Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कबिता राहुल भाइको

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 15249 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-24-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसले देखेन यो मनको घाउ
जसले लगायो यो मनको भाउ

वारि छंदै सहर्ष बिदा माग्यौ
मझधारमै छोडी जीवनको नाउ

राम धनु मक्किएको देख्यौ कि
के खुशीले समायौ रावणको पाउ

पस्चातापको आँसु पानी होइन भने
अलिकति खालि छ मनमा ठाउं

 
Posted on 01-24-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! राहुलदाई! क्या मिठ्ठो गयो।

अझै लेख्दै गर्नुस्।
 
Posted on 01-24-07 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, दुनियाँ को नक्सा जी, तपाईंको प्रेरणा नै त हो, लेखाइ को उर्जा ।
 
Posted on 01-24-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कविता छ राहूल दाइ।

----राम धनु मक्किएको देख्यौ कि
के खुशीले समायौ रावणको पाउ---
 
Posted on 01-24-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

----राम धनु मक्किएको देख्यौ कि
के खुशीले समायौ रावणको पाउ---
:)

रावण को होला नि फेरि ?:)



--------------------------------------------------------------------------------
 
Posted on 01-24-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गौताम जी अनि मिस । गौतम जी को जस्तो लेखाइ त आफ्नो छैन, तर पनि कोशीश जारी छ, राम्रो लेख्ने, झिलिमिली लेख्ने ।
 
Posted on 01-24-07 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, त्यो रावण लंका को होइन, निस्ठुरि मोरिकी सहयात्री हुन्।
 
Posted on 01-25-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa wa. gajab lekhnubhayo.

पस्चातापको आँसु पानी होइन भने
अलिकति खालि छ मनमा ठाउं
 
Posted on 01-25-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद हाउदे मित्र ।
 
Posted on 01-25-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ राहुलदाई!!
 
Posted on 01-25-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद , बिर्खे जी । तपाईंको लेखाइ को समकक्ष म पुग्न त अझै लामो तपस्या गर्नु नै छ । हेर्दै जाम्, तपस्या भंग गर्न कोही आएन भने, अबस्य पुगिन्छ होला, गन्तब्य सम्म ।
 
Posted on 01-25-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

salam rahul dai tapai ko kavita ko lagi .aru pani aos dai ..
 
Posted on 01-25-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह राहुलदाइ, गजब छ।

पस्चातापको आँसु पानी होइन भने
अलिकति खालि छ मनमा ठाउं

राम्रो लाग्यो। तर पश्चाताप पछि पनि किन ठाउँमा कञ्जुस्याईँ ? पुरै मन खाली गर्दिनु नि ! नत्र फेरि पछुताउनुपर्ला। :-)
 
Posted on 01-25-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पस्चातापको आँसु पानी होइन भने
अलिकति खालि छ मनमा ठाउं "

वाह! वाह! राहुलदाई! क्या मिठ्ठो गयो।
 
Posted on 01-25-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाइ द वे, तपाईँका सबै कविता-गजल हरु एउटा धागोमा उनेर राखे कहिले काहीँ बीच बीचमा पनि चेक गरिराख्न मिल्थ्यो। नत्र धेरै पढ्न छुट्दो रे'छ। यो पनि झण्डै छुटेको रे'छ ल !
यो भाइबाट सानो सल्लाह मात्र, भूलचुक माफ गर्नुहोला।

:-)
 
Posted on 01-25-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न आउ बल्झाउन तिमी घरि-घरि
सुकेर भरी सकेको छ मेरा यी घाउ,

बिचमै तिमीले छोडेर गए पनि
किनारमा ल्याइ सकें जिन्दगी को नाउ,


चासो छैन मलाइ चाहे तिमी
पूजा गर रामधनुष या समात रावण को पाउ,

तिम्रो आखा पस्चाताप को आसुले भरिए पनि
केहि हुने वाल छैन अब किन कि
म त भै सके २ जना छोर छोरी को बाउ।।


:P
 
Posted on 01-25-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु, sapperजी, नेपाल को सुपुत्र जी, सबै मा धन्यवाद र तारेमाम ।
भौते गुरु को सल्लाहलाई अब यसै धागो देखि कार्यान्वयन गर्ने छु । गुरु पुरै मन मा बास् दियो भने आफू कहाँ बस्ने भन्ने चिन्ताले अलिकति मात्र ठाउँ दिएको हुं । साच्चैको सुकुमबासी त मनको पनि शरनार्थी हुन बेर् छैन।
 
Posted on 01-25-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपुत्रजी को मज्जा को कबिता, मेरो सबिता भन्दा मीठो लाग्यो ।
 
Posted on 01-27-07 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरी तिम्रो याद आयो
औंशीको रातमा चांद आयो

सँगै बिताएका ती पलहरु
सम्झनामा एकै साथ आयो

अतृप्त नै रहे मृगतृष्णाहरु
कति छिटो कालो रात आयो

कस्लाई दोषा दिउं खै अब
खुशी कोल्टिफेरी बर्बाद् आयो.

 
Posted on 01-27-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
राहुलदा को कविता मा मैले सबिता थपि दिए है । हुनत यहि कतै बाटै लिएको यो निकै पुरानो टुक्रा हो । हजुरको कविता देखेर ह्या टाँस्न मन लाग्यो नरिसाउनुस है ।

....
आज पनि तिमी आयौ
खै किन ?
सायद म हडबडाए
सम्हालिन खोज्दा
मैले सोध्न बिर्से।

यि बाटोहरुमा
एक्लै हिडिरहेछु
मानिस हरुको भिडमा
म आफूलाई एक्लो पाउछु
हल्लै हल्लाबिच पनि
स्तब्धता मलाई पच्छ्याउछ
र पनि म हिडिरहेछु
मानौ म हिड्न चाहान्छु
फेरि सोच्छु आफै संग
कतै मेरो हिडाइ
निरर्थक त होइन?
अनायासै
मेरो पाइला रोकिन्छ,
तर एक झोक्का चिसो बतास
मलाई छोएर जान्छ
लाग्छ कोहि मेरो छेवैमा
सुमधुर आवाजमा
कानेखुसी गरे जस्तो
“किन रोकिएको?”
म झस्किन्छु-
लक्ष मलाइ प्रेरित गरिरहेछ
अनि म फटाफट हिड्छु।।
........
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters