्वागत गेटबाट प्रवेश
विष्णुका अवतार

जीवनमा पहिलो पल्ट हाइकु
लेख्न भनेर कम्मर कसिहालियो , लौ जा भनेर लेखिहालियो
क्यै गल्ती नै भे मा पनि बबुरोको पहिलो प्रयास भनि पढिदिनुहोला



 
Posted on 09-23-05 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jyaankaji, malai ta niyam siyam thaha chhaina tara je hos tapaiko prayas ramro chha.
 
Posted on 09-23-05 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jyaankaaji ,
मलाई "नेपाली" अनि "माओबादी" साह्रै मुन प-यो।
नियम त ५-७-५ हो केरे तर नियमभित्र बसेर लेख्नैपर्छ भन्ने छैन। नियमभित्र बस्यो भने सुनमा सुगन्ध।

 
Posted on 09-23-05 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाईकूका नियम त म पनि जान्?दिन । नेपालाँ अभि सुवेदीले लेखेका केही पढ्या
मात्र हो । अम्रिकामा जे लेख्?दा नि हुने भनेर लेख्?या हो । अब तीन लाईन हुनैपर्छ
भनेसी अघिल्?ला दुईको शीर्षक र कवितांश एकै पार्नुपर्ला । दादा गोतामे ब्रोहरु
हाईकूको जन्?मथलो मै हुनुहुँदो रहेछ नियमको जिम्?मा चैं यहाँहरूलाई नै ।


 
Posted on 09-23-05 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसमा हाईकु लेख्?ने हो?

ल ल ल....म "त्राई" गर्छ, है!

"अमृता"
माया देखिन्?छ
बहिनीको अँख मा
नेपालको आशा....
 
Posted on 09-23-05 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१. बेहुला
सगर थाम्?न
खोज्?ने हुटिट्?याउँको
अदम्?य आँट

२. बेहुली
छुँदै खुम्?चने
लज्?जावती झारझैं
खुचुमुचुक्?क
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters